एकाइ ३: जीवनोपयोगी सिप
पाठ १: जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि, वर्गीकरण र अभ्यास
१. तलका प्रश्नको उत्तर दिनुहोस्:
(क) जीवनोपयोगी सिप विद्यालय शिक्षा औपचारिक रूपमा कहिलेदेखि सुरु भएको हो?उत्तरः जीवनोपयोगी शिक्षाको अवधकारणा सन् १९६५ तिर नै विकास भएको हो सन् १९८६ मा Ottoblo charter for Health promotion ले यसलाई असल स्वास्थ्य छनोट गर्नका लागि आवश्यक मनी स्वीकार गरेको थियो । सन् १९८३मा बाल अधिकार महासन्धिले जीवनोपयोगी शिक्षा बालबालिकाको चौतफी विकास गर्नका लागि निर्देशित हुनुपर्नेउल्लेख गरेको थियो । यसको औपचारिक सुरुवात भने सन् १९९० मा थाइल्याण्डको जोमटेन सहरमा शिक्षासम्बन्धीअन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । त्यस सम्मेलनले सबैका लागि शिक्षा घोषणा गर्यो । उक्त घोषणामा बाँच्न, क्षमताविकास गर्न र गुणस्तरीय जीवनका लागि जीवनोपयोगी सिपलाई पनि समावेश गयो त्यसपछि सन् १९९८ को अप्रिल ६२७ मा विश्व स्वास्थ्य सङ्गठनको कार्यालय जेनेभामा जीवनोपयोगी सिप शिक्षासँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीयनिकायहरूको बैठक बसि जीवनोपयोगी सिपहरूको कार्य ढाँचा तयार गरे र २००० मा सेनेगलको राजधानी डकारमाभएको ‘सबैका लागि शिक्षा को सम्मेलनले जीवनोपयोगी सिपलाई व्यवस्थित रूपमा मावेश गर्यो ।
(ख) समस्या समाधान सिप जीवनोपयोगी सिपको कुन समूहमा पर्छ ?उत्तरः समस्या समाधान सिप जिवनोपयोगी सिपको सोचाइ सिपमा पर्छ । सोचाइ सिपले व्यक्तिलाई आफ्नोदिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछन् ।
(ग) विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई कति समूहमा वर्गीकरण गरिएको छ? छोटकरीमाउल्लेख गरी कुनै एक समूहमा पर्ने सिपहरूको सूची बनाउनुहोस् ।उत्तरः विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई तिन भागमा वर्गीकरण गरिएको छ । आत्मबोध सिपअन्तरवैयक्तिक सिप र सोचाइ सिपहरू गरी तिन समूहमा वर्गीकरण गरिएको छ । आत्मबोध सिपहरूमा व्यक्तिले आफ्नोजीवनलाई व्यवस्थित बनाउन चाहिने सिपहरू पर्छन । यसमा तनाव व्यवस्थापन, संवेगात्मक नियमन, सकारात्मक सोच रआत्मसम्मान गरी चारओय सिपहरूलाई समावेश गरिएको छ ।
(घ) जीवनोपयोगी सिप सिक्नाले हुने फाइदालाई पाँच बुँदामा उल्लेख गर्नुहोस् ।उत्तरः जीवनोपयोगी सिप सिक्नाले हुने फाइदाहरूलाई यस प्रकार छन् :
- जीवनोपयोगी सिपले व्यक्तिको आफ्नो जीवनलाई व्यवस्थित बनाउन सहयोग गर्छ ।
