एकाई-४
पाठ-१: मानव जैविकीय
उत्पत्ति
र
विकासक्र
अभ्यास
1. मानवको जैविकीय उदविकासको छोटो परिचय लेख्नुहोस् ।
उत्तर:– पृथ्वीमा
रहेका
सबै
जीवजन्तुहरु
जैविक
उदविकास
प्रक्रियाबाट
उत्पत्ति
भई
क्रमिक
रुपमा
विकसित
भई
आजको
अवस्थामा
आइ
पुगेका
हुन्
।
मानव
जातिको
उत्पत्ति
पनि
यस्तै
जैविकीय
उदविकासको
प्रक्रियाबाट
भएको
मानिन्छ
।
वैज्ञानिक
अध्ययनबाट
मानवका
पुर्खा
बाँदर
वा
नरबानर
नभई
नरबानर
जस्तै
देखिने
जीवबाट
उत्पत्ति
भएको
पत्ता
लागेको
छ
।
नरबानर
जस्तै
देखिने
पुर्खाबाट
उदविकास
भई
क्रमिक
रुपमा
मानवको
रुप
विकसित
भएको
प्रक्रियालाई
नै
मानवको
जैविकीय
उदविकास
भनिन्छ
।
वैज्ञानिकहरुका
अनुसार
आजभन्दा
करिब
६०
लाख
बर्ष
अगाडी
पुच्छर
नभएका,
ठाडो
जीउडाल,
ठूलो
मष्तिस्क
र
दुई
खुट्टाले
हिड्न
सक्ने
नर
बानरबाट
क्रमिक
रुपमा
विकास
गरी
परिष्कृत
भई
आजको
मानव
यो
अवस्थामा
आइपुगेको
मानिन्छ
।
खोज
र
अनुसन्धानले
उहिलेका
सहेला
थ्रोपस,
ओंरिरीन
र
आर्डिपिथेकस
नर
बानरका
अवशेषमा
आजका
मानिसहरुमा
हुने
होमीनिडका
विशेषताहरु
पाइएको
छ
।
यीमध्ये
आर्डिपिथेकसलाई
पहिलो
होमीनिड
मानिएको
छ
।
मनावले
जैविकीय
उदविकास
प्रक्रियाद्वारा
आफ्ना
पुर्खा
नरबानर
जस्तै
देखिने
जीवबाट
विभिन्न
चरणहरु
क्रमशः
पार
गर्दै
अहिलेको
हाम्रो
जतिको
सेपियन्स
प्रजातिमा
आइपुगेका
छन्
।
2. अस्ट्रालोपिथेकस र होमो हयाबिलिसबिचका समानता र भिन्नता प्रस्ट पार्नुहोस् ।
उत्तर:-
समानता:
i) दुवै
आजका
मानिसहरुका
पुर्खा
हुन्
।
ii) दुवै
सिधा
रुपमा
दुई
खुट्टाले
हिड्ने ,
खप्परको
आकार
बानरसँग
मिल्ने
खालका
थिए
।
iii) दुवै
झुन्ड
बनाएर
बस्ने
गर्दथे
।
भिन्नता:
i) दुवै
भिन्न
प्रभिन्न
जातिका
हुन्
।
ii)
अस्ट्रालोपिथेकसको
अस्तित्व
करिब
४०
लाख
वर्ष
अघिदेखि
१०
लाख
वर्ष
अघिसम्म
भएको
मानिन्छ
।
होमो
ह्याविलिस
आजभन्दा
करिब
२३
लाख
वर्ष
अघिदेखि
१५
लाख
अघिसम्म
अस्तित्वमा
रहेको
मानिन्छ
।
iii)
अस्ट्रालोपिथेकस
जातिकालाई
जमिन
मुनिबाट
कन्दमुल
निकाल्ने
क्रिया
थाहा
थिएन
।
होमोह्याविलिस
जमिनमुनिबाट
लठ्ठीले
कन्दमूल
निकाल्ने
गर्थे
।
iv) होमो
ह्याविलिस
अस्ट्रालोपिथेकस
भन्दा
बढी
परिस्कृत
थिए
।
थप
प्रश्नहरु
1. होमो जातिका विशेषताहरू लेख्नुहोस् ।
उत्तर:- होमो
जातिका
विशेषताहरू
निम्नलिखित
छन् :
i) सिधा
जीउ
ii) दुई
खुट्टामा
उभिएर
हिड्न
सक्ने
iii) ठूलो
खोपडी
तथा
दिमाग
भएको
iv)
पूर्णरूपमा
छुट्टिएको
बुढी
औंला
v) हतियार
बनाउन
सक्ने
क्षमता
भएको
2. होमो इरेक्टस (Homo
erectus) को छोटो परिचय दिनुहोस् ।
उत्तर:- अफ्रिका
महादेशबाट
अन्य
महादेशमा
फैलिएका
मानव
जाति
होमोइरेक्टस
हो
।
यो
जातिको
अवशेषहरू
दक्षिण
अफ्रिका,
केन्या,
तान्जानिया,
इथोपिया,
जाभा,
पेकिग
आदि
ठाउँहरूमा
भेटिएका
छन्
।
यस
प्रजातिको
पहिलो
अवशेष
सन्
१८९०
मा
डच
मानवशास्त्री
युजिन
डुवोइसले
इन्डोनेसियाको
जाभामा
भेटेका
थिए
।
यिनीहरूको
बंगाराको
आकार
पहिलेका
प्रजातिभन्दा
साना
थिए
।
यिनीहरूको
गालाको
हड्डीहरू
र
च्यापु
अहिलेको
मानिसभन्दा
ठूला
आकारका
थिए
।
चिउँडोको
विकास
यिनीहरूमा
भएको
थिएन
।
3. होमो नियन्डरथलेन्सिस
(Homo neanderthalensis) को छोटो परिचय दिनुहोस् ।
उत्तर:- यस
प्रजातिको
अवशेष
जर्सनीको
नियन्डर
उपत्यकामा
भेटिएकोले
त्यही
ठाउँबाट
यसको
नामकरण
गरिएको
हो
।
यस
प्रजातिका
अवशेषहरू
मुख्य
रूपमा
युरोप
तथा
एसियाका
विभिन्न
मुलुकहरूमा
भेटिएको
छ
।
आजभन्दा
करिब
१,५०,०००
वर्ष
अघिदेखि
३०,०००
वर्ष
अघिसम्म
यो
प्रजाति
पृथ्वीमा
बसोबास
गरेको
अनुमान
छ
।
यिनीहरू
होचा
र
गठिला,
आँखीभौँ
प्रष्ट
देखिने,
लाम्चो
खप्पर
आदि
भएका
थिए
।
यिनीहरू
ढुङ्गाबाट
हतियार
बनाउँथे
।
यिनीहरू
उज्यालो,
ताप
र
जङ्गली
जनावर
भगाउन
आगोको
प्रयोग
गर्थे
।
यिनीहरू
समूहमा
बस्थे
।
यिनीहरूले
मृतकलाई
गाड्ने
गरेको
देखिन्छ
।
यसबाट
यिनीहरूमा
सामाजिक
संस्कार
विकास
भएको
देखिन्छ
।
यिनीहरूमा
पनि
भाषाको
विकास
भएको
देखिँदैन
।
सङ्केतबाट
कुराकानी
गर्थे
होलान्
।
4. अस्ट्रालोपिथेकस
(Australopithecus) जातिको छोटो परिचय दिनुहोस् ।
उत्तर:- आजभन्दा
करिब
४०
लाख
वर्ष
अघिदेखि
१०
लाख
वर्षअघिसम्म
यो
जाति
पृथ्वीमा
बसोबास
गरेको
अनुमान
छ।
यो
जातिको
अवशेष
केन्या,
तान्जानिया,
इथोपिया
तथा
चाड
आदि
देशमा
भेटिएका
छन्
।
यिनीहरू
दुई
खुट्टाले
हिड्न
सक्ने,
बानरसँग
मिल्ने
खप्पर
भएका,
होचो
कदका
पोथीभन्दा
भाले
ठूलो
आकारको
भएको, .
