Class 11 Social Studies Unit 1 Complete Exercise Solution in Nepali

Class 11 Social Studies Unit 1 Complete Exercise Solution in Nepali

एकाइ-1

पाठ-1
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

अभ्यास

1      सामाजिक अध्ययन क्षेत्र व्यापक  भन्ने कुरा पाठमा दिइएको चार्ट अध्ययन गरी प्रष्ट पार्नुहोस्।

उत्तर:- (चार्ट क्रियाकलाप नं. मा ) सामाजिक अध्ययनको क्षेत्र व्यापक छ। मानिस परिवारमा जन्मन्छ, हुर्कन्छ तर परिवारमा मात्र सीमित रहँदैन उमेर बढ्दै जाँदा उसले समुदायमा मिल्नुपर्छ। ठूलो भएर देशप्रतिको जिम्मेवारी वहन गर्नुपर्छ आवश्यकता परेमा विश्वको अर्कै ठाउँमा गई काम गर्नुपर्ने हुन्छ समाजमा विभिन्न गतिविधिहरु सञ्चालित हुन्छन् उसले त्यो ठाउँमा सहभागी हुनुपर्छ उसको क्रियाकलापले समुदाय तथा राष्ट्रमा प्रभाव पार्छ राष्ट्रिय एवंम विश्वका गतिविधिहरूको प्रभाव पनि उमाथि पर्छ सामाजिक अध्ययनले मानिसलाई परिस्थिति वातावरणसँग मिलेर आचरण गर्ने ज्ञान दिन्छ। समाजिक अध्ययनले मानिसले राजनैतिक, सामाजिक, संस्कृतिक, आर्थिक, ऐतिहासिक तथा समाजिक अवस्था तथा मानिससँग सम्बन्धित विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको बारेमा जनकारी दिन्छ समाजिक अध्ययनको उद्देश्य व्यक्तिलाइ नैतिकवान, सिर्जनशील, सकरात्मक सोच भएको प्रजातान्त्रिक मूल्य मान्यतालाई मान्ने, आफ्नो संस्कृति परम्परालाई  संरक्षण गर्ने तथा सफल जीवन यापन गर्न सक्ने उत्तरदायी जनशक्तिको निर्माण गर्नु हो यसका लागि व्यक्तिमा विभिन्न थरिको गुणको विकास गर्नुपर्ने हुन्छ सामाजिक अध्ययन विषयले समुदाय तथा समाजको अध्ययन गर्छ व्यक्तिमा प्रजातान्त्रिक आचरण गर्ने क्षमता विकास गर्छ व्यक्तिलाई समाज, राष्ट्र तथा विश्वको परिवेशमा मिलेर आचरण गर्ने ज्ञान दिन्छ आफ्नो देशको इतिहास, परम्परा तथा संस्कृतिको जानकारी गराउँछ नकारात्मक सोचको सट्टा सबै मिलेर बस्ने सकरात्मक सोच ज्ञान दिन्छ देशप्रति गौरव गर्ने देशभक्ति राष्ट्रियताको भावनाको विकास गर्ने अभिप्रेरणा दिन्छ जीवनमा समस्या आइपरेमा तनाव सिर्जना हुन्छ तनावले मानसिक तथा शारीरिक स्वास्थ्यमा आघात पुर्याउँछ यसैले समाजिक अध्ययनले समस्या समाधान गर्ने विभिन्न विकल्प ज्ञान खोजी गर्ने दिन्छ सहकार्य, सञ्चार, सहानुभूति, आत्मबोध,‌ नेतृत्व क्षमताको विकास आदि विभिन्न जीवनोपयोगी शिक्षाको अध्ययन पनि समाजिक अध्ययनकै एउटा क्षेत्र हो यसैले समाजिक अध्ययनको विषय अन्तर्गत मानव विकासक्रम देखि परिवार, समाज, राष्ट्र तथा विश्वको राजनैतिक, आर्थिक, सामाजिक, संस्कृतिक, एतिहासिक अवस्थाको ज्ञान तथा जीवनोपयोगी शिक्षा आदिहरु पर्छन्।

2      सामाजिक अध्ययन  जीवनोपयोगी शिक्षाको महत्व दर्शाउनुहोस्।

उत्तर:- सामाजिक अध्ययनले नागरिकको सक्षमता विकास गरी समुदाय, राष्ट्र एवं विश्व परिवेशमा मिलेर आचरण गर्न सक्ने ज्ञान दिन्छ। यसैले आजको समाजिक अध्ययनले भौतिक, सांस्कृतिक, ऐतिहासिक, राजनैतिक, विभिन्न सङ्घ संस्थाको जानकारी, स्वास्थ्य सेवा आदि विभिन्न पक्ष समेटेको छ। समुदाय तथा वातावरणले मनुष्यको जीवनमाथि पार्ने प्रभाव तथा मानिसको गतिविधिले समुदाय तथा वातावरणमा पार्ने प्रभावको अध्ययन  पनि यो विषयमा समेटिएको छ। मनुष्य जीवनसँग सम्बन्धित विभिन्न पक्षको अध्ययनले मानिसलाई चेतनशील एवं जागरूक बनाउँछ। समुदाय तथा राष्ट्रको चौतर्फी विकासका लागि चरित्रवान, इमान्दार, सिर्जनात्मक सोच, भएका दक्ष जनशक्तिको खाचो पर्छ। समाजिक अध्ययन विषयले मानिसमा नैतिकता, सच्चरित्रता, इमान्दारी, सिर्जनात्मक सोच, परिश्रम गर्ने बानी, राष्ट्रभक्ति, आफ्नो परम्परा, संस्कृति तथा राष्ट्रिय सम्पदाको संरक्षण गर्ने तथा विश्व वातावरणसँग सामांजस्य स्थापित गरी आचरण गर्न सक्ने क्षमता भएको कुशल नागरिक उत्पादन गर्नमा सहयोग गर्छ।

