Yogamaya Class 11 Nepali Notes | Lesson 4

Yogamaya Class 11 Nepali Notes | Lesson 4

पाठ ४ : योगमाया

पाठ ४ योगमाया
Table of Contents

शब्दभण्डार

१. दिइएका शब्द र अर्थ बिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
जलसमाध पानीमा डुबेर गरिने प्राणत्याग
बडाहाकि राना शासनका समयमा र त्यसपछि पनि केही समय जिल्लाको सर्वोच्च प्रशाशक
आर्य समाज अनातन धर्ममा उदारता ल्याउन चलाइएको एक धार्मिक सम्प्रदाय
वैधव्य विधवा हुनाको भाव
हठयोग पतञ्जलिद्वारा प्रतिपदित योग (यम, नियम आदि) द्वारा शरीरलाई धेरै कष्ट दिएर चित्तवृत्तिलाई अन्तर्मुखी पार्ने योगको एक विधि
प्रताडना पीडा
विचारी मुद्दामामिलाको निचोड खिचेर न्यायाधीशलाई अवगत गराउने व्यक्ति
पञ्चाग्नि वरिपरि पाँच किसिमका अग्नि बालेर गरिने तपस्या
२. पाठपढी गाडा गरिएका पदावलीको सट्टामा मिल्ने शब्द छानेर लेख्नुहोस् : क) सन्यासी
ख) परम्परागत
ग) शास्त्रार्थ
घ) अग्निसमाधी
३. दिइएका शब्द प्रयोग गरी वाक्य बनाउनुहोस् :
स्वसिकाइ:
योगमायाले स्वसिकाइ बाट नै आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाइन् ।
विद्रोह:
योगमायाले अध्यात्म, मनावता र सामाजिक परिवर्टनका लागि विद्रोह गरिन् ।
सञ्जाल:
योगमायाका विषयमा लेखिएको उपन्यासका बारेमा सामाजिक सञ्जालमा निकै चर्चा भयो ।
धाराप्रवाह:
योगमाया धाराप्रवाहरूपमा बोल्न सक्थिन् ।
योगसाधना:
योगमाया योगसाधना गर्ने महिला हुन् ।
निराहार:
योगमायाले योगसाधना गर्दा निराहार विधिलाई समेत अपनाएकी थिइन् ।
वर्णाश्रम:
योगमायाले छुवाछूत र वर्णाश्रम जस्ता अव्यवहारिक चलनको विरोध गरिन् ।
स्वेच्छिक:
अग्निसमाधि लिन योगमायाका भक्तजनहरूले स्वेच्छिक रूपमा नाम लेखाएका थिए ।
यज्ञस्थल:
यज्ञस्थललाई पवित्र स्थान मानिन्छ ।
स्मृति:
आज योगमाया हाम्रा स्मृतिमा मात्र रहेकी छिन ।
४. दिइएका शब्दहरु प्रयोग गरि एउटा अनुच्छेद लेख्नुहोस् ।

उत्तर: सासूससुरा भएको घर सबै दृष्टिकोणबाट राम्रो हुन्छ । बुहारीलाई सारोगारो हुँदा घरमा सासुससुराले हेर्ने गर्नुहुन्छ । नन्द आमाजूको उमेर र भाउजू वा बुहारीको उमेर समूह मिल्ने भएकाले उनीहरु मित्र साथी जस्तो व्यवहार हुन्छ । सम्धी र जेठान घरका इज्जतिला पाहुना हुन्। भदा भदैले पनि कहिलेकाही माइतीको तिर्सना मेट्छन् ।

बोध र अभिव्यक्ति

१. पाठ पढ्नुहोस् र दिइएका प्रश्नहरुकोभन्नुहोस् :
क) योगमायाको जीवनी कति अनुच्छेदमा संरचित छ ?

उत्तर: योगमायाको जीवनी नौ अनुच्छेदमा संरचित छ ।

ख)चौथो अनुच्छेदमा कतिवटा वाक्य छन् ?

उत्तर: चौथो अनुच्छेदमा २५ ओटा वाक्य छन् ।

ग) दोस्रो अनुच्छेदमा योगमायाको जीवनी कुन अवस्थामा वर्णन छ ?

उत्तर: दोस्रो अनुच्छेदमा योगमायाको जीवनीको वाल्यकालीन, वैवाहिक र पारिवारिक अवस्थामा वर्णन छ ।

घ) योगमायाको जलसमाधिको सन्दर्भ कुन अनुच्छेदमा छ ?

उत्तर: योगमायाको जलसमाधिको सन्दर्भ आठौं अनुच्छेदमा छ ।

२. दिएका वाक्यहरु जीवनको कुन अनुछेदमा छन्, पत्ता लगाउनुहोस :

उत्तर: क) चौथो अनुछेदमा
ख) तेस्रो अनुछेदमा
ग) सातौ अनुछेदमा
घ) सातौ अनुछेदमा
ङ) नवौ अनुछेदमा

३. दिएका मितिमा योगमायाको जीवनसंग सम्बन्धित कुन कुन घटना भएको हुन्, भन्नुहोस् :

