एकाई:-७
पाठ:-१
नेपालमा
जातप्रथा
क्रियाकलाप
१. जातीय भेदभाव र छुवाछुत अमानवीय व्यवहार हो, यस भनाइमा वक्तृता तयार पार्नुहोस् र कक्षामा वक्तृत्वकला प्रतियोगिता गर्नुहोस्।
उत्तर :
कक्षा
११
का
विद्यार्थीहले
जातीय
भेदभाव
र
छुवछूत
अमानवीय
व्यवहार
हो
भन्ने
शीर्षकमा
वक्तृत्वकला
प्रतियोगिता
सञ्चालन
गरे
।
सो
प्रतियोगितामा
६
जना
विद्यार्थीहरूले
भाग
लिए
।
यस
वक्तृत्वकला
प्रतियोगितामा
रञ्जना
पाण्डेले
आफ्नो
विचार
राखिन्।
रञ्जना पाण्डे
आदरणीय
सभापति
महोदय,
शिक्षक
तथा
शिक्षिका
वर्ग
एवम्
मेरा
साथीभाइहरू
।
आजको
विषय
हामी
सबैलाई
थाहा
नै
छ।
ममानिस
मानिस
सबै
एकै
हुन्
।
सबै
मानिसको
शरीर
एकजस्तै
हुन्छ।
सबैको
रगतको
रङ
रातै
हुन्छ
।
बाहुन
बिरमी
परी
दनुवारको
रगत
दिएमा
उसको
ज्यान
जोगिन्छ।
जसको
रगत
दिएर
ज्यान
जोगियो
भने
उही
अछुत
।
रगतले
त
भेदभाव
गरेन
भने
मानिसले
किन
भेदभाव
गरेको
होला।
साथी
हो,
तपाई
हामी
सबैलाई
थाहा
नै
छ
उहिले
सामाजिक
व्यवस्था
मिलाउनलाई
सिप
र
दक्षता
हेरी
काम
बाँडियो
।
सोही
कामको
आधारमा
जात
भनिन
थालियो
।
जन्मको
आधारमा
जात
होइन,
कर्मको
आधारमा
जातप्रथा
चलेको
थियो।
काम
फेरिए
जाति
फेरिन्थ्यो
।
भनिन्छ,
जन्मदग्नि
ऋषि
ब्राह्मण
थिए
।
उनी
ध्यान
तथा
तप
गर्थे
।
तर
उनका
छोरा
परशुराम
क्षेत्री
भए
।
उनी
शस्त्रअस्त्र
चलाउन
सिपालु
थिए
।
कालान्तरमा
यही
प्रथालाई
जन्मका
आधारमा
बनाइयो
।
अरूको
सेवा
गर्नेलाई
हेपियो
।
पानी
नचल्ने
पानी
चल्ने IMPERIA
जातिहरूमा
नामाकरण
गरियो
।
यो
तल्लो
जातको
हो
यसले
छोएमा
जात
जन्छ
र
छोइछिटो
गर्नुपर्छ
भनी
प्रचलनमा
आयो।
उही
भगवानले
सबैलाई
बनाएका
हुन्
।
उनी
एकै
भगवानका
हामी
सन्तान
हौँ
।
त्यसो
भए
को
ठूलो ?
को
सानो ?
कसको
पनी
चल्ने,
कसको
पाना
नचल्ने ?
जाति
मानिसहरूले
बनाएको
प्रथा
हो
।
यसमा
विभेद
सिर्जना
गरी
व्यवहार
गर्नु
उचित
होइन
।
कसेको
निधारमा
जात
लेखिएको
हुँदैन
।
मानिस
जातिलाई
नोक्सान
गर्ने,
ध्वंसात्मक
प्रवृत्ति
भएका,
नकारात्मक
सोच
भएकाहरूलाई
हेला
गर्नु
पर्छ
।
हाम्रो
सोच
बदल्नु
पर्छ।
सकारात्मक
मानसिकताको
विकास
गर्नुपर्छ।
असल
चालचलन,
बोलीचाली
र
व्यवहार
विकसित
गर्नुपर्छ
।
यसो
गर्दा
जाति
प्रथा
आफै
हराएर
जान्छ
।
यति
भदै
म
आफे
दुई
शब्द
यहीँ
टुग्याउँछु
।
धन्यवाद।
२. जातीय भेदभाव र छुवाछुतको विरुद्धमा चेतनामूलक गीत, कविता, चित्र वा नाटक तयार पार्नुहोस् वा सङ्कलन गर्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस्। ।
उत्तर : जातीय
भेदभाव
र
छुवाछूत
विरुद्धमा
चेतनामूलक
दुई
कविताहरू:
विचलित मान्छे (- रमेशजङ्ग सिजापति)
त्यही
मान्छे
हो
वर्तमानमा
देखिएको
विगतको
पहिचान
हराएको
बोली,
वचन
र
आस्थामा
विचलनपछि
देखिएको
यथार्थ
रूपलाई
भन्न
करै
लाग्यो
स्वयं
आफैौमा
विचलन
आएको
मन्छे।
कविता महोत्सवमा प्रज्ञा प्रतिष्ठानमा वाचन गरिएको कविता
'अछुतले अछुत हुनमा गर्व गरोस्' (- हाङयुग अज्ञात)
अछुतले
अछुत
भएकोमा
किन
गर्व
गर्नु
उ-
पैताला
हो
उसले
थामेको
छ
छाती
र
टाउकोको
भार
त्यसकारण
अछुतले
गर्व
गर्नु ?
ऊ
तिम्रो
मंगल
कार्यमा
अघिअघि
सहनाई
बजाउँदै
हिँड्छ।
त्यसकारण
अछुतले
गर्व
गर्नु ?
तिम्रा
हतियार
तिम्रा
औजार
उसले
बनाइदिन्छ
त्यसकारण
अछुतले
गर्व
गर्नु ?
तिम्रो
गुहु
सोहर्छ
तिम्रो
लास
पोल्छ
तिम्रो
पानी
छुदैन
तिम्रो
जुत्ता
सिलाउँछ
त्यसकारण
अछुतले
गर्व
गर्नु ?
ऊ
मान्छे
नै
होइन
ऊ
तिम्रो
जातीय
सर्वोच्चताले
थिचिएको
धुलो
हो
त्यसकारण
अछुतले
गर्व
गर्नु ?
उसो
भए
अब
देखि
उत्पीडितले
उत्पीडित
भएकोमा
गर्व
गर्नु ?
शोषितले
शोषित
भएकोमा
गर्व
गर्नु ?
उसोभए
बलात्कृतले
बलात्कृत
भएकोमा
गर्व
गर्नु ?
