Class 11 Social Studies Unit 6 Complete Exercise Solution in Nepali

एकाई:-

पाठ१: विश्व इतिहासको लेखन  मूल प्रवृति

अभ्यास

1.  इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस्

उत्तर:-  इतिहास भनेको विगतको घटना हो विगतका यथार्थ घटनाहरुलाई समेटेर इतिहास लेखिन्छ इतिहास लेख्दा निम्नलिखित कुराहरू क्रमिक रूपमा मिलाई इतिहासकारले आवश्यक परेमा विज्ञहरूसँग सल्लाह लिई इतिहास लेख्छन्।

i)  पहिले घटेका घटनाहरूको स्थान, घटनाको प्रवृत्ति घटनाको वर्णन,

ii)  घटेको घटनाको समय (तिथि वा मिति),

iii)  घटेका घटनाहरूको क्रम मिलाउने,

iv)  घटनासँग सम्बन्धित पक्षहरू,

v)  घटना हुने  सत्यतथ्य कारण,

vi)  घटनाबाट परेको प्रभाव,

vii)  घटना सम्बन्धित चित्र तथा अन्य लिखित मौखिक जानकारी,

2.  इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस्

उत्तर:- समयको प्रवाहमा मानिससँग सम्बन्धित घटनाहरू वा जानकारीहरू मेटिएर वा बिर्सिएर नजाओस् भनी इतिहास लेखिन्छ भावी पुस्ताले विगतमा भएका घटनाबारेमा जानकारी पाउँछन् आफ्ना पूर्वजहरूको कामबारे थाहा पाउँछन् उनीहरूले स्थापित गरेका मूल्य मान्यताहरूबाट सिको लिन्छन् असल कामको गौरव गर्छन् उनीहरूबाट भएको गल्तीलाई भविष्यमा आफूहरूले नगर्ने सिको सिक्छन् ।अग्रजहरूले दिएको प्रेरणाबाट असल बाटोमा हिड्न सचेत हुन्छन्

इतिहास लेख्ने निम्न प्रवृत्तिहरू देखिएका छन्:

 i)  पहिलेका घटनाहरूको सङ्ग्रहको रूपमा (Antecedents Trend):- यो प्रवृत्तिमा विगतका घटनाहरूलाई समयको क्रमअनुसार विवरण मात्र टिपेर जस्ताको तस्तै सङ्ग्रह गरी इतिहास तयार गरिन्छ। यसमा घटनाप्रति कुनै विश्लेषण गरिएको हुँदैन

ii)  विश्लेषणात्मक इतिहास लेखन (Annalistic Trend):- यो प्रवृत्तिका जन्मदाता रोमन इतिहासकार ग्नायस जेलियस हुन् यो प्रवृत्तिमा कुनै घटना वा तथ्य जहिलेसम्म जसरी विकसित हुँदै जान्छ तबसम्म त्यसको अध्ययन विश्लेषण गर्दै त्यसका बारेमा विस्तारमा इतिहास लेख्ने क्रम भइरहन्छ।

iii)  प्रबन्धात्मक लेखन प्रवृत्ति (Monographic Trend):- यो प्रवृत्ति विश्वभरि प्रचलित यो प्रवृत्तिमा इतिहास लेख्दा ऐतिहासिक घटना वा विषयवस्तुलाई विशेष लेखका रूपमा इतिहासकारको धारणा पनि मिसाएर प्रस्तुत गरिन्छ यसबाट इतिहास पढ्ने पाठकले इतिहास लेख्ने इतिहासकारको धारणा अनुसार नै आफ्नो धारणा विकसित गर्छ

iv)  वैज्ञानिक प्रवृत्ति (Scientific Trend): यो प्रवृत्तिमा तथ्य तथा प्रमाणहरू खोजी गरी सोका आधारमा विषयवस्तुको व्याख्या गरी विश्लेषण गर्दै इतिहास लेख्ने गरिन्छ l