- समाजमा सफ र सहज जीवन जिउन सक्षम बनाउँछ ।
- व्यक्तिलाई आफ्नो दिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछन् ।
- लक्ष्य निर्धारण, निर्णय निर्माण, समस्या समाधान गर्न सक्षम बनाउछ ।
- समालोचनाका तथा सिर्जनात्मक सोच, कार्यसम्पादन, उत्थानशीलतामा सक्षम बनाउछ।
पाठ २: समालोचनात्मक चिन्तन
१. तलका प्रश्नको उत्तर दिनुहोस्:
उत्तरः समालोचना शब्द सम र अलोचना दुई शब्दहरू मिलेर बनेको छ । यसरी हेर्दा कुनै विषयवस्तु वा कराको राम्रा तथा नराम्रा पक्षहरूको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिन्तन हो । विभिन्न विचारबिचको तार्किकसम्बन्ध बुझेर स्पष्ट र तर्कसङ्गत सोच्न सक्ने क्षमता नै समालोचनात्क चिन्तन हो ।
उत्तरः समालोचनात्मक चिन्तन अन्तर्गतका सिपहरूमध्ये मलाई सबैभन्दा महत्वपूर्ण विश्लेषण सिप लाग्छ, किनभने कुनै घटना, समस्या वा मुद्धासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गर्ने र तिनीहरूलाई शोधन गर्ने तथा त्यसको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो । उदाहरणका लागि, १० कक्षापछि के विषय पढ्ने भन्ने समस्या छ भने कुन विषय पढ्दा के राम्रो हुन्छ ? त्यसका लागि स्रोत साधन के के चाहिन्छ भन्नेबारे सूचना तथा तथ्याङ्क सङ्कलन गरेर तिनीहरूको प्रभाव अनुमान गर्न सकिन्छ ।
उत्तर: आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोरी सच्याई आफूलाई सबल र सफल बनाउन सहयोग गर्छ । त्यस्तै यसले आफ्ना सबल पक्ष र कमजोर पक्ष केलाएर आफ्नो कमजोरी महसुस गरी कमजोर पक्षलाई स्वीकार गरी त्यसलाई सुधार गर्ने कार्यलाई आत्मआलोचना भनिन्छ ।
उत्तर: आफ्ना सबल पक्ष र कमजोर पक्ष केलाएर आफ्नो कमजोर पक्षलाई स्वीकार गरी त्यसलाई सुधार गर्ने कार्यलाई आत्मआलोचना भनिन्छ भने आत्मआलोचना गरेर मात्र मानिसले सफलता प्राप्त गर्न सक्दैन । त्यसका लागि त आफ्नो कमजोरीलाई हटाई आफू परिवर्तन हुनुपर्छ । आफूमा सुधार गर्न आवश्यक विचार, कार्य र व्यवहारमा आफै परिवर्तन ल्याउनु नै स्वरूपान्तरण हो ।
उत्तरः समालोचनात्मक चिन्तनको महत्व:
- कुनै मुद्धा वा समस्याको वास्तविक निष्कर्षमा पुग्न
- परिस्थिति अनुकूलका विभिन्न सिद्धान्त, परिभाषा कानुन लगायतका कुराहरू निश्चित गर्न
- व्यक्तिगत पक्षधरता, पूर्वाग्रहलगायतका निष्कर्षमा प्रभाव पार्ने तत्वहरूलाई हटाई उचित निष्कर्ष निकाल्न
- सान्दर्भिक तथ्य, प्रमाण र अनुभवहरूलाई समेटी असान्दर्भिक कुराहरू हटाउन कुन कुरा सर्वस्वीकार्य हो र कुन कुराका लागि प्रमाण आवश्यक छ भन्ने कुराको बोध गर्न