मनुष्य जीवनको उद्देश्य ज्ञान मात्र प्राप्त्त गर्नु होइन, यसका साथै आफ्नो तथा परिवारको पालणपोषण गरी शान्तिपूर्वक सबैसँग मिलेर सामाजमा बस्न सक्नु पनि हो। पालणपोषणका लागि मानिसले आवश्यक परे अन्य क्षेत्र वा अन्य देशमा पनि जानुपर्छ। यसैले आजको मानिसलाई जीवनोपयोगी शिक्षाको पनि आवश्यकता छ। अंहवादी प्रवृत्तिका मानिसले कतै सहयोग पाउँदैन। एक्लै बाँच्न सक्छु , जीविकोपार्जन गर्नसक्छु तथा उन्नति गर्न सक्छु भन्नु मूर्खता हो। आज मानिसलाई हरेक क्षेत्रमा तथा हरेक पाइलामा अरुसँग मिलेर काम गर्नुपर्छ। सञ्चार, सहकार्य, आत्मबोध, समानुभूति, नेतृत्वक्षमता, आइपरेका समस्याको समाधान निकाल्न सक्ने क्षमता, अन्य व्यक्तिहरुसँग असल सम्बन्ध स्थापना, तथा वसुधैव कुटुम्बकम्को भावना जीवनोपयोगी सिप हुन्।  आजको युगमा सञ्चार प्रविधिको विकास भएको छ। यसको सिप पनि मानिसलाई आवश्यक छ। काम गर्दै जाँदा जीवनमा आइपरेका समस्याबाट सिर्जित तनावको व्यवस्थापन गर्ने सिप चाहिन्छ। पढ्यो, लेख्यो के काम, हलो जोत्यो, खायो काम भन्ने बेला गइसक्यो। सफल स्वास्थ्य जीवन बिताउनका लागि आज मानिसलाई सामाजिक अध्ययनको ज्ञानका साथै जीवनोपयोगी शिक्षाको पनि आवश्यकता पर्छ।

थप प्रश्नहरू

1       सामाजिक अध्ययन विषय भन्नाले कस्तो विषय बुझिन्छ ? प्रष्ट पार्नुहोस्।

उत्तर:- सामाजिक अध्ययन विषयको अध्ययन गत केही वर्षदेखि सुरु गरिएको हो   पहिले भूगोल, इतिहास, नागरिकशास्त्र आदि विषयहरू छुट्टाछुट्टै अध्ययन गर्नुपर्थ्यो यसबाट विधार्थीहरूलाई आफ्नै देशको इतिहास, भूगोल , सामाजिक गतिविधि एवं आर्थिक गतिविधिहरू आदिको बारेमा जानकारी हुँदैन्थ्यो यसैले आफ्नो देशको भौतिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, ऐतिहासिक आदि पक्षका साथै विश्व परिवेशको जानकारी गराई आधुनिक युगको विकासबारे  अवगत गराई कुशल नेतृत्व लिन सक्ने सिर्जनशील ईमान्दार, परिश्रमी, मितव्ययी एवम् जागरूक दक्ष जनशक्ति खाचो देखा पर्यो। यसैले भौतिक, सामाजिक, आर्थिक, राजनैतिक, एतिहासिक, सांस्कृतिक आदि विभिन्न क्षेत्रलाई एकीकृत गरी यो विषय बनाइएको हो। मानिसको गतिविधिले समुदाय, राष्ट्र विश्व वातावरणमा प्रभाव पार्छ, तथा समुदाय, राष्ट्र एवं विश्व वातावरणले मनुष्य जीवनलाई प्रभाव पार्छ। मनुष्य विनाको विश्व कल्पना गर्न सकिँदैन। मानिसमा सामाजिक गुणको विकास जरुरी शान्तिपूर्वक आफुपनि बाँच्ने अरुलाई पनि बाँच्न दिने भावनाको आज आवश्यकता आफ्नो देश, संस्कृति इतिहासमाथि गर्व गर्ने विश्व परिवेशका विभिन्न आयामहरुको जानकारी गराई समुदाय, राष्ट्र विश्व वातावरणसँग मिलेर आचरण गर्न सक्ने ज्ञान दिने विषय सामाजिक अध्ययन हो। 

