संस्कृतिको नयाँ यात्रा
-सुधा त्रिपाठी
संस्कृतिको नयाँ यात्रा सिर्सकको निवन्धको रचना निवन्धकार सुधा त्रिपाठीले गरेकी हुन् | निबन्धकारले नेपालमा बसोबास गर्ने बिभीन्न जात ,जाति र तिनका संस्कृतिको बारेमा यस निबन्धमा उल्लेख गरेकी छिन् | बाल्यकालमा पहाडको एकल संस्कृतिमा रमाएकी लेखिकाले आध्ययनक क्रममा आनेकौं संस्कृतिका साथीहरुलाई भेट्ने र उनीहरुको संस्कृतिलाई नजिकैबाट नियाल्ने राम्रो अभसर पायिन् | उनले नेपालत बहुल संस्कृतिको मुलुकपो रहेक्ष भन्ने थाहा पाउनुको साथै रमाउने अभसर पनि पाएकी थिन् | तेस्पछी बल्ल उनले नेपालत बहुल संस्कृतिको मुलुक रहेछ भन्ने थाहा पाईन|
नेपालमा वयेको सभै संस्कृति राम्रो र हाम्रो भएको कुरा निबन्धमा व्यक्त गरिएको छ | हामीले अरुको संस्कृतिलाई पनि आफ्नै ठान्नु पर्छ | विभेदको संस्कृतिलाई आन्त्य गर्नुपर्छ | आवस्यक ठाउँमा आलोचक पनि बन्नुपर्छ | स्वोत्रनतता प्राप्ति र विभेदको आन्त्य गर्न योगमाया, मङ्गलादेबी र साहना प्रधानले विद्रोह गरे | लेखिका स्वयम पनि जेलमा परिन् | व्यवस्ता बदल्न र सुन्दर संस्कृतिको स्थापना गर्न नारी पुरुषलेनै योगदान दिनुपर्छ | अभ पनी पुरानै संस्कृतिलाई समात्यौँ भने परिभर्तन हुन सक्दैन | संस्कृतिलाई नयाँ ढङ्गले व्याख्या गर्दै नविन संस्कृतिक यात्रा तय गर्नुपर्दछ भन्ने भाव निबन्धमा व्यक्त गरिएको छ |
अभ्यास:
क)जीवनलाई किन यात्रा भनिएको हो ?
उत्तर: जीवन भोगाई र बुझाईको गतिशील श्रीङ्गखाला हो | र यस शृंङ्गखालामा हाम्री यात्री भएको हुनाले ,जीवनलाई यात्रा भनिएको हो |
ख) आनुच्छेदको आधारमा म पत्रलाई चिनाउनुहोस|
उत्तर: म पात्र पहाडमा हुर्किएको र प्रकृतिको काखामा रमाउने खालको मान्छे रहेको तर सहर छिरेसी घुलमिल हुन गारो भएको कुरा यस अनुच्छेदम प्रस्तुत गरिएको छ |
ग) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङ्लो भनिएको हो?
उत्तर: साङ्लो भन्नाले धेरै वोटा फलाम जोडेर बनाइएको डोरी हो | यस्तैगारी नेपालमा पनि हरेक चिजमा विविधता छ ,जस्तै पर्याबरड,जाति धर्म सम्प्रदाय | यस्तै खालको विविधतामा पनि एकता पहिन्छ हाम्रो देश नेपालमा | यसै कारण नेपालको जीवनलाई विविधताको सुन्दर साङ्लो भनिएको हो |
घ) आनुच्छेदमा नेपालमा रहेको कुन कुन संस्कृति उल्लेखित छन् ?
उत्तर: आनुच्छेदमा नेपालमा भएको सभै संस्कृतिको उल्लेख गरिएको छ |
६) दिइएको निबन्धांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस :
अ] जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?
उत्तर:आनुच्छेदमा बताए आनुसार प्रश्न गर्नु आलोचना गर्नु हो | हुन पनि हो , आफ्नो मनमा लागेको प्रश्न उठाउने र सोध्ने बानीले हामीमा के सहि र के गलतको चेतना बढ्छ र अनि मात्र आलोचना गर्ने र विद्रोहको चेतना बढ्छ |
आ] निबन्धांशमा कस्तो संस्कृतिको परिकल्पना गरिएको छ?