(क) वि.स १९२५ : जन्म भएको एक वर्ष पछाडिको समय
(ख) वि.स. १९७३ : छोरी नैनकला र भाइका साथ मझुवावेंसी पुग्नु
(ग) वि.स. १९८२ : दास प्रथाको अन्त्य भएको घोषणा
(घ) वि.स. १९८८: उफौलीटारको योगमायाको कुटी अरुण खोलाले बगाएको
(ङ) वि.सं. १९९२ : आफ्ना अनुयायीसहित खाम्पालुङ हिमाल पार गरी तपस्या गरेकी
(च) वि.सं १९९३ : श्री ३ जुद्धसमसेरसंग भेटी आफ्ना माग राखेकी
(छ) वि.सं. १९९५ : आफ्ना माग पूरा नगरे आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गर्नु
(ज) वि.सं. १९९७ : भोजपुरकै उच्च पहाडी क्षेत्र चायाबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर तेइस दिनसम्म तपस्या गरिन्
(झ) वि.सं. १९९८ : अरुण नदीमा गई जलसमाधि लिइन्

४. दिइएका आधारमा घटनाक्रम मिलाएर लेख्नुहोस् :

उत्तर:
झ) विधवा हुनु र पुनर्विवाह हुनु,
ग) भागेर माइती जानू,
घ) आसामबाट फर्कनु,
ङ) आर्यसमाजी हुनु,
च) दीक्षा लिई सन्यासी बन्नु,
ञ) उफ्रौलीटारमा कुटी बनाउनु,
ज) निराहर, अल्पहार र जलाहार भएर तपस्या गर्नु,
छ) दासप्रथा, सतिप्रथाका विरुद्ध आवाज दिनु,
क) अग्निसमाधिको घोषणा तर असफल,
ख) जलसमाधिको तयारी र सफलता,

५. पाठको चौंथो अनुच्छेद पढ्नुहोस्‌ र सोधिएका प्रश्नहरुको छोटो उत्तर लेख्नु होस्‌।
(क) योगमायाले कुटी बनाएका ठाउँहरूको नाम लेख्नुहोस्‌।

उत्तर: योगमायाले कुटीहरु मझुवाबेंसी, उफ्रौलीटार र इर्खुवापारिको गौंडिनीमा बनाएकी हुन ।

(ख) मानिसहरू योगमायासँग प्रभावित हुनाको कारणकेहो?

उत्तर: आफ्नो जीवनबाट, व्यक्तिगत भोगाइबाट प्रप्त अनुभव, ज्ञान, मानिसहरूलाई लठ्ठ बनाउने धाराप्रवाह प्रवचन दिन सक्ने खुबी र आफ्नो कर्मबाट प्रप्त अनुभव बमोजिम पण्डितहरूसँग शास्त्रार्थ गर्ने क्षमता भएका कारण मानिसहरू योगमायासँग प्रभावित हुन्थे।

(ग) योगमायाले किन तपस्या गरेकी हुन?

उत्तर: योगमायाले बिभिन्न ठाउँमा गएर तपस्या गरेकी थिड्न्‌। उनको तपस्या गर्नुको मुख्य उद्देश्य साधनाको प्राप्ति र सबै प्रकारको मोहबाट उन्मुक्तिको चाहना थियो तर विविध मोडहरू मुख्य उद्देश्य लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राखु थियो।

(घ) "उनी कहिले निराहार, कहिले जलाहार, कहिले अल्पाहार तपस्या गर्थिन्‌" भन्नुको तात्पर्य के हो?

उत्तर: निराहार, जलाहार र अल्पाहार निकैनै कठोर कार्य हो।उनी कहिले निराहार कहिले जलाहार, कहिले अल्पाहार तपस्या गर्थिन्‌ भन्नुको तात्पर्य उनले जीवनमा कठोर भन्दा कठोर तपस्या गरेकी थिइन्‌ भन्नु नै हो।

ङ) योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरूप लिन्थ्यो होला, अनुमान गरी लेख्नुहोस्‌ ।

उत्तर: यदि योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले उग्र रुप लिन्थ्यो होला । आन्दोलनले शसस्त्र आन्दोलनको रुप लिन सक्ने प्रबल सम्भावना देखिन्थ्यो।

६. 'योगमाया छुवाछुतरहित... अविस्मरणीय रहेको छ जीवनीको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्‌ :
(क) योगमाया कस्तो समाजको खोजीमा लागिन्‌ ?

उत्तर: उनले योगसाधना, ध्यान, तपस्या, प्रवचन र सामाजिक व्यवहारका माध्यमबाट सती प्रथा दास प्रथा, छुवाछुत जस्ता कुरीतिबाट मुक्त न्यायपूर्ण समाज निर्माण गर्ने प्रयास गरिन्‌माया छुवाछुतरहित, शोषणरहित र भ्रष्टाचाररहित समाजको खोजीमा लागिन्‌।

(ख) तत्कालीन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले कसरी विद्रोह गरिन्‌ ?

उत्तर: तत्कालीन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले सामूहिक जलसमाधि लिएर विद्रोह गरिन्‌ ।

(ग) योगमायाको सम्मानमा के कस्ता कामहरू भएका छन्‌ ?