2      सामाजिक अध्ययन विषयको आवयकता किन परेको हो ? खुलस्त पार्नुहोस्।

उत्तर:- शिक्षा प्राप्ति गरी मानिस ज्ञानी बन्छ उसमा भएको ज्ञान अझ  परिष्कृत हुन्छ शिक्षा पाउने बित्तिकै व्यक्ति समाजको लागि उपयोगी हुन्छ भन्न सकिँदैन रावण शिक्षित थिए तर दुराचारी थिए कंश शक्तिशाली थिए तर अहंकारी थिए व्यक्तिले परिवार, समुदाय, राष्ट्र विश्वको वातावरणमा मिलेर आचरण गर्नुपर्छ। आफ्नो कामले अरुलाई अन्याय पर्न हुँदैन यसप्रति  पनि मानिस सजग हुनुपर्छ लगामको सहायताले मानिसले घोडालाई आफूखुशी डोर्याउन सक्छ यसैले मानिसलाई परिवार तथा समुदायप्रति जिम्मेवारी बोध गराई समाजमा मिल्न सक्ने गुणको विकास गरी सही बाटोमा डोर्याउन सामाजिक अध्ययन विषयको आवश्यकता परेको हो सामाजिक अध्ययनले मानिसमा सिर्जनशील सोच, नैतिकता, परिश्रमीपना‌, उत्तरदायित्व बोध, सहकार्य, उचित विकल्प छनोट गरी समस्या समाधान गर्ने गुण, विश्व वातावरणको जानकारी, आफ्नो संस्कृति तथा इतिहासको जानकारी, नवीनतम सूचना  प्रविधीको ज्ञान आदि विभिन्न गुणहरूको विकास भएमा मात्र मानिस समाजिक विवेकशील प्राणीमा  रुपान्तर हुन्छ त्यसता मानिसहरु अरूको सम्मान गर्ने, मिलेर बस्न सक्ने, समुदाय देशलाई नेतृत्व प्रदान गरी सबै जनतालाई उचित दिशा निर्देश गर्न सक्ने , विश्व वातावरण अनुसार आचरण गर्ने हुन्छन् यसैले आजको सन्दर्भमा सामाजिक अध्ययन विषयको महत्व

3       सामाजिक अध्ययन विषय कसरी विश्व परिवेशसँग सम्बन्धित  ? प्रष्ट्याउनुहोस् 

उत्तर:- समाज गतिशील छ। प्राचीन समाज आजको समाज फरक आज यातायात तथा सञ्चारको विकासले विश्वका सबै देशहरु नजिकिएका छन् विश्व नै एउटा समाज जस्तो भएको छ। कुनै एउटा देशमा भएको घटनाको प्रभाव अर्को देशमा पर्छ एउटा देशको विकासले अर्को देशमा विकासको तरङ्ग ल्याउँछ   खानपान, भेषभुषा, खानेपानी रोजगारी एउटा देशमा मात्र सीमित छैन आज रोजगारीका लागि नेपालीहरु ब्रिटेन, क्यानडा, अमेरिका, अस्ट्रेलिया , न्युजिल्यान्ड, कोरिया, जापान, अरब मुलुक, भारत आदि विभिन्न देशमा पुगेका छन् त्यहाँको परिवेशमा रहेर काम गर्नुपरेको विभिन्न मुलुकका पर्यटकहरु हाम्रो मुलुकमा घुम्न आउँछन् हाम्रो समाजिक, आर्थिक तथा सांस्कृतिक गतिविधिहरु अवलोकन गर्छन् विदेशी रोजगारीमा नगए हाम्रो देशमा बेरोजगारी बढ्छ यसबाट देशमा नकारात्मक प्रभाव पर्छ वैदेशिक रोजगारीबाट भएको विप्रेषणले हामीलाई ठूलो अर्थिक टेवा दिएको हाम्रो देशका  युवाहरुले रोजगारीका लागि वैदेशिक भाषाको अध्ययन गर्नु परेको चिनबाट निक्लेको कोभिड १९ ले विश्वलाई आक्रान्त पारिरहेको विश्वका ठूलाठूला औषधि निर्माताहरु यसलाई नियन्त्रण गर्ने औषधि निर्माण गर्न लागेका छन् निकट भविष्यमा नै यो रोगलाई रोकथाम गर्न सकिएला अन्य देशहरुबाट हामी अन्न, मेसिनरी, प्रविधि आदि  आयात गर्छौं हामी पनि हाम्रो उत्पादन विदेशमा निर्यात गर्छौं गौतम बुद्धको ज्ञान नेपालमा मात्र सिमित छैन विश्वका कतिपय मुलुकमा यो धर्म चलेको क्रिश्चियन धर्म  पश्चिम देशमा मात्र सीमित नभई विश्वमा नै फैलिएको नेपाली सङ्गीत विश्वका अन्य मुलुकमा पनि सुनिन्छन् यसैले कुनै पनि घटनाको प्रभाव सो देशमा मात्र सीमित नरही अन्य देशहरूमा पनि पर्न जान्छ यसबाट हाम्रो समाजिक , आर्थिक तथा अन्य क्षेत्रमा प्रभाव पर्छ यी सबै कुराहरूको अध्ययन समाजिक अध्ययनमा समेटिएका छन् यसकारण सामाजिक अध्ययन विश्व परिवेशसँग सम्बन्धित

4      जीवनोपयोगी शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छजीवनोपयोगी शिक्षाको महत्व के होप्रष्ट पार्नुहोस् 

