शब्दभण्डार
१. दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
क) मलेसियाको मुद्रा : रिङ्गेट
ख) विदेश : परदेश
ग) नागरिक नभएको अवस्था : अनागरिक
घ) मर्न लागेकालाई बचाउने : मृतसञ्जीवनी
ङ) सफा : कञ्चन
च) उथलपुथल : उद्वेलित
छ) कार्य गर्ने क्षमता भएको : सामर्थ्य
ज) जन्मेको ठाउँ : जन्मथलो
२. दिइएका शब्दहरुको अर्थ चिनेर जोडा मिलाउनु होस् :
क) रहर : इच्छा , एक किसिमको दाल
ख) काम : कम्प , कार्य
ग) पत्र : चिठी , तह
घ) कडी : सानो कडा वा मुन्द्रो , जुक्ती
ङ) अन्तर : भिन्नता , भित्री हृदय
३. दिइएका अनेकार्थी शब्दहरुको एकभन्दा बढी अर्थ लेख्नुहोस् :
मास : महिना , एक प्रकारको दाल ।
खरी : एक प्रकारको रुख , लेख्न प्रयोग गरिने सेतो पत्थर , मादल तबला आदिमा लगाउने मसला ।
ताल : पोखरी , चाल , बाजाको मात्रा , मौका ।
खाग : गैँडाको नाकमाथिको मूल्यवान अङ्ग , अग्राख , जान्नेसुन्ने ।
फेरी : हरिणको सिङको बाजा , प्रदक्षिणा ।
साँचो : सत्य , ताल्चा खोल्ने साधन ।
कछाड : छोटो धोती , पहाडको तल्लो भाग ।
अर्थ : मतलब , प्रयोजन , धन ।
चरण : तह , पाउ , श्लोकको एक पङ्क्ति ।
काल : समय , मृत्यु ।
४. दिइएका पदावलीलाई अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
कहाली लाग्नु
मलाई बुढापाखाको कहानी सुन्दा कहाली लाग्छ ।
टपाटप टिप्नु
तिहारलाई राखेको फूल भाइले टपाटप टिपेछ ।
महिना मर्नु
बुबाले महिना मरेपछि मोबाईल किनिदिन्छु भन्नुभयो ।
रोइकराइ गर्नु
रामले रोइकराइ गरेर घुम्न जान्छु भनी बुबालाई फकायो ।
वितृष्णा पलाउनु
सीतालाई सधै घरमा झैझगडा सुन्न परेपछि पढ्न पनि वितृष्णा पलाउन थाल्यो ।
हातमुख जोड्नु
धेरै नेपालीहरुलाई हातमुख जोड्नको समस्याले विदेशीनु परेको छ ।
उजुरी गर्नु
सीतामाथि हातपात भएपछि रामुकाकाले प्रहरीमा उजुरी गर्नुभयो ।
श्रम स्वीकृति लिनु
वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिन आवश्यक छ ।
अवैधानिक
गाँजाको व्यापार गर्नु अवैधानिक काम हो ।
बदला लिनु
हरिको साथीसँग झगडा भएपछि बदला लिनलाई मौक किरेर बसेको छ ।
सहारा बन्नु
हामी सबै बुढेसकालमा आमाबुबाको सहारा बन्नु पर्छ ।
बोध र अभिव्यक्ति
१. पाठ पढी दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) चिठीमा कतिवटा अनुच्छेद रहेका छन् ?
उत्तरः चिठीमा सातवटा अनुच्छेद रहेका छन् ।
ख) चिठीको आदि , मध्य र अन्त्य भागमा कस्ता विषयवस्तु छन् ?
उत्तरः चिठीको आदि भागमा वैदेशिक रोजगारी प्रतिको मोह देखाइएको छ भने मध्य भागमा वैदेशिक रोजगारीले दिएको क्षणिक सुखको अनुभव सुनाइनुका साथै अन्त्य भागमा स्वदेश प्रतिको मोह देखाइएको छ ।
ग) पुर्णविक्रमले सुरुका दुईतीन वर्ष विदेशमा कसरी बिताए ?