उत्तर: उनको स्मृतिमा 'सर्वार्थ योगवाणी' नामक कृतिसमेत प्रकाशन भएको छ अमेरिकी प्राध्यापक बारबरा निम्मी अजिज र बेलायती विद्वान्‌ माइकल हटका अनुसन्धानात्मक कृतिहरूमार्फत उनको अदम्य साहसको चर्चा नेपाली भूगोल नाघैर अमेरिका र युरोपसम्म फैलिएको छ उनका जीवनीमा आधारित 'योगमाया' शीर्षकको उपन्यास पनि प्रकाशित छ ।यि कार्यहरू योगमायाको सम्मानमा भएका हुन्‌।

७. दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस्‌ :
सन्न्यासी जीवन सुरु गरेसँगै योगमायामा सामाजिक चैतना सलबलायो । उनी धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षैत्रमा विद्यमान सबै खाले विकृतिहरूका बारेमा खुलेर विरोध गर्न थालिन्‌ उनी छुवाछुतलाई मानव सभ्यताको सबैभन्दा ठुलो कलङ्क ठान्थिन्‌ त्यसैले कुनै पनि सामाजिक कार्यमा मानिसहरूलाई छुत रअछुत तथा माथिल्लो जात र तल्लो जातमा छुट्याउनु घोर अपराध मान्थिन्‌।तनी परम्पराको नाममा जातका आधारमा फरक फरक कानुन प्रचलनमा रहेको त्यस समयको समाजमा छुवाछुत र जातपात नमान्नु घोर आपत्तिको विषय हुन्थ्यो । त्यस्ता व्यक्तिहरू विभिन्न दण्डका भागी हुन्थे । त्यस्तो कठोर राणाकालीन समयमा पनि उनले छुवाछुत तथा वर्णाश्रमको खुलेर विरोध गरिन्‌ पूजा आराधना, भजन, कीर्तन, प्रसाद वितरण र ग्रहणमा तिनीहरूलाई सहभागी गराएर उनले आफ्नो धारणालाई व्यवहारमा पनि उतारिन्‌ । उनका थुप्रै भक्तहरू कथित दलित पनि थिए र उनीहरू सबै जना विनाभेदभाव सबै गतिविधिमा संलग्न हुन सक्थे।उनको आश्रममा प्रचलित यस किसिमको छुवाछुतरहित वातावरण देखैर कथित सनातनीहरू योगमायाको खुब आलोचना गर्थे ।

(क) योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?

उत्तर: धार्मिक कार्यमा सकृय भए पनि उनले कुनै प्रकारको विकृतिलाई अँगालिन्न। धर्मशास्त्रको नाममा भएको छुवाछुत, तल्लो जात माथिल्लो जातको नाउँमा भएको निर्मल दमनको खुलेर बिरोध गर्थिन्‌। पूजा, आराधना, भजन, कीर्तन, प्रसाद वितरण र ग्रहणमा सबैलाई सहभागी गराएर उनले आफ्नो धारणालाई व्यवहारमा पनि उतारिन्‌। आफ्नो सबै जातजातिका भक्तजनहरूलाई सबै खालै गतिविधिमा संलग्न गराउँथिन्‌ संमग्रमा हेर्दा उनले धर्मको नाउँमा भएको विकृतिको बिरोध र आलोचना गर्थिन्‌ नको धर्मसम्बन्धी मान्यता विकृतिको अन्त्य प्रकृतिको थियो ।

(ख) पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस्‌ ।

उत्तर: योगमायाले सबै क्षेत्रमा देखिएको विकृतिहरुको खुलेर बिरोध गर्थिन्‌। स्वअनुभव र स्वसिकाईका माध्यमबाट अध्यात्म, मानवता र सामाजिक परिवर्तनको पक्षमा आवाज उठाएर विद्यमान कुरीति, महिला विभेद र जातीय कुरीतिका विरुदध धेरै आवाज उठाइन्न। जीवनमा काम, क्रोध, लोभ मोहबाट मुक्त भई वैराग्यलाई अँगालेर विद्रोहको नयाँ शैलीलाई अपनाउने योगमायाले समाज सुधारमा अविस्मरणीय प्रयास गरेकि थिइन्‌। धर्मको नाममा भएको छुवाछुत, तल्लो जात माथिल्लो जातको नाउँमा भएको निर्मल दमनको खुलेर बिरोध गर्थिन्‌।पूजा, आराधना, भजन, कीर्तन, प्रसाद वितरण र ग्रहणमा सबैलाई सहभागी गराएर उनले आफ्नो धारणालाई व्यवहारमा पनि उतारिन्‌। आफ्नो सबै जातजातिका भक्तजनहरुलाई सबै खाले गतिविधिमा संलग्न गराउँथिन्‌बालविवाह गर्नु हुँदैन भनी उनले विरोध गरेकी थिइन्‌ तर उनी स्वैच्छिक विधवा विवाहको पक्षमा थिइन्‌। सतीप्रथा र दास प्रथाको उनी घौर विरोध गर्थिन्‌। समाजका ठूलाबडा सामन्तहरुले गरिबको ढाड सेक्ने गरी व्याज लगाउने कार्यको उनी खुलेर बिरोध गर्थिन्‌। उनले अधर्मको अन्त्य होस्‌, धर्मराज्य स्थापना होस्‌, मुक्तिको दवार खुलोस्‌ भन्दै अरुण नदीमा समर्पित अएर जलसमाघि लिड्न्‌।तसर्थ उनलै धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा ठूलो विद्रोह गरी जनताको पक्षमा लडने प्रयास गरिन्‌ ।

८. उत्तर दिनुहोस्‌: (क) योगमायाको बाल्यकाल र किशोरावस्था कस्तो रह्यो ?

