एकाई:५
पाठ १:
विश्वमा नेपाल
अभ्यास
1. विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।
उत्तर:– विश्वमा
नेपाल
एक
विशिष्ट
विशेषताहरू
भएको
गौरवशाली
देश
हो
।
यसका
आधारहरू
निम्नलिखित
छन् :
i) नेपाल
८0०
४’
पू.
देशान्तरदेखि
८८०
१२’
पू.
देशान्तरसम्म
रहेको
छ
।
ii) नेपाल
२६०
२२’
उ.
अक्षांशदेखि
३0०
२७’
उ.
अक्षांशसम्म
फैलिएको
छ
।
iii) नेपालले
विश्वको
कूल
क्षेत्रफलको
०.०३% भूभाग
र
एसियाको
०.३% भूभाग
ओगटेको
छ
।
iv) विश्वकै
अग्लो
शिखर
सगरमाथा (८८४८.८६
मि.)
नेपालमा
छ
।
विश्वमै
तेस्रो
अग्लो
शिखर
कञ्चनजङ्गा
नेपालमा
छ
।
v) विश्वका
८ooo
मि.
भन्दा
अग्ला
शिखरहरूमध्ये
१४
वटा
नेपालमा
पर्छ
।
vi) नेपालको
सबभन्दा
होचो
जमिन
धनुषाको
मुखियापट्टी
मुसहरनियामा
छ
।
vii) सानो
देश
भए
पनि
विश्वमा
पाइने
विभिन्न
थरिका
हावापानी
र
वनस्पति
नेपालमा
पाइन्छ
।
viii)
ब्राजिलपछि
विश्वमै
बढी
जलविद्युत्
उत्पादन
गर्ने
क्षमता
भएको
देश
नेपाल
हो।
ix) वीर
गोर्खाली
भनी
विश्वमै
नेपाली
चिनिन्छन्।
x) मूल्यवान
जडिबुटीमध्येको
यार्सागुम्बा
नेपालमा
पाइन्छ
।
xi) १oo
भन्दा
बढी
जातिहरू
तथा
१oo
भन्दा
बढी
भाषाहरू
बोलिने
देश
नेपाल
हो।
xii) यहाँ
३o
भन्दा
बढी
प्रजातिको
गुराँसहरू
पाइन्छ
।
बसन्तमा
गुराँस
फुलेर
पहाडै
गुराँसमय
भएको
देखिन्छ
।
xiii)
मृतकहरूका
नाममा
गाई
बनाई
निकालिने
नेवार
जातिको
गाईजात्रा
नेपालमा
मनाइन्छ
।
xiv) मारुनी
नाच,
चण्डी
नाच,
घाटु
नाच,
सोरठी
नाच,
झिझिया
नृत्य
आदि
विभिन्न
जातजातिहरूका
थरिथरिका
सांस्कृतिक
गतिविधिहरू
नेपालमा
नै
हुने
गर्छ
।
2. ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:– भौगोलिक
अवस्थाले
मानिसको
जीवनशैलीमा
ठूला
प्रभाव
पारेको
हुन्छ
।
मानिसहरूको
लवाई
खुवाई,
बसाई
सराई
आदि
भौगोलिक
अवस्था
अनुसार
हुन्छ
।
जनावरहरूमाथि
यसको
प्रभाव
प्रष्ट
देख्न
सकिन्छ
।
धेरै
चिसो
ठाउँमा
रहने
सील
माछाको
जीउभित्र
धेरै
बोसो
हुन्छ
जसबाट
ऊ
चिसोबाट
जोगिन्छ
।
धुव्रीय
क्षेत्रमा
पाइने
भालुहरू
गर्मी
याममा
प्रशस्त
खान्छन्
भने
हिउँदमा
शीत
निद्रामा
रहन्छन्
।
जाडो
ठाउँमा
हुने
जनावरको
शरीरमा
लामो
लामो
भुत्ला
हुन्छ
।
बालुवामा
नभासियोस्
भनी
ऊँटका
खुट्टा
अग्ला
र
विना
खुरका
हुन्छन्
।
मरुभूमिमा
पानीको
कमी
हुने
हुनाले
ऊँटहरू
३/४
दिनसम्म
पानी
नपिइकन
पनि
रहन
सक्छन्
।
पहाडी
क्षेत्रमा
बस्ने
मानिसहरूलाई
उकालो
ओरालो
हिड्नुपर्छ
।
कडा
परिश्रम
गर्नुपर्छ
।
यसैले
उनीहरू
दह्रा
हुन्छन्
।
त्यसैले
शेर्पाहरू
पहाड
चढ्न
सिपालु
हुन्छन्
।
जाडो
ठाउँमा
बस्ने
मानिसहरूले
मासु
बढी
खाने
गर्दछ
।
जाडोबाट
जोगिन
उनीहरू
छ्याङ
पनि
पिउँछन्
।
चियामा
नुन
र
घिउ
हाल्छन्
।
उनीहरू
बाक्लो
लुगा
लगाउँछन्
।
उनीहरूको
होचो
घरमा
छोटो
झ्याल
बनिएको
हुन्छ
।
गर्मी
ठाउँमा
बस्ने
मानिसहरू
खुकुलो
पोशाक
लगाउँछन्
।
तराईबासीहरूले
यसैकारण
धोती
लाउने
गरेका
हुन्
।
उनीहरू
प्राय:
नुहाउने
गर्छन्
।
खानामा
दुध
दही
र
चिसो
पेय
बढी
हुन्छ
किनकि
तराईमा
गर्मी
हुन्छ
।
खेतीपाती
प्रशस्त
हुने
हुँदा
यहाँ
थरिथरिको
बाली
लगाइन्छ
।
यसैले
तराईतिर
मानिसहरूको
खानामा
परिकार
बढी
हुन्छन्
।
खेती
गरेपछि
फुर्सद
हुने
हुँदा
तराईतिर
मेला
लाग्ने,
धाम
भर्ने
र
सांस्कृतिक
तथा
धार्मिक
समारोह
गर्ने
बढी
हुन्छ
।
मरुभूमिमा
बस्ने
मानिसहरू
गर्मीबाट
जोगिन
जीउ
ढाक्ने
लुगाको
प्रयोग
गर्छन्
।
उनीहरू
ऊँटको
प्रयोग
बढी
गर्छन्
।
मालसामान
बोक्न,
मानिस
बोक्न
तथा
ऊँट
कै
रौंबाट
कम्बल
बनाउँछन्
।
ऊँटकै
दूध
पिउँछन्
।
जङ्गलको
छेउमा
बस्ने
रुख
चढ्न
सिपालु
हुन्छन्
।
वनस्पति
पहिचान
गर्न
सक्छन्
।
समुद्र
वा
नदीको
छेउमा
बस्ने
माछा
मार्न
तथा
पौडी
खेल्न
सिपालु
हुन्छन्
।
भौगोलिक
अवस्थाले
गर्दा
बाँच्नका
लागि
मानिसहरूले
आफ्नो
जीवनशैली
सो
अनुसार
परिणत
गर्ने
गर्दछन्
।
तर
मानिसहरू
बुद्धिमान
प्राणी
भएकाले
वातावरणबाट
जोगिन
घरभित्र
केही
सुविधा
थप्न
सक्छन्
।
बढी
गर्मी
भए
पङ्खा
लगाउने,
कुलर
वा
एअरकन्डीसन
राख्ने
साथै
बढी
जाडो
भए
हिटरको
प्रयोग
गर्ने
गर्दछन्।
पाठ-२:
मानव र
वातावरण
अभ्यास
1. वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
उत्तर:–
वातावरण संरक्षणबाट फाइदा |
i. वनजङ्गलको
विनाश
नहुने
।
ii. वायु
प्रदूषण
तथा
जल
प्रदूषणमा
कमी
आउने
।
iii. वन्यजन्तुको
संरक्षण
हुने
।
iv. नदीको
प्रवाहमा
परिवर्तन
नहुने
तथा
जलस्तर
यथावत्
रहने
।
v. जलजीवको
संरक्षण
हुने
।
vi. ओजोन
तहको
तह
पातलिने
कार्य
घटेर
सूर्यको
परावैजनी
किरणको
नकारात्मक
प्रभाव
घट्ने
।
vii. रोगव्याधि, बाढी
पैरो
तथा
हावाहुरी
आदि
प्राकृतिक
प्रकोपमा
कमी
आउने
।
viii. मरुभूमिकरण
घट्ने,
माटोको
मलिलोपना
बुद्धि
हुने
।
ix. पर्यावरण
प्रणालीमा
बाधा
नपुग्ने
।
x. अनावृष्टि,
अतिवृद्धिमा
कमी
आउने
तथा
समयमा
नै
वर्षा
हुने
।
xi. खाद्यान्न
उत्पादनमा
वृद्धि
हुने
साथै
खाद्यान्नको
गुणस्तर
कायम
हुने
।
xii. भावी
सन्ततिको
जीवनमा
नकारात्मक
प्रभाव
नपर्ने
।
xiii. प्राकृतिक
वातावरण
संरक्षित
हुने
। |
वातावरण विनासबाट पर्ने समस्याहरु |
