पाठ ५: एक चिहान (उपन्यास)
मूल भाव
नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाउने ख्याती प्राप्त साहित्यकार हृदय चन्द्र सिंह प्रधान प्रगतिशील विचार भएका सामाजिक यथार्थवादी उपन्यासकार हुन् । निम्नवर्गीय जीवनका संघर्ष समस्या, जटिलता र वेदनालाइ विषयवस्तु बनाउने उपन्यासकार प्रधानका उपन्यासमा समानता, सुधारवादी चेतना, अन्याय आत्यचारको अन्त्य आदि जस्ता विषयवस्तुलाई सन्देशको रुपमा प्रकट गरिएको पाइन्छ । जातीय सांस्कृतिक एकता, गरीब जीवनका विवस्ता र बाध्यता उनका उपन्यासका उल्लेखनीय पक्ष हुन् ।
नेपाली गरीब किसान र मजदूर जस्ताको जीवनमा आधारित एक चिहान उपन्यास सामाजिक यथार्थवादी रुपमा चिनिएको कृति हो । मान्छेको अन्त्य अन्त्यष्टी गरिने ठाउँलाइ चिहान भनेर बुझिने शब्द प्रयोग गरी निम्न वर्गीय जीवन यापन गर्ने श्रमजीवीहरुको मार्मीक देहान्तलाई यस उपन्यासको विषयवस्तु बनायिएको छ । दरिद्रता शोषण र विशंगतिलाइ मूल रुपमा प्रस्तुत गरिएको यस उपन्यासमा हिमाल पहाड तराई कोहि छैन पराइ भन्ने पवित्र र चोखो भावनालाई अष्टनारन को परिवारबाट व्यक्त गरिएको छ । सामाजिक विभेदबाट मुक्त भै समानता र सांस्कृतिक एकता कायम गर्नुपर्ने संदेश भएको यस उपन्यासमा अष्ट नारन र शिव नारनका परिवार एकै चिहान हुने गरी समाप्त भएको कारुणिक घटना उपन्यासको मूल विषय हो । कृषक वर्गका पीडा, वेदना, विवस्ता र बाध्यतालाई प्रस्तुत गर्न उपन्यासकारले अष्ट नारन र शिव नारन जस्तो श्रमजीवी स्वाभिमानी प्रतिनिधि पत्रको चयन गरेका छन् ।विपन्न वर्गको दुरावस्था अन्त्य गरि समाज सुधार गर्नु पर्ने आग्रह उपन्यासमा पाइन्छ तडक भडक, रितिरिवाज, सामन्ती प्रथाले जडो गाडेको हाम्रो सामाजिक दास मानाशिकतामा परिवर्तन नआए सम्म गरिब वर्गको भलाई नहुने अष्ट नारन र शिव नारनको सोचबाट व्यक्त गरिएको छ । दिनरात हाड घोटेर मेहनत गर्दापनि सच्चा कृषक वर्ग शिव नारन जस्ताको जीवनमा कहिल्यै आर्थिक उन्नति हुन नसकेको यथार्थले उपन्यासको गरिमालाई अझ बढाइदिएको छ ।
समाजमा राम्रा र नराम्रा दुवै प्रवृत्तिका मानिस बसोबास गर्छन भन्ने यथार्थलाई देखाउन डा. गोदत्त प्रसाद र साहु सुरमानको चरित्रलाई उपन्यासमा प्रस्तुत गरिएको छ । गरिबी र विवशताका कारणले केहि समय डा.गोदत्त प्रसादको अन्याय सहना बाध्य हुनु परेको र सुरमानको शोषणले पनि शिव नारनको परिवारलाई अभावकै कारणले शोषण गरेको वास्तविकता पनि उपन्यासको उल्लेखनीय पक्ष हो । अनमेल विवाह विरुद्ध उठेका शिव नारनका आट र साहस, प्रेम आत्मिक र सारिरीक हुने वास्तविकता, हर्ष नारन र नानीथकुंको अन्तरजातीय विवाहले चाहना गरेको समावेशी समाज, अन्याय, अत्याचार, विरुद्ध उठ्नुपर्ने आवाजको आवश्यकता उपन्यासका केन्द्रीय तत्व हुन् भन्न सकिन्छ । प्रगतिशील चेतना, समानता, स्वतन्त्रता र मुक्त समाजको कामना र स्वाभिमानी विचार उपन्यासका मूल भूत तत्व हुन् भन्न सकिन्छ ।
पात्र
पात्र | परिचय |
---|---|
अष्टनारायण | बाबु |
शिवनारायण | जेठो छोरा |
लतमाया | आमा |
नानीथँकु | छोरी |
पुननारन | माहिलो छोरो |
हर्षनारान | कान्छो छोरो |
गोदत्त प्रसाद | डाक्टर |
सुरमान | साहु |
रामबहादु | कारिन्दा |
Recommended: एक चिहान उपन्यास का प्रमुख घटानाक्रम तथा कथावस्तु
अभ्यास
- शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस्:
शब्द अर्थ रुजु कुनै कुरा ठिक छ कि छैन भनी जाँच्ने काम कविराज आयुर्वेदिक उपचार गर्ने चिकित्सकको एक उपाधि पेस्की काम पूरा हुनु पहिले दिइने रकम तल्सिङ मोहीलाई जग्गा कमाउन दिने व्यक्ति, जग्गाधनी समवेदना उस्तै दुःखको अनुभव निर्दयी दया नभएको अकर्मण्य केही पनि काम नगर्ने, निस्व्रिय मुराद भित्री आशय सान्त्वना आश्वासन, ढाडस हर्थुङ्गो हातको नाडीदेखि औँलाका टुप्पासम्मको भाग दागबत्ती शवका मुखमा राख्ने बत्ती कृतज्ञता अरूले गरेको गुनप्रति धन्यवाद दिने भाव - पाठमा प्रयोग भएका दिइएका शब्दको अर्थ पहिचान गरी लेख्नुहोस् :