उत्तर:- जीवन शिक्षाको लागि होइन , शिक्षा जीवनको लागि हो हाम्रो सम्पुर्ण जीवन शिक्षा प्राप्ति गर्नुको लागि मात्र होइन, शिक्षा प्राप्तिका साथै हामीले आफ्नो तथा परिवारको पालणपोषण गर्नु पर्छ हामीले आफ्ना इस्टमित्र, नाताकुटुम्ब तथा समाजका अन्य मानिसहरूसँग सम्बन्ध राख्नुपर्छ समाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक तथा अन्य गतिविधिहरूमा समेत सहभागी बन्नुपर्छ समाजिक राष्ट्रिय तथा मानव समाजप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ हामीलाई धुन्धकारी बन्ने शिक्षा होइन, समाजमा, परिवारमा, राष्ट्रमा तथा विश्वका परिवेशमा मिलेर सफल स्वास्थ्य जीवन यापन गर्ने सिप दिने शिक्षा चाहिन्छ यो शिक्षा हामी जीवनोपयोगी शिक्षाबाट पाउँछौ जीवनोपयोगी शिक्षाले हामीलाई जीवनमा आवश्यक सिपहरुको बारेमा ज्ञान दिन्छ सहकार्य, सहयोग, जिम्मेवारी बोध, सिर्जनात्मक सोच, समस्या समाधान गर्न उचित विकल्पको छनोट गर्ने तनाव तथा वेग व्यवस्थापन गर्ने, समानुभूति, अरूको पनि गुनासो सुन्ने, आवश्यकता परे नेतृत्व लिन सक्ने, आफ्नो तथा परिवारको राम्ररी पालणपोषण गर्न सक्ने, सूचना प्रविधिको ज्ञान, परिश्रमी, नैतिकता, स्वास्थ्यप्रति सजगता तथा इमान्दारी आदि जीवनोपयोगी सिपहरु हुन् यी सिपहरूको ज्ञान भएमा व्यक्तिले समुदाय, राष्ट्र तथा विश्वको वातावरणसँग सामन्जस्य राखी स्वस्थ एवं सफल जीवन यापन गर्न  सक्छ यसैले आज हामीलाई जीवनोपयोगी शिक्षाको आवश्यकता परेको हो

5      सामाजिक अध्ययन विषयका सिकाई क्रियाकलाप तथा परियोजना कार्य गर्दा कसरी जीवनोपयोगी सिप सिक्न सकिन्छ ? प्रष्ट पार्नुहोस् 

उत्तर:- सामाजिक अध्ययन विषयका सिकाई क्रियाकलाप तथा परियोजना कार्य गर्दा कक्षामा साथीहरुसँग छलफल गर्नुपर्छ दिइएका विषयवस्तु माथि आफ्नो विचार साथीहरुमाझ राख्नुपर्छ अरू साथीहरूको बिचार सुन्नुपर्छ परियोजना कार्य गर्दा कक्षामा साथीहरूको समूह बनाई अन्तरक्रिया गर्नुपर्छ कहिलेकाहीँ समूहको नेतृत्व लिनुपर्छ साथीहरुसँग मिलेर काम गर्नुपर्छ अरूको चित्त नबुझ्ने कुरा सुनेर रिसाउनु हुँदैन् आफ्नो संवेगलाई नियन्त्रण गर्नुपर्छ कुनै  बखत परियोजना कार्य गर्दा समुदायमा गएर छलफल गर्ने उनीहरूको  राय पनि लिनुपर्छ प्राचीन इतिहासका बारेमा अनुभवी इतिहासविद्हरूसँग जानकारी लिनुपर्छ समुदायमा तथा अन्य क्षेत्रमा घटनाहरुप्रति जानकारी राख्नु पर्छ समाजिक तथा आर्थिक गतिविधिहरुको  बारेमा कक्षाका साथीहरु तथा शिक्षकहरुबाट जानकारी प्राप्त हुन्छ। रोगव्याधिबाट कसरी जोगिने तथा आफ्ना भाइबहिनीहरूलाई कसरी जोगाउने बारेमा विभिन्न संघसंस्थाबाट विद्यालयमा आएका प्रतिनिधिहरूले दिएको प्रवचनबाट थाहा पाइन्छ विभिन्न स्थानमा शैक्षिक भ्रमणमा जाँदा अनुशासनमा रहने, मिलेर रहने, सद्भाव, सहानुभूति आदि गुण विकास गर्ने मौका पाइन्छ यसरी सञ्चार, सहकार्य, समानुभूति, संवेग व्यवस्थापन, समस्या समाधान गर्न उचित विकल्प छनोट गर्न सक्ने सिर्जनात्मक सोच, सहयोग आदि जिवनोपयोगी सिप समाजिक अध्ययनको सिकाइ क्रियाकलाप तथा परियोजना कार्य गर्दा सिकिन्छ

6      सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सिकारी सहजीकरण कसरी हुनुपर्छ ? खुलस्त पार्नुहोस् 

उत्तर:- सामाजिक अध्ययन विषयको उद्देश्य व्यक्तिमा समाजिक गुणहरूको विकास गर्नु हो नैतिकतासच्चरित्रता, राष्ट्रभक्ति, आफ्नो परम्परा संस्कृतिप्रति जागरुक हुने, राष्ट्रिय सम्पदाको संरक्षण गर्ने भावना, अरूको सम्मान गर्ने, अतिवादी सोच नराख्ने, आफ्नो उत्तरदायित्व बोध गर्ने आवश्यकता परे समुदाय तथा राष्ट्रको नेतृत्व लिन सक्ने मिहिनेती तथा विश्व परिवेशसँग मिलेर आचरण गर्न सक्ने आदि समाजिक गुणहरू हुन् यो गुणहरूको विकासबाट जीवनोपयोगी सिपको जानकारी हुन्छ यसकारण अरूको कुरा सुनेर, टिपोट गरेर, दिएका पाठकहरुलाई घोकेर तथा शिक्षकहरूको व्याख्यान सुनेर यस्ता गुणहरूको विकास सम्भव छैन यसैले समाजिक अध्ययनको विषयवस्तुलाई बुझ्नुपर्छ समाजिक अध्ययनका विषयवस्तुसँग सम्बन्धित तथ्य तथ्याङ्कहरुको खोजी गर्ने तथा विश्लेषण गर्ने, समुदायमा गएर अवलोकन गर्ने, सम्बद्ध पक्षसँग छलफल गर्ने अन्तरक्रिया गरेर सिक्नुपर्छ समाजिक तथा सांस्कृतिक गतिविधिहरूमा सहभागी हुनुपर्छ अनुभूति गर्नुपर्छ समाजमा गएर अनुसन्धान गर्ने , परीक्षण गर्ने ,समस्या समाधानमा सहभागी बन्ने, विकास निर्माणका काममा सहयोग गर्ने आदि कार्यहरूमा सम्मिलित भएमा सामाजिक गुणको विकास गर्ने अवसर प्राप्त हुन्छ यसरी जीवनोपयोगी सिपहरु पनि सिकिन्छ।