i. वायु
प्रदूषण,
जलप्रदुषण
तथा
ध्वनि
प्रदूषण
बढ्ने
ii. रोगव्याधि,
हावाहुरी
तथा
बाढी
पैरो
आदि
प्राकृतिक
प्रकोपमा
वृद्धि
हुने
।
iii. वायुमण्डलको
ओजोन
तहमा
नकारात्मक
प्रभाव
परी
सूर्यको
पराबैजनी
किरणको
नकारात्मक
प्रभाव
प्राणीहरूमा
पर्ने
।
iv. नदीको
जलस्तर
घट्ने,
नदीको
प्रवाहमा
परिवर्तन
हुन
सक्ने।
v. मरूभुमिमिकरण
बढ्ने।
vi. खाद्यान्न
उत्पादनमा
कमी
हुन
सक्ने।
vii. अनावृष्टि
तथा
अतिवृष्टिको
सम्भावना
बढ्ने
।
viii. कतिपय
वनस्पति
तथा
जीवजन्तुहरू
लोप
हुने
अवस्था
“सृजना
हुन
सक्ने।
ix. मानिसको
स्वास्थ्यमा
नकारात्मक
प्रभाव
पर्ने
।
x. जलवायुमा
परिवर्तन
भई
नकारात्मक
प्रभाव
वातावरणमा
पर्ने।
xi. भावी
सन्ततिको
जीवनमा
नकारात्मक
प्रभाव
पर्न
सक्ने
। |
२. वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
उत्तर:– वातावरणमा
आफै
परिवर्तन
आउँदैन
।
जीवजन्तुले
परिवर्तन
ल्याउन
सक्दैन
।
वातावरणमा
परिवर्तन
ल्याउने
क्षमता
मानिसमा
छ
।
मानिसमा
बुद्धि
र
चेतना
छ
।
मानिसबाट
विश्वमा
नयाँ
नयाँ
आविष्कारहरू
भएका
छन्
।
मानिसलाई
सुख
सुविधा
पुर्याउने
देखि
घातक
हतियारहरूको
निर्माण
समेत
भएको
छ
।
मानिसले
आफ्नो
बुद्धिले
गर्दा
चन्द्रमामा
खुट्टा
टेकेका
छन्
।
हाल
अझ
नयाँ
नयाँ
अन्वेषणतिर
मानिसले
ध्यान
पुर्याइरहेका
छन्
।
मानिसहरूले
गरेका
केही
कार्यहरूले
गर्दा
वातावरणमा
नकारात्मक
प्रभाव
परेको
छ
।
नयाँ
खेती,
बाटोघाटो
बनाउन
तथा
वस्ती
बसाल्न
वनविनास
भएको
छ
।
यसबाट
वायुमा
अक्सिजनको
मात्रा
घटन
गएको
छ
।
वनविनासले
गर्दा
वन्यजन्तुको
बासस्थानमा
नकारात्मक
प्रभाव
परी
कतिपय
वन्यजन्तु
लोप
भएका
छन्
।
कतिपयको
अस्तित्वमा
खतरा
उत्पन्न
भएको
छ
।
ठूला
ठूला
उद्योगहरूबाट
विर्सजित
ग्याँसहरूले
वायु
प्रदूषण
बढाएको
छ
।
ठूला
ठूला
वाहन
तथा
ठूला
ठूला
उद्योगहरूको
आवाजले
ध्वनि
प्रदूषण
बढेको
छ
।
त्यस्तै
नदीको
दोहन
तथा
फोहोरमैला
नदीमा
फाल्नाले
जलप्रदूषण
बढेको
छ
।
यी
कामहरू
मानिसहरूबाट
नै
भएका
छन्
।
यसकारण
यसलाई
सपार्ने
जिम्मेवारी
पनि
मानिसहरूकै
हो
।
यसैले
मानिसहरूले
वातावरण
संरक्षणका
लागि
उपयुक्त
कदमहरू
चाल्नु
पर्छ
।
वातावरणको
संरक्षण
भए
मात्र
मानिसको
अस्तित्वमा
आइपर्ने
खतरा
न्यून
हुन्छ
।
नयाँ
नयाँ
आविष्कार
गर्दा
तथा
विकास
निर्माणका
कार्य
गर्दा
वातावरण
संरक्षणको
पक्षलाई
बिर्सिनु
हुँदैन
।
खाद्दान्न
उत्पादन
गर्दा
जैविक
मलको
प्रयोग
गर्नुपर्छ
।
यसबाट
जीवजन्तुको
संरक्षण
पनि
हुन्छ
।
वनजङ्गल
जोगाउन
वृक्षारोपण
कार्य
गर्नुपर्छ
।
नाङ्गा
डाँडामा
घासपात
तथा
रुखबिरुवा
रोप्नाले
पहिरो
नियन्त्रण
हुन्छ
।
मानिसहरूलाई
वातावरण
संरक्षणप्रति
चेतना
वृद्धि
गर्ने
कार्य
पनि
मानिसकै
हो
।
आजका
मानिसहरूले
गरेको
वातावरण
संरक्षणले
भावी
पुस्ताले
सुखपूर्वक
जीवन
यापन
गर्न
पाउँछन्
।
यसैले
संयुक्त
राष्ट्रसङ्घले
दिगो
विकासको
अवधारणा
ल्याएको
हो
।
नेपालले
दिगो
विकास
अवधारणालाई
अङ्गालेर
सोको
लक्ष्यहरु
प्राप्ति
गर्न
कदम
चालेको
छ
।
नेपालमा
पनि
दिगो
विकास
अन्तर्गत
साक्षरता
प्रतिशत
वृद्धि
गर्ने,
बाल
मृत्युदर
घटाउने,
कृषि
विकास
गर्ने,
खाद्यान्न
उत्पादनका
लागि
पकेट
क्षेत्र
निर्धारण
गर्ने,
कृषिमा
अनुदान
दिने,
जैविक
मलको
प्रयोग
बढाउने,
वृक्षारोपण
गर्ने,
राष्ट्रिय
उधानको
स्थापना
गर्ने,
वन्यजन्तु
प्रजन्न
केन्द्रको
स्थापना
गर्ने
आदि
कार्यहरु
भइरहेका
छन्
।
परियोजना कार्य
1. साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस् र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्।
उत्तर:- हामीहरूले
खाली
भएको
सरकारी
जग्गामा
वृक्षारोपण
गर्ने
योजना
बनायौं
।
त्यस
जग्गाको
रुखविश्वा,
घासपात
मानिसहरूले
मासेर
सखाप
बनाएका
छन्
।
हामी
साथीहरू
मिली
११
जनताको
एउटा
समूह
बनायौँ
।
प्रत्येक
शनिवारका
दिन
प्रत्येकले
१/१
वटा
विरुवा
रोप्ने
विचार
गर्यौं
।
६
महिना
पछि
हामीले
त्यहाँ
सयभन्दा
बढी
विरुवाहरू
सप्रेको
देख्यौ
।चराचुरुङ्गीहरू
झुम्मेको
पनि
देख्यौं।
प्रतिवेदन
वातावरण
संरक्षणप्रति
हाम्रो
पनि
जिम्मेवारी
छ
भन्ने
सोचेर
हामीहरूले
कक्षाका
११
जनाको
एउटा
समूह
बनाई
खाली
भएको
सरकारी
जग्गामा
वृक्षारोपण
गर्ने
योजना
बनायौं
।
हरेक
शनिवारका
दिन
प्रत्येक
जनाले
घटीमा
एक
एक
वटा
बिरुवा
ल्याएर
रोप्ने
योजना
बनायौं
।
त्यसपछि
प्रत्येक
शनिवार
हामीले
१/१
विरुवा
रोप्न
थाल्यौ
।
हप्ताका
बिचमा
समय
निकालेर
पानी
हाल्ने
र
रेखदेख
गर्ने
काम
गरियो
।
त्यस
छेउकै
वस्तीका
मानिसहरूलाई
हेरचाह
गर्न
अनुरीध
गर्यौं
।
६
महिना
पछि
रुख
विरूवाहरू
बढेछन्
।
केटाकेटीहरू
खेल्न
थालेका
छन्
।
चराचुरुङ्गीहरू
रमाउन
थालेको
देखियो
।
हेर्दा
पनि
कति
रमाइलो
मनै
आनन्द
हुने
वातावरण
पाइयो
।
थप प्रश्नहरु
1. भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस् ।
उत्तर:- भूमध्यरेखीय
प्रदेशमा
प्राय:
सालैभर
गर्मी
हुन्छ
र
पानी
पर्छ
।
बढी
गर्मीले
गर्दा
मानिसहरू
काम
गर्दा
चाँडै
थाक्छन्
।
गर्मीले
आलस्य
बढाउँछ
।
रोगव्याधिको
प्रकोप
बढी
हुन्छ
।
यसैले