गुभाजु आयुर्वेदिक उपचार गर्ने व्यक्ति उघाड अन्धविश्वासको ठाडो विरोध फोने विना मागमा आफैँ दिन खोज्नु माचाछी जोईपोइ बच्चाबच्चीको एकसरो परिवार मात्र नङ्के कहिल्यै प्राप्त वा अनुभव नभएको कुरा पाउनु बिचाः मान्छे मरेका ठाउँमा दाजुभाइ, इष्टमित्रले मानाचामल लाने, सरसहयोग चलन डल्लेठो खेत तथा बारीका डल्ला फुटाउने काठको साधन खर्पन सिङ्गो बासको नोल र दुईपट्टि डोरीले बाँधेर सामान राख्ने अनि बोकेर हिँड्ने साधन क्वेना बल्खुमा पुगेपछि बागमती नदी नब्बे डिग्रीमा मोडिएर चोभारतिर जान्छ, त्यही मोडिएको ठाउँको नाम - दिइएका शब्दको उस्तै अर्थ दिने शब्द पहिचान गरी लेख्नुहोस् :
शब्द अर्थ दीक्षा शिक्षा सितिमिति हत्तपत्त उपचार निदान पेटपालो गुजारा गर्ने मृत्यु मरण, देहावसान मन्त्रोपदेश अर्तिबुद्धि दिनु, उपदेश दिनु बोली बचन वाणी आबाज इलाज उपचार निधन मृत्यु, देहावसान मौन शान्त, नबोल्नु तत्काल तुरुन्तै चुप शान्त, नबोलिकन बस्नु तत्क्षण तत्कालै, तुरुन्तै शक्ति ऊर्जा फजिती तमासा मुस्किल कठिन हत्तपत्त सितिमिति, तुरुन्तै, हम्मेसि - दिइएका अनेकार्थक शब्दलाई फरक फरक अर्थ दिने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर :रामले कपीमा उत्तर लेख्यो । सर्वाेच्च शिखर सगरमाथा हाम्रो उत्तरको सीमानामा पर्दछ । मादल जतनले बजाइएन भने खरी झर्छ । सानोमा मैले पाटीमा खरीले लेखेर अक्षर सिकेको हुँ । फुटबल खेलमा गोलको सर्वाधिक महत्त्व हुन्छ । फलामका हतियार बनाउनेहरूले गोलको प्रयोग गर्छन् । घर बनाउनका लागि जगको पूजा गरिन्छ । सानीले स्टिलको जगमा पानी खाई । घरबुना कपडा तानमा बुनिन्छ । कलेजमा डोरी तान्ने खेलको प्रतिस्पर्धा भयो । यो डोरी त्यता तान । मलाई दुधको तर मन पर्छ । तिमी खोला तर । रामले विदेशबाट बराबरी चिठीपत्र पठाइरहन्छ । घाउ खाटा बसेपछि पत्र पत्र उक्किन्छ । बसमा एउटा नचिनेको मान्छे मेरो वर वर आयो । वरको रुखले पनि अक्सिजन दिन्छ । असारमा किसानले लगाएको बाली अहिले नानीले बरबाद पारिदियो । गाउँघरमा बर्सेनि बालीमा काम गर्ने चलन पनि छ । मलाई रहरको दाल मन पर्छ । यसपालिको तिहारमा मलाई पिङ खेल्ने रहर छ । हामीले जहिले पनि साँचो कुरा बोल्नुपर्छ । आज मैले घरको साँचो ल्याउन बिर्सेछु । प्रायः घरमा चार सुर हुन्छन् । तिमी अहिले जाऊ म आफ्नै सुरमा आउँछु । मलाई हिराको हार मन पर्छ । खेलमा भिडेपछि जित मात्रै होइन हार पनि हुन्छ । गरिबलाई हेप्नेहरू जाली फटाहा हुन् । वर्षाको भेलबाट बस्ती जोगाउन खोलामा तारजालीसहितको बाँध बाँध्नुपर्छ ।
- दिइएका शब्दको श्रुतिसमभिन्नार्थक शब्द लेख्नुहोस् :
उत्तर :शब्द अर्थ दिन दीन दिशा दिसा शव सब बाँस बास व्यसन बेसन प्रदान प्रधान कोस कोश, कोष जाति जाती फेरि फेरी खालि खाली पाश पास गर्भ गर्व विष बिस आदि इत्यादि पाइन् पाइन ताप ताप देखि देखी सिता सीता - दिइएका शब्दको समूहवाचक शब्द लेख्नुहोस् :
उत्तर :शब्द अर्थ कमिला ताँती गाईवस्तु हुल, बथान मौरी घार बारुला गोलो बाँस झ्याङ दाउरा खलियो, हार डोरी मुठो मानिस हुल, भिड, जमात मकै थाङ्ग्रो, झुत्तो भेडा बथान पराल माच, थुप्रो पर्वत माला, शृङ्खला सिपाही फौज धुवाँ मुस्लो मित्र मित्रता - शिक्षकसँग सोधेर दिइएका प्रतीकात्मक शब्दको अर्थ लेख्नुहोस् :
उत्तर :शब्द अर्थ छेपारो रङ बदल्ने कुवेर धनी रामराज्य सुशासन दुर्वासा रिसाहा दधिची त्यागी सुदामा दानी भीष्म बलवान् बाँदर उपद्र्याहा साढेँ हेपाहा जुको टाँसिने सावित्री पवित्र, इमानदार गङ्गा सफा, पवित्र स्याल लुम्सो, छट्टु ब्वाँसो धूर्त आकाश सफा एकलव्य एक्लै प्रयत्न गर्ने, मौरी लक्ष्मण रेखा सीमारेखा महाभारत लडाइँ कर्ण दानवीर भेडो एकोहोरो कुम्भकर्ण सुताहा भगीरथ प्रयत्न अथक प्रयास, विदुर युधिष्ठिर महात्मा, त्यागी शकुनि धूर्त, नारद कुरौटे - कक्षामा छलफल गरी दिइएका सिङ्गो शब्दको अर्थ लेख्नुहोस् :