पाठ-: मध्यकालीन एसियाको आर्थिक दय सङ्कुचन

अभ्यास

. मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँन्दागत रूपमा लेख्नुहोस्।

उत्तर:- करिब . ५०० देखि . १५०० सम्मलाई मध्यकालको अवधि मानिन्छ यो समय प्राचीन सभ्यताको अवसान हुँदै थियो नयाँ संस्कृति, धर्म राज्य व्यवस्थाको प्रारम्भ हुँदै थिए। मध्य एसियामा सक्रिय बर्बर मंगोल जातिहरूले पनि राज्य स्थापित गर्न मानेका थिए। सामन्तवाद व्यवस्था सक्रिय भयो राज्यमा राजा बाहेक सामन्तहरूको पनि हाली मुहाली बढ्यो मध्यकालमा अरब देशमा ईस्लाम धर्मको प्रचार भयो। ईस्लाम धर्मका अनुयायीहरूले धर्मको प्रचार प्रसार गरे। मध्यकालमा एसियाको आर्थिक अवस्था सम्मुनत थियो। यो अवधिमा दक्षिणमा भारत, मध्यमा चीन तथा पूर्वी भागमा जापानको आर्थिक विकास भएको थियो

भारत समाना राज्यहरूमा बाँडिएको थियो विभिन्न राजवंशहरूले यहाँ शासन चलाउथे मुगलहरूको आगमनपछि एकीकरण कार्य भएपनि पराजित राज्यबाट कर उठाई राज्यको अभिभारा प्रायः राजालाई नै दिइन्थ्यो। देश कृषिमा आधारित थियो। अधिकांश मानिसहरू खेतीमा निर्भर थिए। घरेलु उधोग प्रशस्त चलेको थिए। भारतबाट पूर्वीद्वीप समूहतिर पनि व्यपार चल्थ्यो।। अरब देशहरूको माध्यमबाट भारतको व्यापार युरोपसम्म चल्थ्यो। भारतबाट मसला सुती कपडा निर्यात हुन्थ्यो। बढी व्यापार स्थलमार्गबाट हुन्थ्यो। स्थलमार्गमा कहिलेकाहि देशहरूबीच युद्ध भएमा अवरोध हुन्थ्यो।

मध्य एसियामा चीनको विकास भएको थियो विभिन्न राजवंशका समयमा चीनमा विकास भएको देखिन्छ। टांग वंसको शासन कालमा चीनको सीमाना उत्तरमा साइबेरिया, पूर्वमा कोरिया दक्षिणमा भियतनामसम्म फैलिएको थियो। चीनको अर्थ व्यवस्था पनि कृषिमा नै आधारित थियो। सिचाइको व्यवस्था राज्यबाट भएको थियो। यो अवधिमा मार्को पोलो (Marco Polo) चीनमा आएका थिए। चीनमा रेशम बनाउन सुरु भएको थियो। रेशम चीनबाट युरोपसम्म जान्थ्यो। रेशम व्यापार हुने स्थलमार्ग रेशम मार्गकानामले प्रसिद्ध भयो। चीनमा छपाई, कागज, वारूद, चङ्गा, कम्पास, पानीघडी सूर्यघडी, फलाम, पाङ्ग्रा भएको मानिसले तान्ने गाडा, भूकम्प मापन यन्त्र सुती धागो आदिको आविष्कार भएको थियो। नून फलाम उद्योगको राष्ट्रियकरण भएपछि उद्योगमा काम गर्ने मजदुर पनि कृषितर्फ लागे। कृषिमा करको बोझ बढ्यो। यसबाट किसानहरूको अवस्था कमजोर भयो। राजकर बाहेक सामन्ती कर पनि किसानहरूले दिनु पर्थ्यो। मुद्राको प्रचलनम कम भएकोले अन्न नै करको रूपमा बुझाउनु पर्थ्यो।