यो
क्षेत्रमा
उन्तति
कम
भएको
हो।
भूमध्यसागरीय
क्षेत्रमा
गर्मी
बढी
हुँदैन
।
जाडो
पनि
बढी
हुँदैन
।
जाडो
याममा
यथेष्ठ
पानी
पर्छ
।
यहाँका
मानिसहरू
बढी
समयसम्म
काम
गर्न
सक्छन्
।
यहाँ
गहुँ,
अंजीर,
अङ्गुर,
सुन्तला
आदिको
खेतीपाती
हुन्छ
।
यो
क्षेत्रमा
प्रशस्त
उद्योगहरू
खुलेका
छन्
।
यहाँका
मानिसहरू
फुर्तिला
र
परिश्रमी
हन्छन्
।
यसकारण
यो
क्षेत्रको
बढी
उन्नति
भएको
हो
।
2. प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन् । कसरी ? पुष्टि गर्नुहोस् ।
उत्तर:- मानिसहरूले
आफ्नो
वुद्धिको
प्रयोग
गरी
नयाँ
नयाँ
आविष्कार
गरी
प्राकृतिक
सम्पदाको
उपयोग
गर्न
थाल्यो
।
प्राकृतिक
सम्पदाको
बढी
उपयोगमा
मानिसहरूले
आम्दानी
गर्ने
स्रोत
देखे
।
यसले
गर्दा
प्राकृतिक
सम्पत्तिको
दोहन
बढी
मात्रामा
हुन
थाल्यो
।
भूमिगत
जल,
खनिज
तेल,
खनिज
सम्पदाहरू
र
नदीनालाको
पानी
आदिको
व्यापक
उपयोग
हुन
थाल्यो
।
रसायनिक
मल
र
विषादीको
प्रयोगले
माटो
बिषाक्त
भयो
।
उधोगबाट
निस्केका
ग्याँसले
वायु
प्रदूषण
बढ्यो
।
बाटो
बनाउन
वन
मासिएकाले
वायु
प्रदूषण
अझ
बढ्यो
।
उधोगबाट
निस्केका
फोहोरमैला
नदीनालामा
फालिएकाले
जलप्रदूषण
बढ्यो
।
ठूलाठूला
बाहन
र
उधोगको
आवाजले
ध्वनि
प्रदूषण
बढ्यो
।यसबाट
प्रकृतिक
व्यवस्था
खलबलियो
।
यसले
बाडी
पैरो,
हावाहुरी,
रोगव्याधीको
प्रकोप
आदि
प्राकृतिक
विपद्हरू
देखा
परे
।
यसैले
प्राकृतिक
बातावरण
बिगार्नमा
मानिस
बढी
जिम्मेवार
छ
भनि
भनिन्छ
।
3. जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान् ? छोटो विवरण दिनुहोस् ।
उत्तर:- कृषिको
उत्पादन
बढाउन
रासायनिक
मलको
प्रयोग
भयो
।
बालीलाई
जोगाउन
विषादीको
प्रयोग
भयो
।
यसबाट
माटो
विषाक्त
भयो
।
माटोमा
हुर्कने
जीवजन्तु
नासिन
थाले
।
औद्योगिकरणका
नाममा
कोइला,
पेट्रोल
र
प्राकृतिक
ग्याँसको
व्यापक
उपयोग
भयो
।
उद्योग
स्थापना
र
उद्योगका
लागि
बाटो
बनाउन
वनजङ्गल
नासियो
।
यसले
वायु
प्रदूषण
बढ्यो
।
मानिसले
बनाएका
बिभिन्न
सुखसुविधाका
सामानले
वायुमण्डलमा
नकारात्मक
प्रभाव
पार्यो
।
नदीजन्य
पदार्थको
लागि
नदीहरूको
दोहन
बढ्यो
।
वायुमण्डलमा
भएको
ओजोनतह
पातलियो
।
यसबाट
जलवायु
परिवर्तनका
असरहरू
देखिन
थाले
।
4. दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस् ।
उत्तर:- मानिसको
क्रियाकलापले
वातावरण
सन्तुलनमा
गडबडी
भई
विभिन्न
प्रकारका
वातावरणिय
समस्याहरू
देखिन
थाले
।
यसकारण
यी
समस्याहरूको
निराकरणका
उपायहरू
पनि
सोचिन
थालियो
।
मानिस
नै
प्राकृतिक
वातावरणको
संरक्षक
पनि
हो
।
विश्व
एउटा
प्रणालीमा
चलेको
छ
।
यो
प्रणालीमा
कतै
अवरोध
आयो
भने
यसमा
प्रतिकूल
असर
पर्छ
।
यसकारण
प्राकृतिक
वातावरणमा
प्रतिकूल
असर
पर्ने
गतिबिधि
नियन्त्रण
गर्दै
जानुपर्छ
भनी
आजको
मानिसमा
चेतनाको
सञ्चार
भएको
छ
।
यसैले
संयुक्त
राष्ट्र
सङ्घीय
विकास
कार्यक्रम
अन्तर्गत
दिगो
विकासको
अवधारणा
ल्याइएको
हो
।
दिगो
विकासको
अवधारणाअनुसार
प्राकृतिक
सन्तुलनमा
आघात
नपर्ने
गरी
विकास
कार्यक्रम
सञ्चालन
गर्नुपर्छ
।
कतै
बाटो
निर्माण
गर्नुपर्छ
भने
यसबाट
वातावरणमा
पर्ने
नकारात्मक
असरलाई
कम
गरी
बाटो
बनाउनु
पर्छ
।
दिगो
विकास
कार्यक्रमले
मानिस
र
प्राकृतिक
वातावरणबिचको
सम्बन्धमा
सुधार
ल्याउँछ
।
दिगो
विकास
अवधारणाको
मुख्य
उद्देश्य
नै
हामीले
भावी
सन्ततिलाई
सुखपूर्वक
बाँच्न
स्वच्छ
प्राकृतिक
वातावरण
हस्तान्तरण
गर्नुपर्छ
भन्ने
हो
।
प्राक्रतिक
सम्पदाको
सन्तुलित
उपयोगले
प्राकृतिक
वातावरणमा
नकारात्मक
प्रश्नाव
कम
गरी
जैविक
प्रणालीलाई
सन्तुलित
रूपमा
चल्न
सहयोग
गर्छ
।
नेपाल
लगायत
विश्वका
विभिन्न
देशहरूले
दिगो
विकासका
लक्ष्यहरू
प्राप्तिका
लागि
विभिन्न
कार्यक्रमहरू
सञ्चालन
गरेका
छन्।
पाठ-३:
विश्वका भौगोलिक
विविधता
र
जनजीवन
अभ्यास
1. कारण दिनुहोस् :
(क) मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।
उत्तर:– मलेसिया
भूमध्यरेखीय
क्षेत्रमा
पर्छ
।
यहाँ
सालभर
सूर्यको
प्रकाश
लम्बरुपले
पर्छ
।
त्यसैले
त्यहाँ
सालैभर
गर्मी
हुन्छ
।
सालैभर
गर्मी
हुने
हुँदा
वाष्पीकरण
पनि
भइरहन्छ
।
त्यसैले
त्यहाँ
सालैभर
वर्षा
हुन्छ
।
(ख) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।
उत्तर:– ऊँटको
खुट्टा
लामो
हुन्छ
।
यसको
खुट्टा
बालुवामा
भाँसिदैन
।
ऊँट
पानी
नपिइकन
पनि
३/४
दिन
रहन
सक्छ
।
यसका
लामालामा
आखीभौँले
मरुभूमिमा
चल्ने
हुरीबाट
आखालाई
जोगाउँछ
।
ऊँटलाई
मालसामान
बोक्न
र
सवारीका
लागि
प्रयोग
गरिन्छ
।
मरुभूमिमा
रहने
मानिसहरुले
ऊँटको
दूध
पनि
प्रयोग
गर्छन्
।
त्यसैले
मरुभूमिमा
ऊँट
पालन
गरिन्छ
।
(ग) समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।
उत्तर:– समुद्री
किनारको
हावापानी
रम्य
हुन्छ।
त्यहाँ
बढी
गर्मी
पनि
हुँदैन
।
त्यहाँ
बढी
जाडो
पनि
हुँदैन
।
समुद्रले
विदेशी
व्यापारमा
जल
यातायातको
रूपमा
सहयोग
गर्छ
।
समुद्रमा
प्रशस्त
माछा
मार्ने
काम
गरिन्छ।
यसकारण
समुद्री
किनारमा
ठूला
ठूला
सहरहरूको
विकास
भएको
छ
।
(घ) इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।