बाटुली र मनसरा कोलीको कथा:
छुवाछूत
अझै
यथवत
रहेको
बताउने
विक
मात्रै
थिएनन्
।
जतीय
आधारमा
छुवछूत
गर्न
नपाइने
कनुन
बनेको
दशकौं
बित्दा
पनि
गाउँ
एवम्
शहर
जताततै
विभेद
भोग्दै
आएको
उनीहरूले
बताए।
नयाँ
पुस्ताका
कैयौँ
भेदभावप्रति
सचेत
हुँदै
गएको
देखिए
पनि
पुरानो
पुस्ता
कट्टर
देखिन्छ
।
यसको
कारण
कठोर
सजाय
भोग्ने
अरू
पनि
थिए।
बाटुली
देवि
कोलीले
भनिन्,
मेरा
श्रीमान्को
एउटा
औंला
नै
उनीहरूले
नै
काटी
दिए
फेरि
उनीहरूले
नै
प्रहरी
ल्याउने
धम्की
दिएर
हामीलाई
चुप
लगाए।
अभ्यास
१. नेपालमा जाति व्यवस्थाको पृष्ठभूमि उल्लेख गर्दै यसले समाजमा पारेका प्रभावहरूको सूची तयार पार्नुहोस्।
उत्तर : जात
प्रथा
सामाजिक
विभेदीकरणको
स्वरूप
हो
।
वंश
परम्परा,
धर्म,
गुण,
आकृति,
वासस्थान
आदिका
आधारमा
विभाजित
मनुष्यको
वर्गलाई
जत
भनिन्छ।
जात
सम्बद्ध
जात
प्रथा
हो।
नेपालमा
लामो
समयदेखि
जात
प्रथाले
जरा
गाडेर
बसेको
छ
।
२०७७
सालको
प्रजातानित्रक
आन्दोलन
र
त्यसपछि
स्थापना
भएको
प्रजातन्त्रले
जात
प्रथा
छ
वाछूत
अन्त्यका
लागि
विभिन्न
प्रयासहरू
भएकाछन्
।
वि.सं. २०२०
सालमा
बनेको
मुलुकी
ऐनले
जातइि
विभेदलाई
पूर्ण
रूपमा
विभेद
गरेको
थियो
।
त्यसपछि
बनेका
कानुनले
पनि
यस
विभेदकारी
प्रथालाई
निरुत्साहन
तथा
यसको
अन्त
गर्ने
प्रयास
गरेका
छन्।
जाति
व्यवस्था
कामको
आधारमा
नभई
जन्मको
आधारमा
भएको
देखिन्छ।
ब्राह्मणको
छोरा
ब्राह्मण
नै,
नेवारको
छोरा
नेवार
नै
तथा
अन्य
गुरुङ,
दुरा,
राई,
लिम्बू
सबैका
सन्तति
सोही
जातिका
हुने
भए
।
यो
प्रथा
लिच्छवी
काल,
मल्लकाल
हुँदै
आधुनिक
कालसम्म
जारी
छ
।
पहिले
पहिले
अन्तरजातीय
विवाहलाई
कानुनी
बन्देज
थियो
।
अन्तरजातीय
विवाहबाट
जन्मेका
सन्तानलाई
वर्णशङ्कर,
विटालु
भनी
हेप्ने
गरिन्थ्यो।
सानो
जातले
ठूलो
जातको
थिचोमिचो
सहनु
पर्यो
।
गाउँघरमा
अझै
पनि
सानो
जातो
लागि
छुट्टै
टोलको
व्यवस्था
छ
।
यो
अहिलेदेखिको
रीति
हो
।
राणकालमा
पनि
जात
अनुसारको
सजाय
थियो
।
ठूलै
कसुर
गरे
पनि
ब्राह्मणलाई
फाँसीको
सजाय
थिएन
।
साना
जातलाई
गोठालो,
खेतालो,
हली
राख्ने,
कमारा
कमारी
बनाउने
प्रचलन
थियो
।
अझै
पनि
जाति
प्रथाले
समाजमा
ठूलो
प्रभाव
पारेको
छ।
-
यो
जातिप्रथाले
समाजमा
सानो
र
ठूलो
जात
भनी
स्तरीकरण
गरिदिन्छ।
-
समाजमा
सानो
जात
भनी
नामाकरणं
गरी
अछुत
भनी
हेला
गर्ने
परिपाटीले
छुवाछूत
प्रथा
कायम
रहन्छ।
-
अन्तरजातीय
विवाहलार्य
हेलाको
दृष्टिले
हेरिन्छ।
-
यो
एक
बन्द
व्यवस्था
हो
।
ठूलो
जातका
पुरुषले
सानो
जातको
महिला
विवाह
गरेमा
ऊ
सानो
जातमा
झर्छ।
ठूलो
जातकी
महिलाले
सानो
जातमा
विहे
गरेमा
पनि
उनी
सानो
जातमा
झर्छिन्
।
-
बाहुन
ठूलो
जातका
भएकाले
राज्यव्यवस्थामा
काम
पाउने,
वैश्य
सुद्रलाडू
शासन
व्यवस्थामा
कुनै
ठाउँ
थिएन।
-
बाहुनले
हलो
जोत्न
नहुने,
वैश्य,
सुद्र
र
अछुतले
वेद
पाठ
गर्न
नहुने
बन्देज
थियो।
-
जातीयतामा
जन्मने
वित्तिकै
सदस्यता
प्राप्त
हुन्छ।
बाहुन
जन्मने
वित्तिकै
बाजे,
क्षेत्री,
काजी,
अन्य
मतुवाली,
यो
जन्मजात
सदस्यता
हो।
-
सना
जातका
मानिस
पढ्न
लेख्नबाट
वञ्चित
भएकाले
पुख्यौली
पेशामा
लाग्नु
पर्ने
अरू
काम
नपाइने।
-
साना
जातका
मानिसलाई
सार्वजनिक
स्थानहरू
मन्दिर,
कुवा,
धारा,
भोज,
सभा
समारोहमा
बन्देज
हुन्थ्यो
।
-
धार्मिक
कार्य
ब्रह्मण
पण्डितबाट
नगराएसम्म
शद्ध
पवित्र
मानिदैन।
-
जतिसुकै
जानकार
भएपनि
साना
जातका
मानिस
पुरोहित
बन्न
नपाउने।
-
जातीय
प्रथा
जातभित्रको
एकता,
अनुशासन
र
सुरक्षाको
प्रतिक
हो
भन्ने
पनि
वहस
गरिन्छ।
-
पेशागत
अवधारणा,
सहयोगको
भावना,
जातीय
सुरक्षा,
नश्लगत
शुद्धता
र
सामाजिक
एकता
भने
जातीय
फाइदाहरू
हुन्।
२. जात प्रथाका अवधारणाहरू प्रस्तुत गर्दै यसबाट सिर्जित विभेद हटाउन वर्तमानमा कस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ, चर्चा गर्नुहोस्।
उत्तर : जात
प्रथाको
उत्पत्ति
कसरी
भयो
भन्ने
सम्बन्धमा
विभिन्न
अवधारणाहरू
पाइन्छन्
।
ती
मध्ये
केही
अवधारणाहरूलाई
यहाँ
प्रस्तुत
गरिएको
छ।
(क) जातको दैवी अवधारणा : आजभन्दा
झण्डै
तीन
हजार
वर्ष
पहिलदेखि
जातको
दैवी
अवधारणा
विकास
भएको
पाइन्छ
।
जातीयताको
दैवी
मान्यता
भनेको
धर्मसँग
मात्र
जोडेर
पूर्ण
जातीय
परिभषा
हुन
सक्दैन
।
यो
प्रथा
पदसोपानमा
आधारित
छ।
यो
सिद्धान्त
जातको
निर्धारण
इश्वरद्वारा
उत्पत्तिको
आधारमा
हुने
मान्दछ
।
तथापि
समाजलाई
व्यवस्थित
गर्न
वर्ण
व्यवस्था
कायम
गरिएकाले
वर्ण
वर्णको
आधारमा
जात ..
प्रथा
भएको
दैवी
मान्यता
देखिन्छ।
मनुस्मृतिका
अनुसार
सृष्टिकर्ता
ब्रह्माको
मुखबाट
ब्राह्मण,
हातबा
क्षेत्री,
तिघ्राबाट
वैश्य
र
पाउबाट
शुद्र
उत्पत्ति
भए
भनिएको
छ
।
मुखबाट
उत्पत्ति
भएकै
कारणले
ब्राह्मण
उच्च
जात,
पढ्न
लेख्न
पाउने,
वेद
पढ्ने
अधिकार
र
उच्च
स्थानमा
रहेका
छन्
।
समाजमा
राजकाजको
रक्षा
गर्ने
क्षेत्री,
समाजमा
श्रम
र
सिपमा
आधारित
कामहरूमा
रूची
राख्ने
व्यक्तिहरू
शुद्र
मनिन्थे
।
उत्पादनमूलक,
पशुपालन
कृषि
व्यापारमा
रूची
राख्ने,
काम
गर्ने
वैश्य
भनिन्थे
।
सुरषा
सेवा
र
शासन
गर्नेहरू
क्षेत्री,
बौद्धिक
काम
गर्ने,
सल्लाह
परामर्श
दिने
काममा
लाग्नेहरू
ब्राह्मण
भनिन्थे
।
ब्राह्मण,
क्षेत्री,
वैश्य
र
सुद्रहरू
आफै .