जापानको अर्थ व्यवस्था पनि कृषिमा आधारित थियो यहाँ राजाहरू सर्वोच्च शासक भएपनि देशमा सामन्तहरू शक्तिशाली थिए। सगुन, डायमो समुरायहरूको व्यवस्था थियो यिनीहरू सामन्त सरह ने थिए। सगुन नेपालका राणाहरू जस्तै शासक थिए। समुरायले सगुनहरूको रक्षा गर्थे। जापानको बाह्रय व्यापार त्यति विकसित थिएन। राजा मजोको शासनकालदेखि विकासको क्रम सुरु भएको थियो

पाठ-: औद्योगिक क्रान्ति

अभ्यास

1.  औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुंदागत रूपमा व्याख्या गर्नुहोस्

उत्तर:- औद्योगिक क्रान्तिले विश्वमा ठूलो प्रभाव पर्यो यस्को प्रभाव राजनैतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा समेत पर्यो। औद्योगिक क्रान्तिका प्रभावहरू यसप्रकार छन्:

i) उद्योगको स्थापना:- औद्योगिक क्रान्तिले गर्दा हातबाट बन्ने वस्तुहरू उद्योगबाट बन्न थाले यसबाट सामानको गुणस्तर राम्रो भयो उत्पादित वस्तुको माग बढेकाले उद्योगहरूको स्थापनामा वृद्धि भयो बेलायतबाट सुरु भएको उद्योग औद्योगिक क्रान्ति युरोपका अन्य मुलुक हुँदै विश्वभरि नै फैलियो।

ii) पूँजीवादको उदय:- उद्योगहरूको स्थापनाका लागि पूँजीको आवश्यकता पर्ने भएकोले पूँजीवादको उदय भयो समाजमा पूँजीपतिहरूको मान्यता बढ्यो पूँजीपतिहरूले उद्योगहरूको स्थापनामा पूँजी लगानी गर्ने हुँदा पैसाले अझ पैसा कमाउन थाल्यो।

iii) सहरीकरण:- उद्योगहरूको स्थापना भएपछि मानिसहरूको वस्ती पनि उद्योग छेउछाउनै विकसित हुँदै गयो। यस्ता ठाउँमा व्यापार बढ्ने भयो। रोजगारीको अवसर उपलब्ध हुने भयो दैनिक आवश्यक वस्तुको उपलब्धिमा सहज भयो यसैले गाउँतिर जनसङ्ख्या घट्न थाल्यो, सहरतिर बसाईसराई बढ्न थाल्यो।

iv) महिला श्रमिकको शोषण:- पुरुष श्रमिक जस्तै महिला श्रमिकहरूले पुरुष सरह काम गर्न सक्दैनन् भनेर पुरुष श्रमिकभन्दा महिला श्रमिकलाई ज्याला कम दिएर महिला श्रमिकको शोषण गरियो

v) जीवनशौलीको स्तरवृद्धि:- औद्योगिक कामदारहरूको आय पनि बढ्यो सहरीकरण बढ्यो साथै नयाँ नयाँ आविष्कारहरूले मानिसहरूको सुखसुविधामा वृद्धि गर्यो ग्रामीण समाजमा रहेका मानिसहरू सहरमा बस्न थालेपछि उनीहरूको जीवनशैलीमा परिवर्तन आयो

vi) प्रविधिको विकास:- औद्योगिक क्रान्तिले अझ नयाँ नयाँ आविष्कारका लागि प्रोत्साहन गर्यो यातायातको साधनको विकास भयो अन्य महादेशसँग व्यापारिक सम्बन्ध बढ्यो उपनिवेश स्थापित भए व्यापारको विकास तथा साम्राज्य स्थापना गर्ने प्रकृतिले गर्दा नया प्रविधिहरूको विकास हुन थाल्यो।