उत्तर: समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू निम्न छन्:
- विश्लेषण सिप: कुनै घटना, समस्या वा मुद्धासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गर्ने र तिनीहरूलाई प्रशोधन गर्ने तथा त्यसको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो ।
- अर्थ निर्माण सिप: सङ्कलित तथा प्रशोधित सूचना र तथ्याङ्कबाट अर्थ निकाल्ने क्षमता नै अर्थ निर्माण सिप हो ।
- निष्कर्ष अनुमान गर्ने सिप: उपलब्ध ज्ञान पर्याप्त र विश्वसनीय छ छैन मूल्याङ्कन गरी त्यसबाट प्राप्त हुने नतिजा अनुमान गर्ने सिप नै निष्कर्ष अनुमान सिप हो ।
- व्याख्या गर्ने सिप: सिप लगाइएका कुरा र तर्कलाई स्पष्टसँग अरुलाई बुझाउन सक्ने क्षमतालाई व्याख्या सिप भनिन्छ ।
- आत्मनियमन सिप: आफ्नो सोच्ने तरिका ठिक छ कि छैन भनेर निरन्तर अनुगमन र नियमन गर्नुपर्छ। यस्तो नियमन गर्ने क्षमता नै आत्मनियमन सिप हो ।
- खुला सोचाइ सिप: आफ्नो विचार मात्र ठिक भन्ने भावनाबाट मुक्त भइ अरु सबैको विचार भावना, चासो आदिप्रति पर्याप्त ध्यान दिने सिप नै खुला सोचाइ सिप हो ।
- समस्या समाधान सिप: समालोचनात्मक चिन्तनका क्रममा अप्रत्यासित रुपमा आइलाग्ने समस्याहरूलाई बुद्धिमतापूर्ण ढङ्गले समाधान गरी विभिन्न प्रकारका द्वन्द्वलाई व्यवस्थापन गर्ने क्षमतालाई समस्या समाधान सिप भनिन्छ ।
उत्तरः आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ किनभने आत्मआलोचना सिपले आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोरी सच्याई आफूलाई सबल र सफल बनाउन सहयोग गर्छ । त्यस्तै यसले व्यक्तिलाई अरुको दृष्टिकोणबाट आफ्नो व्यवहारको समीक्षा गर्न सिकाउने भएकाले आत्मसचेतनाको पनि विकास गराउँछ । यसले व्यक्तिलाई समस्याको जरासम्म पुग्न र त्यसको समाधान पत्ता लगाउन सक्षम बनाउँछ ।
पाठ ३: सिर्जनात्मक चिन्तन
१. तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस्:
(क) सिर्जनात्मक चिन्तन भनेको हो?
उत्तरः कुनै पनि परिस्थिति वा परिदृश्यमा नयाँ विकल्पहरू सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तन हो।
(ख) सिर्जनात्मक चिन्तन गर्ने व्यक्तिसँग हुने कुनै दुई विशेषताहरू लेख्नुहोस्।
उत्तर: सिर्जनात्मक चिन्तनका विशेषताहरू
- जिज्ञासु र खुलापनलाई बढावा दिन्छ।
- व्यक्तिलाई सिकाइ र सिर्जनाप्रति अभिरुचि जगाई खुसी र आनन्दित तुल्याउँछ।
(ग) सिर्जनात्मक चिन्तनको तयारी चरणमा के गरिन्छ?