उत्तर:– इटली
र
ग्रिस
भूमध्यसागरीय
प्रदेशमा
पर्छन्
।
यी
दुवै
देश
भूमध्यसागरका
छेउछाउमा
छन्
।
यहाँ
गर्मीमा
सुक्खा
र
न्यानो
हुन्छ
।
हिउँदमा
ठण्डा
र
वर्षा
हुन्छ
।
यो
हावापानी
अमिलो
तथा
रसिलो
फलफूल
उत्पादनका
लागि
योग्य
हुन्छ
।
त्यसैले
त्यहाँ
सुन्तला,
अंजीर,
अङ्गुर
जस्ता
फलफूलहरू
उत्पादन
हुन्छ
।
(ङ) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।
उत्तर:– हिमाली
र
पहाडी
भूभाग
होचो
अग्लो
हुन्छ
।
यहाँ
खेतीका
लागि
राम्रो
मलिलो
माटो
कम
पाइन्छ
।
बाटोघाटो
बनाउन
कठिन
र
खर्चिलो
छ
।
वर्षायाममा
बाढीपैरोको
प्रकोप
भइरहन्छ
।
यहाँ
शिक्षा,
स्वास्थ्य,
उद्योग,
व्यापार
आदिको
विकास
कम
मात्रामा
भएको
छ
।
बढी
परिश्रम
गरी
जीवन
यापन
गर्नुपर्छ
।
मैदानी
र
बेंसीतर्फ
माटो
मलिलो
भएको
कारण
खेतीपाती
हुन्छ
।
खाद्यान्नको
कमी
हुँदैन
।
बाटोघाटोको
सुविधा
छ
।
उद्योग
व्यापारको
पनि
विकास
हुन्छ
।
यहाँ
शिक्षा,
स्वास्थ्य
आदिको
विकास
भएको
छ
।
यहाँको
जीवन
सुगम
छ
।
त्यसैले
हिमाल
र
पहाडतिरका
मानिसहरू
तराई
र
बेंसीतिर
झरिरहेका
छन्
।
(च) गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।
उत्तर:– गाउँ
र
सहरबिच
अन्योन्याश्रित
सम्बनध
छ
।
गाउँ
र
सहर
एकअर्काका
पूरक
हुन्
।
गाउँमा
खेतीपाती
गरिन्छ
।
खाद्यान्न,
फलफूल,
सागपात
आदि
फल्छ
।
उखु,
जुट,
चिया
आदिको
उत्पादन
हुन्छ
।
सहरबजारछेउ
उद्योगहरू
रहेका
हुन्छन्
।
सहरका
मानिसहरूका
लागि
आवश्यक
तरकारी,
सागपात,
खाद्यान्न
गाउँवासीले
पूरा
गर्छन्
।
उद्योगलाई
चाहिने
कोरामाल
गाउँबाट
आउँछ
।
उद्योगमा
काम
गर्ने
मजदुर
गाउँबाट
नै
आउँछ
।
गाउँबासीलाई
चाहिने
लत्ताकपडा,
औषधि
तथा
अन्य
घरायसी
सरसामान
सहरले
पूरा
गर्छ
।
यसरी
गाउँले
सहरलाई
पालेको
छ
भने
सहरले
गाउँलाई
पालेको
छ।
2. विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।
उत्तर:- विश्वमा
सबै
ठाउँका
मानिसहरूको
जीवनशैली
फरक
फरक
छ
।
एस्किमोहरू
हिउँको
घरमा
बस्छन्
।
शेर्पाहरू
बक्खु
लगाउँछन्
।
मासुको
परिकार
बढी
खान्छन्
।
चियामा
नुन
र
घिउ
हाल्छन्
।
इटली,
फ्रान्स
आदि
देशमा
मानिसहरू
बढी
उद्यमी
हुन्छन्
।
यहाँ
प्रशस्त
रक्सीका
उद्योगहरू
चलेका
छन्
।
अमेजनवेंसीमा
पिग्मीज
फिरन्ते
छन्
र
परम्परागत
जीवनशैली
अवलम्बन
गरेका
छन्
।
अरबका
मानिसहरू
जीउ
छोपिन
लुगा
लगाउँछन्,
दाह्री
पाल्छन्
।
मुसलमान
महिलाहरू
बुर्का
लगाउँछन्
।
मैदानी
भागका
मानिसहरू
खेतीपाती
बढी
गर्छन्
।
गर्मी
ठाउँका
मानिसहरू
खुकुला
लुगा
लगाउँछन्
।
बढी
मानिसहरू
शाकाहारी
खाना
खान्छन्
।
यी
सबै
फरक
ठाउँअनुसारको
भौगोलिक
विविधताले
गर्दा
भएको
हो
।
पहाडी
प्रदेशमा
बाटो
घाटोको
सुविधा
हुँदैन
।
कृषि
कम
हुन्छ
।
यस
कारण
मानिसहरूले
खेतीपातीका
साथै
पशुपालन
व्यवसाय
पनि
गर्छन्
।
जीवन
धान्न
कठिन
परिश्रम
गर्नुपर्ने
हुन्छ
।
त्यसैले
उनीहरू
फुर्तिला,
आटिला
हुन्छन्
।
मनोरञ्जन
गर्न
मेलापात
जाने
गर्छन्
।
स-सानो
जमघट
गरी
नाचगान
गरी
मनोरञ्जन
गर्छन्
।
तराईमा
जीवन
सुगम
हुन्छ
।
यहाँ
खाद्यान्नको
कमी
हुँदैन
।
बाटोघाटोको
सुविधा
हुन्छ
।
त्यसैले
सवारी
साधन
प्रशस्त
पाइन्छ
।
विभिन्न
चाडपर्व
गरी
मनोरञ्जन
गर्छन्
।
धार्मिक
स्थानहरूमा
समय
समयमा
मेला
लाग्दछ
।
मरुभूमिमा
दिउँसो
गर्मी
र
राति
चिसो
हुन्छ
।
किनकि
बालुवा
चाँडै
तात्छ
र
चाँडै
चिसो
हुन्छ
।
गर्मी
र
चिसो
छल्न
यहाँका
मानिसहरू
जीउ
ढाक्ने
लुगा
लगाउँछन्
।
पुरुषहरू
गर्मीबाट
जोगिन
दाह्री
पाल्छन्
।
यसकारण
धरातलको
बनोट,
हावापानी,
उपलब्ध
प्राकृतिक
सम्पदा
र
सुविधा
आदिले
गर्दा
मानिसहरूले
बाँच्नका
लागि
सोही
अनुसारको
जीवनशैली
अवलम्वन
गर्नुपर्छ
।
त्यसैले
विश्वमा
एकै
प्रकारको
जनजीवन
नभएको
हो
।
3. विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसहित पुष्टि गर्नुहोस् ।
उत्तर:– नेपालमा
पनि
हिमाली,
पहाडी
तथा
तराइतिरका
मानिसहरूको
जीवनशैलीमा
भौगोलिक
अवस्थाले
प्रभाव
पारेको
प्रष्ट
देखिन्छ।
शेर्पा,
भोटे,
मुस्ताङ्गी
आदि
हिमाली
प्रदेशमा
बस्छन्
।
यहाँको
धरातल
होचो
अग्लो
छ
।
हिउँदमा
हिउँ
पर्छ
।
यसैले
यहाँका
मानिसहरू
जाडो
छल्न
बाक्लो
ऊनी
लुगा
लगाउँछन्
।
बक्खु
लगाउँछन्
।
चौरी,
भेडा,
च्याङ्ग्रा
र
घोडा
पाल्छन्
।
मालसामान
ओसार्न
याक
र
घोडा
प्रयोग
गर्छन्
।
आउनजान
घोडा
प्रयोग
गर्छन्
। ‘शरीरमा
स्फूर्ति
रहोस्
भनी
चियामा
नुन
र
घिउ
हालेर
पिउछन्
।
भेडा
र
च्याङ्ग्राको
रौंबाट
उनी
कपडा
तयार
पार्छन्
।
चौरीको
दूधबाट
छुपी
र
चीज
तयार
गरिन्छ
।
पहाडी
धारतलमा
हिड्डुल
गरी
रहनुपर्ने
हुनाले
यिनीहरू
पहाड
चढ्न
सिपालु
हुन्छन्
।
जाडो
छल्न
हिउँदमा
अलि
गर्मी
ठाउँतिर
झर्छन्
।
पहाडी
प्रदेशको
धरातल
पनि
होचो
अग्लो
भूभागले
बनेको
छ
।
यहाँ
गर्मीमा
बढी
गर्मी
हुँदैन
तर
हिउँदमा
केही
जाडो
हुन्छ
।
यहाँ
मगर,
गुरुङ,
राई,
लिम्बू,
क्षेत्री,
बाहुन
आदि
जातिका
मानिसहरूको
बसोबास
छ
।
यहाँका
मानिसहरू
दौरा
सुरुवाल,
कोट,
टोपी
र
पटुका
लगाउँछन्
।
पटुकामा
खुकुरी
भिड्छन्
।
महिलाहरू
सारी
चोलो
पटुका
मजेत्रो
लगाउँछन्
।
किराती
महिलाले
खुर्पा