अनुहारको
अगाडिको
च्यापु
निस्केका
आदि
यस
जातिका
विशेषताहरू
हुन्
।
5. मस्तेरियन
(Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्।
उत्तर:- आदिम
प्रजातिका
मानिसहरू
सिकार
खेल्न
ढुङ्गाबाट
विभिन्न
किसिसका
हतियार
बनाउँथे
।
यस्तै
ढुङ्गाको
हतियार
प्रयोग
गरी
जनावरको
सिकार
गर्थे
।
यसै
संस्कृतिलाई
मस्तेरियन
संस्कृति
भनिन्छ
।
पाठ-२: मानव समाजको
विकासक्रम
अभ्यास
1. कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
उत्तर:-
कार्लमार्क्स अनुसार
i) आदिम
साम्यवाद
ii) दासप्रथा
iii)
सामन्तवादी
समाज
iv)
पूँजीवादी
समाज
ई. वी. टाइलर र ए. एल.
मोर्गानअनुसार
i) ढुङ्गे
युग (प्रारम्भिक
चरण )
ii) वर्वर
युग (मध्यकालीन
चरण )
iii) सभ्य
युग (
आधुनिक
चरण )
2. तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
उत्तर:– हामी
बस्ने
समाज
समाज
विकासको
आधुनिक
चरण (सभ्य
युग)
सँग
मिल्दोजुल्दो
छ
।
किनकि,
i) यहाँ
खेतीपाती
परिस्कृत
छ
।
विभिन्न
किसिमका
कृषि
औंजार,
उन्नत,
बीउ,
मल
तथा
वैज्ञानिक
तरिका
प्रयोग
गरी
कृषि
कार्य
हुन्छ
।
ii) मानिसका
प्रयोगका
लागि
विभिन्न
किसिमका
वस्तुहरुको
उत्पादनका
लागि
कलकारखानाहरू
विकसित
छन्
।
iii)
मानिसहरु
ठूला
ठूला
भवनमा
बस्छन् ,
जुन
आधुनिक
सुविधाले
सम्पन्न
छन्
।
iv) आज
यातायात,
सञ्चार,
शिक्षा,
स्वास्थ्य
आदि
विभिन्न
क्षेत्रमा
विकास
भएको
छ
।
v) देशको
शासनमा
पनि
विभिन्न
राजनैतिक
पद्धतिको
विकास
भएको
छ
।
vi)
सकारात्मक
सोचले
नयाँ
नयाँ
आविष्कारहरुको
सिर्जना
हुँदैछ
।
3. नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
उत्तर:– नवपाषाण
युगका
सामाजिक
सांस्कृतिक
विशेषताहरु
निम्नलिखित
छन् :
i) ढुङ्गाका
परिस्कृत
औजारहरूको
निर्माण
ii) कृषिको
व्यवस्थित
सुरुवात
iii) कृषि
कार्यका
लागि
नाग्लो,
टोकरी,
पाथी
आदि
सामग्रीको
उत्पादन
iv)
पशुपालनको
आरम्भ (गाई, सुँगुर,
भेडा,
कुकुर
आदि
पाल्ने )
v) कपडा
लाउने
बानीको
विकास
vi)
व्यक्तिगत
सम्पत्तिको
महत्त्व
vii)
धर्मकर्म
संस्थागत
हुँदै
viii) समाजमा
असमानताको
विकास
ix) राजनैतिक
चेतनाको
विकासले
राजा
रजौटाको
शासन
पद्धतिको
विकास
x) धातुको
प्रयोग
सुरु
4. नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
उत्तर:– नवपाषाण
युग
मध्यपाषण
युगभन्दा
केही
बढी
विकसित
थियो
।
यो
कालखण्डमा
ढुङ्गाकै
औंजार
बनाइए
तापनि
केही
बढी
पालिस
गरेर
चिल्लो
बनाइएको
हुन्थ्यो
।
चेतनाको
स्तर
बढ्दै
गएकोले
ढुङ्गाका
पनि
परिस्कृत
औँजारहरूको
निर्माणले
कृषि
विकासलाई
सघाउ
पुर्यायो
।
कृषि
कार्यले
गर्दा
मानिसलाई
अब
आफूले
परिश्रम
गरेको
ठाउँलाई
रेखदेख
गर्न
बाध्य
बनायो
।
मानिसले
घुमन्ते
र
सिकारी
जीवनको
सट्टा
स्थायी
बसोबास
गर्ने
कार्य
सुरु
गरे
।
यसबाट
मानिसलाई
पशुपालनमा
पनि
प्रेरणा
दियो
।
कृषिका
लागि
श्रम
साधन
जुटाउन
तथा
मासुजन्य
खाद्य
पदार्थको
सुनिश्चितताका
लागि
जङ्गली
जनावरलाई
समातेर
पाल्ने
क्रम
सुरु
गरिएको
थियो
।
कपडा
लगाउने
बानीको
विकास
भयो
।
खेतीका
लागि
बढी
जग्गा
ओगट्ने
क्रमले
व्यक्तिगत
सम्पत्तिको
महत्त्व
बढायो
।
समाजमा
धार्मिक
संस्कार
संस्थागत
हुँदै
गए
।
राजनैतिक
चेतनाको
विकासले
राजा
रजौटाको
शासन
पद्धतिको
विकास
भयो
।
यसरी
यो
कालखण्डमा
मानिसहरु
घुमन्ते
र
शिकारी
जीवनबाट
स्थायी
बसोबास
गरी
कृषि
तथा
पशुपालन
गर्ने
कार्य
गरी
जीवनशैली
परिवर्तन
गरेकाले
यस
युगलाई
क्रान्तिकारी
युग
भनिएको
हो
।
थप प्रश्नहरु
1. मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस् ।
उत्तर:- पुरापाषाण
युगको
अन्त्यसँगै
लगभग
दस
हजार
वर्ष
अघिसम्मको
कालखण्डलाई
मध्यपाषाण
युग
भनिन्छ
।
यो
कालखण्डमा
पनि
मानिसहरूले
ढुङ्गाकै
औँजार
प्रयोग
गर्थे
।
यसबेला
ढुङ्गका
पातला
केही
धारिला
ब्लेड
जस्ता
औँजारलाई
काठको
विड
वा
हयाण्डलमा
जोडेर
पटक
पटक
प्रयोग
गर्न
सकिने
गरी
विकास
गरिएको
थियो
।
यस
समय
कतिपय
औँजारहरू