उत्तर :शब्द अर्थ शाकाहारी माछामासु नखाने मांसाहारी माछामासु खाने पुङमाङ घिउ राख्ने भाँडो, कामै नलाग्ने, गृहस्थी घरबार गरेर बसेको अल्लारे एक्लो, फुक्का पेवा दाइजो दशक दश वर्षको अवधि, शताब्दी सय वर्षको समय सहस्राब्दी सय वर्ष शाश्वत सत्य वात्सल्य माया न्वाँगी नयाँ अन्न पूजा गरेर मात्र खाने चलन नाबालक उमेर नपुगेको लेनो भरखर ब्याएको गाई भैँसी बकेर्नाे दुध थाक्ने वेला भएको गाई भैँसी सत्पात्र असल व्यक्ति अद्योपान्त माथिदेखि तलसम्म क्षितिज पृथ्वी र आकाश जोडिएकोजस्तो देखिने ठाउँ उपवास केही नखाई गरिने व्रत सर्वभक्षी सबै कुरा खाने, ढडिया माछा मार्ने बाँसको साधन अभेद्य भेदन गर्न नसकिने कटुभाषी छुचो बोल्ने अल्पभाषी थोरै बोल्ने मृदुभाषी मिठो बोल्ने बहुरूपी धेरै रूप भएको अघोरी घाटमा बस्ने मान्छेको मासुसमेत खाने साधु कामयममुकायम कसैको सट्टामा काम गर्ने पर्म आलोपालो एकअर्काकोमा गरिने काम अवर्णनीय वर्णन गर्न नसकिने अव्यक्त व्यक्त गर्न नसकिने थाती तत्कालका लागि थन्क्याउने काम कलस्यौली विवाहसमारोहमा कलस बोक्ने महिला अलौकिक यो लोकमा नभएको -
अन्तरिक्षसँग सम्बन्धित तलका शब्दलाई शब्दकोशीय अनुवादमा मिलाई लेख्नुहोस् र तिनको अर्थ पनि पत्ता लगाउनुहोस्:
उत्तर :उल्का, उल्कापिण्ड, ग्रह, तारापुञ्ज, धूमकेतु, नक्षत्र, ब्रह्माण्ड, राशि, सौर्यमण्डल, ज्ञेय ।
बोध तथा अभिव्यक्ति
- ‘एक चिहान’ उपन्यासको पहिलो परिच्छेद पढ्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) अष्टनारानले श्रीमती, छोराहरू र छोरीलाई के भनेर सम्झाउँछन् ?
उत्तर :अष्टनारानले आफ्ना छोराहरू र छोरीलाई जन्माएँ तर गाँसबासको केही व्यवस्था मिलाउन सकिन, सधैँभरि पूजा गरे पनि भगवानले पनि केही सुनेनन् भन्दै श्रीमतीलाई सम्झाउँछन् । आमा र बहिनीलाई जस्तोसुकै दुःख सहेर पनि हेला नगर्नु भनी अष्टनारानले श्रीमती, छोराहरू र छोरीलाई सम्झाए ।
(ख) अष्टनारानले आफ्नो काजकिरियाका लागि कस्तो बन्दोबस्त मिलाएका छन्?
उत्तर :अष्टनारानले अलिअलि गरदै पच्चिस रुपियाँ जम्मा गरेर छिँडीमा ढिकीनेर खाल्टोमा गाडेर राखी आफ्नो काजकिरियाका लागि रुपियाँको बन्दोबस्त मिलाएका छन् । - दिइएका बुँदालाई समेटेर ‘एक चिहान’ उपन्यासको परिच्छेद दुई र तीनको सार लेख्नुहोस् :
उत्तर : दुई महिना देखि सिकिस्त बिरामी अष्टनारानको उपचार सुरु हुन्छ । उनलाई आफ्नै टोलको गुभाजुबाट एक महिना, असनका तुयु गुभाजुबाट एक्काइस दिन, माहिला कविराजबाट एक हप्ता उपचार गराउँछन् । येति गर्दा पनि कसैको सिप लाग्दैन र व्यथा झन् बढ्दै जान्छ । गाउँमा एउटा डाक्टर त थिए तर उसँग उपचार गराउन उनीहरूसँग पैसा भने थिएन । उनीहरुले क्रियाको खर्चका लागि भनेर राखेको पचिच्स रुपियाँले बाबुको उपचार गर्ने निर्णय गर्छन् र डाक्टर गोदत्तप्रसादकहाँ जान्छन् । गोदत्तप्रसादले शिवनारानको आग्रहलाई महत्त्व दिँदैन । अष्टनारानलाई बिमारले साह्रो पारेपछि पुननारान पनि डाक्टरकहाँ पुग्छन् । शिवनारान र पुननारानले अनुरोध गर्दा पनि गोदत्तप्रसाद आउन तयार हुँदैनन् । घरपुग्नासाथ पाँच रुपियाँ फी दिने कबोल गरेपछि मात्र गोदत्तप्रसाद अष्टनारानकहाँ जान तयार हुन्छन् ।
- तलको उपन्यास अंश पढी दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) प्रेम हुन केही गाह्रो छैन भन्नुको तात्पर्य के हो ?
उत्तर :प्रेमले संस्कृति, भाषा, जाति, टाढानजिक, सुखदुःख जस्ता केही कुरा पनि हेर्दैन । दिलसँग दिल मिलेपछि तुरुन्त प्रेम हुन्छ भन्नुनै प्रेम हुन केही गाह्रो छैन भन्नुको तात्पर्य के हो ।
(ख) दिइएको उपन्यास अंशमा प्रेमका सम्बन्धमा कसरी व्याख्या गरिएको छ ?