उत्तर: योगमायाको जन्म वि.सं १९२५ मा भएको थियो।सामाजिक परम्पराअनुसार सात वर्षको कलिलो उमेरमा नै उनको विवाह भयो । पति भनेर चिन्न नपाउँदै विवाह गरेको दुई वर्षमा उनी विधवा भइन्‌। बाल स्वभाव र गुणका आधारमा उनले घरपरिवार र समाजको तिरस्कार भोग्नुपन्यो । यही कारण उनी शारीरिक र मानसिक यातनाको समेत सिकार भड्न्‌। यसरी अत्याचारका सबै खाले स्वरूपलाई सहँदै उनी चौध वर्षको उमेरसम्म घरमै बसिन्‌। तत्कालीन सामाजिक परिवेशमा सासू र नन्दको प्रताडना सहन नसकेपछि उनी भागेर माइत गड्न्‌ माइतीमा पनि उनले घर गरिखान नसकेकी भनेर प्रशस्त निन्दा सहनुपन्यो । बुबाआमा र माइतीतिरका सबैले त्यस बेलाको सामाजिक प्रचलअनुसार उनलाई आफ्नै घर फर्काउन प्रयत्न गरियो। यसरी माइति र घर दुवैतिर बाट उपेक्षित योगमायाको बाल्यकाल र किशोरावस्था सङ्कट र दुःखमा बित्यो ।

(ख) योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन्‌ ?

उत्तर: योगमाया सामाजिक क्रियाकलापमा सहभागी हुन थालिन्‌। त्यस समयमा सबैभन्दा प्रचलित सामाजिक गतिविधिका रुपमा पूजा प्रार्थना आदि रहेका थिए । उनले यस्ता क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै नेतृत्वको भूमिका निर्वाह गरिन्‌ यस्ता सामाजिक, धार्मिक कार्य, आर्यसमाजीहरुको सुधार चैतना र साधुसन्तहरूको सङ्गतले योगमायामा जीवन र समाजलाई देने नयाँ चैतना जागृत भड्रहैको थियो । यसरि उनि आध्यात्मिक विषयमा आकृष्ट भइन्‌ ।

ग) योगमायाको साधना र तपस्याका बारेमा उल्लेख गर्नुहोस्‌ ।

उत्तर: उनले तपस्याका निराहार, जलाहार, अल्पाहार जस्ता विधिहरुको प्रयोग गर्थिन्‌। शरीरलाई मौसम र वातावरण अनुसार समायोजन गर्न कहिले कैयौ दिन अरुण नदीमाआधा शरीर डुबाएर बस्थिन्‌ कहिले गर्मी याममा पञ्चाग्नि ताप्थिन्‌। वि.सं.१९९२ मा आफ्ना अनुयायीसहित खाम्पालुङ हिमाल पार गरेर तपस्यासमेत गरिन्‌ । यतिमा मात्र उनको साधनाको यात्रा टुङ्गिएन । वि.सं.१९९७ मा उनले भोजपुरकै उच्च पहाडी क्षेत्र चायाँबोटे सिरान तोरीबारीको छैउको अग्लो थुम्कामा बरोर तेइस दिन सम्म तपस्या गरिन्‌ ।

घ) योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो?

उत्तर: योगमायाका दृष्टिमा कर्तव्य नै धर्म हो । उनी धर्मलाई मानव हित मान्थिन् र धर्मलाई मानवताका पक्षबाट हेरिनुपर्छ भन्ने मान्यता राख्थिन्। धर्मलाई राज्यले पनिमानवताको कोणबाट हेर्नुपर्छ भन्‌ धारणा राख्नै योगमाया समन्यायमा जोड दिन्थिन्‌ । यसका लागि उनले तत्कालीन शासकहरूसँग आग्रह पनि गरिन्‌ र सत्य धर्मको भिक्षा माग्न मानिसहरू पनि पठाइन्‌ । पटक पटक सरकारले वचन मात्र दिने तर कार्यान्वयन नगर्ने भएपछि वि.सं.१९९५ कार्तिक २७ गते शनिवार एउटा विद्रोहको घोषणा गरिन्। अग्निसमाथिको घोषणामितिभन्दा एक दिन पहिले नै धनकुटा र भोजपुरबाट समेत खटिगएको ठुलो फौजले घेरा हाली उक्त अग्निसमाधिमाथि प्रतिबन्ध लगायो ।यसरि योगमायाको अग्निसमाधिको योजना असफल भयो।

(ङ) योगमायाको जीवनीबाट पाइने शिक्षा के हो?