vii) भौतिकवाद उपयोगवादको वृद्धि:- ग्रामीण समाजका मानिसहरू धर्मबाट डराउने गर्थे समाजमा सबैसँग मिलेर बस्ने, अनैतिक काम गरे परलोकमा दुःख पाइन्छ भन्ने मानिसहरूमा विश्वास थियो औद्योगिक क्रान्तिले गर्दा मानिसहरूको विचारमा पनि परिवर्तन आयो पूँजीपतिहरूको विलासी जीवनले धनको महत्त्व बढायो परलोकको डर हरायो धन सङ्ग्रह गर्ने सुखी जीवन बिताउने भन्ने भावना प्रवल भयो मरेपछि डुमैराजा भन्ने भावना विकसित भयो यसकारण सुख सुविधाहरूका लागि नयाँ नयाँ कुरा खोजी गर्ने तथा यी वस्तुहरू हाम्रो उपयोगका लागि हुन् भन्ने विचार विकसित भयो।

viii) साम्राज्यवाद मार्क्सवादको उदय:- औद्योगिक क्रान्तिले बजारको आवश्यकता महसुस गरायो युरोप देशहरूले अफ्रिका, .अमेरिका, . अमेरिका, एसियाका कम विकसित मुलुकहरूमा उपनिवेश स्थापित गरे ब्रिटिसले अफ्रिका तथा कतिपय अन्य देशहरू जस्तैः भारत, बर्मा, श्रीलङ्का, अफगानिस्तान, चीनका केही पूर्वी भागहरू उत्तर अमेरिकामा विशाल साम्राज्य स्थापित गयो पोचुर्गलले पनि भारतको केही ठाउँमा कब्जा गर्यो त्यस्तै डचहरूले पनि एसियामा केही देशमा उपनिवेश कायम गर्यो। उपनिवेशबाट कोरा मालको आयात, उत्पादित वस्तुको बजार तथा देशका मानिसहरूलाई रोजगारीको अवसर प्राप्त हुने, आफ्नो शासन पद्धति अन्यत्र लागू गर्ने आदि लाभ भयो उद्योगहरूमा मजदुरहरूको शोषण हुन थाल्यो मजदुरहरूको दयनीय अवस्था देखेर यसलाई निराकरण गर्न मार्क्सवादले आफ्नो विचारधारा कम्युनिष्ट मेनिफेस्टो दास क्यापिटल पुस्तकमार्फत्  बाहिर ल्याए उनले साम्यवादी विचारधाराको प्रचार गरे।

ix) प्रदूषण वातावरणको विनास:- उद्योगहरूको विकासले प्राकृतिक वातावरणमा प्रभाव पार्यो उद्योगहरूबाट निस्केका धुंवा तथा रसायनले वायु प्रदूषण बढायो उद्योगको स्थापनाका लागि वन फडानी भए सडक तथा रेल बनाउन जङ्गल मासियो यसबाट वायु प्रदूषण अझ बढ्यो उद्योगका फोहोरमैला खोलानाला, नदीमा मिसाइएकाले जलप्रदूषण बढ्यो यातायात बाहनको चर्को आवाज उद्योगहरूको चर्को आवाजले ध्वनि प्रदूषण बढ्यो यी प्रदूषणहरू तथा नदीजन्य पदार्थहरूको अवैज्ञानिक प्रयोगले प्राकृतिक वातावरणमा ह्रास आयो। यसले अनावृष्टि, अतिवृष्टि, रोगव्याधिको प्रकोपका साथै जलवायुमा प्रतिकूल प्रभाव परेको देखिन्छ