उत्तरः सबै सिर्जनात्मक चिन्तन भएका मानिसका आआफ्नै सोच्ने तरिका र प्रक्रियाहरू हुन्छन्। कुनै सिर्जनात्मक यात्राको सुरुआत यसका लागि तयारी गरेर गरिन्छ। यस चरणमा आवश्यक सामग्री व्यवस्था गरिन्छ। त्यस्तै अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर आफूलाई लागेका सबै विकल्पहरू विचार गरिन्छ। अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ।
(घ) सिर्जनात्मक चिन्तनको अभ्यास गर्दा हुने एक फाइदा लेख्नुहोस्।
उत्तरः सिर्जनात्मक चिन्तनका फाइदाहरू निम्नानुसार छन्:
- यसले मानसिक लचकतामा वृद्धि गर्छ। विभिन्न विकल्पहरूमा विचार गर्ने गराउँछ।
- समस्याहरूको बहुआयामिक समाधान पत्ता लगाउन सहयोग गर्छ।
- सिर्जनात्मक चिन्तनको पर्याप्त अभ्यासपछि कार्यस्थलमा आउने विभिन्न चुनौतीहरूसँग लड्ने तथा ती चुनौतीहरूलाई अवसरमा परिणत गर्ने क्षमता विकास हुन्छ।
- सिर्जनात्मक चिन्तनको अभ्यासले समस्या, विचार वा अवधारणाको विभिन्न पक्षहरू देख्ने बानीको विकास गर्छ।
(ङ) सिर्जनात्मक चिन्तनका कुनै पाँच विशेषताहरूको सूची बनाउनुहोस्।
उत्तर: सिर्जनात्मक चिन्तनका कुनै पाँच विशेषताहरू
- जिज्ञासु र खुलापनलाई बढावा दिन्छ।
- व्यक्तिलाई सिकाइ र सिर्जनाप्रति अभिरुचि जगाइ खुसी र आनन्दित तुल्याउँछ।
- सोचाइ र चिन्तनमा विविधता ल्याउँछ।
- व्यक्तिको जोखिम बहन गर्ने क्षमता वृद्धि गर्छ।
- काममा नवप्रवर्तन हटाउन मदत गर्छ।
(च) सिर्जनात्मक चिन्तन प्रक्रियाका पाँच चरणको छोटो परिचय दिनुहोस्।
उत्तरः सिर्जनात्मक चिन्तन प्रक्रियाका पाँच चरणहरू:
- तयारी चरण: आवश्यक सामग्री व्यवस्था गरेर अनुसन्धान, मस्तिष्क मन्थन आदि गरी योजना तयार गरिन्छ।
- विकास चरण: योजना परिपक्क हुन समय दिइन्छ, र यो अवधिमा सिर्जनाकार अरु कार्यमा लागेर योजना विकास गर्छ।
- पूर्दाप्ति चरण: सिर्जनाकारको दिमागमा नयाँ विचार वा समाधानको अन्तदृष्टि आउँछ।
- मूल्याङ्कन चरण: उपलब्ध ज्ञान र अनुभवका आधारमा नविन विचारको परीक्षण वा अनुसन्धान गरिन्छ।
- प्रमाणीकरण चरण: अन्तिम रूप दिइन्छ र अन्य व्यक्तिहरूसामु प्रस्तुत गरिन्छ।
पाठ ४: समानुभूति
(क) समानुभूतिको अर्थ के हो ?
उत्तरः समानुभूति शब्द "सम" र "अनुभूति" दुई शब्द मिलेर बनेको छ । यसमा "सम" को अर्थ बराबर र "अनुभूति" को अर्थ अनुभव वा महसुस गर्न भन्ने हुन्छ । त्यसैले समानुभूति भन्नाले अरुले भोगिरहेका संवेगात्मक अनुभवलाई पहिचान गर्ने, बुझ्ने र सो महसुस गरी आफूले पनि त्यस्तै संवेगात्मक अनुभव वा अनुभूति गर्ने क्षमता बुझिन्छ ।
उत्तर: सहानुभूति सिपका फाइदाहरु यस प्रकार छन्:
- सहानुभूति सिप भएका मानिस बाल्यकाल तथा वयस्क दुवै अवस्थामा समाजमा मिलनसार हुने भएकाले साथीहरूबिचमा तथा समाजमा सबैको प्रिय हुन्छन् ।
- समानुभूति सिपले कार्यस्थलमा पनि सकारात्मक प्रभाव पार्छ । यसले श्रमिक तथा व्यवस्थापक दुवैको कार्य प्रभावकारी रुपमा सम्पादन गर्न सहयोग गर्छ ।
- परिवारका सदस्यहरू तथा दम्पतीबिच एक आपसमा समानुभूति भएमा वैवाहिक जीवन सुखी सफल हुन्छ ।
उत्तरः संज्ञानातमक सहानुभूति भनेको अरुको संवेगात्मक अनुभवलाई पहिचान गरी बुझ्ने क्षमता हो । कसैको अनुहार हेरेर ऊ दुःखी छ कि खुसी छ भनी थाहा पाउनु संज्ञानात्मक सहानुभूति हो । कसैको अनुहारमा आएको खुसी, हासो देखि ऊ खुसी छ, रमाएको छ भनी थाहा पाउनु संज्ञानात्मक अनुभूति हो ।
उत्तरः सहानुभूतिका मूल तत्वहरू अमेरिकी लेखक Dariel Goleman का अनुसार सहानुभूतिका मुख्य तत्व यस प्रकार छन्:
- अरूलाई बुझ्नु: अधिकांश मानिसहरूले अरुलाई बुझ्नु नै समयानुभूति भन्ने बुझेका हुन्छन् । यस अवस्थामा मानिसहरू अरूका कुरा तथा गैरशाब्दिक सञ्चार (Non-verbal communication) मा ध्यान दिएर सुन्ने/हेर्ने, उनीहरूको दृष्टिकोण बुझ्ने, त्यसमा आफ्नै संवेदनशीलता देखाउने र उनीहरूको अनुभूति र आवश्यकता अनुसार सहयोग गर्ने कार्यमा सक्षम हुन्छन् ।
- अरूलाई विकसित पार्नु: अरूलाई विकास गर्ने भन्नाले अरूको आवश्यकता र चासो अनुसार कार्य गर्ने र उनीहरूको सम्भाव्यतालाई पूर्ण विकास गर्ने बुझिन्छ । यस्ता सिप भएका मानिसले अरूका कार्यका अनुगमन गरी सहयोग गर्ने, उपलब्धि तथा क्षमता अनुसार प्रशंसा गर्ने, सुधारका लागि रचनात्मक सुझाव दिने र उनीहरूको विकासका लागि उपयुक्त काम (Assignments) दिने गर्छन् ।
उत्तरः समानुभूतिको मुल तत्वहरू यस प्रकार रहेका छन्:
- अरुलाई बुझ्नु
- सेवाभाव राख्नु
- अरूलाई विकसित पार्नु
- राजनीतिक सचेतना
- विविधताको उपयोग गर्नु
अरुलाई बुझ्नु: अधिकांश मानिसहरूले अरुलाई बुझ्नु नै समानुभूति भन्ने बुझेका हुन्छन् । यस अवस्थामा मानिसहरू अरूका कुरा तथा गैरशाब्दिक सञ्चारमा ध्यान दिएर सुन्ने/हेर्ने, उनीहरूको दृष्टिकोण बुझ्ने, त्यसमा आफ्नै संवेदनशीलता देखाउने र उनीहरूको अनुभूति र आवश्यकता अनुसार सहयोग गर्ने कार्यमा सक्षम हुन्छन् ।
अरूलाई विकसित पार्नु: अरूलाई विकास गर्ने भन्नाले अरूको आवश्यकता र चासो अनुसार कार्य गर्ने र उनीहरूको सम्भाव्यतालाई पूर्ण विकास गर्ने बुझिन्छ । यस्ता सिप भएका मानिसले अरूका कार्यका अनुगमन गरी सहयोग गर्ने, उपलब्धि तथा क्षमता अनुसार प्रशंसा गर्ने, सुधारका लागि रचनात्मक सुझाव दिने र उनीहरूको विकासका लागि उपयुक्त काम दिने गर्छन् ।
उत्तरः