त्रिभुजाकार,
चन्द्राकार,
आयताकार
आदि
विभिन्न
ज्यामितीय
आकारको
बनाइएको
थियो
।
यसबाहेक
ढुङ्गाकै
तीर
तथा
भाला
आदि
जस्ता
हतियारको
प्रयोग
गरिएको
थियो
।
यस
समयका
केही
औजारहरू
जापान,
आयरल्याण्ड,
डेनमार्क,
सर्विया
आदि
देशमा
फेला
परेका
छन्
।
यसबेला
माछा
मार्ने,
बासको
चोयाबाट
टोकरी
आदि
बनाउने
काम
पनि
थालिएको
थियो
।
2. पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्।
उत्तर:- आजभन्दा
करिब
२५
लाख
वर्ष
अगाडिदेखि
१०
हजार
वर्ष
अघिसम्मको
कालखण्डलाई
पुरापाषाण
युग
भनिन्छ
।
यो
काल
खण्डलाई
तीन
खण्डमा
बाँडिएको
छ
।
जस्तै :
i) निम्न पुरापाषाण जीवनशैली:- यो
सबभन्दा
पुरानो
जीवनशैली
मानिन्छ
।
मानिसहरू
ढुङ्गाकै
औजार
बनाउँथे
।
ढुङ्गे
औँजारहरू
प्रायः
सरल
र
भद्दा
हुन्थे
।
मुख्य
औँजार
हाते
बञ्चरो
थियो
।
मानिसहरू
झुण्डमा
बस्थे
।
बढी
घुमन्ते
थिए
।
मानिसहरू
गुफा,
रुखको
छहारीमुनि
वा
नदी
किनारामा
प्राय:
बस्थे
।
यो
कालखण्डको
मुख्य
मानव
प्रजाति
होमोइरेक्टस
थियो
।
ii) मध्य पुरापाषाण जीवनशैली:- यो
कालखण्ड
करिब
२
लाख
वर्षअघिदेखि
४०
हजार
वर्ष
अघिसम्मको
थियो
।
ढुङ्गाका
हतियार
पहिलेभन्दा
खाँरिएका
थिए
।
ढुङ्गालाई
फुटालेर
निस्केका
चोइटालाई
धारिलो
बनाउने
कला
मानिसले
जानिसकेका
थिए
।
यस
बाहेक
ढुङ्गालाई
बाँधेर
हाते
बन्चरो
बनाई
खुर्कन,
खाडल
खन्न,
ताछ्न,
प्वाल
पार्न
आदि
काममा
प्रयोग
गर्न
थालेको
पत्ता
लागेको
छ
।
यो
कालखण्डमा
नियान्डरथल
प्रजातिको
विकास
भएको
थियो
।
iii) उच्च पुरापाषाण जीवन शैली:- यो
काल
खण्ड
करिब
४०
हजार
वर्षअघिदेखि
१०
हजार
बर्ष
अघिसम्मको
हो
।
यो
कालखण्डमा
होमोसेपिन्यस
मानव
प्रजातिको
विकास
भएको
थियो
।
यस
युगमा
मानिसहरूले
ढुङ्गाका
चोइटाहरूबाट
धारिला
औँजारहरू
बनाउन
जानिसकेका
थिए
।
उनीहरूले
ढुङ्गाबाट
परिस्कृत
ब्लेड
जस्ता
हतियार
विकास
गरी
ब्युरिन,
भाला,
तीर
आदि
औँजारहरू
बनाई
प्रयोगमा
ल्याउँथै
।
यिनीहरू
चित्रका
माध्यमबाट
आफ्ना
अभिव्यक्तिहरू
प्रस्तुत
गर्थे
।
यस्ता
चित्रहरू
युरोप,
एसिया
तथा
अफ्रिकाका
विभिन्न
गुफाहरूमा
भेटिएका
छन्
।
यो
कालखण्डमा
कपडा
लगाउने
बानी
तथा
जङ्गली
जनावर
पक्रेर
पाल्ने
काम
आदि
सुरु
भएको
पनि
मानिन्छ
।
पाठ-३: कृषियुगको सुरुवात
र
विकास
अभ्यास
1. ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।
उत्तर:– मध्यपाषण
युगपछि
नवपाषणयुग
प्रारम्भ
भयो
।
यो
युगमा
पनि
मानिसहरु
ढुङ्गाकै
औजार
बनाउँथे
।
तर
यो
कालखण्डमा
ढुङ्गाका
औजार
केही
विकसित
थिए
।
ढुङ्गाबाट
पालिस
गरी
चिल्लो
बनाइएका
औजारहरुको
प्रचलन
भयो
।
यस्ता
औजारहरु
अझ
बढी
धारिलो
बनाई
खन्न,
काट्न,
बुन्न,
काठको
काममा
प्रयोग
गर्ने
गरी
बनाइएको
थियो
।
हिमयुगको
अन्त्यसँगै
तातिदैं
गएको
वातावरणीय
अवस्थाले
कृषि
उत्पादनमा
ठूलो
भूमिका
निर्वाह
गरेको
थियो
।
कृषि
कार्य
व्यवस्थित
हुन
थालेको
थियो
।
मेसोपोटामिया,
जोर्डन
आदि
देशमा
गहुँ,
जौको
खेती,
चीनमा
धान
र
कोदो,
अमेरिकामा
मकै,
भटमास,
आलु
आदिको
खेती
हुन्थ्यो
।
ढुङ्गाकै
औजार
प्रयोग
गरेर
कृषि
कार्यको
थालनी
यो
युगमा
भएकोले
यस
युगलाई
कृषियुगको
सुरुवात
मानिन्छ
।
2. ‘कृषि युग व्यवस्थित बसोबास र सभ्य विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।
उत्तर:– कैषियुगको
सुरुवात
भएपछि
बसोबास
पनि
स्थायी
हुँदैगयो
।
खाद्यान्नको
प्रमुख
स्रोतको
रूपमा
रहेको
खेतीयोग्य
जमिन
अचल
भएकाले
मानिसहरुलाई
बाध्य
भई
खेतीकै
छेउछाउमा
बस्न
बाध्य
बनायो
।
बाली
लाउने,
हेरचार
गर्ने
तथा
बाली
काट्ने
समयसम्म
खेत
छोडेर
अन्यत्र
जान
नसक्ने
स्थितिले
गर्दा
व्यवस्थित
बसोबासको
क्रम
सुरु
भयो
।
मानिसहरुले
ढुङ्गाकै
भएपनि
घर
बनाउन
थाले
।
घर
बनाउन
बढी
समय
र
श्रम
पनि
खर्चिन
थालियो
।
नील
नदीको
उपत्यकामा
खेतीमा
सिँचाइ
गर्ने
र
नहर
बनाउने
काम
पनि
सुरु
भएको
देखिन्छ
।
मेसोपोटामियामा
पनि
टाइग्रिस
र
युफ्रेटिस
नदीबाट
आउने
बाढीलाई