उत्तर: औपचारिक शिक्षा आर्जन गर्ने अवसर नपाए पनि योगसाधना, तपस्या, ध्यान, चिन्तन र प्रवचनका माध्यमबाट सामाजिक सचेतना विकास गरि विकृतिको बिरुदध अगाडी बढेर आदर्श जीवन जिउन सकिन्छ। सँधै समाजमा हुने विकृतिको खुलेर बिरोध गर्न पर्छ भन्ने सन्देश योगमायाको जीवनीबाट पाउन सकिन्छ ।

९. व्याख्या गर्नुहोस्‌:
क) यी तपस्याका विविध ……………………
…………चाहना राख्नु थियो ।

उत्तर: प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित `योगमाया´ नामक जेवानीबाट लिइएको हो । यस जीवनीका लेखक यसै पाठ्यपुस्तकका लेखक हुन् । प्रस्तुत व्याख्यांश योगमायाको योगसाधनाको चर्चा गर्ने प्रसङ्गमा आएको हो ।
योगमायाको विवाह सामाजिक प्रचलन अनुसार ७ वर्षको उमेरामा भएको थियो । विवाह भएको २ वर्ष उनको पतिको मृत्यु भयो । उनी किशोरावस्थामै समाजको र घरपरिवारको तिरस्कारले गर्दा शारीरिक र मानसिक यातनाको समेत सिकार भइन् । समाज र घरपरिवार बरले धेरै अत्याचार गर्न थालेपछि उनी आसाम भन्ने ठाउँमा गइन् । त्यहाँ उनको दोस्रो विवाह भयो । विवाह गरेको केही वर्षपछि फेरि उनको पतिको मृत्यु भयो र अकस्मात डोटेल थरका एउटा व्यक्ति आइपुगे। ती व्यक्तिले विवाहको प्रस्ताव राखे तर उनले स्वीकार गरिन् । उनीहरूको ‘नैनकला’ नामकी छोरी पनि जन्मिइन । पहिला चुपचाप बस्ने योगमाया विवाहपछि सामाजिक क्रियाकलापमा पनि सहभागी हुन थालिन् । यसैबिच उनी प्युठानको स्वर्गद्वारीमा रहेको महाप्रभु अभयानन्द द्वितीकहाँ पुगी दिक्षा लिइन् र सन्यासी बनिन् । सन्यासी बनेपछि घरायसी वातावरण त्याग गर्नुपर्ने भएकोले उनी कुनै शान्त ठाउँमा कुटि बनाएर एक्लै बस्न थालिन । जीवनका लोभ र मोहबाट मुक्त भइन् र उनले समाज सुधारको चाहना राख्न थालिन् । समाजमा भएको विभिन्न कुरिती, कुसंस्कृति, धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षेत्रका विकृतिहरू प्रति विरोध गर्न थालिन र ती कुरिती हटाउन थालिन् ।
त्यसैले योगमायाले आफ्नो समाजसुधारको चाहानालाई मुर्त रुप दिन जीवनमा लोभ र मोह बाट मुक्त भइ कठोर भन्दा कठोर तपस्याका विभिन्न मोडहरुलाई अङ्गाल्दै विद्रोह गरीन् । यसबाट व्यक्तिगत स्वार्थबाट माथी उठी राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठान्नुपर्ने सन्देश पाईन्छ ।

१०. सत्यनिष्ठा र समतामूलक समाजको स्थापनामा योगमायाले दिएको योगदानको चर्चा गर्नुहोस्‌ ।

उत्तर: सतिप्रथा, दासप्रथा जस्ता कुरीतिले जरा गाडेको समाजमा छुवाछुत र लैङ्गिक विभेद त सामान्य नै देखिन्छ।प्रय: प्रत्येक घरको कथा तर परम्परा जस्तै बनेको कूरीतिहरुले समाजलाई भित्रैबाट खोक्रो बनाउँदै आएको थियो। कलम कापि समाउने सानो उमेरमा विवाह गरेर घर समाल्न पर्ने त्यसमाथि पति भनेर चिन्न नपाउँदै विधुवा भएर बस्न पर्ने वा सति जान पर्ने जस्तो घिनलाग्दो क्रीति या पुरुषप्रधान समाजको निर्मल दमन भन्ने कुरामा पनि सन्ध्य छ। बाल स्वभाव र गुणको आधारमा घर परिवारको र समाजको तिरस्कार भोग्नुपर्ने, विधुवा भएसि झन्‌ सासु र नन्दको प्रताडना साथै नामको अगडि अल्छिनाको मोहर लाग्ने समाजमा जीवनयापन गर्नु तातो कोइलामा नाङ्गो खुट्टा हिड्नु भन्दा कम थिएन। नारीले आवाज उठाउँदा पोथी बासैको भन्ने समाजको कालखण्डमा वि.सं १९२४मा जन्मिएकि योगमायाले पनि त्यस समजमा महिलाले भोग्नु पर्ने सबै कष्ट भोग्नु पर्यो। बर्ष को कलिलो उमेरमा विवाह, पति भनेर चिन्न नपाउँदै विधुवा, सासु र नन्दको शारीरिक तथा मानसिक यातना, समाजको तिरस्कार यस्ता घटना पछि विद्रोहको बाटो समाएर न्याय, सत्यको पक्षमा, अधर्म को अन्त्य होस्‌ भन्ने मान्यताका साथ विद्रोह सुरु गरिन्‌।
योगमायाले सबै क्षेत्रमा देखिएको विकृतिहरुको खुलेर बिरोध गर्थिन्। स्वअनुभव र स्वसिकाईका माध्यमबाट अध्यात्म, मानवता र सामाजिक परिवर्तनको पक्षमा आवाज उठाएर विद्यमान कुरीति, महिला विभेद र जातीय कुरीतिका विरुदध धेरै आवाज उठाइन्न। जीवनमा काम, क्रोध, लोभ मोहबाट मुक्त भई वैराग्यलाई अँगालेर विद्रोहको नयाँ शैलीलाई अपनाउने योगमायाले समाज सुधारमा अविस्मरणीय प्रयास गरेकि थिइन्। धर्मको नाममा भएको छुवाछुत, तल्लो जात माथिल्लो जातको नाउँमा भएको निर्मल दमनको खुलेर बिरोध गर्थिन्। पूजा, आराधना, भजन, कीर्तन, प्रसाद वितरण र ग्रहणमा सबैलाई सहभागी गराएर उनले आफ्नो धारणालाई व्यवहारमा पनि उतारिन्। आफ्नो सबै जातजातिका भक्तजनहरुलाई सबै खाले गतिविधिमा संलग्न गराउँथिन्।बालविवाह गर्नु हुँदैन भनी उनलै विरोध गरेकी थिइन् तर उनी स्वैच्छिक विधवा विवाहको पक्षमा थिइन्। सतीप्रथा र दास प्रथाको उनी घौर विरोध गर्थिन्। समाजका ठूलाबडा सामन्तहरुले गरिबको ढाड सेक्ने गरी व्याज लगाउने कार्यको उनी खुलेर बिरोध गर्थिन्। उनलै धार्मिक,सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा ठूलो विद्रोह गरी जनताको पक्षमा लडने प्रयास गरिन्।यसरि सत्य निष्ठा र सममुलक समाजको स्थापना गर्न उनिरउनका भक्तहरुले गरेको बलिदान अतुलनीय रहेको छ |