वा
तीन
छोराछोरीहरू
आफ्नो
रूची
परिवर्तन
गरी
जात
परिवर्तन
गर्न
सक्थे।
तर
शुक्र
नीतिमा
भने
मानिस
जातिले
न
ब्राह्मण
हुन्छ,
न
क्षेत्री,
न
वैश्य
न
सुद्र
हुन्छ
भनी
उल्लेख
गरिएको
छ।
ती
त
कर्मका
विभाग
मानेको
छ।
(ख) शास्त्रीय अवधारणा : आदिम
कालका
मानिस
जात
र
कुलमा
सबै
समान
थिए
।
मानिस
मानिस
बिच
असमानता
र
भेदभाव
थिएन
।
यो
मानिसले
आफै
बनाएको
सामाजिक
व्यवस्था
हो
।
इसापूर्व
३००
देखि
२००
सम्मलाई
मनुस्मृतिकाल
भनिन्छ।
सोही
समयमा
हिन्दू
समाजमा
जरा
गाडेर
बसेको
छुवाछूत
र
भेदभाव
प्रथा
स्थापित
भएको
मानिन्छ।
ब्राह्मण-शास्त्रकै
शब्दमा
ब्राह्मण
शब्दले
वेद
पाठक
वा
परमात्माको
ज्ञाता
भन्ने
अर्थ
दिएको
छ
।
ब्राह्मणका
दुई
आँखा
वेद
र
धर्मशास्त्र
हुन्
।
यी
दुईमा
एक
नहुँदा
त्यो
ब्राह्मण
कानो
हुन्छ।
दुवै
नहुँदा
अन्धो
नै
।
स्वयम्
संस्कृत
भएर
सबैलाई
संस्कार
सिकाउँछ
।
सबैलाई
संस्कार
गर्न
सिकाउने
ज्ञानको
उपल्लो
आदर्श
नै
ब्राह्मण
हो
भन्नुमा
कुनै
अत्युक्ति
हुँदैन
।
त्यसैले
ब्राह्मणलाई
पृथ्वीको
देवता
भनिएको
हो
।
लोभ,
स्वार्थ,
मोह,
क्रोध,
कामवसना
लिप्त
ब्राह्मण
पढेकै
भए
पनि
ब्राह्मण
बन्न
सक्दैन
।
किनकी
यी
विद्वान्का
गुण
होइनन्
।
निष्कर्षमा
विद्वता,
निष्ठा
र
संस्कार
भएको
व्यक्ति
नै
ब्राह्मण
हो।
क्षेत्रीय-क्षत्र
शब्दले
ऋग्वेदमा
राष्ट्रशक्ति
र
सार्वभौम
पक्षको
रक्षालाई
बुझाएँछ
।
त्यसैले
क्षत्र
शब्दले
विस्तारै
क्षेत्रको
राजा
शब्द
बुझाउँछ
भन्ने
बुझिन्छ
।
हुन
त
राजा
शब्द
यो
भन्दा
अगाडिकै
शब्द
हो
।
क्षत्र
भनेको
आघात
हो,
घातपूर्वक
त्राण
दिने
वा
रक्षा
गर्ने
भएकाले
नै
क्षत्र
भनिएको
हो
।
ब्राह्मण
ग्रन्थमा 'क्षत्री' शब्द
प्रयुक्त
छ।
त्यहाँ
यस
क्षत्री
शब्दले
राजसेवकमा
एक
सदस्य
भन्ने
बुझाउाछ
।
हिन्दू
धर्मकोश
अनुसार
वाजसनेयी
सहितमा
यसले
द्वारापाल
भन्ने
बुझाएको
छ।
वैश्य-
तत्त्व
चिन्ताका
हिसाबले,
मन
तत्त्वसम्म
पुगेका
मनमा
चाहना
पूर्तिका
लागि
तत्पर
रहने
व्यक्तिलाई
वैश्य
भनिन्छ
।
यो
समाजको
तेस्रो
महत्त्वपूर्ण
अङ्ग
हो
।
ऋग्वेदमा
विश
भन्ने
शब्दले
जनता
र
प्रजा
भन्ने
बुझाउँछ
।
ऋग्वेको
१०९०
श्लोकमा
समाजरूपि
विराट
पुरुषको
उरु
नै
वैश्य
हो
भनेको
छ
।
यसेबाट
बुझिन्छ
कि
समाजको
बलियो
स्तम्भ
खेतिपाति
गर्ने,
पशुपलन
गर्ने,
उद्योग
व्यापार
चलाउने,
उत्पादन
गर्ने
समूह
वैश्य
हुन्।
सुद्र -
तत्त्व
चिन्तनका
हिसाबले
शरीर
तत्त्वसम्म
मात्र
पुग्न
सकने,
शरीरका
लागि
मरिमेट्ने
व्यक्तिलाई
शुद्र
भनिन्छ
।
शास्त्रीय
हिसाबले
यो
समाज
चौथो
महत्त्वपूर्ण
अङ्ग
हो
।
ऋग्वेदमा
यसलाई
समाजरूपी
विराट
पुरुषको
पाउ
मानेको
छ
।
हात
उरु
र
टाउको
यही
खुट्टाले
थाम्छ
।
पैताला
समान
चलायनमान
छ।
सिप,
श्रममा
आधारित
भएर
काम
गर्ने
व्यक्ति,
समाजका
जुनसुकै
काम
गर्न
आवश्यक
व्यक्ति
शुद्र
कहिलयो
।
लास
व्यवस्थापन,
फोहोर
व्यवस्थापन
देखि
सिउने,
बुन्ने
काम
देखि
सम्पूर्ण
समाजमा
अत्यावश्यक
कार्य
गर्नुपर्ने
तर
हेपिनेहरू
शुद्र
कहलिए
।
वैश्यहरूको
सेवामा
नै
यिनीहरूको
जीविका
टिकेको
छ
।
जातीय
विभेदलाई
आफ्नो
स्वार्थ
पूर्तिका
लागि
प्रयोग
गरिएकाले,
धर्म
संस्कृतिसँग
जोडिएकाले
जातीय
विभेद
निराकरण
गर्न
जति
कानुन
बने
पनि
सम्भव
भएको
छैन
।
हिन्दू
समजमा
यो
जकडिएको
छ।
(ग) व्यवहारजन्य अवधारणा : आफ्नो
रूचि,
प्रतिभा
र
आवश्यकताका
आधारका
काममा
विशिष्टकरण
हुँदै
गएपछि
बनेको
जातप्रथा
जन्मका
आधारमा
विभाजन
हुने
गरी
विकृत
बनाउदै
लगियो
।
धर्मका
आडमा
जन्मका
आधारमा
जात
विभाजनको
प्रचलन
शुरु
भएसँगै
सिपगत
वर्गीकरण
पुख्यौली
र
पुस्तौनी
पेसा
बन्न
पुग्यो।
यसले
गर्दा
शुद्रहरूको
राजनीति,
शिक्षा,
प्रशासनिक
र
आर्थिक
अधिकार
गुम्दै
गए।
परिणामस्वरूप
उनीहरूमाथि
विभेद
मौलााउने
मौका
मिल्यो।
नेपालमा
जङ्गबहादुरले
१९१०
मा
मुलुकी
ऐन
जारी
गरी
जातीय
विभेदको
कानुनी
मन्यता
दिएपछि
तयो
अझ
कडा
हुन
पुगेको
देखिन्छ
।
हाम्रो
समाजको
विद्यमान
जात
प्रथा
न
जैविक
हो
न
धार्मिक
हो
।
यो
सामाजिक
आर्थिक
वर्ग
विभाजनका
क्रममा
विकास
भएको
कुप्रथा
हो।
यो
जातीय
भेदभाव
कस्तो
अचम्म
दमाइले
थुक
लगाइलगाइ
कपडा
पट्याउने,
टाँक
लगाउने
गर्दा
त्यो
लुगा
पुजाआजामा
लगाउन
चोखो
हुने
तर
पानी
छुन
नहुने
।
सुनारले
बनाएको
गहना
शुद्ध
चोखो
पुजामा
चढाउन
हुने
तर
सुनार
आफैले
बनाएर
दिएको
पुजा
सामग्री
छुन
नहुने,
कुमालेको
मटुल्को
शुद्ध,
कुमाले
अशुद्ध,
सार्कीको
छालाको
जुत्ता
पवित्र,
सार्की
अपवित्र,
कामी
दाइको
भजालो
चोखो,
कुटो
हँसिया
भान्सा
तर
कामीदाई
बाहिर
आँगनमा
।
पोडेदाइले
लास
लाउनु
हुने,
किरियापुत्री
छुन
नहुने
के
हो ?