- संवेगात्मक समानुभूति: अरूको संवेगात्मक अनुभव देखेर आफूले पनि त्यस्तै अनुभूति गर्नु नै संवेगात्मक सहानुभूति हो । यसमा अरूको संवेग जस्तो छ, आफूले पनि त्यस्तै संवेग अनुभव गरिन्छ । सिनेमामा कुनै पात्रले दुःख पाएको देखेर रुनु वा हिरोले पिट्दा ताली बजाउनु संवेगात्मक सहानुभूति हो ।
- दयालु समानुभूति: अरूको संवेगात्मक अनुभूति आफूले पनि अनुभव गरेर त्यस अनुभवमा आवश्यकताअनुसार सहयोग वा सहभागिता गर्नु दयालु समानुभूति हो । एउटा स्थानमा विपत्ति वा पहिलो जाँदा अरू स्थानका मानिसले दुःख अनुभव गरी त्यस स्थानका मानिसहरूलाई सहयोग गर्नु दयालु समानुभूति हो ।
उत्तरः समानुभूति सिप विकास गर्नका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ। समानुभूति सिप विकास गर्न अवलम्बन गर्न सकिने उपायहरू यस प्रकार छन्:
- अन्य व्यक्तिहरूका बारेमा उत्सुक रहने, उनीहरूका विचार, चासो, संस्कृति आदि बारेमा जानकारी राख्ने ।
- नयाँ-नयाँ मानिसहरूसँग अन्तरक्रिया गर्ने, नयाँ स्थानहरूको भ्रमण गर्ने ।
- आफ्ना बानीव्यवहारबारे परिवार, साथी तथा सहकर्मीहरूबाट फीडब्याक लिने र त्यस अनुसार आफूलाई परिवर्तन गर्ने ।
- कुराकानी गर्दा अरूलाई सम्मान गर्ने, उनीहरूको कुरा सुन्ने र विचार, सुझाव आदिलाई समानुपातिक राख्ने ।
- कुनै सामाजिक संस्था वा परियोजनामा सरिक हुने ।
- कथा, उपन्यास, समाचार लगायत साहित्य पढ्ने बानी बसाल्ने ।
पाठ ५: आत्मबोध
(क) आत्मबोध भनेको के हो?
उत्तरः आत्मबोध भन्नाले आफैमा ध्यान दिए आफ्ना विचार, भावना तथा कार्यहरू आफ्ना आन्तरिक मूल्य मान्यताहरूसँग मिल्दा छन कि छैनन मूल्याङ्कन गर्नु भन्ने बुझिन्छ । आत्मबोध गर्नसक्ने व्यक्तिले अरूहरुले हेर्ने दृष्टिकोणबाट आफूलाई हेरेर आफ्ना विचार, भावना र कार्यहरूको उचित मुल्याङ्कन गर्छ । त्यसका आधारमा आफ्ना संवेगहरूलाई नियन्त्रण गर्न र तिनीहरूलाई आफ्ना मूल्यमान्यतासँग मिल्ने गरी समायोजन गर्न सक्छ ।
(ख) आत्मबोधको महत्व दुई बुँदामा लेख्नुहोस् ।
उत्तरः आत्मबोध नभएको व्यक्ति कुनै पनि समुह, संस्था वा सङ्गठनको असल नेतृत्वकर्ता हुन सक्दैनन् । असल नेतृत्वकर्ता बन्नका लागि आत्मबोध गर्न आवश्यकता छ । आत्मबोधको महत्व निम्न अनुसार छन् :
- आफूले के के राम्ररी गर्न सकिन्छ र के के सुधार गर्न आवश्यक
- आफ्नो विचार र कार्यलाई आफ्नो आर्दशसँग मिलाएर खुसी जीवन जिउनु
- आफ्ना संवेग पहिचान गर्नु तथा आफूलाई कम मन पर्ने कामहरू कम गरी तनाव कम गर्नु
(ग) आत्ममूल्याङ्कन भन्नाले के बुझिन्छ, लेख्नुहोस् ।