उत्तर :प्रेम हुन गाह्रो छैन र यो तुरुन्तै पनि हुन सक्छ । प्रेमले संस्कृति, भाषा, जाति, टाढानजिक, सुखदुःख जस्ता केही कुरा पनि हेर्दैन । दिलसँग दिल मिलेपछि तुरुन्त प्रेम हुन्छ । प्रेमका विषयमा उपन्यासकारको भनाई अल्लारे र भावुक प्रेम गर्नु हुँदैन, आत्मीय प्रेम गर्नुपर्छ र अल्लारे र भावुक प्रेमले दुःख दिन्छ भन्नु छ । - अष्टनारानले मर्ने वेलामा आफ्ना छोरालाई किसानको सिद्धान्तका बारेमा बताएका छन् । उनले बताएका किसानका सिद्धान्त के के हुन्, उपन्यासको छैटौँ परिच्छेद पढी उत्तर लेख्नुहोस् ।
उत्तर : अष्टनारानले मर्ने बेलामा आफ्ना छोरालाई किसानको सिद्धान्तका बारेमा बताएका छन् । उनका अनुसार किसान संसारका अन्नदाता हुन् । उनीहरुको रगत र पसिनाको एक एक थोपाबाट एक एक गेडा अन्न फल्ने गर्छ । उनीहरुकै परिश्रममा संसार थामिएको छ । किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नुपर्छ । असार बिग्रियो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ । किसानले परिश्रम गर्न छोड्यो भने किसानको अस्तित्व र धर्ममा नकारात्मक असर पर्छ बताएका छन् । अतः किसानले कहिल्यै अल्छी गर्नु हुँदैन र जहिले पनि कृषि कर्ममा तल्लीन रहनु पर्दछ भन्ने सिद्धान्त अष्टनारानले मर्ने वेलामा आफ्ना छोरालाई बताएका छन् ।
- मरेपछि गरिने काजक्रिया र दानदक्षिणासम्बन्धी अष्टनारानको विचारसँग तपाईंको सहमति वा विमति के छ, तर्कसहित लेख्नुहोस् ।
उत्तर : हृदय चन्द्र सिंह प्रधान (वि.सं. १९७२–२०१६) बहुमुखी स्रष्टा हुन् । उनले रचेको प्रसिद्ध प्रगतिशील उपन्यास एक चिहानमा नेपाली समाजको यथार्थ चित्रण र परम्परागत समाजप्रति आलोचनात्मक दृष्टि राखिएको छ । यस उपन्यासले काठमाडौँको सामाजिक, आर्थिक र शैक्षिक गतिविधिलाई कार्यपीठीका बनाएको छ । यस उपन्यासमा काठमाडौँको ज्यापू समाजको यथार्थ चित्रण गरको पाइन्छ ।
नेपाली समाजमा अनेक प्रकारका कुसंस्कारहरु परम्परामा धेरै अघिदेखि चल्दै आएका छन् । मानिस मर्दा पर्दा गरिने काज क्रिया भोज भतेर खुवाउने, दान दिने, टिका दक्षिणा, नाता मित्र भेला भएर विचाः प्रथा देखिन्छ । अष्टनारान यस उपन्यासका प्रगतिशील विचार राख्ने पात्र हुन् । उनी आफ्ना विचारलाई व्यवहारमा समेत उतार्ने पात्र हुन् । हाम्रो समाज संस्कृतिमा सम्पन्न छ । यहाँ केही अन्धविश्वास पनि कायम रहेको छ । अष्टनारानले समाजमा रहेका कुप्रथा विरुद्ध क्रान्तिकारी कदम चालेर बन्दै गरिदिएका थिए र उनको छोराले पनि बाबुको क्रान्तिकारी कदम अनुसरण गरे । यस्ता करै लाग्ने परम्पराका नाममा गरिबहरू झन गरिब भएका छन् । यस्ता अनावश्यक परम्परालाई हामी सबैले अष्टनारानले जस्तै जरैदेखि उखेलेर फाल्नु पर्छ । राम्रा कुरा र सबैलाई उपयोगी हुने चलनलाई मात्र हामीले अनुसरण गर्नु पर्दछ भन्ने मेरो तर्क रहेको छ । - ‘एक चिहान’ उपन्यासमा नेपाली समाजको कस्तो अवस्थाको चित्रण गरिएको छ, वर्णन गर्नुहोस् ।
उत्तर : ‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौं शहरको २०११ साल तिरको समाजलाई देखाइएको छ । यस उपन्यासमा देखिने समाज दुई वर्गमा विभाजित छ । समाजमा हुने खाने वर्गहरु गरिबहरुलाई थर्काएर एवम् अनेकजालझे लमा फसाएर मोजमस्ती गरिरहेका देखिन्छन । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा हुने खानेहरुकै पहुच छ । त्यस्ता मान्छेहरु ले पनि गरिबहरुलाई सहयोग गरेजस्तो गर्छन तर त्यसभित्र स्वार्थ लुकेको हुन्छ भन्ने यथार्थ यस उपन्यासमा देखिन्छ ।