उत्तरः पुर्णविक्रमले सुरुका दुईतीन वर्ष विदेशमा मोजमस्तीमा र रमाइलो गर्दै बिताए ।
घ) पुर्णविक्रम कस्तो सपना बोकेर विदेश गएका थिए ?
उत्तरः पुर्णविक्रम परदेशमा रहेको सुनको बोटबाट टपाटप पैसा टिपेर चाँडै धनी भइन्छ भन्ने सपना बोकेर विदेश गएका थिए ।
ङ) चिठीमा के कस्ता अङ्गहरु हुन्छन् , लेख्नुहोस् ।
उत्तरः चिठीमा मिति , ठेगाना, सम्बोधन , शिस्टाचार, विवरण, समापन र खामको नमुना जस्ता अङ्गहरु हुन्छन् ।
२. दिनहरु …………हुने छु ´, चिठीको अंश पढी खाली ठाउँमा छुटेका शब्द भर्नुहोस् :
क) दुई महिनापछि काममा फर्कंदा कम्पनीले पनि राखेन ।
ख) त्यति वेला मात्र मलाई थाहा भयो, देश र परदेशको अन्तर ! नागरिक हुनु र अनागरिक हुनुको अन्तर !
ग) जीवनप्रति वितृष्णा पलाइरहेको थियो ।
घ) छिट्टै नेपाल फर्केर आफ्नै माटोमा परिश्रम गरी जीवन निर्वाह गर्ने विचारमा छु ।
ङ) अवको तीन महिनाभित्र म आफ्नो जन्मथलो, आफ्ना आमाबुबाको काख र प्रियजनहरुको माझमा हुने छु ।
३. अहिले म सम्झन्छु ……………सार्थक बनाउँछु´ चिठीको अंश पढी दिइएका प्रश्नहरुको उत्तर लेख्नुहोस्:
क) नेपालको जलराशिमा कस्तो सामर्थ्य रहेको छ ?
उत्तरः नेपालको जलराशिमा संसारकै मानिसहरुको प्यास मेटाउने सक्ने सामर्थ्य रहेको छ ।
ख) हाम्रो देशको विकासले गति लिन नसक्नुको कारण के हो ?
उत्तरः देशका जनताको दृढ इच्छाशक्ति र इमानदार प्रयत्न नभएकाले हाम्रो देशको विकासले गति लिन नसकेको हो ।
ग) परदेशमा सिकेको सिपले कसरी देश विकास गर्न सकिन्छ ?
उत्तरः परदेशमा सिकेको सिप आफ्नै देशमा प्रयोग गर्नुको साथै आरुलाई समेत सिकाई सोरोजगारको वातावारण सिर्जना गरेर देश विकास गर्न सकिन्छ ।
घ) देश विकासको मूल मन्त्र के रहेछ ?
उत्तरः देश विकासको मूल मन्त्र हरेक जनताले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ रहेछ ।
ङ) म पात्र किन घर फर्कन चाहेको हो ?
उत्तरः वैदेशिक रोजगार प्रति वितृष्णा भएर म पात्र घर फर्कन चाहेको हो ।
४. दिइएको चिठीको अंश पढी प्रश्नहरुको उत्तर दिनुहोस् :
क) म पात्रले गरेका सही र गलत निर्णय के के थिए ?