उत्तरः आफ्ना व्यक्तिगत कार्य र तिनको परिमाणलाई व्यवस्थित रुपले अवलोकन र विश्लेषण गरेर तिनलाई मूल्य दिने प्रक्रिया नै आत्ममूल्याङ्कन हो । यो प्रायः औपचारिक रुपमा गरिने भएकाले लिखित रुपमा नै गर्ने चलन छ । यसलाई व्यक्तिगत तथा संस्थागत रूपले गर्न सकिन्छ । यसमा व्यक्तिलाई संस्थाको स्थापित लक्ष्य प्राप्तिमा उसको सफलत, कार्यदक्षता र कार्यसम्पादनको स्तर निर्धारण गर्न लगाइन्छ । आत्ममूल्याङ्कन व्यक्तिका लागि आफ्ना कमीकमजोरी थाहापाउने तथा तिनलाई सुधार गर्ने महत्वपूर्ण अवसर हो । यसका लागि व्यक्तिमा आत्ममूल्याङ्कन गर्ने सिप वा दक्षता हुनुपर्छ ।
(घ) आत्मबोधका तरिकाहरूबारे छोटकरीमा लेख्नुहोस् ।
उत्तरः व्यक्तिले आफूमा आत्मबोध सिप विकास तथा अभ्यास गर्नका लागि मुख्य रूपमा निम्न लिखित उपायहरू अपनाउन सकिन्छ :
- ध्यान गर्ने: योगाभ्यास तथा ध्यान गर्ने गर्दा मानिसले आफैले मूल्याङ्कन गर्ने मौका पाउँछ ।
- लेख्ने: आफ्ना मुख्य योजनाहरू डायरीमा लेख्ने तथा समय समयमा समीक्षा गर्ने ।
- मनोमापन परीक्षण गर्ने: आत्मबोधको स्तर नाप्न सङ्ख्यात्मक तर्कजस्ता मनोमापन परीक्षण गराउने ।
- विश्वासिलो साथीहरूलाई सोध्ने: आफ्ना विश्वासिलो साथीहरूबाट पृष्ठपोषण लिनुपर्छ ।
(ङ) आत्ममूल्याङ्कनको महत्व कुनै पाँच बुँदामा लेख्नुहोस् ।
उत्तरः आत्ममूल्याङ्कन गर्नाले व्यक्ति तथा संस्था दुवैलाई फाइदा हुन्छ। यसले व्यक्तिका कमीकमजोरी पत्ता लगाई तिनलाई सुधार गर्ने भएकाले व्यक्तिको कार्यसम्पादन वृद्धि हुन्छ । यसले संस्थाको लक्ष्य प्राप्तिमा बल पुग्दछ । आत्ममूल्याङ्कनका महत्वहरू निम्न अनुसार रहेका छन् :
- व्यक्तिलाई आफूलाई मूल्याङ्कन गर्ने व्यक्ति आफै भएको अनुभूति गराउन
- आफ्नो अनुगमन आफै गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गराउन
- व्यक्तिको कार्यदक्षतामा सुधार गर्ने
- संस्थाका कर्मचारी बीच एक आपसबाट सिक्न बानीको विकास गर्न
- सामूहिक कार्यप्रति उत्प्रेरणा जगाउन
(च) आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा कसरी सहयोग पुयाउँछ ?
उत्तरः आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा निम्न तरिकाबाट सहयोग पुयाउँछ :
- आफ्नो अनुगमन आफै गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गराउन सहयोग पुयाउछ जसले गर्दा व्यक्तित्व विकासमा सहयोग पुयाउँछ ।
- संस्थाका कर्मचारीविच एक आपसबाट सिक्ने बानीको विकास गर्न सहयोग पुयाउँछ जसले गर्दा पनि व्यक्तित्व विकासमा सहयोग पुग्छ ।
- आफैले नयाँ विधि तथा प्रविधिको खोजी गर्छ जसले गर्दा व्यक्तित्व विकासमा सहयोग पुयाउँछ ।
- आफ्ना कमीकमजोरीहरूप्रति कठोर भएर सत्य पत्ता लगाउन आत्ममूल्याङ्कनले सहयोग पुयाउँछ ।
पाठ ६: संवेग व्यवस्थापन
(क) संवेग भन्नाले के बुझिन्छ?