यसै गरि ‘एक चिहान’ उपन्यासमा समाजका विपन्न वर्गको दयनिय अवस्था पनि देखाइएको छ । जो किसान छ, दिनरात मिहिनेत गर्छ उसैलाई हातमुख जोड्न मुश्किल पर्छ अनि जो सिकर्मी छ उसैको घर भत्किएर जीवन सकिने अवस्था यस निबन्धमा देखाइएको छ । जातिय विभेद, रुढिवादी सोच तथा सामाजिक आर्थिक असमानताका कारण गरिबहरु धेरै शोसित भएको यथार्थ उपन्यासमा प्रस्तुत गरिएको छ । शोषणले सिमा नाघे पछि गरिबहरुमा बिस्तारै चेतनाको लहर पलाउन थालेको अवस्था पनि उपन्यासले देखाएको छ । बाबुआमाको काजक्रिया गर्दा गरिबले पति दान दिनैपर्ने, ऋण काडेर भएपनि भोज खुवाउनु पर्ने र धार्मिक आडम्बर देखाउनै पर्ने जस्तो परम्पराको विरोध यस उपन्यासले गरेको छ । समाजका टाठाबाठाले जनतालाई शोषण गर्दैै आएको र यसलाई परम्परा बनाएर ल्याएका हुदां यस्तो गलत परम्परा तोड्नु पर्ने मान्यता उपन्यासमा पाइन्छ । समाजका धनी वर्गहरु गरिबको पसिना चुसेर मोज मस्तीमा भुल्ने गरेको अति गरिबहरु चाहिं भोकभोकै मर्नुपरेको यथार्थ उपन्यासले चित्रण गरेको छ । सुब्बा सुरमान र गोदत्तप्र साद जस्ता निच शोषकले सहयोगी जस्तो गरि कसरी गरिब जनताको शोषण गर्छन भन्ने कुरा उपन्यासमा देखाइएको छ । त्यस्ता शोषकहरुको दया मायाबाट उन्नति कहिल्यै हुन नसक्ने विचार व्यक्त गरेको छ । यस प्रकार एकचिहान उपन्यासमा यी र यस्ता थुप्रै सामाजिक जागरणका लागि आवश्यक पर्ने प्रगतिवादी विचारहरु प्रस्तुत गरिएका छन् र तिनै विचारका माध्यमबाट सामाजिक विकृति हटाएर असल समाजको निर्माण गर्न उपन्यासले अनुरोध गरेको छ । - ‘एक चिहान’ उपन्यासका आधारमा दिइएका पात्रको चरित्र चित्रण गर्नुहोस् :
उत्तर : (क) शिवनारान
शिव नारान, अष्टनारानको जेठो छोरो हो । यस उपन्यासको प्रमुख पुरुष पात्र हो । उसले सुरुदेखि अन्त्यसम्म किसान वर्गको प्रतिनिधित्व गरेको छ । ऊ अन्यायको विरोधी हो । उसमा इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ, जागरुक जस्ता गुण छन् । येस उपन्यासमा उनको मुख्य पात्र तथा नायक, निम्नवर्गीय पुरुष पात्र, मिहिनेती किसान, प्रगतिशील विचार राख्ने, बाबुको सम्मान गर्ने र बाबुको विचारबाट प्रेरित पात्र, असल पति, असल दाजु, असल अभिभावक, कर्तव्यप्रति सचेत र सकारात्मक भूमिका रहेको छ ।
(ख) रञ्जनादेवी
रञ्जनादेवी सहायक स्त्री पात्र हुन् । उनि प्रोफ्रेसर कि छोरी र डाक्टरकी श्रीमती, शिक्षित् एवम् सचेत नारि पात्र, स्वार्थी प्रेमको विरोध, सकारात्मक चरित्र र नारि पुरुषबिच समन्वय हुनुपर्छ भन्ने आदर्श चिन्तन भएकी नारि पत्र हुन् ।
(ग) नानीथकुँ
नानीथकुँ उपन्यासमा प्रमुख नारी पात्रका रुपमा परिचित छ । ऊ अष्टनारानकी छोरी र शिवनारानहरुकी बहिनी हो । गोरो अनुहार १७ वर्षे सारै हिसी परेकी बैंसले धप्प बलेकी सुन्दरी छ । सरल र निश्चल भएकीले डा. गोदत्तप्रसादको बलात्कारको सिकार भएकी छे । ऊ सकारात्मक छे । उसले तराईबासी खेलावन राउतसँग अन्तर जातीय विवाह गर्छे । ऊ बलात्कृत भई कुमारीत्वबाट नानीथकुँ बञ्चित भएकी छ ।
- डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बाका चरित्रमा पाइने समानता के के हुन् एक चिहान’ उपन्यासका आधारमा लेख्नुहोस् ।
उत्तर : ‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौं शहरको २०११ साल तिरको समाजलाई देखाइएको छ । डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बा यस उपन्यासका नकारात्मक चरित्रका रुपमा रहेका छन् । दुबै पत्रहरु बिच धेरै समानता रहेको छ ।