रोक्न
अवरोधहरु
बनाइएको
पनि
भेटिएको
छ
।
नयाँ
नयाँ
बीउहरु
सङ्कलन
गरी
खेतीपाती
गर्न
थालियो
।
स्थायी
बसोबासले
परिवारको
आकारमा
वृद्धि
भयो
।
कृषि
कार्याले
गर्दा
समयको
बचत
भयो
।
यसले
नयाँ
खोज
र
नयाँ
अाविष्कारका
क्षेत्रहरू
खुल्दै
गए
।
खाद्यवस्तु
उत्पादन
प्रशोधन
तथा
भण्डारणका
नयाँ
प्रविधिहरुको
विकास
भयो
।
कृषि
उत्पादन
बिक्रीका
लागि
र
आवश्यक
सामान
खरिदका
लागि
बजारको
विकास
भयो
।
श्रम
विभाजनले
विशिष्ट
रुप
लिँदै
गयो
।
नयाँ
नयाँ
वर्गहरु
समाजमा
देखा
परे
।
धर्मप्रतिको
अवस्थाको
विकास
भयो
।
लवाई
खुवाई
बसाइँको
व्यवस्थित
शैली
विकसित
हुँदै
गयो
।
यसैले
कृषियुगलाई
व्यवस्थित
बसोबास
र
सभ्य
जीवन
विकासको
जग
भनिएको
हो
।
3. मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस् ।
उत्तर:– हालको
इराकलाई
उहिले
मेसोपोटामिया
भनिन्थ्यो
।
मेसोपोटामियाको
टिग्रीस
र
युफ्रेटिस
नदीबिचको
भूभाग
उर्वर
माटोले
बनेको
छ
।
यो
क्षेत्र
उर्वर
अर्द्धचन्द्राकार
(Fertile Cresent)
नामले
चिनिन्छ
।
यो
क्षेत्रको
माथिल्लो
भागमा
जङ्गली
भेडा,
बाख्रा
र
गाईवस्तुको
बथान
पाल्ने
गरिन्थ्यो
।
यहाँ
गहुँ
र
जौको
खेती
पनि
गरिन्थ्यो
।
यो
क्षेत्रमा
पनि
बाढी
नियन्त्रणका
लागि
विभिन्न
खाले
अवरोधहरु
निर्माण
गरिएको
थियो
।
4. कृषि युगको विकाससँगै समाजमा असमान वर्गहरू विकास हुँदै गएको प्रसङ्गलाई जोड्दै वर्तमान समयमा विकासले ल्याएको सामाजिक असमानताको व्याख्या गर्नुहोस् ।
उत्तर:– कृषि
युगको
विकाससँगै
जमिनको
महत्त्व
बढ्यो
।
जति
बढी
जमिन
भयो,
उति
बढी
उत्पादन
लिन
पाइने
भयो
।
बढी
उत्पादनको
अर्थ
बढी
सुखसुविधा
प्राप्त
हुनु
।
यसरी
यस
युगमा
बढी
जमिन
ओगट्ने
प्रतिस्पर्धा
चल्यो
।
केहि
टाठाबाठाहरुले
अरूको
तुलनामा
बढी
जमिन
ओगट्न
सफल
भए
।
कतिपयले
थोरै
जमिन
पाए
।
कतिले
पाएनन्
।
जमिनमा
खेतीपाती
गर्ने
प्रमुख
साधन
मानवीय
श्रम
थियो
।
जोसँग
थोरै
जमिन
थियो
वा
जमिन
थिएन,
उनीहरु
बढी
जमिन
भएका
मानिसहरु
कहाँ
काम
गरी
गुजारा
गर्ने
गर्थे
।
यसप्रकार
कृषि
युगमा
बढी
जमिन
भएका
जमिन्दारहरु
र
कम
जमिन
हुने
वा
नहुने
गरिब
वर्गको
सृजना
भयो
।
यी
जमिनदारहरु
समान्ताका
रुपमा
स्थापित
हुँदै
गए
।
विकासको
क्रम
बढ्दै
गयो
।
श्रम
विभाजनले
विशिष्टता
पायो
।
समाजमा
राजनैतिक
चेतनाको
विकासले
राजा
रजौटाहरुको
शासन
पद्धति
विकास
भयो
।
श्रम
विभाजनले
गर्दा
समाजमा
व्यापारी,
शिल्पकर्मी,
सिपाही,
पुजारी,
शासक,
शासकीय
कर्मचारीहरु
आदि
जस्ता
विभिन्न
प्रकारका
वर्गहरु
देखा
परे
।
केही
सीमित
व्यक्तिहरुले
प्रशस्त
आय
गर्न
सफल
भए
र
उनीहरुको
सम्पन्न
भए
।
कोहीले
उचित
अवसर
पाएनन्
।
स्रोत
र
साधनमा
पहुँच
पुगेन
।
उनीहरु
निर्धन
भए
।
यो
विकासको
क्रमले
हाल
समाजमा
धनी,
गरिब,
भूमिपति,
भूमिहीन,
किसान,
मजदूर,
निर्धन,
पुँजीपति
आदि
वर्गहरूको
उत्पत्तिले
सामाजिक
असमान्ता
ल्याएको
छ
।
परियोजना
कार्य
1. तपाईँको समुदायमा प्रचलित कृषि क्रियाकलापहरूको खोजी गरी मुख्य मुख्य क्रियाकलाप र त्यसले समाजमा पारेको प्रभाव समेटी एक प्रतिवेदन तयार गर्नुहोस् ।
उतर:-
प्रतिवेदन
मेरो
समुदायका
अधिकांश
व्यक्तिहरू
कृषिमा
संलग्न
छन्
।
किनकि
मेरी
समुदाय
ग्रामीण
समुदाय
हो
।
अधिकांश
व्यक्तिहरू
किसान
छन्
।
यहाँका
किसानहरूले
अधिकांश
मात्रामा
व्यवसायिक
तरकारी
खेती
गरेका
छन्
।
यहाँका
किसानहरूले
विभिन्न
किसिमका
तरकारीहरूको
उब्जनी
गर्छन्
।
बेमौसमी
सब्जीबाट
राम्रै
आम्दानी
लिएका
छन्
।
केही
किसानहरूले
पशुपालन
व्यवसाय
पनि
गरेका
छन्
।
उन्नत
जातिका
गाई
र
भैँसी
पालेका
छन्।
उत्पादित
दूध
नजिकको
दुग्ध
व्यवसायलाई
बेच्छन्
।
गाईभैँसीको
मल
तरकारी
खेती
गर्ने
(तथा
अन्य
किसानहरूले
किनेर
लैजाने
गर्छन्
।
पाखामा
डाले
घाँस
लाएका
छन्
।
कोही
माछापालन
र
कुखुरा
पालनमा
रमाएका
छन्
।
हरेक
हप्ताजसो
पशुचिकित्सक
गाउँमा
आउँछन्
र
किसानलाई
सल्लाह
दिन्छन्
।
हरेक
महिना
जे.टी.ए.