पनि
बोक्छिन्
।
यहाँका
मानिसहरूले
जीवन
धान्न
खेतीपातीका
साथै
गाईवस्तु,
भेडाबाखा
आदि
पाल्छन्
।
कठिन
भौगोलिक
धरातलमा
जीवन
धान्नुपर्छ
।
डोकोमा
पानी
होस्
वा
सामान
होस्
बोकेकै
हुन्छन्
।
घासपात
काटेर
पशुभाउ
पाल्नुपर्छ
।
ठूला
बजार
जताततै
हुँदैन
।
यसैले
आवश्यक
वस्तु
खरिद
बिक्री
गर्न
पहाडी
क्षेत्रमा
हाट
लाग्ने
प्रचलन
छ
।
काम
गर्न
ताकत
चाहिने
तथा
कठिनाईलाई
विर्सनका
लागि
मासांहारी
खाना
बढी
प्रयोग
हुन्छ
।
तराईमा
गर्मी
बढी
हुन्छ
।
वर्षायाममा
प्रशस्त
वर्षा
हुन्छ
।
माटो
मलिलो
हुन्छ
।
यसैले
यहाँ
वर्षे
बाली
र
हिउँदे
बाली
लगाइन्छ
।
पुरुषहरू
धोती
पाइजामा
कमेज
जस्ता
खुकुलो
लुगा
लगाउँछन्
।
महिलाहरू
साडी
चोलो
लगाउँछन्
।
यसबाट
गर्मी
छल्न
सजिलो
हुन्छ
।
खेतीपातीमा
लाग्नु
परेकोले
खेतीबाट
फुर्सद
भएको
मौकामा
चाडपर्व
मनाउने
गर्दछन्
।
शाकाहारी
खाना
बढी
प्रयोग
हुन्छ
।
तराईमा
आवतजावत
गर्न
सजिलो
हुन्छ
किनकि
समतल
जग्गा
छ,
खाद्यान्नको
अभाव
हुँदैन
।
यसैले
मानिसहरूलाई
बढी
परिश्रम
गर्नुपर्दैन
।
यसरी
नेपालमा
पनि
मानिसहरूको
जीवनशैलीमा
भौगोलिक
अवस्थाको
प्रभाव
परेको
देखिन्छ
।
4. भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।
उत्तर:– पहाड, तराई,
नदीनाला,
छाँगो,
जाडो,
गर्मी,
वेंसी,
मरुभूमि,
बनजङ्गल
आदि
भौगोलिक
विविधताका
उदाहरणहरू
हुन्
।
यातायातका
साधनको
विकास
तथा
सञ्चार
साधनको
विकासले
क्षेत्रीय
तथा
प्रादेशिक
अन्तरसम्बन्ध
तथा
पहुँच
र
सहजतामा
प्रभाव
पार्छ
।
यातायातका
साधन
जस्तै;
सडकमार्ग,
जलमार्ग,
हवाई
मार्ग,
रेलमार्ग
आदिको
विकास
भएको
छ
भने
एक
ठाउँबाट
अर्को
ठाउँमा
सहजै
जान
सकिन्छ
।
यसबाट
सो
स्थानको
पहुँचमा
सहजता
हुन्छ
।
यातायातका
साधनको
विकासले
क्षेत्रीय
तथा
प्रादेशिक
सम्बन्ध
स्थापना
गर्न
पनि
सहज
हुन्छ
।
यातायातको
विकासले
सञ्चार
साधनको
विकासमा
मद्दत
पुयाउँछ
।
टेलिफोन,
रेडियो,
टेलिभिजन,
मोबाइल
फोन
आदि
प्रयोगका
लागि
ठाउँठाउँमा
टावर
सहजरूपमा
स्थापित
गर्न
सकिन्छ
।
तराई
समतल
क्षेत्र
भएकोले
यातायातको
साधनहरूको
विकास
गर्न
सकिन्छ
।
यसबाट
सञ्चारको
साधनको
पनि
विकास
हुन्छ
।
यसरी
क्षेत्रीय
तथा
प्रादेशिक
अन्तर
सम्बन्ध
स्थापना
गर्न
सहज
हुन्छ।
पहाडी
क्षेत्र
तथा
हिमाली
क्षेत्र
होचो
अग्लो
भूभागले
भरिएको
हुन्छ
।
पैरोको
सम्भावना
हुन्छ
।
यस्ता
ठाउँमा
यातायातको
साधनको
विकास
गर्न
कठिनाई
पर्छ
।
सडक
यातायात
खर्चिलो
र
कठिन
हुन्छ
।
रेलमार्ग
र
जलमार्गको
सम्भावना
हुँदैन
।
हवाई
मार्ग
विकास
गर्न
पनि
समस्या
हुन्छ
।
हवाईजहाजका
लागि
आवश्यक
धावन
मार्ग
बनाउने
ठाउँ
विरलै
पाइन्छ
।
खराब
मौसमले
गर्दा
हवाई
दुर्घटनाको
सम्भावना
भइरहन्छ
।
पहाडी
भूभागले
पनि
हवाई
चालकलाई
तर्साउँछ
।
यातायातको
कठिनाइले
सञ्चार
साधनको
विकासमा
समस्या
उत्पन्न
गर्छ
।
यसबाट
क्षेत्रीय
तथा
प्रादेशिक
अन्तरसम्बन्ध
स्थापना
गर्न
सहज
हुँदैन
।
विराटनगरबाट
ओलाङचुङगोला
पुग्न
सजिलो
छैन
।
सानो
विपद
आइपर्दा
पनि
सहायता
चाँडो
पुऱ्याउन
सकिंदैन
।
उत्तरी
सिमानामा
स्थित
सरकारी
कार्यालयहरूमा
आवश्यक
सामान
काठमाडौँबाट
पुयाउन
सहज
छैन
।
विराटनगरबाट
आवश्यक
परे
आधा
घण्टामा
काठमाडौँ
पुगिन्छ
।
जुम्लामा
टेलिफोन
टावर
मर्मत
गर्नुपरे
समय
पर्खनु
पर्छ
।
काठमाडौँबाट
नै
चाहेको
बेला,
आवश्यक
परेको
बेलामा
मुस्ताङ
पुग्न
सकिँदैन
।
एउटा
डाँडाबाट
अर्को
डाँडा
पुग्न
कति
समय
लाग्छ
।
यसैले
भौगोलिक
विविधताले
क्षेत्रीय
र
प्रादेशिक
अन्तरसम्बन्ध,
पहुच
र
सहजतामा
असर
गरेको
छ
।
परियोजना कार्य
1. तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्।
उत्तर:- म
ग्रामीण
समुदायमा
बस्छु
।
मेरो
गाउँमा
४३१
वटा
घरपरिवार
बस्छन्
।
यहाँ
अधिकांश
परिवार
खेतीमा
लागेका
छन्
।
मेरो
गाउँ
तराई
प्रदेशमा
पर्छ
।
यहाँको
माटो
मलिलो
छ
।
हामी
यहाँ
धान,
उखु,
मकै,
कोदो
गहुँ,
मुसुरो,
कालोदाल,
रहरको
दाल
तथा
तरकारी
उब्जाउँछौ
।
हाम्रो
गाउँबाट
नजिकको
सहर
१३
कि.मि. टाढा
छ
।
त्यहाँसम्म
जान
पक्की
बाटो
छ
।
गाउँकै
छेउबाट
खोला
बग्छ
।
खोलाको
पानी
हामी
सिँचाइका
लागि
प्रयोग
गछौँ
।
गाउँमा
दुई
परिवारहरूले
खेतीका
औजार
मरम्मत
गर्छन्
र
नयाँ
पनि
बचाउँछन्
।
गाउँमा
३
परिवारले
किराना
पसल
र
३
परिवारले
कपडा
र
अरू
थोक
बेच्छन्
।
हामीलाई
खेतबाट
उत्पादन
भएको
सामान
बिक्री
गर्न
समस्या
छैन
।
गाउँमै
उखुबाट
सक्कर
तयार
गरिन्छ
।
धान
कुट्ने
मिल
छ
।
बढी
भएको
उत्पादन
सहर
बजारमा
सजिलै
बिक्री
हुन्छ
।
यहाँ
एउटा
हाईस्कुल
छ
।
यहाँ
एउटा
स्वास्थ्य
चौकी
पनि
छ।
हाम्रो
गाउँमा
समतल
जग्गा
र
मलिलो
माटोले
गर्दा
मानिसहरू
खेतीपातीमा
लागेका
छन्
।
यहाँ
वर्षायाममा
धान
रोपिन्छ
।
थप
पानीको
लागि
खोलाको
पानी
प्रयोग
गरिन्छ
।
खोलाकै
पानी
प्रयोग
गरी
हिउँदे
बाली
लगाइन्छ
।
सहर
बजार
जान
कठिनाइ
छैन
।
हामी
कहाँ
केही
गर्मी
भएपनि
जाडोमा
शीत
लहर
चल्दैन
।
यो
सबै
हामीले
हाम्रो
सहज
भौगोलिक
अवस्थाले
गर्दा
पाएका
हौ
।
थप प्रश्नहरु
1. कारण दिनुहोस् :
(क) अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?