सुब्बा सुरमान र डाक्टर गोदत्तप्रसादका चरित्रमा पाइने सबैभन्दा महत्त्वपूर्ण समानता भनेको दुवै खलपात्र अर्थात् नकारात्मक चरित्र भएका पात्रहरू हुन् । उच्च वर्गीय प्रतिष्ठीत व्यक्ति भएतापनि उनीहरु दुवै दुषित सोचबाट ग्रसित भएका छन् । दुवै पात्रको विवाह भइसकेको र बालबच्चा भएका पात्र हुन् । दुवैको उद्देश्य नानीथकुँको जवानी प्राप्त गर्नु रहेको देखिन्छ । उनीहरू दुवै नानीथकुँमा नै केन्द्रित भएर लागेका छन् । उनीहरूको मुख्य समानता भनेको उनीहरु दुबै निदर्यी, स्वार्थी, मानवता रहित, धुर्त थिए । - ‘एक चिहान’ उपन्यासमा हर्षनारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतका बिचको विवाहबाट उपन्यासले के सन्देश दिन खोजेको छ, स्पष्ट पार्नुहोस् ।
उत्तर : विवाह दुई आत्माको सम्बन्ध स्थापना गर्ने आधार हो । यस उपन्यासमा हर्ष नारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतको सम्बन्ध जोडिएको छ । विवाहमा दाइजो दिने, भोज भतेर गर्ने र धेरै धन सम्पति खर्च गरेर आडम्बर देखाउनु कुसंस्कार र अनावश्यक आडम्बर मात्र हो । यस्ता कार्यले गरिबहरूको टाउकामा ऋणमाथि ऋण थपिन्छ । दाइजोको निहुँमा कैयौं चेलीबेटीको घरबार बिग्रन सक्छ । यस मामलामा अष्टनारान सचेत देखिन्छन् भने उनका सन्तानले पनि यस कार्यलाई प्रोत्साहन गरेर दाइजो र भतेर बिनाको विवाह गरेका छन् ।
हर्ष नाराज र पुतली तथा नानीथकुँ र रामखेलावन राउतको विवाह दाइजो र भतेर बिनाको थियो । यो कार्यले हाम्रो समाजमा चलेको दाइजो प्रथा र भतेरमा फजुल खर्च गर्ने प्रवृतिको ठाडो विरोधमात्र नगरी प्रयोग नै गरेर क्रान्तिकारी कदम चलेको छ । यी दुईको विवाहले आम नेपालीलाई यसरी गरिने खर्च फजुल खर्च हो र यसलाई हटाउनु पर्छ भन्ने सन्देश दिइएको छ । विवाहका लागि दुलाहा र दुलही नै महत्वपूर्ण कुरा हुन्, अरु होइनन् भन्ने कुरा यसले पुष्टि गरेको छ ।
यस क्रान्तिकारी कदम प्रति मेरो सतप्रतिशत समर्थन छ । वास्तवमा हाम्रो जस्तो गरिब देशका जनताने विवाहमा आफ्नो औकातभन्दा बढी खर्च गरेर ऋणको भारी टाउकामा बोकी जीवनभरि दुःख पाएका छन् । विवाहलाई फजुल खर्चबाट रोकेमा घरेलु हिंसा र सामाजिक विकृति पनि कम हुन्छ । विवाहमा बढी खर्च गरेर समाजमा कसैको इज्जत बढ्न सक्दैन । त्यस्तै गरी नेवार, पर्वत र मधेसी समुदाय बिचको आपसी सम्बन्धले नेपालको जातीय र क्षेत्रीय विभेद अन्त्य भई यसैबिच सम्बन्ध कायम राख्न सकिन्छ भन्ने कुरालाई यी दुईको विवाहले प्रस्ट पार्छ । अतः ‘एक चिहान’ उपन्यासमा हर्षनारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतका बिचको विवाहबाट उपन्यासले अखण्ड नेपाल र समृद्ध नेपालका लागि हिमाल, पहाड, उपत्यका र तराई एक हुनुपर्ने कुरालाई जोड दिएको छ । - ‘एक चिहान’ उपन्यासको अन्त्य तपाईंलाई ठिक वा बेठिक कस्तो लाग्यो ? यदि तपाईं त्यसको लेखक हुनुभएको भए यसलाई कसरी अन्त्य गर्नुहुन्थ्यो, आफ्नो विचार लेख्नुहोस् ।
उत्तर : ‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाउने ख्याती प्राप्त साहित्यकार हृदय चन्द्र सिंह प्रधान प्रगतिशील विचार भएका सामाजिक यथार्थवादी उपन्यासकार हुन् । निम्नवर्गीय जीवनका संघर्ष समस्या, जटिलता र वेदनालाइ विषयवस्तु बनाउने उपन्यासकार प्रधानका उपन्यासमा समानता, सुधारवादी चेतना, अन्याय आत्यचारको अन्त्य आदि जस्ता विषयवस्तुलाई सन्देशको रुपमा प्रकट गरिएको पाइन्छ ।
२०११ साल तिरको निम्न वर्गीय जीवनको यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको छ । गरीवी, बाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संगर्ष प्रस्तुत भएको यस उपन्यासमा अष्ट नारनको सुरुमा उपचार गराउन कविराज र गुभाजु कहाँ जानुपरेको र पछि डा. गोदत्त प्रसाद कहाँ जानुपरेको बाध्यात्मक परिवेस भेटिन्छ । जातीय र क्षेत्रीय एकतालाइ आवश्यक ठानी हर्शनारण र नानिथकुंको विवाह अन्तरजातीय क्षेत्रमा भएको, समावेशी चेतना आरम्भ भएको परिवेश उपन्यासमा भेटिन्छ । अष्ट नारनको उपचार र अन्त्यष्टिमा ऋण लिनुपरेको, रातदिन मेहेनत गर्दापनि सुखको घाम कहिल्यै नलागेको निम्न वर्गीय जीवनका कठोर यथार्थका परिवेस उपन्यासमा भेटिन्छ । सुर्मानको शोषण डाक्टरको अनैतिकता, अन्याय, अत्याचार विरुद्ध उठेका आवाज आदि विषयलाई उपन्यासको स्वाभाविक परिवाश्ले सशक्त र जीवन्त बनाएको छ ।