उत्तर: निबन्धमा समतामुलक र स्वोत्रनता संस्कृतिको परिकल्पना गरिएको छ|यस्तो समतामुलक समाजको निर्माड गर्न विद्रोहको आवस्यकता पर्छ| यस्तो समाजको निर्माड भएपछि मात्र सभै किसिमको जातीय ,धार्मिक असमानताको संस्कृतिको आन्त्य हुन्छ |
७) दिइएको निबनधांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस :
अ] संस्कृत भनेको के हो?
उत्तर: संस्कृति भनेको हाम्रो जीवनशैली हो,हाम्रो जिवन जिउने तरिका हो | परापुर्खाको पाला देखि निरन्तर गर्दै आएको क्रियाकलाप हो | संस्कृति भनेको हाम्रो परिचय ,पहिचान र आनुभुती हो|
आ] संविधानले सुनिश्चित गरेको संस्कृतिक विषयहरू के के हुन् ?
उत्तर:लैङ॒गिक,वर्गीय वा जातीय रुपमा सभैको समान हक र अधिकार रहने र कसैमाथि पनि यसको आधारमा विभेद गर्नु कानुनी रुपमा दण्डनीय हुने व्यवस्ता संविधानले गरेको छ |
८) उत्तर लेख्नुहोस्:
क)नेपालमा क कस्ता सांस्कृतिक विविधता छ?
उत्तर:संस्कृती भनेको हाम्रो परम्परा हो,हाम्रो परिचय ,पहिचान,र आनुभुती हो | व्यवहारमा ल्याइएको र पुस्ताबाट हस्तान्तरण गरिएको संस्कृती जातिय,बहु भाषिक,बहुसांस्कृतिक हुने गर्छन् | हिमाल,पहाड,तराईका सबै नेपालीहरुको आफ्नै जिबनपद्दती आनुशारको आफ्नै मौलिक रितिरिवाज ,चलन ,परम्परा हुन्छन् | हरेक जातजातिको आफ्नै भाषा,दर्शन ,विश्वास हुन्छन् | जातीय विविधता भीत्रनै संस्कृतिक विविधता हुन्छ | यस्ता वहुजातिय नेपालीहरुले आफ्नै आफ्नै किशिमका चाड पर्व मनाउने गर्छन् | सभै आफ्नै चाडपर्वमा रमाएनी, यहाँ एक अर्काको चाडप्रति पनि उत्तिकै सम्मान छ |यहाँ रोधिमा रमाउने मन्छे भोजपुरी गीतमा पनि नाच्छ ,मारुनीको नाच संस्कृत पाठ गर्नेलेनी हेर्छ र रमाँउछ|नेपालमा यसै किसिमको संस्कृतिक विविधता छ |
ख) श्रम र संस्कृति कसरि अन्तरसम्बन्धित हुन्छन् ?
उत्तर : श्रम मानिसको उन्नति र प्रगतिको आधार मात्र नभएर संस्कृतिको उपज पनि हो | श्रम गर्नु भनेको धर्म गर्नु हो र धर्मलाई संस्कृतिको रुपमा लिग्न सकिन्छ| श्रम भनेको ज्ञान ,विज्ञान,नीति हो र यो मनिषको जिवन पददती पनि हो | श्रमले मनिसको जिवन शैलीमा प्रभाव पारेको हुन्छ | यसैलेनै मानिसको बोलि ,विचार ,परम्परा ,धर्ममा असर पार्छ | र यो सबै कुराहरु हाम्रो संस्कृति हुन् | एक हिसाबले श्रम गर्नुनै संस्कृति हो र देशको उन्नतिको लागि श्रम र संस्कृति दुइटैको ठुलो योगदान हुन्छ |
ग) न्यायपुर्ण संस्कृतको निर्मण कसरी गर्न सकिन्छ ,निबन्धका आधारमा लेख्नुहोस ;