११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुकोलेख्नुहोस् । क) सञ्चारका माध्यम तथा यातायतका साधनाले संसारलाई कसरी नजिक बनाएको छ ?

उत्तर: सञ्चार माध्यमका साधनले संसारका कुनाकुनामा तुरुन्तै सम्पर्क गरी घरैमा बसी बसी कुराकानी गर्न, विश्वमा भएका घटनाहरूको समाचार हेर्न र सन्न सक्ने भएर संसारलाई नजिक बनाएको छ ।

ख) यन्त्रमानवले मानिसलाई कसरी सघाउँछ ?

उत्तर: यन्त्रमानले मानिसलाई वैज्ञानिक, औद्योगिक, घरायसी आदि विविध क्षेत्रमा मानिसले जस्तै काम गरेर सघाउँछ।

ग) वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई कस्तो बनाएको छ ?

उत्तर: वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई धरायसी कामदेखि लिएर कृषि, उद्योग वाणिज्य आदि क्षेत्रमा सुखी, सम्पन्न र सुविधायुक्त बनाएको छ ।

घ) `वैज्ञानिक´ र `अनुसन्धान´ शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् ।

उत्तर: वैज्ञानिक : ( विज्ञान + इक )
अनुसन्धान : ( अनु + सन्धान )

१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुकोदिनुहोस् : क) सरकारले किन निषेधाज्ञा जारी गरेको छ ?

उत्तर: सरकारले महामारीको समय भएकाले निषेधाज्ञा जारी गरेको छ ।

ख) जयमङ्गलले कसरी सनाखत गरेर हिँड्छ ?

उत्तर: जयमङ्गलले हदम्यादको कुरै नबुझी सनाखत गरेर हिँड्छ ।

ग) माथिको पाठमा `ऊ´ भनेको को होला ?

उत्तर: माथिको पाठमा ऊ भनेको जयमङ्गल हो ।

घ) शब्दकोशको सहायता लिई माथिका पाठमा आएका गाढा शब्दहरुको अर्थ लेख्नुहोस् । उत्तर:
शब्द अर्थ
निषेधाज्ञा कुनै सङ्कटको स्थितिमा मालसमानको आयातनिर्यात परिवहनमा प्रतिबन्ध लगाइने सरकारी आदेश
इजलास अदालत, न्यायालय
कायलनामा कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत, अपराध
गैरन्यायिक न्यायको विपरीत भएको
उत्प्रेषण तल्लो तहको अदालतले गरेका कारवाईको पुनरावलोकन गर्ने समादेश
मुल्तबी अर्को कारवाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको मुद्दामामिला
जमानी जमान गर्ने व्यक्ति
हदम्याद आखिरी म्याद
सनाखत अड्डाखानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम मैले गरेको हु भन्ने लेखी गरिने सहीछाप
पेटबोली निवेदनपत्र, फिरादपत्र
वन्दसवाल व्यक्तिको वकपत्र
सकारनामा मन्जुरनामा
दरपिठ अड्डाअदालतमा दर्न लगिएका फिराद वा नालिस
महामारी सङ्क्रामक
हाजिरजमानी कुनै अपराधमा लागेको मानिस अड्डाले खोजेको बखत हाजिर गराउँला भनी बिचको मानिसले आफू जमानी भइ लेखिदिने कागज

व्याकरण

नामयोगी

१. दिइएका वाक्यमा नामयोगी पहिचान गरी लेख्नुहोस् ।

उत्तर:
क)उनीहरुसित बन्दुक छ । सित ख) छानामाथि घिरौंला छ । माथि ग) रमेश घाटतर्फ लाग्यो । तर्फ घ) रुखबाट पात झर्‍यो । बाट ङ) ऊवाहेक कोही बोलेलन् । वाहेक च) जीवनभरि सुख पाइएन । भरि