उत्तर:- अमेजन
वेंसीमा
सालैभर
गर्मी
र
सालैभर
वर्षा
हुन्छ
।
बढी
तापक्रम
र
वर्षाले
रूखविरुवाहरू
उम्रन
मद्दत
मिल्छ
।
यहाँ
पातलो
वस्तीले
गर्दा
वनजङ्गल
सप्रन
मद्दत
मिलेको
छ
।
यहाँ
अग्ला
अग्ला
सालैभर
हरियो
रहने
कडा
काठका
रुखहरूको
बाक्लो
जङ्गल
बनेको
छ
।
यो
जङ्गललाई
सेल्भास (Selvas)
भनिन्छ
।
यहाँ
विभिन्न
प्रजातिका
जीवजन्तुहरू
पनि
पाइन्छ
।
(ख) भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।
उत्तर:- भूमध्यरेखीय
क्षेत्रमा
सालैभर
गर्मी
र
वर्षा
हुन्छ
।
बढी
वर्षाले
गर्दा
मलिलो
माटो
बगेर
जान्छ
।
यहाँ
रोगव्याधि
र
बाढीको
प्रकोप
भइरहन्छ
।
बढी
गर्मी
र
बढी
वर्षाले
मानिसहरूको
स्वास्थ्यलाई
पनि
राम्रो
प्रभाव
पार्दैन
।
यहाँका
मानिसहरू
गर्मीले
गर्दा
फुर्तिला
हुँदैनन्
।
यहाँ
खेतीपाती,
उद्योग
व्यवसाय
जस्ता
विकासमा
पूर्वाधारहरूको
विकास
भएको
छैन्
।
यसैले
यहाँ
पातलो
वस्ती
भएको
हो
।
यहाँ
पाइने
आदिवासी
पिग्मीज
हाल
पनि
परम्परागत
जीवन
यापन
गर्छन्
।
सिङ्गापुर,
मलेसिया
आदि
देशहरू
पश्चिमी
मुलुकहरूको
सङ्गतले
गर्दा
विकसित
भएका
छन्
।
(ग) टायगा प्रदेशमा कागज बनाउने काम गरिन्छ ।
उत्तर:- उत्तरी
घ्रुवीय
प्रदेशको
केही
तलतिर
कोणधार
वन
पाइन्छ
।
यहाँ
धुपी
सल्ला
जस्ता
नरम
काठका
विरुवाहरू
पाइन्छ
।
यहाँ
गर्मीमा
न्यानो
र
हिउँदमा
धेरै
जाडो
हुन्छ
।
यहाँका
मानिसहरूको
मुख्य
व्यवसाय
काठ
काट्नु
हो
।
गर्मीमा
नदीको
पानी
पग्लेपछि
काठका
मुढाहरू
पानीमा
बगाएर
मिल
छेउ
पुप्याउने
गरिन्छ
।
यहाँ
नरम
काठबाट
कागज
र
पल्प
बनाइन्छ
।
साथै
नरम
कामका
फर्निचरहरू
पनि
बनाउंने
काम
गरिन्छ
।
यो
क्षेत्र
क्यानडा,
युरोप
र
एसियाको
उत्तरी
क्षेत्रमा
पाइन्छ
।
यसलाई
टायगा
प्रदेश
भनिन्छ
।
(घ) ऊँटलाईं मरुभूमिको जहाज भनिन्छ ।
उत्तर:- उष्ण
मरुभूमि
प्रदेशमा
मानिसहरु
ऊँट
पाल्ने
गर्छन्
।
उँटको
खुट्टामा
बालुवामा
भासिँदैन
।
उँट
पानी
नपिईकन
पनि 3/४
दिनसम्म
रहन
सक्छन्
।
मरुभूमिमा
पानीको
कमि
हुन्छ
।
ऊँटलाई
मालसमान
बोक्न
र
चढ्नका
लागि
प्रयोग
गरिन्छ
।
ऊँटको
सहायताले
मरुभूमिमा
आवतजावत
गर्न
सजिलो
हुने
भएकोले
यसलाई
मरुभूमिको
जहाज
भनिएको
हो
।
(ङ) प्रेरिजलाई विश्वकै अन्न भण्डार भनिन्छ ।
उत्तर:- प्रेरिज
उ.