यो ? (मैले
यहाँ
जात
परिचयको
लागि
मात्र
प्रयोग
गरेको
कसैलाई
नैतिक
दबाब
पार्न
होइन)
यो
त
समाज
चलाउन
कार्य
विभाजन
गरेपनि
छोइछिटो,
उचनिच
बनाउन
होइन
।
जुनको
कार्यविना
समाज
चल्दैन
भने
त्यस्तो
छुवाछूत
व्यवहार
नगरौं
भन्ने
आशय
नै
व्यवहरिक
अवधारणा
हो।
यी
यस्ता
व्यवहार
र
कुरीति
हटाउन
निम्न
कार्य
गर्न
सकिन्छ :
-
अन्तरजातीय
विवाहलाई
मान्यता
दिनुपर्छ।
-
सिप,
रूची,
क्षमता
अनुसारको
काम
गर्न
विशिष्टता
हासिल
गर्न
तालिमको
व्यवस्था
गर्नुपर्छ।
-
कामलाई
सम्मान
गर्ने
प्रवृत्तिलाई
विकास
गर्नुपर्छ।
-
सामूहिक
मेलामा
सबै
जातिलाई
सहभागी
गराउनु
पर्छ।
-
दलित,
पिछडा
वर्ग
आदिवासी
जनजातिहरूका
योग्य
व्यक्तिलाई
राज्यव्यवस्थामा
उचित
स्थान
दिनुपर्छ।
-
हेप्ने,
शोषण
गर्ने,
थिचोमिचोमा
राख्ने,
मिचाह
प्रवृत्तिका
जातीय
भेदभाव
गर्ने
व्यक्तिलाई
सामाजिक .
वहिष्कार
गर्नुपर्छ।
-
सार्वजनिक
स्थल,
मठ,
मन्दिर,
धारा,
कुवा,
इनारमा
समान
अधिकार
सुनिश्चित
गर्नुपर्छ।
-
मानिसको
विचार,
अवधारणा
र
सोचाइमा
परिवर्तन
ल्याई
कानुनद्वारा
हिन्दु
परम्परामा
आधारित
जतीय
विभेद
र
छुवाछूत
अन्त
गर्नुपर्छ।
-
निम्न
वर्गका
मानिसको
लागि
पनि
सकारात्मक
जीवनशैलीको
परिवर्तन
ल्याउन
राजनीतिक
सामाजिक
तथा
आर्थिक
कार्यक्रम
ल्याई
कार्यान्वयन
गर्नुपर्छ।
-
समाजका
जुनसुकै
कार्य
जुनसुकै
जातले
गर्नु
हुन्छ
र
पर्छ
भन्ने
मान्यताको
विकास
गर्नुपर्छ
।
जातीय भेदभाव हटाउन नेपालमा हालसम्म बनेका ऐननियमहरू र त्यसमा भएका व्यवस्थाहरूको सूची तयार पार्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस्।
उत्तर : जातीय
भेदभाव
हटाउन
गरिएका
प्रयासहरू
निम्नानुसार
छन् :
-
नेपालको
संविधान (२०७२) को
धारा
२४
ले
गरेको
प्रावधान
उत्पत्ति,
जातजाति
वा
शारीरिक
अवस्थाको
आधारमा
कुनै
व्यक्ति
वा
समुदायलाई
उच्च
वा
नीच
दर्शाउने
जातजाति
वा
छुवाछूतका
आधारमा
सामजिक
भेदभावलाई
न्यायोचित
ठान्ने
वा
छवाछत
वा
जातयि
उच्चतम
वा
घृणामा
आधारित
विचारको
प्रचारप्रसार
गर्न
वा
जातीय
विभेदलाई
कुनै
पनि
किसिमले
प्रोत्साहन
गर्न
पाइने
छैन।
-
नेपालको
संविधान
२०७२
ले
दलित
जातिलाई
पनि
सार्वजनिक
स्थानहरूमा
आउन
जान
बन्देज,
प्रतिबन्ध
गरी
छुट
दिई
समान
अधिकार
दिएको
छ।
-
जातीय
भेदभाव
तथा
छुवाछूत (कसुर
र
सजाय)
ऐन
२०६८
ले
जातीय
भेदभाव
र
छुवाछूतलाई
कसुर
मानी
सजायको
प्रावधान
गरेको
छ।
उक्त
ऐन
अनुसार
जातीय
आधारमा
छुवाछूत
गर्ने,
धार्मिक
कार्यबाट
रोक्ने,
सामाजिक
कार्यमा
सहभमागी
हुन
नदिने,
जातिका
आधारमा
पेसा
गर्न
बाधय
गर्ने
उमेर
पुगेकाहरूबीच
अर्न्तजातीय
विवाह
गराउन
वञ्चित
गराउने,
जातयि
आधारमा
विभेद
गर्ने
गराउने
आदि
कार्य
कानुनी
अपराध
मानिन्छ
।
सोका
लागि
कैद
र
सजायको
प्रावधान
छ
।
यस्ता
कसुर
गर्नमा
सहयोग
गर्नेलाई
पनि
सजायको
प्रावधान
छ।
-
नेपालको
संविधान
२०७२
को
धारा
२४
अनुसार
कुनै
वस्तु,
सेवा
वा
सुविधा
उत्पादन
वा
वितरण
गर्दा
त्यस्तो
वस्तु,
सेवा
वा
सुविधा
कुनै
खास
जात
वा
जातिको
व्यक्तिलाई
खरिद
वा
प्राप्त
गर्नबाट
रोक
लगाइने
वा
त्यस्तो
वस्तु
सेवा
वा
सुविधा
कुनै
जात
वा
जातिको
व्यक्तिलाई
मात्र
विक्रीवितरण
वा
प्रदान
गरिने
छैन।
-
जातीय
आधारमा
छुवाछूत
गरी
वा
नगरी
कार्यस्थलमा
भेदभाव
गर्न
पाइने
छैन
।
-
यस
धाराको
प्रतिकूल
हुने
गरी
भएका
सबै
प्रकारका
छुवाछूत
तथा
भेदभावजन्य
कार्य
गम्भीर
सामाजिक
अपराधका
रूपमा
कानुन
बमोजिम
दण्डनीय
हुनेछन्
।
यस्तो
कार्यबाट
पीडित
व्यक्तिलाई
कानुन
बमोजिम
क्षतिपूर्ति
पाउने
हक
हुनेछ।
-
कुनै
पनि
व्यक्तिलाई
निजको
उत्पत्ति,
जात,
जाति,
समुदाय,
पेशा,
व्यवसाय
वा
शारीरिक
अवस्थाको
आधारमा
कुनै
पनि
निजी
तथा
सार्वजनिक
स्थानमा
कुनै
प्रकारको
छुवछूत
वा
भेदभाव
गरिने
छैन।
-
कुनै
वस्तु
सेवा
वा
सुविधा
उत्पादन
वा
वितरण
गर्दा
त्यस्तो
वस्तु,
सेवा
वा
सुविधा
कुनै
खास
जात
वा
जातिको
व्यक्तिलाई
खरिद
वा
प्राप्त
गर्नबाट
रोक
लगाइने
वा
त्यस्तो
वस्तु,
सेवा
वा
सुविधा
कुनै
खास
जात
वा
जातिको
व्यक्तिलाई
मात्र
बिक्री
वितरण
वा
प्रदान
गरिने
छैन।
-
उत्पत्ति,
जात,
जाति
वा
शारीरिक
अवस्थाको
आधारमा
कुनै
व्यक्ति
वा
समुदायलाई
उच्च
वा
नीच 'दर्शाउने, जात,
जाति
वा
जातीय
विभेदलाई
कुनै
पनि
किसिमले
प्रोत्साहन
गर्न
पाइने
छैन।
-
जातीय
आधारमा
छुवाछूत
गरी
वा
नगरी
कार्यस्थलमा
कुनै
प्रकारको
भेदभाव
गर्न
पाइने
छैन।
-
यस
धाराको
प्रतिकूल
हुने
गरी
भएका
सबै
प्रकारका
छुवाछूत
तथा
भेदभावजन्य
कार्य
गम्भीर
सामाजिक
अपराधका
रूपमा
कानुन
बमोजिम
दण्डनीय
हुनेछन्
र
त्यस्तो
कार्यबाट
पीडित
व्यक्तिलाई
कानुन
बमोजिम
क्षतिपूर्ति
पाउने
हक
हुनेछ।
मुलुकी
अपराध
संहिता
२०७४
को
परिच्छेद
१०
दफा
१६०
मा
भेदभावपूर्ण
व्यवहार
गर्न
नहुने
कुरा
उल्लेख
गरिएको
छ
।
उत्पत्ति,
धर्म,
वर्ण,
जात,
जाति,
लिङ्ग,
शारीरिक
अवस्था,
अपाङ्गता,
स्वास्थ्य
स्थिति,
वैवाहिक
स्थिति,
गर्भावस्था,
आर्थिक
अवस्था,
भाषा
वा
क्षेत्र,
वैचारिक
आस्था
वा
यस्तै
अन्य
कुनै
आधारमा
कुनै
पनि
नागरिक
माथि
जानी
जानी
भेदभावपूर्ण
व्यवहार
गर्नु
हुँदैन
।
कसुर
गर्ने
वा
गराउने
व्यक्तिलाई
तीन
वर्षसम्म
कैद
वा
३०
हजार
रुपियाँसम्म
जरिवाना
वा
दुवै
सजाय
हुनेछ
भनेर
उल्लेख
गरिएको
छ।
मुलुकी
देवानी
संहिता
२०७४
को
परिच्छेद
१०
दफा
१६६
मा
जातिपातिको
आधारमा
छुवाछूत
वा
अन्य
भेदभावपूर्ण
व्यवहार
गर्न
नहुने
भनिएको
छ।
-
दलित
जातसँग
वैवाहिक
सम्बन्ध
कायम
राख्दा
रु.