‘एक चिहान’ उपन्यासको अन्त्य मलाई ठिकै लाग्यो । निम्नवर्गीय परिवारको कथालाई उपन्यासकारले मार्मिक ढङ्गले अन्त्य गरेका छन् । उपन्यासको शीर्षकलाई मात्र सार्थक तुल्याउन नभई उपन्यासको अन्त्यलाई पनि केन्द्रित गरिएको देखिन्छ । यदि म यस उपन्यासको लेखक भएको भए यसै गरी नै अन्त्य गर्थिए । यसका साथै शिवनारानका परिवारका बाहेक अन्य एउटा आफन्तको उपस्थिति गराएर गरिबीको अन्त्य गर्ने उद्घोषका साथ उपन्यासको अन्त्य गर्ने थिएँ । - दिइएको उपन्यास अंशबाट मुख्य मुख्य घटना टिप्नुहोस् :
उत्तर : (क) शिवनारानको खेतमा रोपाइँ हुनु,
(ख) पुननारान र हर्षनारान पनि रोपाइँमा जुट्नु,
(ग) शिवनारानका सबै सदस्यहरू मग्नमस्त भएर रोपाइँमा लाग्नु,
(घ) नानीथकुँउपर हिजोको आपत्तिले मनमा अन्तर्द्वन्द्व चलिरहेको भए पनि अरूसरह खुसी हुनु रोपाइँमा लाग्नु,
(ङ) रोपाइँको दिनमा अष्टनारानलाई सबैभन्दा आनन्द आउने हुँदा पिताको आत्मालाई आघात नपुऱ्याउन नानीथकुँ आफ्नो मनका पीडा भुलेर पनि हर्ष मनाउनु । - दिइएको उपन्यास अंशमा आएका पात्रको चरित्रचित्रण गर्नुहोस् :
उत्तर : दिइएको उपन्यास अंशमा आएका पात्रहरू शिवनारान र रामबहादुर हुन् ।
शिवनारानको चरित्रचित्रण
शिव नारान, अष्टनारानको जेठो छोरो हो । यस उपन्यासको प्रमुख पुरुष पात्र हो । उसले सुरुदेखि अन्त्यसम्म किसान वर्गको प्रतिनिधित्व गरेको छ । ऊ अन्यायको विरोधी हो । उसमा इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ, जागरुक जस्ता गुण छन् ।
रामबहादुरको चरित्रचित्रण
यस उपन्यासमा रामबहादुर खलपात्रका रूपमा अर्थात् नकारात्मक चरित्रका रूपमा देखिएको छ । उनि सुब्बा सुरमानका कारिन्दा हुन् । सुब्बा सुरमानकै योजना बमोजिम उनी शिवनारानको घरमा नानीयकुँको हात मग्न आएका छन् । कसलाई कसरी कुरा गरेर मक्ख पार्नु पर्छ भन्ने कुरा रामबहादुरलाई राम्ररी थाहा छ । त्यसैले ऊ शिवनारानसँग सिधा कुरा नगरेर घुमाएर कुरा गर्छ । ऊ असमान विवाहका लागि लागिपरेको खलपात्र हो । गरिबलाई फकाउने कला उसले निकै कलात्मक तरिकाले प्रयोग गर्छ । शिवनारानको चलाखीले उसको योजना विफल हुन्छ । योजना विफल भएपछि ऊ शिवनारानलाई थर्काएर र धम्क्याएर जान्छ ।
- परिवेश भनेको ठाउँ, समय र वातावरण हो । उपन्यासमा परिवेश महत्त्वपूर्ण र अनिवार्य तत्त्व हो । दिइएको उपन्यास अंश पढ्नुहोस् र त्यसबाट चित्रण गरिएको परिवेशलाई बुँदागत रूपमा लेख्नुहोस् :
उत्तर : उक्त दिइएको उपन्यास अंशमा चित्रण गरिएको परिवेश :
(क) जेठ महिनाको समयगत परिवेश
(ख) पानी परिरहेको बर्सात अगावैको समय
(ग) रोपाइँ, किसानको प्रसङ्गबाट ग्रामीण परिवेश
(घ) पुराना र थोत्रा घरहरू भएकाले धेरै वर्षाबाट त्रसित हुनुपर्ने निम्नवर्गीय आर्थिक अवस्थाको चित्रण - दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
उत्तर : (क) “उस्तरी बस्ती थिएन” भन्नुको तात्पर्य के हो ?
“उस्तरी बस्ती थिएन” भन्नुको तात्पर्य त्यस बस्तीमा कम मानिस बसोबास गर्थे भन्नु हो ।
(ख) सम्साँझमै स्याल कराउनका लागि कुन कुराले सहयोग गरेको थियो ?
सम्साँझमै स्याल कराउनका लागि तितेपातीका घारी र खरीका रुखले सहयोग गरेको थियो ।
(ग) कसरी कोटेश्वर आधुनिक जङ्गलमा बदलियो ?
मानिसका घारी, आधुनिक भवनहरू, बिजुलीका पोल र तारका कारणले कोटेश्वर आधुनिक जङ्गलमा बदलियो ।
(घ) अहिलेको कोटेश्वरमा कस्ता मानिस बस्छन् ?