लाई
बोलाएर
सल्लाह
लिन्छन्
।
यसबाट
किसानहरूलाई
खर्चवर्चमा
सजिलो
भएको
छ
।
उतीहरूको
जीवनस्तर
राम्रै
छ
।
उनका
सन्तानहरू
विद्यालय
जान्छन्
।
प्राय:
जसो
घरमा
मोटरसाइकल र
टि.भी. छ
।
हरेक
जसो
किसानहरूले
महिनावारी
बचत
गरी
बैंकमा
पनि
राख्ने
गरेका
छन्
।
पाठ-४: पुँजीवादी युग
र
आधुनिक
विश्व
अभ्यास
1. पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक छुट्याउनुहोस्
l
उत्तर:- पुँजीवादी
व्यवस्था
र
सामान्तवादी
व्यवस्थाबिचको
फरक
निम्नानुसार
छन् :
पुँजीवादी व्यवस्था |
सामान्तवादी व्यवस्था |
i) पुँजीमा
आधारित
l |
जमिनमा
आधारित
l |
ii) आधुनिकच
व्यवस्था
l |
परम्परागत
व्यवस्था
l |
iii) औधोगिक
उत्पादनको
प्रधानता
l |
कृषि
उत्पादनको
प्रधानता
l |
iv) आधुनिक
यन्त्रको
प्रयोग
l |
परम्परागत
यन्त्रको
प्रयोग
l |
v) सहरी
समाजको
प्रधानता
l |
ग्रामिण
समाजको
प्रधानता
l |
vi) व्यवसायीमुखी
उत्पादन
l |
गुजारामुखी
उत्पादन
l |
vii) यान्त्रिक
श्रमको
बढी
प्रयोग
l |
मानवीय
श्रमको
बढी
प्रयोग
l |
viii)रोजगारीको
मुख्य
स्रोत
उधोग l |
रोजगारीको
मुख्य
स्रोत
कृषि l |
2. युरोपको औद्योगिक क्रान्ति र यसले मानव समाजमा पारेको प्रभाव उल्लेख गर्दै एक संवाद तयार गर्नुहोस् ।
उत्तर:- (कमला
र
विमला
औद्योगिक
क्रान्तिले
मानव
समाजमा
पारेको
प्रभावको
बारेमा
कुराकानी
गर्दैछन्)
कमला : औद्योगिक
क्रान्ति
भनेको
के
हो,
विमला ?
विमला :
कलकारखानामा
आएको
ठूला
परिवर्तनलाई
औद्योगिक
क्रान्ति
भनिएको
हो ?
यो
बेलायतबाट
सुरु
भयो
र
विश्वमा
नै
फैलियो
।
बुझ्यौँ ?
कमला : बुझेँ
।
हामीलाई
त
यसले
के
राम्रो
गर्यौ
त ?
विमला : ल
।
कलकारखानाले
सामान
धेरै
बनाउँछ,
सस्तो
बनाउँछ,
राम्रो
बनाउँछ
।
हामीले
लगाउने
गरेका
धेरै
जसो
वस्तु
कलकारखानाबाट
नै
बनेका
हुन्
।
तिमी
पनि
भनन,
केही
त ?
कमला : औद्योगिक
क्रान्तिले
गर्दा
रोजगारी
बढ्यो
।
देशहरूले
बढी
सामान
निर्यात
गरी
आम्दानी
बढाए
।
आज
हेरौँ
त
।
औद्योगिक
देशहरु
प्राय:
सबै
सम्पन्न
छन्
।
यसबाट
अरु
पनि
केही
प्रभाव
पर्यो
र ?
विमला : पर्यो
नि
।
सहर
बजार
बढे
।
यातायात
र
सञ्चारको
विकास
भयो
।
सुख
सुविधाका
सामान
बढे
।
हाम्रो
जीवन
कति
सहज
भएको
छ
।
घरमै
बसी
संसार
भरिका
घटना
हेर्न
पाइन्छ
।
होइन
त ?
कमला : हुनलाई
त
हो
नि
।
तर,
हामीले
प्राकृतिक
वातावरण
विगार्यौ
।
हाम्रो
मौलिक
संस्कृति
हराउँदै
छ
।
विदेशी
संस्कृतिको
प्रभाव
बढ्दैछ
।
ससाना
कुरामा
पनि
श्रमिकहरुबाट
बन्द,
हड्ताल,
चक्का
जाम
जस्ता
काम
हुन
थाल्यो
।
समाजमा
शान्ति
शान्ति
भनेर
खोज्नुपर्ने
बेला
आइसक्यो
।
होइन
त ?