उत्तरः कुनै वस्तु वा परिस्थितिप्रतिको चेतनायुक्त मानसिक प्रतिक्रिया नै सवेग हो। प्रायः यस्ता मानसिक प्रतिक्रियाका साथमा शरीरका अन्य अङ्गहरू तथा व्यक्तिको व्यवहारमा पनि परिवर्तन आउँछ। सुख, खुशी, उत्साह आदि सकारात्मक संवेगहरू हुन् भने दुःख, पीडा, रिस आदि चुनौतीपूर्ण वा नकारात्मक संवेगहरू हुन्।
(ख) संवेग व्यवस्थापन भनेको के हो?
उत्तरः सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संवेगप्रति सचेत रहने तथा तिनीहरूलाई रचनात्मक तरिकाले परिचालन गर्ने क्षमतालाई संवेग व्यवस्थापन भनिन्छ। नकारात्मक संवेग ल्याउन सक्ने परिस्थितिप्रति आफ्नो संवेगलाई नियन्त्रण वा समायोजन गरी सकारात्मक तरिकाले अन्त्य गर्नु संवेग व्यवस्थापनको मुख्य उद्देश्य हो।
(ग) किशोरावस्थामा किन सहपाठी समूह महत्वपूर्ण हुन्छ?
उत्तरः संवेग व्यवस्थापनका लागि सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संवेगहरू नियन्त्रण गर्नु मुख्य उपाय हो। सहपाठी समूहसँग घुलमिल हुँदा आफूमा नकारात्मक सोचलाई चुनौती दिन र प्रमाण खोज्न सजिलो हुन्छ। यसले किशोरावस्थामा सकारात्मक सोचको विकास गराउन महत्वपूर्ण भूमिका खेल्छ।
(घ) योगाभ्यासमा के के पर्छन्?
उत्तरः ध्यान तथा योगाभ्यासले वस्तु वा विचारमा ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ। योगाभ्यासमा प्राणायाम, आसन र आराम गर्ने तरिका सिकाइन्छ भने ध्यानमा कुनै एक कुरामा ध्यान केन्द्रित गरिन्छ। योगाभ्यासमा अनुलोमविलोम, भस्त्रिका, कपालभाति जस्ता प्राणायाम र भुजङ्गासन, मर्कटासन, धनुरासन, बज्रासन आदि आसन पर्दछन्।
(ङ) संवेग व्यवस्थापन गर्ने कुनै पाँचओटा उपाय लेख्नुहोस्।
उत्तरः संवेग व्यवस्थापन गर्ने उपायहरू निम्नानुसार छन्:
- संवेगसँग सम्बन्धित कार्यहरूको ठिक वा बेठिक पत्ता लगाई आफू योग्य वा अयोग्य भएको थाहा पाउने।
- नियमित रूपमा क्रोधलाई नियन्त्रण गर्ने।
- नियमित रूपमा शारीरिक अभ्यास गर्ने।
- मन मिल्ने व्यक्तिसँग कुराकानी गर्ने र समूहमा रमाउन सिक्ने।
- आफ्ना वरपर भएका घटनाहरूलाई स्वाभाविक मानेर स्वीकार गर्ने।
(च) किशोरावस्थामा संवेग नियन्त्रणका लागि योगाभ्यास शीर्षकमा एक सम्पादकीय लेख्नुहोस्।
सम्पादकीय
जेनिसा भट्टराई
योग तथा ध्यानले किशोरावस्थाको संवेग नियन्त्रणमा सहयोग पुर्याउँछन्। ध्यान तथा योगभ्यास गर्नाले ध्यान केन्द्रित गर्ने क्षमता, शारीरिक र मानसिक सचेतना बढाउँछ। रिस, चिन्ता जस्ता नकारात्मक संवेगलाई कम गर्दै सकारात्मक स्वभावको विकास गर्न मद्दत गर्छ। किशोरावस्थामा संवेग नियन्त्रणका लागि योगाभ्यास अत्यन्त महत्वपूर्ण छ।