१
लाखसम्मको
प्रोत्साहन
भत्ताको
व्यवस्था
गरिएको
छ।
-
भूमिहीन
दलितलाई
एक
पटकका
लागि
जग्गाको
व्यवस्था
गरिएको
छ।
-
दलित
विद्यार्थीलाई
छात्रवृत्ति
सहितको
उच्च
शिक्षा
व्यवस्था
गरिएको
छ।
-
६०
वर्ष
उमेर
पूरा
गरेको
दलित
नागरिकलाई
सामाजिक
सुरक्षा
भत्ताको
व्यवस्था
गरिएको
छ।
परियोजना कार्य
तपाईंको समुदायमा छुवाछुत र जातीय भेदभावको अवस्था अवलोकन गरी त्यसको अवस्था र न्यूनीकरणका उपायहरू समेटी स्थानीय वा राष्ट्रिय पत्रपत्रिकाका लागि सम्पादकीयको नमुना तयार पार्नुहोस्।
उत्तर :
सम्पादकीय
जातीय
भेदभाव
प्रथा
उन्मुलन
हुनुपर्छ
।
जातीय
भेदभाव
र
छुवाछुत
प्रथा
समाजका
कलङ्क
हुन्
।
एउटै
प्रक्रियाबाट
उत्पत्ति
हुने
मानव
जाति
यस
सृष्टिका
उच्च
कोटीका
प्राणी
हुन्
भने
ती
माथि
के
का
आधारमा
भेदभाव
गरिने
कामको
आधारमा
वर्णित
व्यवस्थालाई
कालान्तरमा
श्रमशोष्ण
गर्न
वा
आफूहरूलाई
उच्च
धर्म,
ठुलो
धर्मसँग
जोडी
जन्मका
आधारमा
यो
प्रथलाई
निरन्तरता
दिएका
होलान्
।
सबै
मानिस
एउटै
हुन्
।
सबैले
सामाजिक
मर्यादा
र
सम्मान
पाउनुपर्छ।
आजको
युगमा
जातीय
उचनीच,
शुद्ध
जात,
असुढ
वा
अछुत
जात
भनी
सङ्कीर्ण
विचार
राख्नु
हुँदैन
।
होटलमा
बस्दा,
अन्यत्र
जाँदा,
तिर्खालागे
पानी
पिउदा
जात
सोधिन्छ ?
तर
आफू
बसेको
ठाउँमा
भेदभाव
किन
गरिन्छ ?
यस्ता
पुरातन
सोचाइलाई
समाजबाट
हटाउनु
पर्छ
।
सामाजिक
भेलामा
सबैलाई
समान
व्यवहार
गर्नुपर्छ
।
विभिन्न
सञचारका
माध्यमबाट
सामाजिक
सञ्जालबाट
यसता
कुरीतिप्रति
सचेतना
कार्यक्रम
चलाउनु
पर्छ
।
पृथ्वीनारायण
शाहलाई
सल्लाह
दिने
विसे
नगर्ची,
२०७७
सालको
आन्दोलनमा
सहयोग
गर्ने
राममाया
ज्यामिनी,
२००७
सालमा
प्रहरी
व्याण्ड
स्थापना
गर्ने
र
सहयोग
गर्ने
काले
सुनाम,
लोकगायनमा
प्रख्यात
झलकमान
गन्धर्व,
२०३६
सालमा
नेपाली
कांग्रेसको
सत्याग्रहमा
सहयोग
गर्ने
प्रजातन्त्र
सेनानी
घोइरो
कामी
आदि
सम्मानका
पात्र
हुन्
।
जातीय
भेदभावको
सङ्कीर्ण
मानसिकता
त्यागी
सबैलाई
समान
व्यवहार
गर्ने,
कामको
सम्मान
गर्ने
तथा
थिचोमिचो,
अपहेलना
र
छुवाछुत
गर्ने
प्रवृत्ति
छाड्नु
पर्ने
आजको
आवश्यकता
र
माग
हो
।
यसरी
नै
पत्रपत्रिकाहरूले
जातीय
विभेद
विरुद्ध
सम्पादकीय
छाप्नु
अत्यन्तै
जरुरी
भएको
छ।
पाठ-२: दलित सवाल
अभ्यास
1. दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस् ।
उत्तर:
कथा
पीपलभिरे
गाउँमा
जातजातका
मानिसहरू
टोल
टोल
बनाई
बसेका
थिए
।
माथिल्लो
टोलमा
क्षेत्री
बाहुन,
नेवार
बस्थे
।
कोही
पसल
गर्थे
।
कोही
जागिर
र
कोही
खेती
गर्थे
।
तल्लो
टोलमा
दलितहरू
बसेका
थिए
।
यहाँ
दमाइ,
विश्वकर्मा,
धोवी
आदि
थिए
।
तल्ला
टोलका
कुँवामा
माथिल्लो
टोलका
मानिस
पानी
लिन
आउँदैन्थे
माथिल्लो
टोलको
कुँवामा
तल्ला
टोलकालाई
जान
मनाही
थियो
।
कहिलेकाहिं
गर्मीमा
कुँवामा
पानी
नहुँदा
दलितहरूलाई
पानी
लिन
अर्को
गाउँ
जानुपर्थ्यो
।
गाउँको
विद्यालयमा
पनि
दलितका
बालबालिकालाई
पढ्न
।
दिइदैन्थ्यो।
समय
बित्दै
गयो
।
माथिल्लो
टोलका
धनप्रसाद
बाजे
मधेश
पुगेर
आउनुभयो
।
राति
ज्वरो
आएछ
।
खोक्न
थाल्नु
भयो
।
स्वाँ
स्वाँ
गर्न
लाग्नुभयो
।
बुढो
जीउलाई
सकस
पार्यो
।
गाउँका
डाक्टर
कहाँ
पुर्याएछन्
।
डाक्टरले
यो
सरुवा
रोग
हो।
अरूलाई
पनि
सर्न
सक्छ
टाढै
रहनु
भन्नुभयो
।
बाजे
त
तेस्रो
दिन
वित्नुभयो
।
टोलका
मानिसहरू
विरामी
सर्ला
भनेर
कोही
आएनन्
।
दलित
टोलकाले
सुनेछन्
।
यस्तो
आपद
विपदमा
पनि
डर
मानेर
हुन्छ
।
मर्ने
ज्यान
कुनै
दिन
त
जान्छ
जान्छ
।
हर्कै
मिजारले
भन्यो-
ल
भाइ
हो
।
बाजेलाई
हामी
चाहिएको
छ
।
जाऔं,
उहाँको
अन्तिम
संस्कारमा
मद्दत
गरौं
।
सबै
टोलेहरू
गएर
बाजेका
पार्थिव
शरीर
मसानघाट
पुर्याई
दाहसंस्कार
गरिदिए
अनि
घर
फर्के।
अस्तिको
महिना
चन्द्रप्रसाद
लप्टन
विरामी
परेछन्
।
काठमाडौमा
देखाउँदा
त
किड्नी
फेल
भएछ
।
किड्नी
फेर्नुपर्छ
भनेर
डाक्टरले
सल्लाह
दिएछन्
।
लप्टन
साहबले
आफन्तहरूलाई
भने
।
पैसा
दिन्छु
पनि
भने
।
कोही
आएनन्
।
किड्नी
दिएर
आफू
मरियो
भने
पैसा
के
गर्नु
नि
।
हुनलाई
त
होनि
।
तर
मद्दत
पनि
गर्नुपर्छ
।
बिर्खे
दमाइको
छोरा
अस्ति
पल्टनबाट
विदा
भएर
आएको
थियो
।
उसले
भन्यो-
बुबा,
लप्टन
काकालाई
म
एउटा
किड्नी
दिन्छु
।
एउटाले
पनि
मेरो
जीवन
चल्छ
।
उनी
त
बाँच्छन्
।
विचराले
काठमाडौं
भएर
लप्टनलाई
किड्नी
दिएछन्
।
अस्तिको
कुरा
हो,
रामप्रसाद
बाजेकी
श्रीमती
सिकिस्त
बिरामी
भएर
विराटनगर
पुर्याए
।
उहाँको
त
अप्रेसन
गर्नुपर्छ,
रगत
चाहिन्छ
भनेछन्
।
बाजेका
सन्तानको
रगत
नमिल्ने
भएपछि
डिल्ली
विश्वकर्मा,
सुशील
दर्नाल
र
जीवे
दमाइको
रगत
मिलेछ
र
उनीहरूकै
रगत
लिएर
डाक्टर
साहबले
अप्रेसन
गर्नुभयो
र
बज्यैलाई
बचाउनु
भयो
।
आज
त
बज्यैले
भन्नुभयो-
तिनीहरूले
ठूलो
उपकार
गर्यौ
बाबु
हो
।
तिमीहरू
धन्यका
हौँ।
हिजो
गाउमा
संसारी
माइको
पूजा
थियो
।
संसारी
माइको
पूजा
थियो
।
संसारी
माइको
पूजा
गर्न
काशीबाट
पण्डित
आएका
थिए
।
पूजामा
एकातिर
माथिल्लो
टोलका
र
अर्कातिर
तल्लो
टोलका
मानिसहरू
थिए
।
पूजा
सकियो
।
प्रसाद
बाँड्दा
पण्डितजीले
फरक
फरक
बसेको
देख्नु
भयो
र
कृष्ण
बाजेलाई
सोध्नुभयो-
बाजे,
किन
तपाईहरू
फरक
फरक
बस्नु
भएको ?