उत्तर: हाम्रो देश नेपाल बहुजाति , बहुभाषी ,बहुसांस्कृतिक वीवीधताले भरिएको सुन्दर फुलबारी हो | यो फूलबारीमा भएको विविधतामये फुलहरुको बिचको साझा फुल्नै नेपाली संस्कृती हो | त्यसैले न्यायपूर्ण समाजको निर्माण गर्न धनि र गरीब बिचको बिवेध ,जातिय विवेध संस्कृतिक विवेधको आन्त्य गर्नु पर्छ | समाजमा लिङ्ग , रंग ,धर्म ,आधिका आधारमा विकृतिको आन्त्य गरि संबिधानले सुनिस्चित गरेको सभौ मौलिक हक र अधिकार मिल्ने वाताबरणको रचना गरेमा मात्र न्यायेपूर्ण संस्कृतीको निर्माण हुन्छ|
९) व्याख्या गर:
क) नेपालको लामो ईतिहास र सभ्यताले निर्माण गरेको यी साझा संस्कृति मेरै संस्कृति थिए ,मेरै देशका सम्पत्ति थिए र मेरा ति सबै मित्रहरु एकै फूलबारीको साझा फूलहरु थिए |
उत्तर: संस्कृति भनेको पहिले देखिनै चली आएको व्यवहारको सामुहिक सामुहिक जिवनशैलिको रुप हो | ईतिहसको पन्ना पल्टाएर हेर्ने हो भने तेतिबेलाको संस्कृतिको बारेमा पत्ता लगाउन सकिन्छ | संस्कृति परम्परागत हुन्छ तर आपरिबर्तान्शील भने हुदैन | राम्रो संस्कृतको प्रबन्धन र नराम्रो संस्कृतिको विकास गरेर राम्रोमा लग्नु पर्छ | हाम्रो देश नेपाल एउटा फुलबारी हो र यहाँ यहाँ आनेकों संस्कृति हरु छन् | अनेकौ संस्कृति अनुशार आनेकौ जाती ,धर्म सम्प्रदाय पनि छन् | यी सभै कुरा हाम्रो संस्कृति हो र यिनी हरुलेनै हामीलाई विश्वो सामु चिनाउँछ |
हामी के हिमाल ,के पहाड,के तराई ,एउटै साझा संस्कृतिको निर्माणको युगमा छौँ | हामी सबै साझा छम र हाम्रो जाति ,धर्म ,वेशभूसा भान फरक छ| तेसैले नेपाली जिवन विविधता र विविनाताको सुन्दर संग्लो हो | यहाँ हामी तराईको छट ,बुद्ध पुर्णिमा ,उधौली उभौलीमा रमाउँछम् | तेसै कारणले गर्दा नेपाली संस्कृतको विकास भइ राखेको छ र प्रचार पसार भइ राखेको छ |
ख)संस्कृतिको नाममा लिङ्ग ,वर्ग ,रंग ,भूगोल ,जाित ,धर्मका आधारमा हुने भेद विकृति हुन् ?
उत्तर: संस्कृति भनेको चली आएको चलन या नियम भन्ने बुझिन्छ | यो सकारात्मक हुन पर्छ | बिकृति कहिले पनि संस्कृति हुन सक्दैन | आफ्नो फाईदाको लागि बनाइएको संस्कृति राम्रो मानिन्न | संस्कृतिहरु समाजमा अनुकुल परिवर्तन ल्याउन बनाइएको हो | यसको मूल आशय भनेको मानिसलाई नियममा बाँध्ने र जिवन सैलिमा परिवर्तन ल्याउने हो |
संस्कृतिको नाममा कसैले कसैलाई हेप्नु हुन्न | संस्कृतिलेनि मानिसहरु बीच राम्रो सम्बन्ध स्थापना गर्छ | नेपाल एक विविधताको धनि देश हो | सबै जातिले एक अर्कालाई सम्मान गर्नु पर्छ ,सभै भाषाले एक अर्काको सम्मान गर्नु पर्छ | लिङ्ग ,वर्ग ,रंग आधीको आधारमा गरिने भेदभाव संस्कृति नभएर बिकृति हो | यसले समाजको परिबर्तनमा असर गर्छ |
तसर्थ : विकृतिमुलक संस्कृतिको अन्त्य गर्नु पर्छ ,देशले कोल्टो फेर्छ|
Disclaimer: Copying our Content and Publishing it over other website is strictly Prohibited.