विमला : हुनलाई
त
हो
।
तर,
उन्नति
पनि
भयो
नि
।
स्वास्थ्य
तथा
शिक्षा
जस्ता
क्षेत्रमा
कति
प्रगति
भएको
छ
।
उद्योगकोविकासले
कतिपयले
रोजगारी
पाएका
छन्
।
उद्योगले
व्यापारको
विकासमा
सघाएको
छ
।
मानिसहरूको
जीवनस्तरमा
गुणात्मक
सुधार
आएको
छ
।
औद्योगिक
क्रान्ति
मानिसको
विभिन्न
क्षेत्रमा
परिवर्तन
ल्याएको
छ
। होइन
र ?
कमला : हो
नि
।
(ल
आजलाई
यति
नै,
बाँकी
भोली
गरौँला
।
हिडौ
।)
3. पुँजीवादी समाज र औद्योगिक करणबिचको सम्बन्ध प्रस्ट पार्नुहोस् ।
उत्तर:– पुँजीवादी
समाज
र
औद्योगिकीकरणबिच
गहिरो
सम्बन्छ
छ
।
पुँजीवादी
समाज
औद्योगिक
उत्पादनमा
नै
आधारित
हुन्छ
।
पुँजीवादी
समाजमा
बढी
आय
गर्ने
उद्देश्य
रहन्छ
।
यो
समाजमा
निजी
सम्पत्तिको
महत्त्व
हुन्छ
।
यसकारण
गुजारामुखी
उत्पादन
प्रणालीलाई
ठूलो
परिमाणमा
उत्पादन
गर्ने
प्रणालीमा
विस्थापित
गरिन्छ
।
मानवीय
श्रमको
सट्टा
व्यापकरुपमा
मेशिन
तथा
औँजारहरुको
प्रयोग
गरिन्छ
।
बढी
उत्पादनलाई
बिक्री
गर्न
बजारीकरण
गरिन्छ
।
सेवाक्षेत्रको
विस्तार
गरिन्छ
।
बढी
उत्पादनले
बढी
आय
हुन्छ
।
बढि
आयलाई
फेरि
उत्पादनका
साधन
वृद्धि
गर्न
लगानी
गरिन्छ
।
उत्पादनका
साधन
वृद्धिले
औद्योगिकरणमा
वृद्धि
हुन्छ
।
रोजगार
र
उत्पादित
वस्तुको
बजारीकरणले
अझ
सहर
बजारको
वृद्धि
हुन्छ
।
व्यापारीकरणले
यातायातको
साधनको
विकासमा
सघाउ
पुग्छ
।
स्टिम
इन्जिनलाई
विस्थापित
गरी
जीवाश्म
इन्धनबाट
चल्ने
यन्त्रको
विकास
भयो
।
रेलको
विकास
भयो
।
समुद्रमा
पानीजहाजको
विकास
भयो
।
यातायातको
विकासले
मानिसहरुको
दैनिकीमा
परिवर्तन
ल्यायो
।
यसपछि
सञ्चार
तथा
ऊर्जाको
विकास
थपियो
।
यी
सबैमा
औद्योगिकीकरणको
प्रमुख
भूमिका
रहयो
।
औद्योगिकीकरणले
उत्पादन
वृद्धि
गर्यो
।
यसलाई
बजारीकरण
गरी
बिक्री
वितरणले
गर्दा
पुँजीवादी
समाजलाई
अझ
बल
पुर्यायो
।
4. पुँजीवादी समाजमा निजी सम्पत्तिको महत्तव बढी हुनुका कारणहरु उल्लेख गर्नुहोस् ।
उत्तर:- पुँजीवादी
समाजमा
राज्यको
भूमिका
न्यून
हुन्छ
।
देशमा
उद्योग
व्यवसाय,
शिक्षा,
स्वास्थ्य,
सञ्चार,
ऊर्जा
आदि
विभिन्न
क्षेत्रमा
विकासका
लागि
पुँजीको
आवश्यकता
पर्छ
।
पुँजीपतिहरुले
लगानी
गरी
अर्थव्यवस्थालाई
दरिलो
बनाउन
उद्योग,
यातायात
तथा
अन्य
क्षेत्रमा
लगानी
गर्छन्
।
निजी
सम्पतिको
सुरक्षा
राज्यबाट
नभएमा
देश
उद्योग
व्यवसायको
विकास
हुँदैन
।
देशमा
रोजगारीको
सिर्जना
गर्न
विभिन्न
उद्योग
वा
अन्य
सेवा
क्षेत्रमा
लगानी
पुँजीपतिहरुबाट
हुन्छ
।
राज्यले
पनि
ठूलो
मात्रामा
कर
पुँजीपतिहरुबाट
प्राप्त
गर्छ
।
निजी
सम्पत्तिको
महत्त्वले
गर्दा
पुँजीपतिलाई
प्रतिस्पर्धा
गरी
बजारमा
उत्पादनलाई
बिक्री
प्रर्वधन
गर्ने
सोच
दिन्छ
।
मुनाफा
कमाउने
र
फेरि
लगानी
गरी
अझ
उत्पादनको
मात्रा
वृद्धि
गर्ने
।
जति
बढी
मुनाफा,
त्यति
बढी
लगानी
।
निजी
सम्पत्तिले
यसरी
पुँजीवादी
अर्थव्यवस्थालाई
सबल
बनाउन
सहयोग
गर्छ
।
पुँजीवादी
अर्थव्यवस्थामा
यसरी
रोजगारी
सिर्जना
गर्ने,
औद्योगिकीकरण
गर्ने,
जनताका
लागि
कल्याणकारी
योजना
सम्पन्न
गर्न
राज्यलाई
कर
पनि
पुँजीपतिहरुबाट
नै
प्राप्त
हुन्छ
।
पुँजीवादी
अर्थव्यवस्थामा
सरकारको
भूमिका
मौण
भएकोले
निजी
सम्पत्तिको
महत्त्व
बढेको
हो
।
5. औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:– औद्योगिक
समाजको
विकास
युरोपमा
औद्योगिक
क्रान्तिपश्चात्
भएको
हो
।
यो
समाज
पनि
ठूलो
परिमाणमा
उत्पादन
गर्ने
कार्यसँग
सम्बन्धित
छ
।
जीवाश्म
इन्धनको
प्रयोग
गरी
चल्ने
मेशिन
र
ऑजारको
सहायताले
वृहत
मात्रामा
उत्पादन
गरी
बजारीकरण
गर्नु
हो
।
यस
समाजले
मानव
श्रमलाई
विस्थापित
गर्दै
यान्त्रिक
श्रमको
उपयोग
बढाउँदै
लैजान्छ
।
उत्पादित
वस्तुको
बजारीकरण
र
सेवा
क्षेत्रको
व्यापक