 x) धन शक्तिको पलायन:- औद्योगिक क्रान्तिले गर्दा उपनिवेश स्थापना कार्य बढ्दै गयो युरोपीय देशहरूले धर्मको आडमा पनि उपनिवेश स्थापना गर्ने बाटो देखे ईसाइ धर्मको प्रचार बढाइयो ।अफ्रिकामा ईसाइ धर्मको प्रचार गर्दै उनीहरूको देशलाई उपनिवेश बनाइयो साम्राज्य स्थापनाका लागि कतिपटक युद्ध पनि भयो क्यानाडाका लागि फ्रान्स बेलायत बिचमा युद्ध भयो फ्रान्स पराजित भयो क्यानडामाथि गोराहरूको अधिपत्य भयो भारतमा कर्नाटकको युद्ध पछि फ्रान्सको व्यापारमा कमी भयो बेलायतको एकलौटी व्यापार कायम भयो उपनिवेशबाट धन साम्राज्यवादी देशहरूमा पुग्यो यसरी नै भारतबाट कोहिनुर हिरा बेलायत पुर्याइयो परम्परागत समाजमा जमिन्दारसँग जमिन बढी थियो उनीहरूको समाजमा मान्यता थियो औद्योगिक क्रान्तिले उद्योगको महत्त्व बढायो। उद्योगपति रोजगारदाता भए पूँजी उनीहरूसँग आयो समाजमा पूंजीपतिहरूको हालीमुहाली चल्यो।

2.  उपनिवेशको सुरुआत औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस्

उत्तर:- औद्योगिक क्रान्तिले साम्राज्यवादलाई प्रोत्साहन गर्यो उद्योगधन्दाको विकास युरोपीय देशहरूमा भएको थियो यसको सुरुवात बेलायतबाट भयो सुती कपडाबाट सुरु भई अन्य उद्योगहरूको पनि स्थापना हुँदै गयो युरोपमा कपास फल्दैन उद्योगका लागि निरन्तर कपासको आवश्यकता थियो भारत तथा अफ्रिकी देशहरूबाट कपास ल्याउनुपर्थ्यो उद्योगहरूलाई उत्पादन बेच्ने समस्या आयो यसका लागि बजारको आवश्यकता पर्यो यसैले युरोपका देशहरूले अब कम विकसित देशहरूमाथि आँखा लगाउन थाले बेलायतले सबैभन्दा पहिले अफ्रिकामा उपनिवेश स्थापना गर्यो। यसपछि अन्य देशहरू पनि आए जति धेरै उपनिवेश उति बढी मात्रामा कोरा मालको प्राप्ति उत्पादित वस्तु बेच्न बजारको सुविधा हुने यी प्रमुख कारणले गर्दा उपनिवेश स्थापनाको सुरुआत भयो बेलायतले एसिया, अफ्रिका तथा अमेरिकी महादेशमा साम्राज्य स्थापना गर्यो फ्रान्स, पोचुर्गल, डच आदि देशहरू पनि यसका पछि लागे उपनिवेशको प्राकृतिक सम्पदाको उपयोग गरी आफ्नो देशका उद्योग चल्ने भए देशका जनतालाई रोजगारीको अवसर प्राप्त भयो। यसबाट आर्थिक लाभ प्राप्त भयो उपनिवेशबाट सस्तोमा श्रम शक्तिको प्राप्ति भयो उपनिवेशहरूबाट सस्तो मजदुरहरूको प्राप्तिले उद्योग चलाउन कठिनाई भएन औद्योगिक क्रान्तिले युरोपीय देशहरूलाई सम्पन्न बन्न ठूलो मद्दत मिल्यो।

पाठ-: लोकतन्त्र

अभ्यास

1.  विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस्

उत्तर:- विश्वमा विभिन्न मुलुकमा लोकतान्त्रिक आन्दोलनहरू भए देश अनुसारका कारणहरू फरक फरक हुन सक्छन् तापनि केही कारणहरू मोटामोटी रूपमा समान देखिन्छन् ती हुन्:

i) निरङ्कुश शासन:- कतिपय देशमा प्रचलित शासन व्यवस्थाले जनताको हकहितलाई कुण्ठित पारेको थियो शासकको स्वेच्छाकारी शासनले जनतालाई पीरमार्का परेको थियो जनताले अत्यावश्यक मानव अधिकारको उपयोग गर्न पाएका थिएनन् शासकलाई सङ्का लागे, मन नपरे वा गुनासो पोखेमा कठोर सजाय भोग्नु पर्थ्यो निरङ्कुश शासन असह्य भएपछि जनता सङ्गठित भई लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए रुसमा जारको निरङ्कुश शासन, फ्रान्समा लुई सोहौं को निरङ्कुश शासन, बेलायतको गौरवमय क्रान्ति, नेपालमा राणाहरूको निरङ्कुश शासन विरुद्ध यसैकारण लोकतान्त्रिक आन्दोलन भए।

ii) उपनिवेशवाद:- युरोपीय औद्योगिक मुलुकहरूले विशवमा कतिपय स्थानमा उपनिवेश खडा गरेका थिए ती उपनिवेशहरूमा जनतालाई कुनै मौलिक हक थिएन देशको आर्थिक तथा राजनैतिक शोषण हुन्थ्यो नयाँ विचार तथा अवधारणा शासकको पक्षमा नभए त्यसलाई दमन गरिन्थ्यो उपनिवेशको आर्थिक उन्नतिभन्दा शासकहरू आफ्नो देशको आर्थिक उन्नतिमा बढी ध्यान दिन्थे। यसैले औपनिवेशिक शासनबाट आजित भई जनता सङ्गठित भएर शासक देशका विरुद्ध प्रजातन्त्रका लागि जनआन्दोलन गरे संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता सङ्ग्राम, भारतको स्वतन्त्रता सङ्ग्राम, श्रीलङ्काको स्वतन्त्रता सङ्ग्राम आदि यसैका उदाहरणहरू हुन्

iii) शिक्षाको प्रचार:- परम्परागत शिक्षापद्धतिको सट्टा नयाँ शिक्षा पद्धतिको विकासले शिक्षाको प्रचार भयो अङ्ग्रेजी साहित्यका पुस्तकहरू अन्य स्थानीय भाषामा अनुवाद गरिए अन्य भाषाका पुस्तकहरूले पनि जनतामा चेतनाको सञ्चार भयो शिक्षाको प्रचार प्रसारले जनताहरू आफ्ना अधिकारप्रति सचेत भए देशमा भएको निरङ्कुश शासन विरुद्ध सङ्गठित हुन शिक्षा प्रेरणा दियो नेपालमा राणा शासनको विरुद्धमा जनआन्दोलन गर्न शिक्षाको प्रचारले पनि सघायो

 iv) विदेशी घटनाको प्रभाव:- अन्य देशमा भएका जनआन्दोलनको प्रभावले पनि अन्य देशमा जनआन्दोलन गर्न प्रेरित गर्यो अमेरिकी स्वतन्त्रता सङ्ग्राममा सहभागी भई फ्रान्स फर्केका फ्रान्सेली सिपाहीहरूले नेपालमा पनि राणाशासन विरुद्ध चलेको आन्दोलनलाई भारतीय नेताहरूले नैतिक समर्थन दिएका थिए विटिश शासनकालमा भारतबाट पाएको सहयोग राणाहरूले अब पाएनन् वि.. २००७ मा राजा त्रिभुवन, राणा नेपाली काङ्ग्रेसबिच त्रिपक्षीय सम्झौता भएपछि राणाशासन समाप्त भयो।

v) जनअधिकार:- प्रत्येक देशका नागरिकहरूले सरकारबाट केही अपेक्षा राखेका हुन्छन् देशमा कल्याणकारी राज्य होस्, जनताले सुखसुविधाको अनुभूति गर्न पाऊन्, थिचोमिचो, शोषण नहोस्, निष्पक्ष न्याय प्रणाली होस्, हिंसात्मक गतिविधि नहोस्, शान्ति वहाल होस्, रोजगारीको सुविधा होस्, मनमा लागेका रचनात्मक कुरा बोल्न तथा लेख्न पाइओस् आदि यस्ता जनताका मानव अधिकारमाथि प्रहार भएमा जनताहरू आन्दोलित हुन्छन् नेपालमा वि.सं. २०४६ वि.सं. २०६२/६३ मा भएका जनआन्दोलनहरू यसैका परिणाम हुन्