बाजेले
भन्नुभयो-
उनीहरू
दलित
हुन्
।
छोयो
भने
जात
जान्छ
।
काशीका
पण्डितले
सबैलाई
सुन्नुगरी
भन्नुभयो-
हेर
भाइबहिनी
हो
।
यो
जात
मानिसले
बनाएका
हो,
भगवानले
होइन
।
सानो
जात
ठूलो
जात
हुँदैन
।
अस्ति
बज्यैलाई
रगत
दिंदा
जात
गयो
कि
ज्यान
आयो ?
सोच्नुहोस्
।
लप्टेनले
किड्नी
पाउँदा
ज्यान
बाँच्यो
कि
जात
गयो।
धनप्रसाद
बाजेको
सद्गत
गर्न
कोही
नभएर
दलितहरूले
सद्गत
गरे
।
सोच्नुहोस्
त
मिलेर
बस्दा,
आपदविपदमा
सहयोग
गर्दा,
सबैको
साथ
चाहिन्छ
।
विश्वमा
अन्य
ठाउँमा
जानुहोस्
त
त्यहाँ
कहाँ
जात
छ
।
गोराको
मुलुकमा
जात
छ ?
तालिम
लिएर
पढेर
चर्चमा
पादरी
बन्छन्
।
योग्यता
भए
जो
कोही
पनि
डाक्टर,
प्राविधिक
बन्न
सक्छन्
।
ल
आजबाट
तपाईंहरूले
यो
फरक
यही
बिर्सेर
जानुहोस्
।
सबै
मानिस
समान
हुन्
।
कामको
सम्मान
गर्नुहोस्
।
जातले
कोही
सानो
ठूलो
हुँदैन
।
कर्मले
सानो
ठूलो
हुने
हो
।
पढ्न
सबैले
पाउनुपर्छ,
हो
कि
होइन
भाइ
हो ?
सबैले
भने-
हो
हो
।
ल
आजबाट
हामी
पनि
सबै
मिलेर
बस्ने
छौ
।
सानो
जात
ठूलो
जात
भनेर
भन्दैनाँ
।
यति
भनी
सबै
गाउँले
आ-आफ्नो
घरतिर
लागे
।
पण्डितजी
पनि
झर्नु
भयो।
सुन्नेलाई
सुनको
माला,
भन्नेलाई
फूलको
माला,
यो
कथा
वैकुण्ठ
जाला
भन्ने
बेलामा
तात्तात्तै
आइजाला
।
2. दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।
उत्तर:- दलित
जातिका
धेरै
समस्याहरू
छन्
।
तीमध्ये
मुख्य
रूपमा
यी
हुन् :
(क) आर्थिक क्षेत्रमा भूमिहीनता, बेरोजगारी र परम्परागत पेसा एवम् वालीघरे प्रथा रहनु:- दलित
जातिमा
अधिकांशको
आफ्नो
जग्गा
छैन
।
अर्काको
जग्गामा
बसी
जग्गाधनी
तथा
अरू
कहाँ
काम
गर्छन्
।
दलित
जातिका
युवाहरूले
पुर्खाली
पेसामा
लागेका
बाहेक
अरूहरू
बेरोजगार
छन्
।
गाउँघरमा
ठूलावडाको
घरमा
काम
सघाइदिए
वापत
एकमुष्ट
एक
वर्षमा
वाली
पाउँछन्
।
यसलाई
वालीघरे
प्रथा
भनिन्छ
।
जस्तै:
कामीले
फलामका
सामान
मरम्मत
गरिदिए
वापत,
हजामले
केश
काटी
दिएवापत
आदि।
यस्ता
काम
जुन
घरको
गरिन्छ,
सो
घरबाट
वर्षमा
एकचोटी
एकमुष्ट
अन्न
पाउँछन्
।
घरपट्टिले
जे
दिए
पनि
उनीहरूको
खुसी
नत्र
अरू
चिज
माग्न
पाउँदैनन्
।
यस्तो
अन्न
वर्षमा
२/४
पाथी
हुन
सक्छ
।
(ख) राजनैतिक एवम् प्रशासनिक क्षेत्रका नीति निर्माण र नीति कार्यान्वयन गर्ने निकायमा समानुपातिक र सार्थक उपस्थितिको व्यवस्था नहुनु :- सरकारी
सेवामा
वा
निर्वाचनमा
उम्मेदवार
वा
संवैधानिक
आयोगका
पदाधिकारी,
मन्त्रीहरू,
राजपूतहरू,
सचिवहरू
आदि
उच्च
पदमा
जहाँ
नीति
बनाइन्छ
र
कार्यान्वयन
गराइन्छ,
त्यस्ता
पदमा
दलितहरूको
सङ्ख्या
धेरै
कम
छ
।
त्यसका
लागि
कानुनी
रूपमा
सहभागिताको
व्यवस्था
छैन
।
(ग) छुवाछुत तथा भेदभाव हुनु, शिक्षामा पहुँच नहुनु, सामाजिक अपमान र सामाजिक अन्याय कायम रहनु:- समाजमा हालसम्म छुवाछुत र जातीय भेदभावको मानसिकता छ । बहुसङ्ख्यक दलित गरिब भएकाले आफ्ना बालबालिकालाई पढाउन खर्च जोहो गर्न सक्दैनन् । समाजमा ठूला जातका मानिसले छोइन्छ कि भनेर टाढैबाट हिड्छन् । दलितका हातबाट पानी लिन मान्दैनन् । सामाजिक गतिविधिमा सँगै बस्न अनकनाउँछन् । गाउघरमा त दलितहरूलाई होच्याएर बोलाइन्छ ।
(घ) व्यक्तिगत स्वतन्त्रता र क्षमताको उपयोग गर्नबाट वञ्चित हुने अवस्था हुनु:- योग्य भएपनि दलितलाई अगाडि बढ्ने अवसर दिइँदैन । दलित अगाडि बढेमा ठूला जातिले मौका पाउँदैनन् भन्ने विचार ठूलावडामा भएको देखिन्छ ।
दलित समस्याका समाधानका उपायहरू:
दलित
समस्याका
समाधानका
लागि
केही
उपायहरू
निम्न
हुन्
सक्छन् :
(i)
दलित
जातिका
बालबालिकाहरूलाई
विद्यालयमा
अध्ययन
गर्न
सहज
पहुँच
बनाउनु
पर्छ
।
(ii)
योग्य
तथा
जेहेन्दार
विद्यार्थीहरूलाई
विद्यालय
तहदेखि
नै
छात्रवृत्तिको
व्यवस्था
गर्नुपर्छ
।
(iii)
प्रत्येक
राजनैतिक
दलले
निर्वाचनमा
दलित
जातिका
उम्मेदवारलाई
पनि
स्थान
दिनुपर्छ
।
(iv)
प्रत्येक
राजनैतिक
दलहरूबाट
मनोनित
हुने
सदस्यहरूमा
दलित
जातिको
पनि
सहभागिता
गराउनु
पर्छ
।
(v)
संवैधानिक
निकायहरूमा
पनि
दलित
जातिबाट
सार्थक
उपस्थिति
गराइनु
पर्छ
।
(vi)
दलित
जातिका
महिलाहरूको
समूह
बनाई
समूहमा
बचत
गर्ने
प्रवृत्ति
विकसित
गराउन
महिला
बचत
तथा
ऋण
सहकारी
संस्थाको
स्थापना
गर्न
सहयोग
गर्नुपर्छ
।
यस्ता
संस्थामा
बचत
जम्मा
गर्ने
तथा
बचतमाथि
केही
व्याज
दिने
व्यवस्था
गर्ने
।
जम्मा
भएको
बचतलाई
दलित
उद्यमी
महिलालाई
१०
महिलाको
जमानिमा
थोरै
ब्याजका
दरले
ऋण
उपलब्ध
गराई
आत्मनिर्भर
बन्न
सहयोग
गर्नुपर्छ
।
(vii)
दलित
युवालाई
रुचिअनुसारको
कामको
तालिम
प्रदान
गरी
स्वरोजगारका
लागि
प्रेरित
गर्ने
वा
देशैभरीका
दलित
संघसंस्थामार्फत्
विभिन्न
उद्योगहरूमा
रोजगारीका
लागि
सहयोग
गर्ने
।
(viii)
दलितप्रति
अपमानजनक
व्यवहार
भएमा
पीडितले