अमेरिकामा
पर्ने
समशीतोष्ण
घाँसै
फाँट
हौं
।
यहाँ
ससाना
घाँसहरू
प्रशस्त
पाइन्छ
।
सुकेका
घाँस
गलेर
माटोलाई
मलिलो
बनाउँछ
।
यो
क्षेत्र
गहुँ
उत्पादनका
लागि
अनुकूल
छ
।
यहाँ
बढी
गर्मी
हुँदैन
र
बढी
वर्षा
पनि
हुँदैन
।
यसैले
यहाँ
प्रशस्त
गहुँ
उत्पादत
हुन्छु
।
खेतीका
सबै
काम
मेशीनबाट
गरिन्छ
।
यहाको
गहुँ
अन्य
मुलुकमा-
पनि
निकासी
गरिन्छ
।
प्रशस्त
गहुँको
उत्पादन
हुने
हुँदा
यो
क्षेत्रलाई
विश्वको
अन्नभण्डार
भनिएको
हो
।
(च) अष्ट्रेलियाले ऊन निर्यात गर्छ ।
उत्तर:- अष्ट्रेलियामा
समशीतोष्ण
घाँसे
फाँट
डाउन्स
छ
।
यहाँ
पनि
बढी
गर्मी
हुँदैन
र
बढी
वर्षा
हुँदैन
।
प्रशस्त
घाँस
पाइने
हुनाले
यहाँ
भेडा
पाल्ने
गरिन्छ
।
डाउन्समा
लाखौ
भैडा
पाल्ने
गरिन्छ
।
घाँस
प्रशस्त
पाइने
हुनाले
उन्नत
जातिका
गाईवस्तुहरू
पनि
पाल्ने
गरिन्छ
।
भेडाबाट
प्रशस्त
ऊन
पाइने
हनाले
अष्ट्रेलियाले
ऊन
निर्यात
गर्छ
।
गाईवस्तुबाट
प्रशस्त
दूध
पाइने
हुँदा
यहाँ
दुग्ध
व्यवसाय
पनि
विकास
भएको
छ।
(छ) भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ ।
उत्तर:- भूमध्यसागर
वरिपरि
क्षेत्रमा
भूमध्यसागरीय
हावापानी
पाइन्छ
।
यहाँ
गर्मीमा
न्यानो
र
सुक्खा
हुन्छ
।
हिउँदमा
चिसो
र
मझौला
वर्षा
हुन्छ
।
यो
हावापानी
रसिलो
तथा
अमिलो
फलफूल
उत्पादन
गर्न
अनुकूल
छ
।
हिउँदे
वर्षाले
फूल
लाग्न
र
फल
लाग्न
मद्दत
गर्छ
।
पारिलो
घामले
फलफूल
पाक्न
मद्दत
गर्छ
।
यसैले
यहाँ
सुन्तला,
अङ्गर,
अंजीर
जस्ता
फलफूलहरू
प्रशस्त
उत्पादन
हुन्छ
।
फलफूल
प्रशस्त
फल्ने
हुनाले
यो
क्षेत्रलाई
संसार
वाँ
विश्वको
बगैँचा
भनिएको
हो
।
(ज) उष्णतृण भूमि क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।
उत्तर:- उष्णतृण
भूमि
क्षेत्रलाई
सभाना
क्षेत्र
पनि
भनिन्छ
।
यो’क्षेत्र
कङ्गो
प्रदेश
वरिपरि,
तंजानिया,
केन्या
आदि
ठाउँमा
पर्दछ
।
यो
ठाउँमा
गर्मी
भए
पनि
वर्षा
कम
हुन्छ
।
थोरै
वर्षा
भएकाले
यहाँ
ठूला
रुखको
कमी
छ
तर
अग्ला
अग्ला
घाँसका
फाँटहरू
प्रशस्त
छन्
।
यहाँको
घाँसे
फाँटमा
बाघ,
चितुवा,
गैडा,
जिराफ,
अर्ना,
हात्ती
आदि
जङ्गली
जनावरहरू
प्रशस्त
भेटिन्छन्
।
त्यसैले
यो
क्षेत्रलाई
विश्वको
चिडियाखाना
भनिएको
छ
।
हाल
कतिपय
देशहरूले
राष्ट्रिय
उध्यानहरूको
स्थापना
गरी
जङ्गल
सफारी
कार्यक्रम
सञ्चालन
गरी
प्रशस्त
पर्यटकहरू
आकर्षित
गर्न
थालेका
छन्
।
(झ) पहाडी क्षेत्रमा साहसिक पर्यटन विकास गर्न सकिन्छ ।
उत्तर:- पहाडी
क्षेत्र
कठिन
धरातलले
बनेको
हुन्छ
।
यहाँ
नदीनाला
जोडले
बग्छन्
।
छाँगोहरू
प्रशस्त
भेटिन्छन्
।
पहाडी
धरातल
प्रशस्त
पाइन्छ
।
त्यसैलै
यहाँ
पहाडी
नदीहरूमा
र्याफ्टिङ,
क्यानोइंग
गर्न
सकिन्छ
।
भिरालो
जग्गामा
जिपर
राइडिङ,
वंजी
जम्प
जस्ता
खेल
खेल्न
सकिन्छ
।
पर्वतारोहण
तथा
प्याराग्लाइडिङ,
पदयात्रा
आदि
साहसिक
पर्यटन
कार्यक्रममा
सहभागी
हुन
सकिन्छ
।
(ञ) पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ ।
उत्तर:- पहाडी
धरातल
होचो
अग्लो
भएको,
पैरोको
जोखिम
रहने,
प्रशस्त
नदीनाला,
छाङ्गो
पाइ्ने
हुनाले
यहाँ
उद्योग,
कृषि,
यातायात,
सञ्चार
आदि
विकासको
पूर्वाधार
विकास
गर्न
कठिन
हुन्छ
।
मैदानी
भाग
समथर
भएको
र
मलिलो
माटो
पाइने
हुनाले
यहाँ
उद्योग,
व्यापार,
कृषि,
सञ्चार,
यातायात
आदिको
विकास
बढी
हुन्छ
।
रोजगारीको
सम्भावना
पनि
बढी
हुनाले
यहाँ
मानिसहरूको
वस्ती
बाक्लो
हुन्छ
।
विकासका
पूर्वाधारहरूको
विकास
बढी
भएकाले
मैदानी
भाग
बढी
विकसित
हुन्छ
।
पाठ-४:
नेपालका
पर्यावरणीय
क्षेत्रहरु
अभ्यास
1. नेपालको भौगोलिक प्रदेश अनुसारका बिशेषताहरु तलको तालिकामा भर्नुहोस् l
उत्तर:– तालिका
प्रदेश |
मुख्य विशेषताहरु |
|||
भौगोलिक |
जन्संखियक |
आर्थिक |
सामाजिक तथा संस्कृतिक |
|
हिमाली |
उच्च
पर्वतीय
क्षेत्र,
अग्ला
पर्वतमा
हिउ
पर्ने,
बढी
चिसो
हुने,
२८००
मि.
देखि
८८४८.८६
मि.
सम्म
अग्लो
भूभाग
रहेको
।
|
शेर्पा,
भोटे,
मुगाली,
डोल्पालीको
बसोबास
पातलो
बस्ती
|
कोदो,
फापर,
उवा
आदिको
खेती,
कृषि
विकासको
सम्भावना
न्यून,
चौरी,
भेडा
पाल्ने
काम,
च्याउ
खेतिको
विकास
हुँदै
।
|
शेर्पा,
भोटे,
मस्ताङ्गी,
मनाङ्गी
आदि
जातिको
बसोबास,
बौद्ध
जन्ती,
ल्होसार,मनिरिम्दु, दसैं
तिहार
आदि
चाडपर्व
मनाइने
।
|
पहाडी |
६००
मि.
देखि
२८००
मि.
सम्मको
अग्लो
भूभाग
होचो
अग्लो
पर्वतीय
क्षेत्र
।
कहि
कहि
वेंसी
र
उपत्यका
भएको,
गर्मीमा
कम
गर्मी
तर
जाडो
मा
केही
बढी
जाडो
।
|
पूर्वी
पहाडमा
राई,
लिम्बु,
मध्य
भागमा
तमाङ्ग,
नेवार,
गुरुङ,
पश्चिममा
मगर
बढी
।
बाहुन,
क्षेत्री,
दलित
आदि
सबैतिर
छरिएर
रहेका
।
|
तरकारी
खेती,
गहुँ,फापर, कोदो,
मकै,
भटमास,सुन्तला
आदिको
खेती,
घरेलु
उद्योग,
पशुपालन,व्यापार
तथा
सेवा
व्यवसाय
चलेको
।
|
विभिन्न
जातिहरूको
बसोबास
भएकोले
बहुसांस्कृतिक
समाज
हिन्दु
धर्म,
बौद्ध
धर्म
बढी
प्रचलन,
दशै-तिहार, उभौली
उधौली,
शिवरात्री,
तिज
आदि
चाड
पर्व
मनाइने
साथै
विभिन्न
थरिका
नाच
र
जात्रा
प्रचलनमा
रहेको
।
|
तराई |
५९
मि.
देखि
६००
मि.