पाठ-2
सामाजिक अध्ययन, सामाजिक शिक्षा सामाजिक विज्ञानको अन्तरसम्बन्ध

अभ्यास

1       सामाजिक अध्ययन  सामाजिक शिक्षा सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस्

उत्तर:- सामाजिक  विज्ञान, सामाजिक शिक्षा सामाजिक अध्ययन एकआपसमा जोडिएको विषयहरू हुन्   यी विषयहरु जीवनका विभिन्न पक्षसँग सम्बन्धित छन् मानिस सामाजिक प्राणी हो मानिस जन्मेदेखि मृत्युसम्म समाजमा नै  रहन्छ मानिसले आफ्नो जीवन सार्थक बनाउन विभिन्न ज्ञान, सिप अभिवृत्तिको विकास गर्नुपर्छ यस्ता सिप, ज्ञान अभिवृत्ति मानिसले कतिपय विषयको अध्ययनबाट तथा जीवनमा आइपरेका समस्या यसको समाधान तथा समाजका विविध गतिविधिबाट सिक्दछ समाजिक विज्ञानले समाजिक जीवनसँग सम्बन्धित विभिन्न विषयको सैद्धान्तिक पक्षको अध्ययन गर्छ समाजिक अध्ययनले यी विषयहरुको व्यवहारिक पक्षको अध्ययन गर्छ राजनीतिशास्त्रमा नागरिकको मौलिक अधिकार, संविधान, सरकारको गठन कार्य तथा चुनाव प्रक्रिया आदिको बारेमा अध्ययन गरिन्छ। राजनीतिशास्त्रका यी सैद्धान्तिक पक्ष हुन् नागरिकले चुनाव प्रक्रियामा भाग लिन्छ संसदमा गएर सरकार गठन गर्छ राज्य सञ्चालन गर्छ चित्त नबुझेका कुराहरु माथि संविधान प्रदत्त अधिकार प्रयोग गरी आफ्नो पक्ष सरकार समक्ष राख्छ यसरी मानिसले राजनीतिशास्त्रका व्यवहारिक पक्षको ज्ञान पाउँछ समाजमा हुने विविध गतिविधिहरु बाट सिकिने अनियमित सिकाइ सामाजिक शिक्षाको पक्ष हुन् समाजमा यिनै गतिविधिहरुबाट सिकिने अभिवृत्ति, सिप ज्ञान समाजिक अध्ययन का पक्ष हुन् समाजिक विज्ञान गहन विषय हो यसका सैद्धान्तिक पक्षहरु धेरै छन् सामाजिक अध्ययनले समाजिक विज्ञानका मानव जीवनसँग सम्बन्धित व्यवहार पक्षको मात्र अध्ययन गर्छ समाजिक शिक्षा तथा समाजिक विज्ञानको क्षेत्र ठूलो समाजिक अध्ययन विषय विद्यालयसम्म मात्र केन्द्रित समाजिक अध्ययन शिक्षक विद्यार्थीहरुबीच अन्तरक्रिया सहकार्यबाट सिकिन्छ समाजिक शिक्षा समाजिक विज्ञान जोसुकैले पनि अध्ययन गर्न सक्छन् समाजिक शिक्षाको क्षेत्र असीमित तर समाजिक अध्ययनको क्षेत्र सिमित समाजिक विज्ञान, समाजिक शिक्षा तथा समाजिक अध्ययनका आधारमा विषयहरु एउटै छन् भूगोल, इतिहास, अर्थशास्त्र ,राजनीतिशास्त्र, मानवशास्त्र, जनसंख्याशास्त्र, दर्शनशास्त्रसमाजसास्त्र , नीतिशास्त्र तथा मनोविज्ञान आदि विषयहरू मानिसको जीवनसँग सम्बन्धित विषयहरू हुन् राज्य सञ्चालन गर्ने, आर्थिक क्रियाकलाप गर्ने, विकास निर्माणका काम गर्ने, स्वस्थ सफल जीवन यापन गर्ने, सोहार्दपूर्ण वातावरण सिर्जना गर्ने, सहयोग सहकार्य गर्ने, मानवीय मूल्य मान्यताहरु अनुरुप आचरण गर्ने, शान्तिपूर्वक सबैसँग मिलेर जीवन यापन गर्ने आदि विभिन्न गुणहरूको विकास गर्न यी विषयहरूको आवश्यकता परेको हो यी विषयहरु नै समाजिक विज्ञान, समाजिक शिक्षा तथा समाजिक अध्ययनका आधार विषयहरु हुन् यसैले यी विषयहरु एकअर्कासँग सम्बन्धित छन्।