उजुरी
गर्दा
तत्काल
कार्वाही
गर्ने
व्यवस्था
गर्ने
।
(ix)
राज्यबाट
तथा
स्थानीय
सरकारबाट
दलितहरूलाई
आत्मनिर्भर
बन्नमा
नीति
निर्माण
गरी
कार्यान्वयन
गर्नुपर्छ
।
(x)
दलितका
परम्परागत
पेसालाई
तालिम
तथा
सरल
ब्याजमा
ऋण
प्रवाह
गरी
आधुनिकीकरण
गर्न
सहयोगगर्नुपर्छ
।
(xi) अति विपन्न दलित परिवारलाई राज्यबाट वा कल्याणकारी संस्थाहरूबाट आवास सुविधा प्रदान गर्नुपर्छ ।
३. ‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर: प्राचीन समयमा जातीय व्यवस्था निर्माण गर्दा ब्राम्हण, क्षेत्रीय, वैश्य र शुद्र गरी चार वर्णको व्यवस्था गरियो । शुद्र वर्णलाई अरूको सेवा गर्ने काम जिम्मा दिइयो । समाजका टाठाबाठाहरूले अरूको सेवा गर्ने श्रमजीविहरूको श्रम शोषण गरेर उनीहरूसँग भेदभावको व्यवहार गरिन थालियो । यसलाई धर्मसँग जोडी कानुनहरू पनि बनाइए। समाजमा यिनीहरूलाई दलित भनियो । यसैले दलित भनेको सामाजिक विभेदको परिणाम हो । वास्तवमा जातका आधारमा ठूला साना हुँदैनन् । असल कामका आधारमा, योग्यता, क्षमता तथा सकारात्मक सोचले गर्दा मानिसको व्यवहारलाई ठूलो सानो भन्न सकिन्छ । तर सानिस मानिसमा सानो ठूलो कोही हुँदैन । यस्तो व्यवहार मानवोचित तथा न्यायोचित हुँदैन । यस्ता विभेदले मानिस मानिसबिच मनोमालिन्य (झगडा) बढाउँछ । आपसी द्वेष, डाहा र घृणा सृजना गर्छ । जुन व्यवहारले समाजमा एकता तथा शान्तिमा बाधा पुर्याउँछ, त्यस्ता व्यवहारलाई दण्डित गरी निषेध गर्नुपर्छ । यसकारण सामाजिक विभेद र छुवाछुतको व्यवहार दण्डनीय हो ।
पाठ-३: जात,
जनजाति
अभ्यास
1. नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस
भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:- नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यस देशमा बहुसङ्ख्यक
जातिहरूको बसोबास छ । यहां शेर्पा, नेवार, थकाली, ब्राह्मण, क्षेत्री, सुनुवार,
यादव, धानुक, राई, लिम्बू, मगर, गुरुङ, थकाली, आदि गरी सयभन्दा बढी जातजातिका
मानिसहरू यस देशमा शान्तिपूर्वक बसोबास गरिरहेका छन् । यसकारण नेपाल एक
बहुजातीय देश हो।
नेपालमा बसोबास गरिरहेका जातजातिहरूको आफ्नै भाषा छ । राई, लिम्बू, नेवार,
मगर, गुरुङ, थकाली, भोटे, शेर्पा, चेपाङ, आदि विभिन्न जातजातिहरूबाट नेपालमा
सयभन्दा बढी भाषा बोलिन्छन् । यसले नेपाल एक बहुभाषिक मुलुक हो।
नेपालमा बसोबास गरिरहेका विभिन्न जातजातिहरूको आ-आफ्नै सांस्कृतिक परम्परा छ । नेवारहरूले भोटो जात्रा, विस्केट जात्रा, लाखे जात्रा, गाईजात्रा बाहेक पुलकिसी नृत्य, आर्यतारा नृत्य आदि त्यस्तै दशैं, तिहार, माघे सङ्क्रान्ति, फागु, ल्होसार, गौरा पर्व आदि विभिन्न चाडपर्वहरू मनाइन्छ । त्यस्तै नेपालमा हिन्दू धर्मावलम्बीहरू बौद्ध धर्मावलम्बीहरू, ईस्लाम धर्मावलम्बीहरूका साथै अन्य धर्मावलम्बीहरू पनि बसोबास गर्छन् । नेपालमा धर्मकानाममा कहिले झगडा भएन । पुरातनकालदेखि नै एकले अर्काको धर्मप्रति सम्मान गर्ने गरेका छन् । यहाँ शैव, शाक्त, वैष्णव, जैन, बौद्ध आदि विभिन्न सम्प्रदायका मानिसहरूको बसोबास छ । यसैले नेपाल बहुसांस्कृतिक देश हो ।
2. समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको
सूची तयार पार्नुहोस् ।
उत्तर: नेपाली समाजमा विभिन्न जातजातिहरूको बसोबास छ । जातीय विविधताका कारण
प्राप्त हुने केही अवसरहरू:
i) जातीय विविधताले गर्दा नेपाल बहुजातीय मुलुक बनेको छ ।
ii) विविध जातिको आ-आफ्नो पेशाले गर्दा हाम्रो सामाजिक तथा धार्मिक
आवश्यकताहरू पूरा भएको छ।
iii) पहाडी क्षेत्रमा कठिन जीवनशैली अवलम्वन गरी निडर तथा परिश्रमी
जातजातिहरूले सुरक्षा कार्यमा सेनामा अवसर पाएका छन् ।
iv) हिमाली क्षेत्रमा जीवन यापन गर्ने शेर्पा जातिहरू पर्वतारोहण
कार्यमा सहयोग गरी जीविका उपार्जन गर्ने गरेका छन् ।
v) विभिन्न सांस्कृतिक गतिविधि गरी आफ्नै जीवनशैली अवलम्वन गर्ने नेवार
जातिहरूले सांस्कृतिक तथा जातीय पहिचान अवलोकन गर्न विदेशी पर्यटकहरूलाई
आकर्षित गर्न सकेको छ।
vi) सुनचाँदीका गरगहना बनाउने कालीगढ जातिको सीप अझ निर्खान तालिम दिएमा
हामी नेपालबाट सुनचाँदीका गरगहना निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सक्छौं
।
viii) विविध जातिहरूको आ-आफ्नो सांस्कृतिक परम्पराले गर्दा नेपाल
बहुसांस्कृतिक मुलुक भएको छ । साथै यसबाट नेपाल विदेशी पर्यटकहरूको गन्तव्य
स्थान बनेको छ ।
क्षेत्रीय विविधताबाट प्राप्त हुने अवसर:
i) क्षेत्रीय विविधताले गर्दा यहाँ विभिन्न हावापानी पाइन्छ । सो हावापानी विविध
प्रकारका अन्नबालीहरू उत्पादन हुन सहज भएको छ।
ii) तराईमा बढी उत्पादन भएको अन्न देशको सबै भागमा पुगेको छ । यसबाट