उत्तरः म पात्रले गरेको सही निर्णय वैदेशिक रोजगारी छोडेर आफ्नो गाउँ, परिवार, देश सम्झेर फर्किनु हो । पैसा कमाउने आशामा विदेशिनु , विदेशिएपछि घरपरिवारलाई बिर्सनु , पैसा वचत नगर्नु जस्ता म पात्रका गलत निर्णयहरु थिए ।
ख) म पात्रको घर फर्कने निर्णयप्रति तपाईंको धारणा लेख्नुहोस् ।
उत्तरः म पात्रले आदर्शको मार्गलाई अङ्गाली घर फर्कने निर्णय गर्नु समसामयिक परिवेशमा विदेशिन हतार गर्ने, युवाहरुलाई समेत आफ्नो गाउँठाउँ आफैले बनाउनुपर्छ भन्ने देशभक्ति भावना जागृत गराएको पाइन्छ ।
५. पुर्णविक्रमको ठाउँमा तपाईं हुनु भएको भए के गर्नुहुन्थ्यो , आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
उत्तरः यदि पुर्णविक्रमको ठाउँमा म भएको भए , पैसा कमाउने लोभमा परेर आफ्नो स्वर्गभन्दा प्यारो देश र देवतासमान आमाबुबालाई छाडेर पुर्णविक्रम जस्तो म विदेश जाने थिएन । आफ्नो पढाई सकेर आफ्नै देशको सेवा गर्थे । यदि वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यता आइपरेको भएपनि केही समय गएर पैसा कमाएर ल्याई आफ्नै देशमा स्वरोगार बनेर केही गर्थे । विदेशमा जाने रहर भएका अरु युवाहरुलाई पनि सम्झाइबुझाइ गरेर देश विकासमा हात जुटाउन आग्रह गर्थे । विदेशमा गएर हेला पाउनु भन्दा स्वदेशमै बसेर देशको लागि केही असल काम गर्थे । विदेशमा गएर सिकेका सिपहरूलाई पनि स्वदेशमा आएर सिपको सदुप्रयोग गर्थे ।
६. तपाई सुरज हुनुभएको भए चिठीको प्रतिउत्तर कसरी दिनुहुन्थियो लेखनुहोस् :
उत्तरः
मिति: २०७७-०१-२६
पोखरा, गण्डकी प्रदेश
नेपाल ।
प्रिय मित्र पूर्णविक्रम,
धेरै धेरै माया अनि मिठो सम्जाना !
म यहाँ कुशल छु । तपाई पनि कुशलमंगल नै हुनुहुनछ भन्ने आशा राख्दछु । हजुरले पठाएको पत्र गत महिना पाए । पत्र पढिसकेपछि म हर्सले गद्गद् भए ।
केहि समय बाटो बिराएको मेरो मित्रको आखाँ खुलेछ र भ्रमको पर्दा हटेछ । तपाईंले आफूले विदेशमा सिकेका सिपलाई यहाँ आएर प्रयोग गर्छु भन्नुभएको कुरा सारै मन पन्यो । तपाईं यहां आउनुहोस् मैले सक्ने आर्थिक सहयोग म गर्नेछु । यहांका युवाशक्तिलाई विदेश जान ठिक रहेनछ भन्ने सन्देश दिनुभयो भने हाम्रो गाउँ छिट्टै विकास हुनेछ । यहाका युवापुस्तालाई केही सिप सिकाएर रोजगार दिने नया उपायहरू खोजौला । यहाँ तपाई आउने कुरामा सबै गाउँले खुसी भएका छन् । तपाईं कहिले आउनुहुन्छ र भेट होला भन्ने आशाले म विचलित भएको छु ।
ढिलै भए पनि मैले सम्भाएका कुरा तपाईले मनन गर्नु भएछ साह्रै खुसी लागेको छ । स्वदेश र विदेशको अन्तर पनि राम्रैसँग बोध गर्नु भएछ । विदेशमा गएर साह्रै दुःख पनि पाउनु भएछ, जुन कुरा सुन्दा अति नरमाइलो लाग्यो । हजुरको घर फकने निर्णय सुन्दा अत्यन्तै खुसी लागेको छ । हजुरको यो निर्णय अत्यन्त स्वागतयोग्य छ । अब स्वदेश फर्किन कति पनि ढिलो नगर्नुहोला । चिठी पनि लेख्दा लेख्दै धेरै लामो भएछ, अरू कुरा भेटमा गरौंला आजलाई यतिमै कलम बन्द गर्छु ।
उही तपाईको साथी,
सुरज नेपाल
७. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) मूल्याङ्कन भनेको के हो ?
उत्तरः मूल्याङ्कन भनेको शैक्षिक उद्देश्यहरु कुन हदसम्म प्राप्त गर्न सकियो भनी किटान गर्ने प्रक्रिया भएकाले यो शिक्षण सिकाइको अभिन्न अङ्ग हो ।
ख) निर्माणात्मक र निर्णयात्मक मुल्याङ्कन बिच के फरक छ?