2      सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो’ , यस भनाइलाई पृष्टि गर्नुहोस्

उत्तर:- सामाजिक विज्ञानअन्तरगत भूगोल, इतिहास, अर्थशास्त्र, दर्शनशास्त्र, समाजसास्त्र, मानवशास्त्र, नागरिकशास्त्र, राजनीतिशास्त्र, जनसंख्याशास्त्र, नीतिशास्त्र मनोविज्ञान आदि विषयहरू पर्दछन् यी सबै बिषयहरु मानव जीवनसँग सम्बन्धित समाजिक विज्ञान अन्तरगत यी  विषयहरूको गहन अध्ययन गरिन्छ यसका सैद्धान्तिक पक्ष तथा व्यवहारिक पक्ष पनि अध्ययन गरिन्छ तर, समाजिक विज्ञानअन्तर्गत बढी मात्रामा सैद्धान्तिक पक्षको अध्ययन गरिन्छ   यस्ता विषयहरूमा अध्ययन गरेन पाठ्यवस्तुहरु विषयविज्ञहरुले तयार पार्छन् यस्ता विषयहरूको अध्ययन उच्च तहसम्म हुन्छ

समाजलाई गतिशील राख्नुपर्छ समाजलाई व्यवस्थित सन्तुलनमा राख्न राज्यको पनि आवश्यकता पर्छ   राज्यमा रहेका मानिसहरूको हितमा लागि कल्याणकारी काम गर्नुपर्ने हुन्छ विश्वका अन्य मुलुकहरुसँग मैत्रीपुन सम्बन्ध राखी देशमा शान्ति, समृद्धि सुव्यवस्थाको बारेमा काम गर्नुपर्ने हुन्छ यसका लागि सिर्जनात्मक सोच भएका इमान्दार, नैतिकवान, राष्ट्रभक्त, आफ्नो परम्परा तथा संस्कृतिको रक्षा गर्ने दक्ष नागरिकहरूको आवश्यकता पर्छ यसैले यस्ता गुणहरुको विकास विद्यार्थीहरूमा विद्यालय तहदेखि नै गर्नुपर्छ, जसबाट पछि सो विद्यार्थी योग्य नागरिक भए देशको काममा सहभागी बन्न सकुन् यसकारण समाजको आवश्यकता, राष्ट्रको माग मानव समुदायको चाहनाअनुरुपका विषयवस्तुहरु, समाजिक विज्ञानका विषयहरुबाट समाजिक अध्ययनका पाठ्यवस्तुमा संयोजन गरिएका हुन्छन् उदाहरणका लागि भूगोलबाट आफ्नो देश तथा विश्वका अन्य मुलुकहरुको भौतिक जानकारी, अर्थशास्त्रबाट आर्थिक क्रियाकलापबारे जानकारी, इतिहासबाट आफ्नो देश तथा विश्वको अन्य देशको विगत बारे जानकारी, राजनीतिशास्त्रबाट विभिन्न राजनैतिक संगठनहरूको गठन तथा कार्य पद्धति , नागरिकशास्त्रबाट नागरिकहरु अधिकार तथा कर्तव्य, जनसंख्याशास्त्रबाट आफ्नो देशको जनसङ्ख्यालाई व्यवस्थित गर्न सक्ने ज्ञान, नीतिशास्त्रबाट नैतिकता सच्चरित्र तथा इमान्दारी आदि गुणहरूको विकास गर्ने पाठ्यवस्तुहरू समावेश गरिएका छन्

समाजिक विज्ञानले सैद्धान्तिक पक्षसँग सम्बन्ध राख्छ विषयविज्ञ उत्पादनमा सघाव पुर्याउँछ सामाजिक  अध्ययनले विद्यार्थीहरूमा सकरात्मक गुणहरु विकास गरी भविष्यमा हुने दक्ष, चरित्रवान परिश्रमी नागरिक उत्पादन गर्नमा सघाउ पुर्याउँछ समाजिक अध्ययन समाजिक विज्ञान दुवै मानव जीवनसँग सम्बन्धित छन् दुवै विषयले मानिसलाई सफल एवं स्वस्थ जीवन यापन गर्ने ज्ञान दिन्छन् यसैले समाज राष्ट्रको आवश्यकता तथा मानव समुदायको चाहना अनुरुपका पाठ्यवस्तुहरु समाजिक विज्ञानका विभिन्न विषयहरुबाट लिएर समाजिक अध्ययन विषय निर्माण गरिएको हो

3       सामाजिक अध्ययन सामाजिक विज्ञानबिचको भिन्नता छुट्टयाउनुहोस् 

उत्तर:- सामाजिक अध्ययन सामाजिक विज्ञानबिचको भिन्नता

सामाजिक अध्ययन

सामाजिक विज्ञान

)   सामाजिक अध्ययन विभिन्न विषयवस्तुहरु समेटिएर बनेको एकिकृतविधा हो

)   स्वतन्त्रअस्तित्व भएको पूर्ण विकसित विधा हो

)   यो ज्ञानको उपयोग पक्षसँग संबन्धित

) यो ज्ञानको उत्पादन पक्षसँग संबन्धित

)     यो व्यवहारिक हुन्छ

) यो सिद्धान्तिक हुन्छ l

)     यो मानव जीवनको विविध पक्षसँग संबन्धित l

) यो मानव जीवनको कुनै एक पक्षसँग संबन्धित l

)   यसमा विषय वस्तुको सामान्य अध्धयन गरिन्छ l

) यसमा विषय वस्तुको गहिराईसम्म अध्धयन गरिन्छ l

)    यसको उदेश्य सक्षम, सिर्जनशील तथा सभ्य नागरिक तयार पार्नु हो l

) यसको उदेश्य विषयविज्ञ तयार पार्नु हो l

)   यो विधालय तहसम्म केन्द्रित l

) यसको अध्धयन उच्च शिक्षासम्म गरिन्छ l

 