२. दिइएको जीवनीको अंशबाट दशओटा नामयोगी टिप्नुहोस् ।

उत्तर: अनुसार, सम्म , बाट , सँग , पछि , बाहिर, सहित, प्रति, माथि, पट्टी ।

३. `योगमाया´ पाठबाट दशओटा नामयोगी टिपी वाक्यमा प्रयोग हर्नुहोस् ।

उत्तर: सम्म : मेरो घरबाट विद्यालयसम्म पुग्न एक घण्टा पैदल हिडेर जानुपर्छ ।
बाट : रुखबाट पात तल खस्यो ।
सित : रामले पैसा नभएर आफ्नो साथीसित सापट माग्यो ।
सँग : हामी आफ्नो हकमा लड्दा कोहीसँग पनि डराउनु हुँदैन ।
वाहेक : सीतावाहेक कोही बोलेनन् ।
भरि : आज रातभरि पानी पर्यो ।
तर्फ : हरि सथीको घरतर्फ लाग्यो ।
माथि : टेबलमाथि किताब छ ।
समेत : घरबाट आमासँग बहिनी समेत पोखरा आएकी रहेछिन् ।
अनुसार : तिमी मैले भनेअनुसार काम गर ।

क्रियायोगी

१. दिइएका क्रियायोगी पहिचान गरी लेख्नुहोस् ।

उत्तर: हिजो, पारि, भर्खर, त्यता, ढिलो, ज्यादै, बिस्तारै, डराइडराइकन, पढ्न आदि ।

२. दिइएको अनुच्छेदबाट बाह्रओटा क्रियायोगी टिप्नुहोस् ।

उत्तर: अस्ति, निकै, ढिलो, घर, गल्लीमा, यत्रतत्र, राति, अबेर, लडखडाउँदै, त्यहाँ, ज्यादै, राम्ररी ।

३. पाठमा प्रयुक्त दसओटा क्रियायोगी टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।

उत्तर:
घरमै : योगमाया मानिसक र शारीरिक यातना सहदैँ १४ वर्षसम्म घरमै बसिन् ।
माइत : सासू र नन्दको यातना सहन नसकेछि योगमाया माइत गएकी थिइन् ।
पलाउन : योगमायामा बिस्तारै विद्रोहको चेतना पलाउन थाल्यो ।
पुगेर : योगमाया आसाम पुगेर एक्लो महशुस गरिन् ।
फर्काउन: योगमायालाई आफ्नै घर फर्काउन प्रयत्न गरियो ।
नपाउँदै : योगमाया पति भनेर चिन्न नपाउँदै विधुवा भइन् ।
गर्न : योगमायाले नयाँ समाजको निर्माण गर्न धेरै तपस्या गरेकी थिइन् ।
खुलेरै : चन्द्र समसेरको दासप्रथा उन्मुलनको घोषणालाई योगमायाले खुलेरै प्रशंसा गरीन्।
बिस्तारै : योगमायाले बिस्तारै विद्रोहको आवाज उठाउन थालिन् ।
जमिनमा : उफ्रौलिटारमा रहेको फराकिलो जमिनमा योगमाया सरिन् ।

संयोजक

१. दिइएका वाक्य पढी संयोजक पहिचान गर्नुहोस् ।

उत्तर:
क) र
ख) तापनि
ग) एवं
घ) वा
ङ) अनि
च) तर

२. योगमाया पाठबाट दशओटा संयोजक टिपोट गर्नुहोस् :

उत्तर: र, तथा, त्यसैले, तर, भन्ने, पनि, भनि, तथापि, अनि, जहाँ-त्यहीँ ।

३. दिइएका संयोजक राखी वाक्य बनाउनुहोस् ।

उत्तर: नत्र : तिमी पढ्न जानेभए जाऊ नत्र म बुबालाई भनिदिन्छु ।
किन्तु : देश विकासका लागि असल नेता हुनुपर्छ किन्तु देशमा असल नेताको अभाव देखिन्छ ।
यद्यपि : यद्यपि मेरो घर घोराही होइन , तर म त्यहीँ बस्ने गर्छु ।
पनि : म पनि तिमीसँग खेल्न जान्छु ।
किनभने: राम आज पढ्न गएको छैन किनभने ऊ बिरामी छ ।
कि…कि : कि काम गर कि राम्रोसँग पढ ।
तथापि : राम विदेश जान्छु भन्थ्यो तथापि व्यवसाय गरेर बसेछ ।
न….न : न तिमी राम्रोसँग पढ्छौ न व्यवसाय गर्छौ ।
भान्ने : पढेर जागिर नै गर्नुपर्छ भन्ने सोचाइ गलत हो ।

४. किन्तु , त्यसैले, जब…तब, किनभने, जहाँ …त्यहाँ प्रयोग गरी आफ्ना परिवारका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।

उत्तर: म परिवारको पहिलो सदस्य हुँ किन्तु मैले पारिवारिक दायित्व अझै पनि बोध गर्न सकेको छैन । मेरो बुबा जागिरे हुनुहुन्छ त्यसैले मलाई आर्थिक समस्या पनि परेको छैन । जब बाबा अफिसबाट घर फर्किनुहुन्छ तब सधैं फलफूल किनेर ल्याउनुहुन्छ । हामी शनिबार घुम्न जान्छौं किनभने बाबाको अफिस छुट्टी हुन्छ । हामी जहाँ घुम्न जान्छौं त्यहाँ मैले कुनै न कुनै सामान किनेकै हुन्छु ।

विस्मयादिबोधक

१. दिइएका वाक्य पढी विस्मयादिबोधक पहिचान गर्नुहोस् ।

उत्तर:
क) आहा!
ख) हरे!
ग) छ्या!
घ) आत्था!
ङ) स्याबास!