विस्तारले
सहरहरूको
विकास
हुन्छ
।
औद्योगिक
समाजलाई
सहरहरूको
विकास
अनुकूल
हुन्छ
।
किनकि
बढि
उत्पादित
वस्तु
खपतका
लागि
बढी
जनसङ्ख्या
चाहिन्छ
।
सहरहरुमा
जनसङ्ख्या
तीव्र
रूपमा
वृद्धि
हुन्छ
।
उत्पादनको
मात्रा
बढाउनका
लागि
स्वचालित
यन्त्रको
प्रयोग
पनि
गरिन्छ
।
कृषिमा
पनि
ठूला
ठूला
यन्त्रहरुको
प्रयोग,
रासायनिक
मल
आदिको
प्रयोगले
कृषि
उत्पादनमा
वृद्धि
गरिन्छ
।
कृषिलाई
यान्त्रिकिकरण
गरी
उत्पादन
वृद्धि
गरिन्छ
।
पुँजीवादी
समाजको
विकास
औद्योगिक
समाजको
विकाससँगै
भएको
देखिन्छ
।
पुँजीवादी
समाजमा
पनि
बढी
मात्रामा
उत्पादनका
लागि
मानवीय
श्रमलाई
मेशिन
औजारमा
विस्थापित
गरिन्छ
।
जीवाश्म
इन्धनबाट चल्ने
मेशिन
औजारको
तीव्र
विकासले
मानव
श्रमलाई
कटौती
गर्दैछ
।
पुँजीवादी
समाजमा
खुला
बजार
प्रतिस्पर्धामा
उत्पादित
वस्तुको
बजारीकरण
गरिन्छ
र
सेवा
क्षेत्रको
विस्तार
गरिन्छ
।
यो
समाजमा
निजी
सम्पत्तिको
महत्त्व
बढी
हुन्छ
।
आर्थिक
व्यवस्थामा
सरकारको
भूमिका
गौण
हुन्छ
।
उत्पादित
वस्तुको
बजारीकरण
र
सेवा
क्षेत्रको
व्यापक
विस्तारले
सहरहरूको
विकासमा
ठूलो
टेवा
पुग्छ
।
जति
बढी
खपत
भयो,
त्यति
बढी
उत्पादन
गरिन्छ
।
जति
बढी
उत्पादन
गर्न
सक्यो,
त्यति
बढी
लगानीको
अवसर
प्राप्त
हुन्छ
।
जति
बढी
लगानी
त्यति
बढि
नै
मुनाफा
हुन्छ
।
औद्योगिक
समाज
र
पुँजीवादी
समाज
बढी
उत्पादन
गर्ने
कार्यसँग
सम्बन्धित
छन्
।
यी
दुवै
समाज
मानवीय
श्रमलाई
मेशिन
औजारको
प्रयोगबाट
कटौती
गर्छन्
।
यी
दुवै
समाजमा
निजी
सम्पत्तिको
महत्त्व
हुन्छ
।
यी
दुवै
समाज
खुला
बजार
प्रतिस्पर्धामा
विकास
गर्छन्
।
यी
दुवै
समाजको
विकासमा
सहरीकरणले
टेवा
दिन्छ
।
यी
दुवै
समाजको
आर्थिक
अर्थव्यवस्थामा
सरकारको
भूमिका
गौण
हुन्छ
।
औद्योगिक
समाजले
उत्पादनको
मात्रा
बढाउँछ
।
बढी
उत्पादनले
बढी
नाफा
कमाउँछ
।
बढी
नाफाले
पुँजीपति
समाजको
विकास
हुन्छ
।
पुँजीपतिहरुले
लगानी
वृद्धि
गरी
अझ
उद्योगहरूको
विकास
गर्छन्
।
यसबाट
औद्योगिक
समाजको
विकास
हुन्छ
।
यसरी
औद्योगिक
समाज
र
पुँजीवादी
समाज
एकअर्कामा
अन्तरसम्बन्धित
छन्
।
थप्र प्रश्नहरू
1. औद्योगिककरणले समाजमा पारेको प्रभावको छोटौ विवरण दिनुहोस्।
उतर:- औद्योगिककरणले
समाजमा
ठूलो
प्रभाव
पारेको
छ :
i) मौलिक
संस्कृतिलाई
आयातित
संस्कृतिले
विस्थापित
गर्दै
लगेको
छ।
ii) मौलिक
उत्पादनहरू
क्रमश:
हराउँदै
गएको
छ।
iii) समाजमा
परनिर्भरता
बढेको
छ
।
iv)
व्यक्तिवादी
र
उपभोगवादी
सोच
बढेको
छ
।
v) मानवीय
श्रमलाई
यान्त्रिक
श्रमले
विस्थापित
गर्दै
लगेको
छ
।
vi) मानिसको
रोजगारी
र
आयआर्जनको
मुख्य
स्रोत
औद्योगिक
श्रम
बन्न
लागेको
छ।
vii) समाजमा
गरिब
र
धुनीबिच
ठूलो
फरक
देखिएको
छ।
viii) निजी
सम्पत्तिको
महत्व
बढेकोछ।
ix)
पूर्वस्थापित
राजनैतिक
प्रणालीहरूलाई
नयाँ
राजनैतिक
प्रणालीहरूले
विस्थापित
गर्दै
लगेको
छ
।
x) महिला
सशक्तिकरणंको
अवधारणाको
विश्वव्यापी
प्रचार
प्रसार
भएको
छ
।
xi)
मानिसहरूको
जीवनस्तरमा
गुणात्मक
सुधार
आएको
छ
।
xii) बस्तुको उत्पादन ठूलो परिमाणमा हुने गरेको छ।
पाठ-५: वर्तमान विश्व
परिवेश
र
सामाजिक
व्यवहार
अभ्यास
1. ‘बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:– यातायात,
सञ्चार,
विज्ञान
र
प्रविधिको
विकासले
विश्वलाई
एउटा
सिङ्गो
गाउँ
बनाइदिएको
छ
।
विश्वको
कुनै
ठाउँ
टाढा
रहेन
।
विश्वको
कुनै
पनि
ठाउँ
जान
गाह्रो
छैन
।
विश्वको
कुनै
ठाउँमा
सम्पर्क
गर्न
कठिन
छैन
।
नेपालमा
आफ्नै
घरमा
बसेर
अमेरिकामा
बसेका
आफन्तसँग
कुराकानी
गर्न
सकिन्छ
।
उहाँको
स्वास्थ्यबारेमा
उहाँलाई
नै
भिडियो
मार्फत्
हेरी
जानकारी
लिन
सकिन्छ
।
रोजगारी,
शिक्षा,
स्वास्थ्य,
उच्च
जीवनस्तर
आदि
कारणहरूले
गर्दा
मानिसहरू
आफ्नो