2.  एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् 

उत्तर:- एउटा देशमा भएको घटनाले अर्को देशमा पनि प्रभाव पार्छ यस्ता प्रभाव सामाजिक, राजनैतिक तथा सांस्कृतिक रूपमा पनि हुनसक्छ अमेरिकी स्वतन्त्रता सङ्ग्राममा फ्रान्सले आफ्नो सेना अमेरिकीहरूलाई सघाउन पठायो .रा. अमेरिका स्वतन्त्र भएपछि फ्रान्सेली फौज फर्के फ्रान्सेली फौजमा अमेरिकीहरूले बेलायतको औपनिवेसिक नीतिको विरुद्धमा आवाज उठाएको अनुभव गरे फ्रान्समा त्यसबेला लुई सोह्रौंको शासन थियो। त्यसबेला जनताले कुनै अधिकार पाएका थिएनन् सामन्तहरूको चरम शोषण थियो यस निरङ्कुश शासन विरुद्ध जनताहरूले आन्दोलन सुरु गरे यो आन्दोलनलाई फ्रान्सका अमेरिकी सङ्ग्रामबाट फर्केका सिपाहीहरूले नैतिक समर्थन दिए फ्रान्समा गणतन्त्र स्थापना भयो फ्रान्सेली राज्यक्रान्तिले दिएको स्वतन्त्रता, समानता भातृत्वको भावनाले अन्य मुलुकहरूमा पनि निरङ्कुश शासन विरुद्ध आन्दोलन गर्न प्रेरणा दियो।

भारत पनि १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भयो यसको प्रभाव नेपालमा पर्यो नेपालमा निरङ्कुश राणाशासनको विरुद्धमा जनताहरू सङ्गठित हुनु थाले भारतीय नेताहरूले प्रजातन्त्रका लागि नेपालमा सङ्घर्ष गर्ने जनतालाई नैतिक समर्थन दिए राणाहरूले पहिले ब्रिटिशहरूबाट पाइरहेको सहयोग पाएनन् अन्तमा राणाशासन ढल्यो नेपालमा प्रजातन्त्रको स्थापना भयो।

 3.  नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस्

 उत्तर:- नेपालमा लोकतन्त्रको स्थापना भएपछि केही परिवर्तनहरू देखा परेका छन् तीमध्ये केही सकारात्मक    प्रभावहरू यसप्रकार छन्ः

i)  जनताले मौलिक हक पाएका छन्

ii)  जनताले चित्त नबुझेका कुराहरूमा आफ्नो आवाज पनि उठाउन पाएका छन्

iii)  विकासका लागि नयाँ सोच अवधारणाले महत्त्व पाएको

iv)  विकासमा जनताको सहभागिता समान सहभागिता सुनिश्चित गर्नुपर्ने मान्यताले स्थान पाएको

v)  सामाजिक समावेशिता विकासमा समताको अवधारणाले प्रवेश पाएको

vi)  नागरिकले विकासमा आफ्ना आवश्यकतालाई उजागर गर्ने प्राथमिकीकरण गर्ने (Voice and choice) अधिकार पाएका छन्।

vii)  राज्यको आर्थिक गतिविधिमा राज्यको एकाधिकार नरही निजी तथा सहकारीले पनि उचित स्थान पाएका छन्।

viii)  विकासमा सुशासन जनउत्तरदायित्वको बहसले पनि ठाउँ पाएको

Download PDF File


Getting Info...

Post a Comment

Please do not enter any spam link in the comment box.
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.