२. दिइएका खाली ठाउँमा मिल्ने विस्मयादिबोधक राखी वाक्य पूरा गर्नुहोस् ।

उत्तर:
क) उफ्! कस्तो गर्मी ।
ख) धिक्कार! तिम्रो यो जिन्दगीलाई ।
ग) आहा! कति सुन्दर अक्षर ।
घ) आत्थु! कति चिसो हावा ।
ङ) छि:! कस्तो दुर्गन्धित कोठा ।

३. दिइएका विस्मयादिबोधक राखी वाक्य बनाउनुहोस् ।

उत्तर:
क) आम्मा धन्नै लडेको ।
ख) स्याबास! तिमीले राम्रो काम गर्यौ ।
ग) आब्बुइ! कति ठूलो सर्प ।
घ) छिछी! कति फोहोर कोठा ।
ङ) ऐया! कस्तो पेट दुख्यो ।

निपात

१. दिइएका वाक्य पढी निपात पहिचान गर्नुहोस् ।

उत्तर:
क) पो
ख) त
ग) रे
घ) लौ
ङ) क्यार

२. दिइएको खाली ठाउँमा मिल्ने निपात राखी वाक्य पूरा गर्नुहोस् ।

उत्तर:
क) खै , मलाई केही थाहा छैन ।
ख) ल , आजलाई बिदा ।
ग) ऊ त आजै आउँछ ।
घ) ऊ डाक्टर नै हुन चाहन्छ ।
ङ) तँलाई पो केही चाहिँदैन ।
च) तिमी पनि हिजो आयौ र ?
छ) उनीहरु सहरमै बस्छन् रे ।

३. दिइएका निपातहरुलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

उत्तर:
रे : तिम्रो त आजकल अनलाइनबाट पढाई हुन्छ रे ।
क्यारे : भाइ त आज खेल्न जान्न क्यारे ।
है : नानू चाडै घर जाऊ है ।
अरे : श्याम त विदेश गयो अरे ।
नि : मपनि तिमीसँग जान्छु नि ।
पो : तिमीलाई पो केही चाहिदैन ।
ज्यादै : आज म ज्यादै खुशी छु ।
ला : ला भात बसाएर भाहिर आएको भित्र भात त डढेछ ।
खै : खै मैले राखेको सामान कता छ ।

पदवर्गसम्बन्धि थप अभ्यास

१. रेखाङ्कन गरिएका पदहरुको पदवर्ग पहिचान गरी लेख्नुहोस् ।

क)
स्याबास: विस्मयादिबोधक
नै : निपात
भन्ने : संयोजक
विश्वास : नाम
त्यो : विशेषण
झलझली : क्रियायोगी
ख)
तिर : नामयोगी
फर्केर : क्रियायोगी
सक्छ : क्रियापद
अरुहरु : सर्वनाम
अनौठो : विशेषण
र : निपात
ग)
प्रचुर : विशेषण
तापनि : संयोजक
यिन : सर्वनाम
सम्म : नामयोगी
राम्ररी : क्रियायोगी
शङ्का : नाम
घ)
गरिबको : विशेषण
माथी : क्रियायोगी
सुन्दर : विशेषण
किनभने : संयोजक
सँग : नामयोगी
ङ)
वाटाभरि : क्रियायोगी
सामल : नाम
अनि : संयोजक
आइपुगेर : क्रियायोगी
हामी : सर्वनाम
कहाँ : क्रियायोगी
भाग्यो : क्रियापद
च)
अग्ला : विशेषण
कलकल : क्रियायोगी
सँग : नामयोगी
सबै : विशेषण
पर्यटक : नाम
स्वागत : नाम
र : निपात
छ )
अरु : सर्वनाम
सर्वथा : क्रियायोगी
हुन्छ : क्रियापद
तर : संयोजक
पूर्वक : नामयोगी
यो : विशेषण
यिनी : सर्वनाम
ज )
आहा : विस्मयादिबोधक
यहाँ : सर्वनाम
असाध्यै : क्रियायोग
ी सुनाउनुभयो : क्रियापद
भनेर : संयोजक
उन : सर्वनाम

रुपायन

२. दिइएको अनुच्छेदलाई स्त्रीलिङ्गमा परिवर्तन गर्नुहोस् :

उत्तर: भान्जी बजार गइन् । उनले त्यहाँ साथीहरुलाई भेटिन् । साथीहरुसँग धेरै बेर कुराकानी गरीन् । कुराकानी कै क्रममा उनले समय वितेको पत्तै पाइनन् । उनी हतार हतारकिनमेल गरेर घर फर्किन्।

३. दिइएको अनुच्छेदलाई तृतीय पुरुषमा परिवर्तन गर्नुहोस् :

उत्तर: विद्यालयमा पुगेर उनले सबै सामानकोनिरीक्षण गरे । त्यसपछि शिक्षकको निर्देशनअनुसार उनीहरुले परियोजना कार्य गर्न थाले । यश क्रममा उनीहरुले नयाँ नयाँ वैज्ञानिक तथ्यहरु फेला पारे ।

Getting Info...

1 comment

  1. If You Want The PDF File Just Comment Down.
Please do not enter any spam link in the comment box.
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.