उत्तरः निर्माणात्मक मूल्याङ्कन कार्यक्रम सञ्चालन सँगसँगै औपचारिक र अनौपचारिक रुपमा जुनसुकै समयमा मूल्याङ्कन गरी पृष्ठपोषण दिन मिल्छ भने निर्णयात्मक मूल्याङ्कन शिक्षण सिकाइ कार्यक्रमको अन्त्यमा विद्यार्थीको उपलब्धि वा स्तर निर्धारण गरी प्रमाणपत्र प्रदान गरिन्छ । येही नै निर्माणात्मक र निर्णयात्मक मुल्याङ्कन बिच के फरक छ ।
ग) प्रमाणपत्र दिने परीक्षा किन आवश्यक छ ?
उत्तरः प्रमाणपत्र दिने परीक्षा शैक्षिक उद्देश्यबमोजिम विद्यार्थीले उपलब्धि हासिल गर्न सके वा नसकेको निर्णय लिई स्तर निर्धारण गरेर प्रमाणपत्र प्रदान दिन आवश्यक छ ।
घ) ‘पाठ्यक्रम’ र ‘पृष्ठपोषण’ को अर्थ लेख्नुहोस् ।
उत्तरः पाठ्यक्रम : शिक्षण सिकाइको पूर्ण योजनाको दस्तावेज
पृष्ठपोषण : कुनै काम कुरामा पछाडि बसेर सहायता पुर्याउने काम
८. गाउँको विकासका लागि पर्यावोरणमैत्री सडक आवसेक छ भन्ने खुलाउदै साथीलाई चिठी लेख्नुहोस् ।
उत्तरः
मिति: २०७७-०१-२६
पोखरा, गण्डकी प्रदेश
नेपाल ।
प्रिय साथी अभिवादन !
जीवनमा धेरै सम्झना छ ।
म यहाँ सन्चै छु । तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि त्यहाँ सन्चै छ भन्ने कामना गर्दछु । तिमीले पठाएको चिठी मैले हिजो मात्र प्राप्त गरेँ । पत्रमार्फतु तिमीले गाउँको विकासका लागि पर्यावरणमैत्री सडक कति आवश्यक छ भन्ने कुरा जान्न चाहेका रहेछी पत्र पढ्दा खुसी लाग्यो । आझ यो पत्र तेही सिलसिलामा लेख्दै छु ।
सम्पूर्ण जैविक र अजैविक वस्तुहरूको सामूहिक अन्तरसम्बन्ध नै वातावरण हो । पर्यावरणले ब्रह्माण्डमा रहेका सम्पूर्ण मानिस जीव, निजीव वस्तुहरू पशुपक्षी, रुख विरुवा, माटो, पानी, पहाड भूमि आदिलाई सन्तुलनमा राख्छ । हर अभिषेक हामीले विकासको नाममा कहिलयै वातावरणलाई प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने कार्य गर्नुहुदैन । गाउँको विकास गर्ने नाममा हामीले कहिल्यै रुखविरुवा काट्नु हुँदैन । यदि काट्नै परे पनि सडक वरपर विरुवा रोपिहाल्नुपर्दछ । हामीले बाटो नजिक ठूलाठूला फ्याक्ट्री, मिल खोल्न दिनु हुँदैन । हामीले निर्माण गरेका बाटाहरू धूलो मैलो हुनु हुँदैन । बाटोको धूलोले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछ ।
त्यसैले समाज विकास गर्ने क्रममा पर्यावरणमैत्री ढङ्गले विकास गर्न आवश्यक छ । पर्यावरण जोगाउँदै विकास गर्नु अपरिहार्य छ । आजलाई यति नै बाँकी अर्को पत्रमा लेखौला । पत्र पाएपछि पर्यावरण जोगाउँदै कसरी विकास गर्न सकिन्छ ? तिमीलले जानेका उपाय बताउँदै जवाफ फर्काउँछौ भन्ने आशा गर्दछु ।