थप प्रश्नहरू

1       सामाजिक अध्ययन सामाजिक शिक्षाबिच भिन्नता छुट्टयाउनुहोस् 

उत्तर:- सामाजिक अध्ययन सामाजिक शिक्षाबिच भिन्नता निम्नलिखित छन:

सामाजिक अध्ययन

सामाजिक शिक्षा

)   यसको क्षेत्र निश्चित सीमित हुन्छ l

)   यसको क्षेत्र असीमित हुन्छ l

)   यसको सिकाई निश्चित पाठ्यक्रममा आधारित हुन्छ l

) यसको सिकाई खुल्ला सिकाइको रुपमा हुन्छ l

)     सामान्यतया विधालयमा अध्ययनरत बालबालिकाका लागि मात्र संचालित हुन्छ l

) यो जोसुकै व्यक्तिले अध्ययन गर्न सक्छन् l

)     यो स्थापित विषय हो l

) यो सामाजिकीकरणको प्रकृया हो l

)   सामाजिक अध्ययन सिद्धान्तमा आधारित हुन्छ l

) सामाजिक शिक्षा दर्शनमा आधारित हुन्छ l

 

2      सामाजिक विज्ञान सामाजिक अध्ययनबिचको अन्तरसम्बन्धबारे छोटो टिप्पणी लेख्नुहोस्

उत्तर:- सामाजिक विज्ञानअन्तर्गत विभिन्न विषयहरु जस्तै: भूगोल, इतिहास, समाजशास्त्र, अर्थशास्त्र, जनसंख्या शास्त्र, नीतिशास्त्र, दर्शनशास्त्रराजनीतिशास्त्र आदि विषयहरू समेटिएका हुन्छन् ती विषयहरु मानव जीवनसँग सम्बन्धित छन् समाजिक विज्ञानअन्तर्गतका विषयहरूको अध्ययन उच्चतहसम्म हुन्छ यसमा सैद्धान्तिक पक्षको बढी अध्ययन हुन्छ समाजको आवश्यकता, राष्ट्र मानव  समुदायको चाहनाअनुसार सामाजिक विज्ञानका विषयहरुबाट लिएर एकीकृत रुपमा यो विषय तयार पारिएको हो यसमा मानव जीवनको व्यवहार पक्षसँग सम्बन्धित विषयवस्तुहरु राखिएका छन् समाजिक अध्ययनको सिकाइबाट विद्यार्थीहरुमा सिर्जनात्मक सोच, नैतिकता ,सच्चरित्रताइमान्दारी, परिश्रमी, राष्ट्रभक्ति एवं विश्वपरिवेशको जानकारी राख्न सक्ने गुणहरूको विकास विद्यार्थीहरूको उमेरबाट नै होस् भन्ने यसको उद्देश्य हो सामाजिक विज्ञानका  विषयहरुबाट नै मानवजीवनसँग सम्बन्धित व्यवहारिक पक्षलाई अध्ययन गर्न सामाजिक अध्ययन विषयको सृजना भएको हो यी दुवै विधाको आधारमा विषयहरु उही भएकाले यी दुवै विधाहरु एकअर्कासँग सम्बन्धित छन्

3       सामाजिक अध्ययन सामाजिक शिक्षाबिचको अन्तरसम्बन्ध दर्शाउनुहोस्

उत्तर:-  मानिसल समाजिक प्राणी हो मानिसले आवश्यकताअनुसार समाज, राष्ट्र विश्वमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ देशको प्रशासक भई , किसान भईउद्धमी भई, सैनिक भई, प्रहरी भई, शिक्षक भई, आदि विभिन्न क्षेत्रमा काम गर्नुपर्छ   यसरी काम गर्दा मानिसमा विभिन्न सिप, अभिवृत्ति ज्ञानको आवश्यकता  पर्छ सानीमा लागेको बानी पछिसम्म रहन्छ भन्ने उखानअनुसार विधार्थी अवस्थादेखि नै आवश्यक ज्ञान, सिप अभिवृत्तिको विकास गर्नुपर्छ यसता सिपहरूको सिकाइ समाजमा हुने विभिन्न गतिविधिहरुबाट प्राप्त हुन्छ यी सिपहरु समाजिक शिक्षासँग सम्बन्धित छन् यी सिपहरूको सिकाई समाजबाट हुने अनौपचारिक शिक्षा हुन् परिवार तथा समाजका मान्यजनहरुलाई गर्ने आदरसत्कारसहकार्य , सहयोग , सौहाद्र , सहिष्णुता , आफ्नो संस्कृति परम्परा मानवीय मूल्य मान्यताहरु, सामाजिक शिक्षाका मुख्य विषय वस्तुहरू हुन् यी सिपहरुको ज्ञान परिवार, समाज परिवेशबाट प्राप्त हुन्छ समाजिक अध्ययन विषयले पनि विद्यार्थीहरुमा भावी जीवन सार्थक रुपमा यापन गर्न ठुलावडालाई सम्मान, सहकार्य, सहयोग, सिर्जनात्मक सोच, नैतिकता, मानवीय मूल्य मान्यताहरु, आफ्नो  संस्कार परम्पराको ज्ञान, आधुनिक सूचना प्रविधिको ज्ञान आदि गुणहरुको विकास गर्ने सिकाई हो यसैले मानवीय जीवनसँग सम्बन्धित विभिन्न सिप अभिवृद्धि नैतिकता, ज्ञान आदिको सिकाइ गर्ने दुवै विधाका मूख्य विषयवस्तुहरू हुन् यसैले यी दुवै विषयहरु एकअर्कासँग सम्बन्धित छन्