सम्म
अग्लो
भूभाग
।
समथर
क्षेत्र
गर्मीमा
केही
गर्मी
तर
जाडोमा
बढी
जाडो
नहुने
कतै
कतै
शितलहर
चल्ने
।
|
यातायात,
सञ्चार,
उद्योग
आदिको
विकासले
बाक्लो
वस्ती
भएको
।
बाक्लो
जनघनत्व
भएको
क्षेत्र
।
|
प्रशस्त
खेतीपाती
हुने,
खाद्यान्न
तथा
नगदे
बालीको
उत्पादन,
ठूलाठूला
कलकारखाना
सञ्चालन,
व्यापार
र
सेवा
व्यवसाय
चलेको,
पशुपालन
पनि
रहेको
छ
।
|
बाहुन,
क्षेत्री,
मुसल्मान,
दलित,
राइ,
लिम्बु,
यादव,
मारवाडी
आदि
विभिन्न
जातिको
बसोबास
।
हिन्दूधर्म,
बौद्ध
धर्म
र
हाल
इसाई
धर्म
पनि
प्रचलित
रहेको
।
दशैं,
तिहार,
छठ,
इद,
लाखेजात्रा
आदिको
प्रचलन,
जातिगत
सांस्कृतिक
कार्यक्रम
हुने
गरेको
।
|
2. ‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।
उत्तर:– नेपालमा
विकासको
सम्भावना
बढी
छ
।
हाम्रो
देशमा
रहेको
विभिन्न
भौगोलिक
अवस्थाको
सदुपयोग
गर्न
योजना
चाहिएको
छ
।
हिमाली
प्रदेशमा
पर्वतारोहण,
पदयात्रा
आदि
पर्यटनको
सम्भावना
छ
।
विदेशीहरु
हिमाली
दृश्य
अवलोकन
गर्न
चाहन्छन
त्यसलाई
प्रोत्साहित
गर्नुपर्छ
।
हिमाली
क्षेत्रमा
जडीबुटी
खेती
व्यवसायिक
रुपमा
विकास
गर्न
सकिन्छ
।
यार्सागुम्बा
जस्ता
अन्य
महङ्गा
जडीबुटीको
खेती
विस्तार
गर्न
सकिन्छ
।
लेकाली
घाँस
पाइने
ठाउँमा
चौरी,
भेडा
तथा
च्याङ्ग्रा
पाल्न
सकिन्न
।
कतै
कतै
अलपाका
पल्न
थालिएको
पनि
समाचार
सुनिन्छ
।
चौरीको
दूधबाट
चीज
र
छुर्पी
बनाई
निर्यात
गर्न
सकिन्छ
।
ठण्डा
प्रदेश
भएकाले
यहाँ
स्याउ,
केशर,
अङ्गर
आदिको
फलफूल
खेती
गर्न
सकिन्छ
।
हिमाली
छाँगो
र
नदीबाट
प्रसस्त
जलविद्युत
उत्पादन
गर्न
सकिन्छ
।
जलविद्युत्
छिमेकी
देशहरूमा
निर्यात
गरी
हामी
प्रशस्त
आयथार्जन
गर्न
सक्छौं
।
पर्वतीय
क्षेत्रमा
चिया,
अलैंची,
भटमास,
कफी,
किवी
आदि
खेतीको
विकास
गर्न
सकिन्छ
।
रमणीय
प्राकृतिक
दृश्य
अवलोकनका
लागि
पदयात्रा
कार्यक्रम
सञ्चालन
गर्न
सकिन्छ
।
कतिपय
ठाउँबाट
सूर्योदयको
दृश्य
हेर्नका
लागि
भ्यूटावर
बनाई
पर्यटक
आकर्षित
गर्न
सकिन्छ
।
र्याफ्टिङ,
प्याराग्लाइडिङ,
बन्जी
जम्प,
क्यानोईग
जस्ता
साहसिक
पर्यटनको
सम्भावना
पनि
प्रशस्त
छ
।
विभिन्न
स्थानमा
रहेका
धार्मिक
स्थान
अवलोकनका
लागि
धार्मिक
पर्यटन
विकास
गर्न
सकिन्छ
।
पहाडी
भूभागमा
गाई
वस्तु
र
बाख्रा
पालन
पनि
आयस्रोत
बन्न
सक्छ
।
यहाँ
उम्रने
लोक्ताबाट
कागज
तयार
गरिदैछ
र
यसलाई
अझ
विकास
गर्न
सकिन्छ
।
कतिपय
औषधिजन्य
तथा
मसलाजन्य
रुख
विरुवाहरूको
खेती
विकास
गर्न
सकिन्छ
।
तराई क्षेत्र समथर छ । यहा नदीले ओछ्याएको मलिलो माटो पाइन्छ । यहाँ प्रशस्त खेतीपाती हुन्छ । यहाँ खाद्यान्न र नगदेबालीको खेती हुन्छ । कृषि विकासका लागि योजनाहरू कार्यान्वयन गरिएमा तराईमा प्रशस्त खाद्यान्न उत्पादन गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ । यसबाट खाद्यान्न आयातबाट हुने नोक्सानी जोगाउन सकिन्छ । तराईमा बगेका नदीनालाका पानीलाई सिंचाइमा प्रयोग गरी खेती विकास गर्न सकिन्छ । नदी तथा पोखरीमा माछा पालन विकास गर्न सकिन्छ । तराई क्षेत्रमा कुखुरा पालन, गाईवस्तु पालन, बाख्रापालन आदि पनि विकास गर्न सकिन्छ । तराईमा बाक्लो जनसङ्ख्या भएकाले उत्पादित वस्तुको खपत सजिलै हुन सक्छ । उखु, जुट, चिया जस्ता नगदे बालीको उत्पादनमा वृद्धि गरी चिनी मिल, जुट मिल र चिया उद्योग बढाई रोजगारी सृजना गर्न सकिन्छ । तराई र भित्री मधेशमा रहेका वनहरूलाई उपयोग गरी राष्ट्रिय उधान स्थापित गरी स्वदेशी तथा विदेशी पर्यटकहरू आकर्षित गर्न सकिन्छ । उद्योगलाई व्यवस्थित गरी गुणस्तरमा सुधार गर्दै लगेमा हामी उत्पादित सामानहरू निर्यात गर्न पनि सक्छौं । तराईमा रहेका जानकी मन्दिर, गढीमाइ, छिन्नमस्ता जस्ता धार्मिक स्थलहरूमा धार्मिक पर्यटक विकास गर्न सकिन्छ ।
परियोजना कार्य
1. आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस् ।
उत्तर:- म
तराई
प्रदेशमा
बस्छु
।
म
बसेको
ठाउँको
केही
भौगौलिक
विशेषताहरू
निम्नलिखित
छन्:
i) म
बसेको
ठाउँ
समथर
छ
।
यहाँ
हिडडुल
गर्न
सजिलो
छ
।
ii) समथर
क्षेत्र
भएको
र
मलिलो
माटो
भएकोले
यहाँ
प्रशस्त
खाद्यान्न
उत्पादन
हुन्छ
।
यहाँ
धान,
मकै,
कोदो,
गहुँ
र
थरिथरिका
दालहरूको
उत्पादन
गरिन्छ।
iii) यहाँ
गर्मीमा
बढी
गर्मी
हुन्छ
र
प्रशस्त
पानी
पर्छ
।
वर्षायाममा
बाढीको
सम्भावना
भइरहन्छ
।
iv) जाडोमा
बढी
जाडो
तं
हुँदैन
तर
हुस्सु
लाग्छ
र
कहिलेकाहिँ
शीतलहरले
दु:ख
दिन्छ
।
v) भूमिगत
सजिलै
उपलब्ध
हुने
हुँदा
यहाँ
खानेपानीको
अभाव
हुँदैन
।
थप प्रश्नहरु
1. हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस् ।
उत्तर:- हिमाल,
पहाड
र
तराईको
भौगोलिक
बनोट
फरक
परे
पनि
यी
तिनै
प्रदेशको
एकअर्कासँग
घनिष्ठ
सम्बन्ध
रहेको
छ
।
जस्तै :
i) हिमाली
क्षेत्र
अग्लो
क्षेत्र
हो
।
दक्षिणबाट
वहने
बाफिलो
वायुलाई
छेलेर
देशैभर
वर्षा
गराउन
सघाएको
छ
।
ii) उत्तरबाट
वहने
चिसो
वायुलाई
छेलेर
हिमालले
बढी
जाडो
हुनबाट
जोगाएको
छ
।
iii) हिमाली
प्रदेशमा
पाइएका
जडीबुटीहरूले
देशैभरका
मानिसहरूका
लागि
औषधि
बनाउन
प्रयोग
हुन्छ
।
iv) हिमाली
नदीबाट
उत्पादित
जलविद्युत
देशैभर
प्रयोग
भएको
छ
।
v) हिमालबाट
बगेका
नदीहरूको
पानी
तराईमा
सिँचाइका
लागि
प्रयोग
भएको
छ।
vi) हिमाली
प्रदेशमा
फलेका
स्याउको
स्वाद
पहाडी
प्रदेश
र
तराई
प्रदेशका
मानिसहरूले,
चाख्न
पाएका
छन्
।
vii) पहाडी
प्रदेशमा
फलेका
चिया,
सुन्तला
र
अनार
आदि
तराईमा
उपभोग
गरिन्छ
।
viii) पहाडी
प्रदेशमा
फलेका
तरकारीहरू
तराईमा
बिक्री
हुन्छ
।
ix) तराईमा
फलेका
खाद्यान्न
पहाड
र
हिमाली
भागमा
आपूर्ति
हुन्छ
।
x) तराईमा
फलेको
आँप
पहाड
र
हिमालमा
जान्छ
।
xi) तराईमा
उत्पादित
सरसामान
पहाड
र
हिमाली
भागसम्म
जान्छ
।
xii) गर्मीमा
तराईका
मानिसहरू
गर्मी
छल्न
र
मनोरञ्जन
गर्न
पहाडी
क्षेत्र
जान्छन्
।
पहाडी
क्षेत्रका
xiii)
मानिसहरू
जाडो
छल्न
र
उच्च
शिक्षाका
लागि
तराईतिर
भर्छन्
।
यसरी आन्तरिक पर्यटनको विकास हुन्छ, व्यापारको विकास हुन्छ जसबाट राष्ट्रिय एकता बलियो हुन्छ।