तिम्री प्यारी साथी
सुनबी पोखरेल
९. दिइएको अभिनन्दन पत्र पढ्नुहोस् र साहित्यका क्षेत्रमा योगदान गरेका कुनै एक व्यक्तिलाई प्रधान गरिने अभिनन्दन पत्रको नमुना तयार पार्नुहोस् :
उत्तरः
अभिनन्दन पत्र
श्री राम चरण ज्यू,
तपाईंले नेपाली साहित्यको अध्ययन, अनुसन्धान तथा अन्वेषणको क्षेत्रमा प्रेरणादायी र उत्प्रेरक भूमिका खेल्दै आइरहनु भएको छ । नेपाली साहित्यका कविता, नाटक, निबन्ध, कथा र उपन्यासका माध्यमबाट तपाईले दिनुभएको योगदानको कदर गर्दै यो अभिनन्दन पत्र प्रदान गरिएको छ । तपाईंको उर्जाशील जीवनयात्रा, साहित्य क्षेत्रमा सक्रियता र अनवरत साधना सबैको लागि प्रेरणादायी बनोस् । तपाइँको यही अद्वितीय, अनुपम र अव्यक्त दीर्घ साधनाप्रति नतमस्तक हुँदै र सुस्वास्थ्य, सक्रिय दीर्घजीवनका लागि हार्दिक शुभकामना ब्यक्त गर्दै तपाइँको हार्दिक सम्मानका साथ यो अभिनन्दन पत्र प्रदान गर्दछौं ।
साहित्य समाज, नेपाल
१०. सामाजिक क्षेत्रमा योगदान पुर्याउने कुनै एक व्यक्तित्वको योगदानको कदर गर्दै प्रदान गरिने सम्मान पत्रको नमुना तयार पार्नुहोस् :
उत्तरः
सम्मान पत्र
श्री राजेन्द्र श्रेष्ठ ज्यू,
तपाईले यस भक्तपुर नगरको सामाजिक क्षेत्रमा आइपर्ने हरेक प्रकारका समस्याहरूको समाधानका लागि प्रेरणादायी र उत्प्रेरक भूमिका खेल्दै आइरहनु भएको छ । सहयोगी, मिलनसार र भक्तपुर नगरकै अभिभावकका रूपमा तपाईंले दिनुभएको योगदानको कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ । तपाईंको उर्जाशील जीवनयात्रा, सामाजिक क्षेत्रमा सक्रियता र प्रेरण व्यक्तित्व सबैका लागि प्रेरणादायी बनोस् ।
मध्यपुर ठिमी नगरपालिका, भक्तपुर
भाषातत्त्व
व्याकरण अभ्यास
१. दिइएको अनुच्छेद पढी कुन कुन लेख्य चिह्न प्रयोग भएका छन् , पहिचान गर्नुहोस् :
उत्तरः
उद्धरण चिह्न
अर्धविराम चिह्न
विस्मयसूचक चिह्न
अल्पविराम चिह्न
प्रश्नचिह्न
२. दिइएका वाक्यहरुमा आवश्यक ठाउँमा आवश्यक चिह्न प्रयोग गर्नुहोस् ।
क) मैले घर बाटो फूल मान्छे र गाडीहरुको चित्र बनाएको छु ।
उत्तरः मैले घर, बाटो, फूल, मान्छे र गाडीहरुको चित्र बनाएको छु ।
ख) तिमी यहाँ बस चकचक नगर
उत्तरः तिमी यहाँ बस , चकचक नगर ।
ग) हामीले सुखदुःख रातदिन जीवनमरण जस्ता आइरहने गइरहने कुरा हुन् भन्ने बुझ्नुपर्छ ।
उत्तरः हामीले सुख-दुःख , रात-दिन , जीवन-मरणजस्ता आइरहने-गइरहने कुरा हुन् भन्ने बुझ्नुपर्छ ।
घ) तिमी र उसले के काम गर्यौ ।
उत्तरः तिमी र उसले के काम गर्यौ ?