देश
छोडी
अन्य
देशमा
गई
बसेका
छन्
।
यसरी
बस्दा
बसेको
ठाउँका
मानिसहरूको
सामाजिक
तथा
सांस्कृतिक
गतिविधि
हेर्न
पाइन्छ
।
कालान्तरमा
त्यस्ता
गतिविधिहरूमा
सामिल
पनि
भइन्छ
।
जुन
ठाउँमा
गयो,
त्यहीँको
सामाजिक
परिवशेमा
रमाउनु
पर्छ
।
यसरी
भिन्न
भिन्न
सामाजिक
तथा
सांस्कृतिक
विशेषताहरू
भएका
मानिसहरूबिच
अन्तर
सम्बन्धले
सामाजिक
तथा
सांस्कृतिक
विशेषता
आदान
प्रदान
हुन्छ
।
एउटा
मुलुकको
सामाजिक
तथा
सांस्कृतिक
विशेषता
अर्को
मुलुकमा
पनि
विकसित
हुन्छ
।
जस्तै:
जनवरी
१
का
दिनलाई
संसारका
कतिपय
मुलुकमा
नयाँ
वर्षको
रूपमा
मनाइन्छ
।
अमेरिका,
क्यानाडा,
भारत,
न्युजील्याण्ड,
अष्ट्रेलिया
आदि
देशमा
नयाँ
वर्ष
धुमधामसँग
मनाइन्छ
।
क्रिसमस
मनाउने
काम
आज
भारत,
नेपाल,
चीन
आदि
देशहरूमा
पनि
हुन्छ
।
बौद्ध
गुम्बा
नेपालमा
मात्र
होइन,
भारत,
कम्बोड़िया
थाइल्याण्ड,
जापान
आदि
देशहरूमा
पनि
देखिन्छ
।
2. ‘समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरूले भरिपूर्ण छ।’ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस् ।
उत्तर:– विश्वका
प्रत्येक
मुलुकमा
आफ्नै
विशिष्ट
सामाजिक,
धार्मिक
तथा
राजनैतिक
संरचना
छ।
विश्वको
जनसङ्ख्याको
कम्तीमा
१
प्रतिशतभन्दा
बढीले
आस्था
राख्ने
धर्महरू
इसाई,
इस्लाम,
हिन्दू
र
बौद्ध
हुन्
।
त्यस्तै,
जापानमा
बौद्ध
बाहेक
अर्को
धर्मपनि
प्रचलनमा
छ
।
चीनमा
पनि
कतिपय
धर्महरू
प्रचलनमा
छन्
।
भारतका
पारसीहरूले
अलग
धर्म
मान्छन्
।
कतै
कतै
मानिसहरूले
बोन
धर्म
मानेको
पनि
सुनिन्छ
।
नेपालमा
मात्र
सयभन्दा
बढी
जातजातिहरू
रहेका
छन्
।
विश्वमा
अनेक
जातजातिहरूको
बसोबास
छ
।
प्रत्येक
जातजातिहरुको
आफ्नै
भाषा
छ
। UNESCO
ले
सन्
२०१६
मा
संसारमा
करीब
६
हजार
पाचँसय
भन्दा
बढी
भाषाहरु
बोलिन्छन्
भनी
उल्लेख
गरेको
थियो
।
आर्थिक
वर्ग
विभाजन
पनि
मुलुक
अनुसार
फरक
फरक
छ
।
तापनि
उच्च,
मध्यम
र
निम्न
वर्ग
भनेर
अर्थशास्त्रीहरुले
परिभाषित
गरेका
छन्
।
यस्तै
भूमिपति,
भूमिहीन,
उद्योगपति,
मजदुर,
किसान
आदि
पनि
वर्ग
विभाजनमा
राख्न
सकिन्छ
।
संसारमा
एकै
प्रकारको
राजनैतिक
प्रणाली
छैन
।
बेलायतमा
संवैधानिक
राजतन्त्र
छ
।
नेपालमा
तथा
भारतमा
लोकतन्त्र
छ
।
अमेरिकामा
पनि
लोकतन्त्र
छ
।
विश्वमा
धेरै
देशहरुमा
प्रजातन्त्र
छ
।
जापान
र
स्पेनमा
राजतन्त्र
छ
।
रुस
र
चीनमा
कम्युनिष्ट
शासन
प्रणाली
छ
।
यसरी
विश्वमा
पूर्ण
प्रजातन्त्र,
नियन्त्रित
प्रजातन्त्र,
संवैधानिक
राजतन्त्र,
सैनिक
तानाशाह,
पूर्ण
राजतन्त्र
आदि
विभिन्न
थरिका
राजनैतिक
प्रणालीका
व्यवस्थाहरु
कायम
छन्
।
3. मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।
उत्तर:– मानवका
आधारभूत
सामाजिक
आवश्यकताहरु
निम्नलिखित
छन् :
i) खाना,
कपडा,
वासस्थान,
निद्रा
ii) रोजगारी
iii) सुरक्षा
iv) परिवार
v) शिक्षा
vi)
स्वास्थ्य
सुविधा
vii) स्नेह,
मित्रता
viii) सम्मान,
नैतिकता
ix) यातायात,
सञ्चार
x) मनोरन्जन
xi) पानी
आदि
परियोजना कार्य
1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर:- हाम्रो
समुदायका
केही
विशेषताहरू :
i) हाम्रो
समुदायमा
विभिन्न
धर्म
मान्ने
मानिसहरूको
बसोबास
छ
।
यहाँ
हिन्दु,
इसाईं,
खाल्सा,
इस्लाम
र
किराती
धर्म
आदि
मान्ने
मानिसहरू
बस्छन्
।
ii) हाम्रो
समुदाय
बहुभाषिक
छ
।
यहाँ
नेपाली,
राई,
लिम्बू,
नेवार,
मैथिली,
भोजपुरी
आदि
भाषाहरू
बोलिन्छन्
।
iii) हाम्रो
समुदायमा
बाहुन,
क्षेत्री,
नेवार,
राई,
लिम्बु,
थारु,
यादव
मुसलमान,
कुर्मी,
गुरुङ
आदि
जातिका
मानिसहरू
बस्छन्
।
iv) हाम्रो समुदायमा विभिन्न जातज्जाति, भाषा, धर्मका मानिसहरूको बसोबास भएपनि सबैजना मिलेर बसेका छन् । एकअर्काको सहयोग गर्छन् । यहाँ झैं झगडा छैन ।