 

पाठ-
सामाजिक अध्ययनका सिप जीवनोपयोगी सिपको अवधारणा

 अभ्यास

1       कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित सामाचार तयार गर्नुहोस्

उत्तर:- धारापानी, ज्येष्ठ १२/कोभिड १९ को सङ्क्रमण फैलिदै गएकोदेखि स्थानिय गाउँपालिकाका सदस्यहरू, स्वास्थ्य कार्यकर्ता तथा समाजसेवीहरूले कोभिड १९ को सङ्क्रमण नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रमको आयोजना गरे गाउँपालिका सदस्यहरू, स्वास्थ्य कार्यकर्ताहरू तथा समाजसेवीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड बोकी मास्क लगाई बजार परिक्रमा गरे भौतिक दुरी कायम राखौँ, मास्क लगाऔं, हात मिचिमिचि धोऔँ भीडभाडमा नजाऔं भन्ने पंक्तिहरू प्लेकार्डमा लेखिएका थिए सहभागिहरुले आफूले पनि बाचौँ अरूलाई पनि बचाऔं लेखेका ब्यानहरु बोकेका थिए

2      पाठमा उल्लेखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी  चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस्

उत्तर:- 

सिप: क्षेत्रभ्रमण (दन्तकाली मन्दिर, धरान)

दुहवी

१२//२०७५

साथी सुजाता

मिठो सम्झना

हिजो तिमीले गएको शनिबार के गर्यो भनेर सोधेकी थियौ गएको शनिबार धरानको दन्तकाली मन्दिर हेर्न गएकी थिएँ दन्तकाली मन्दिरको छोटो चिनारी यहाँ लेख्दैछु यो मन्दिर धेरै पुरानो हो यो शक्तिपीठ हो यहाँ कुनै देवीदेवताको मूर्ति छैन भनिन्छ सतीदेवीको दाँत यहाँ झरेको हुनाले यहाँ मन्दिर बनाइएको हो यस मन्दिरमा सानो बट्टाभित्र सतीदेवीको दाँत भनी सुरक्षित राखिएको उहिले शाहवंशीय राजाहरूले पश्चिम नेपालबाट ब्राह्मण ल्याई  पुजारी राखेका थिए हालसम्म उनैका सन्तानले यो मन्दिरमा पूजाआजा गरी काम सम्हाली रहेका छन् यो मन्दिर संचालनका लागि गुठीको रूपमा जग्गा राखिएको   दशैँमा यहाँ पूजाआजा गरिन्छ अष्टमी नवमीका दिन  पशु बलि दिइन्छ आजकल छेउछाउमा पुजासामाग्री बेच्ने मानिसहरूको पसल प्रशस्तै देखिन्छन् बजारबाट यहाँसम्म आउने मोटर गुड्ने सडक यहाँबाट धरानको राम्रो दृश्य देखिन्छ   यहाँ धर्मशाला पनि रहेको भक्तजनको भीड प्रायः भइरहन्छ

तिमी पनि विदामा आऊ सँगै मन्दिर हेर्न जाऔला तिम्रो आमाबुबालाई मेरो सादर प्रनाम

उही तिम्रो साथी

बिना

3       सामाजिक अध्ययमा प्रयोग हुने सिपहरु उल्लेख गर्नुहोस्

उत्तर:- सामाजिक अध्ययनमा प्रयोगहुने सिपहरु निम्नलिखित छन :

         i.नक्सा अध्ययन गर्ने नक्सा उतार्ने सिप

       ii.विभिन्न विधाका माध्यम गीत, कविता, चित्र, निबन्ध, संवाद, नाटक, चिठी, आदिबाट भाव अभिव्यक्त गर्ने सिर्जनात्मक सिप

     iii.समाचारसम्पादकीय लेखनसम्पादकलाई चिठी, सामाजिक  सञ्जालकाबाट विचार व्यक्त गर्ने, समाचार सङकलन लेखन प्रस्तुति गर्ने सिप

     iv.छलफल, सहयोग, सहकार्य, मेलमिलाप, आदि सिप

       v.स्तम्भ चित्र, चक्रचित्र, रेखाचित्र आदिमार्फत् तथ्याङ्क प्रस्तुति गर्ने सिप

     vi.समयरेखा, वंशावली, व्यक्तिवृत आदि एतिहासिक घटनालाई प्रस्तुतिकरण गर्ने सिप

    vii.सर्वेक्षण, क्षेत्रभ्रमण, अन्तर्वार्ता, अवलोकनको योजना बनाउने, कार्यसम्पादन गर्ने प्रतिवेदन तयार गर्ने सिप

  viii.प्रदर्शन, प्रवचन, वक्तृत्वकला, कार्यपत्र लेखन तथा प्रस्तुतिकरण सिप

Download PDF File


Getting Info...

Post a Comment

Please do not enter any spam link in the comment box.
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.