ङ) अहा कति सुन्दर जीवन
उत्तरः अहा! कति सुन्दर जीवन ।
च) अग्लो होचो टाढा नजिक वर पर आदि विपरीतार्थी शब्द हुन्
उत्तरः अग्लो – होचो , टाढा – नजिक , वर – पर आदि विपरीतार्थी शब्द हुन् ।
छ) म तुरुन्तै फर्किहाल्छु उसले भन्यो
उत्तरः “म तुरुन्तै फर्किहाल्छु” उसले भन्यो ।
ज) मेरो देशको नाम हो नेपाल
उत्तरः मेरो देशको नाम हो – नेपाल ।
झ) क्रियाहरुलाई कर्मप्रदानताका आधारमा दुई किसिममा बाँड्न सकिन्छ :
क) सकर्मक ख) अकर्मक
उत्तरः क्रियाहरुलाई कर्मप्रधानताका आधारमा दुई किसिममा बाँड्न सकिन्छ :-
क) सकर्मक ख) अकर्मक
ञ) उक्ति कथन दुई किसिमका हुन्छन् प्रत्यक्ष र अप्रत्यक्ष कथन
उत्तरः उक्ति कथन दुई किसिमका हुन्छन् – `प्रत्यक्ष र अप्रत्यक्ष कथन ।´
ट) ले बाट द्वारा प्रथम विभक्ति हुन सक्छन्
उत्तरः ले , बाट , द्वारा प्रथम विभक्ति हुन सक्छन् ।
ठ) मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन यो सुक्ति देवकोटाको हो
उत्तरः “मानिस ठुलो दिलले हुन्छ , जातले हुँदैन ।” यो सुक्ति देवकोटाको हो ।
ड) हरि तिमी के गर्दै छौ
उत्तरः हरि! तिमी के गर्दै छौ ?
३. उचित लेख्य चिह्नहरु प्रयोग गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उत्तरः ओहो! भोलि त परीक्षाफल प्रकाशित हुने दिन । मेरो जिपिए कति आउने होला ? व्यर्थै परीक्षा आउने बेलामा पनि फुटबल खेल्ने भइटोपलेको । बुबाले त सम्झाउँदै हुनुहुन्थ्यो ,” पढाइ पहिलो कुरा अनिमात्र अरु कुरा आउँछन् ” भनेर तर त्यतिबेला वास्ता गरिएन । राम, हरि, गोपाल र शिवले कर गरेपछि खेल्नै पर्यो । न त फुटबल नै जितियो न त पढाइमा नै ध्यान दिन सकियो तर के नै बिगारेको छु र । ( कोल्टे फेर्दै ) धत! अब चिन्ता गरेर के फाइदा र । ” निर्णय गर्न गल्ती गरे पछुताउनु पर्छ” गुरुले भन्नुभएको थियो । त्यस्तै भएजस्तो छ, खैर जे भयो भयो । अब चाहिँ यस्तो नगर्नुपर्ला । ( बत्ती निभाउँछ र सुत्छ )
४. दिइएका चिह्नहरु प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :
उत्तरः ओहो! भोलि त परीक्षाफल प्रकाशित हुने दिन । मेरो जिपिए कति आउने होला ? व्यर्थै परीक्षा आउने बेलामा पनि फुटबल खेल्ने भइटोपलेको । बुबाले त सम्झाउँदै हुनुहुन्थ्यो ,” पढाइ पहिलो कुरा अनिमात्र अरु कुरा आउँछन् ” भनेर तर त्यतिबेला वास्ता गरिएन । राम, हरि, गोपाल र शिवले कर गरेपछि खेल्नै पर्यो । न त फुटबल नै जितियो न त पढाइमा नै ध्यान दिन सकियो तर के नै बिगारेको छु र । ( कोल्टे फेर्दै ) धत! अब चिन्ता गरेर के फाइदा र । ” निर्णय गर्न गल्ती गरे पछुताउनु पर्छ” गुरुले भन्नुभएको थियो । त्यस्तै भएजस्तो छ, खैर जे भयो भयो । अब चाहिँ यस्तो नगर्नुपर्ला । ( बत्ती निभाउँछ र सुत्छ )