भोकमरी हटेको छ ।
iii) पहाडी क्षेत्रमा उत्पादन हुने नगदे बाली ( चिया, अलैंची, अम्रेसो
आदि) तथा फलफूलले देशको तराई
iv) भागसम्म ठाउँ पाएको छ । बढी बाली निर्यात पनि गरिन्छ ।
v) अग्ला हिमाली क्षेत्र स्वदेशी तथा विदेशी पर्वतारोहीहरूलाई आकर्षित
गरेको छ ।
vi) क्षेत्रीय विविधताले गर्दा भएको प्राकृतिक सुन्दरता अवलोकन
गर्न विदेशीहरू समेत आउने गरेका छन्।
vii) पहाड़ी क्षेत्रबाट वगेका नदीहरूले जलविद्युत् उत्पादनमा सहयोग
गरेको छ ।
viii) पहाडी क्षेत्रमा पाइएका खनिज वस्तुले उद्योग सञ्चालन (सिमेन्ट) मा
सहयोग गरेको छ ।
ix) तराईमा उत्पादन भएको नगदेबाली (जुट, चिया, सुर्ती, उखु, कफी आदि) ले
तराईमा उद्योगहरूको स्थापना भएको छ ।
x) पहाडी क्षेत्रमा उत्पादन हुने जडीबुटीहरूले औषधि निर्माणमा सहयोग
गरेका छन् ।
xi) पहाडी तथा तराई क्षेत्रको कृषिलाई आधुनिकीकरण गरी देशलाई
खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ ।
xii) तराईमा यातायात, स्वास्थ्य, सञ्चार, विद्युत्, उद्योग सेवाको विकास गरी रोजगारीको अवसर सृजना गर्न सकिन्छ।
पाठ-४: बहुसांस्कृतिक र
सामाजिक
एकता
अभ्यास
1. तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
उत्तर:- हासो समुदायमा भएका विविधताहरू:
हाम्रो
समुदायमा
बसोबास
गरिरहेका
जाति
सम्प्रदायहरू-
ब्राह्मण,
क्षेत्रीय,
नेवार,
राई,
लिम्बू,
मुसलमान,
यादव,
हजाम,
पोडे,
थारु,
धोवी,
खड्गी,
मारवाडी,
थारु,
कोइरी,
लामा,
सन्यासी
आदि
हाम्रो
समुदायमा
भएका
धार्मिक
स्थानहरू-
कृष्णमन्दिर,
शिवमन्दिर,
काली
मन्दिर,
हनुमान
मन्दिर,
राम
मन्दिर,
नृसिंह
मन्दिर,
कृष्ण
प्रणामी
मन्दिर,
२
वटा
मस्जिद,
५
वटा
चर्चहरू
हाम्रो समुदायमा मनाइने चाडपर्वहरू: दशैं,
तिहार,
गाईजात्रा,
माघे
सङ्क्रान्ति,
फागु,
असार
१५,
सरस्वती
पूजा,
कृष्ण
अष्टमी,
इद,
वकरिद,
ल्होसार,
उभौंली,
उधौली,
बुद्ध
पूर्णिमा,
जनै
पूर्णिमा,
शिवरात्री
आदि
।
एकताका उदाहरणहरू: हाम्रो समुदायमा मन्दिरकै छेउमा मस्जिद र चर्च छन् । चर्चमा प्रार्थना गरिरहँदा मन्दिरमा शंख बजिरहन्छ । हिन्दूधर्मावलम्बीहरूले धर्मसम्बन्धी प्रवचन कार्यक्रम गर्छन् । भागवत पूजा लगाउँछन् मुसलमानका मौलवीहरूले आफ्नो धर्मबारे मस्जिदमा प्रवचन दिन्छ । इसाईहरूले क्रिसमस मनाउँछन् । कतै कतै विद्यालयमा ‘शान्ता क्लाउज (Santa Claus) बनाएर कार्यक्रम पनि गर्छन् । कुनै धर्मावलम्बीहरूले अर्को धर्मावलम्बीहरूको कार्यक्रममा बाधा पुयाउँदैनन् । कार्यक्रम आयोजना गर्दा सबैको सहयोग लिइन्छ । समाजमा हुने जातिका न्वारान, पास्नी, ब्रतबन्ध, विहे आदि संस्कारहरूमा छिमेकीहरूलाई निमन्त्रणा दिइन्छ । मलामी जाँदा छिमेकीहरू जात हेर्दैनन् । छिमेकी भनेको सधैं चाहिन्छ भन्ने भावना हामीमा छ । यसैले हामी सबै मिलेर शान्तिपूर्वक आ-आफ्ना पेशा व्यवसाय सञ्चालन गरी एकआपसमा समानुभूति, सद्भाव राखी बसेका छौं।
2. बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:- नेपालं बहुल जाति, बहुभाषी, बहुसंस्कृति, बहुधार्मिक सम्प्रदाय भएको देश हो । यस देशको पहिचान नेपालको राष्ट्रिय गीतले नै गराउँछ । मेचीदेखि महाकालीसम्म फैलिएको हाम्रो देशमा हिमाल पहाड र तराई भएको बहु भौगोलिक क्षेत्र छ । त्यस्तै यहाँ ब्राह्मण, क्षेत्रीय, नेवार, राई, मगर, लिम्बू, ठकुरी, कुमाइ, थारु, यादव, मुसलमान, छन्त्याल आदि बहुजातिको बसोबास छ । जसरी फूलैफूल गुँथेर एउटा माला बन्छ, त्यसरी नै बहुजातीय संस्कृति मिलेर नेपाल बनेको छ । मालामा गुडिंएका फूलहरूको आफ्नै पहिचान हुन्छ र समग्र मिलेर पनि अलग पहिचान । विभिन्न जातिको संस्कृतिको आफ्नै पहिचान छ, समग्र संस्कृति मिलेर नेपालीको पहिचान बनेको छ । भक्तपुरमा मनाइने गाईजात्राको रौनक नै अर्को छ । काठमाडौंको घोडेजात्राले दर्शकलाई त्यतिकै लोभ्याउछ । किराँतीहरूको उधौँली र उभौँलीमा झ्यालीझ्याम्टाको स्वरले कति उत्साहित बनाउँछ । ब्राह्मणहरूले गाएको वालनले ईश्वरभक्तितिर मन लैजान्छ । तराईमा मनाइने होलीले भिन्न भिन्न रङ्गहरू मिलेर एउटै होलीको रङ्ग बन्छ । जुनसुकै जातको होस्, जुनसुकै उमेरको होस्, सबैको साथ भए सुखमय समाज बन्छ भनेर होलीले सन्देश दिन्छ । हिमाली भेकमा मनाइने मनिरिम्दु, ल्होसार, बुद्ध जयन्ती, पहाडमा मनाइने दशैं, तिहार, उधौँली, उभौँली, गौरा, भैलो तथा तराईमा छठ, मकर सङ्क्रान्ति, तिहार आदि हो । यी सबै नेपालमा बसोबास गर्ने नेपालीका संस्कृति हुन् । विभिन्न जातिका फूल उनिएर एउटै माला बनेझै विभिन्न क्षेत्रमा रहने जात जातिको आफ्नो मौलिक परम्परा, रीतिरिवाज, संस्कृति मिलेर एउटै नेपालीको पहिचान दर्शाउँछ । यसैले भन्छन् बहुसंस्कृति नै नेपालीको पहिचान हो ।