अहिलेको कोटेश्वरमा नेता, कार्यकर्ता, व्यापारी, सुरक्षाकर्मी, न्यायकर्ता, साहुमहाजन, उद्योगी, चोरफटाहा सबै किसिमका मानिसहरु बस्छन् ।
भाषातत्त्व
- दिइएको तालिकालाई अनुच्छेदमा रूपान्तरण गरी लेख्नुहोस् :
उत्तर :
भूत कालका पक्ष :
प्रकार रचना मूल सहायक/मोडल विकल्पित क्रिया रूप अनुवाद सामान्य धातु + क्रिया जा यो गयो (उ/उनी) गएका छन् अपूर्ण धातु + तै + दै + तो जा दै थियो (उ/उनी) जाँदै थिए पूर्ण धातु + एको + थियो जा एको थियो (उ/उनी) गएको थिए अभ्यस्त धातु + थेँ/थे/थ्यो/थ्यौँ जा थेँ जान्थेँ (उ/उनी) नियमित गएका छन् (नियमित कार्य) खेल् थेँ खेल्थेँ (उ/उनी) नियमित खेल्थे अज्ञात धातु + एछ/एछु/एछन् जा एछ गएछ (उ/उनी) गएका छन् (कार्यले भएको पहिलोमा हुने, तर समय अज्ञात) बिर्स एछु बिर्सेँछु म भूलेँ प्रकार रचना मूल सहायक/मोडल विकल्पित क्रिया रूप अनुवाद सामान्य धातु + क्रिया जा छ जान्छ (उ/उनी) जान्छ अपूर्ण धातु + तै + दै + तो जा दै छ (उ/उनी) जाँदै छ पूर्ण धातु + एको + थियो जा एको छ (उ/उनी) गएको छ प्रकार रचना मूल सहायक/मोडल विकल्पित क्रिया रूप अनुवाद सामान्य धातु + क्रिया जा नेछ जाने छ (उ/उनी) जाने छ अपूर्ण धातु + तै + दै + तो जा दै हुने छ (उ/उनी) जाँदै हुने छ पूर्ण धातु + एको + थियो जा एको हुने छ (उ/उनी) गएको हुने छ - खेल्, हिँड्, खा, बस्, घुम्, नाच्’ जस्ता धातुबाट बनेका भूतकालिक व्रिmयापदको प्रयोग गरी शैक्षिक भ्रमणबारे एक अनुच्छेद लेख्नुहोस् ।
उत्तर :
- हामी पेन्टागन कलेजको कक्षा ११ मा पढ्थ्यौँ ।
- हामी शैक्षिक भ्रमणमा कहाँ जाने होला भनेर छलफल गथ्र्याै ।
- कोरोना महामारीका कारण हाम्रो छलफल छलफमा मात्रै सीमित रहेको भए पनि हामी कहिलेकाहीँ बास्केटबल, ब्याडमिन्टन खेल्थ्यौँ ।
- खेलेर बेस्सरी थकाइ लागेपछि माथि क्यान्टिनसम्म गएर खाजा खान्थ्यौँ ।
- हामी सबैजना कक्षामा चाहिँ अनुशासित भएर बस्थ्यौँ ।
- समूहमा जान नमिले पनि एक दुईजना भएर घुम्न पनि गयौँ ।
- दाइदिदीहरूका लागि बिदाइ कार्यक्रम हुनसकेको भए हाम्रो नाच्ने पनि योजना थियो ।
- भूत कालका अभ्यस्त पक्षका व्रियापदको प्रयोग गरी आफ्नो बाल्यकालका बारेमा वर्णन गर्नुहोस् ।
उत्तर : म आफ्नो बाल्यकालमा झगडा गर्दिनथेँ । साना साना कुरामा झगडा गर्ने अरूको बानी पनि मलाई मन पर्दैनथ्यो । विद्यालय जाँदा पनि ज्ञानी भएर जान्थेँ । फर्केर साँझ आएपछि पनि आमाले राखिदिनुभएको खाजा मिठो नमिठो केही पनि नभनी खान्थेँ । सानामा मेरो बानी देखेर घरका सबैजना अत्यन्तै खुसी हुनुहुन्थ्यो ।
- भविष्यत् कालका अपूर्ण तथा पूर्ण पक्षको प्रयोग गरी आफ्नो भविष्यको योजनाबारे लेख्नुहोस् ।
उत्तर : सर्लाही जिल्लाको लालबन्दीमा पहाडबाट बसाइँ सरेर आएपछि धेरैजना साथीहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो भविष्य निर्माण गरे मात्रै मेरो जीवन सुखी हुने ठानेर अब म बेस्सरी पढ्दै जाने छु । भविष्यमा मेरो जीवन अनुकरणीय भएको हुने छ । मेरा सबै साथीलाई मैले जितेको हुने छु र यस्तो सफलताका लागि मैले अनवरतरूपमा परिश्रम गर्दे जाने छु । त्यति गर्नसकेँ भने मेरो सङ्कल्प पुरा भएको हुने छ भन्ने मेरो योजना पूरा हुँदै जाने छ ।
- दिइएको अनुच्छेदलाई वर्तमान कालको अपूर्ण पक्षमा परिवर्तन गरी लेख्नुहोस्
उत्तर : शिवनारान आज साबिकझैँ समयमै खेतमा जाँदै छन् । आजैदेखि उनले नानीथकुँलाई पनि खेतमा लैजान सुरु गर्दै छन् । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिवनारानले गर्दै छन् । खास गरेर शिवनारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्दै छ । नानीथकुँ र पुननारानकी स्वास्नी अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किदै छन् ।
- दिइएको अनुच्छेदलाई भूत कालको अज्ञात पक्षमा परिवर्तन गरी लेख्नुहोस् :
उत्तर : डाक्टर गोदत्तप्रसादले आफू विवाहित र छोराछोरीको बाबु हुँ भन्ने पनि बिर्सिएछन् । उनी नानीथकुँका घरमा धाउन थालेछन् । उनीहरू एकान्तमा भेट्ने र कुराकानी गर्न थालेछन् । त्यो कुरा थाहा पाएर शिवनारानले नानीथकुँलाई सम्झाएछन् । डाक्टर गोदत्तप्रसादकी पत्नी रञ्जनादेवीले पनि सम्झाइछन्। अन्त्यमा नानीथकुँले पनि कुरा बुझिछन् । नानीथकुँ र गोदत्तप्रसादका बिचमा सम्बन्ध टुटेछ । एक दिन नानीथकुँको रामखेलावन राउतसँग भेट भएछ । रामखेलावन र नानीथकुँका बिचमा प्रेम भएछ । त्यो कुरा शिवनारानले विचार गरिराखेछन् उनले नानीथकुँको बिहे रामखेलावनसँग गराइदिएछन् । आफूले रोजेको मान्छेसँग बिहे गर्न पाएर दुवै जना खुसी भएछन् ।
- शिरबिन्दु तथा चन्द्रबिन्दुको प्रयोग भएका तलका शब्दलाई वर्णानुव्रमअनुसार लेख्नुहोस् :
उत्तर :
अंश अँगार अँध्यारो भयौँ वंश सँग संयम संरक्षण संलग्न संवाद संशय संसार संहार
सिर्जना र परियोजना कार्य
- वि.सं. २०११ मा तीन दिनसम्मको लगातार ठुलो वर्षाका कारण काठमाडौँ उपत्यकामा गरिबका घर, टहरा भत्किए, कतिलाई बाढीले बगायो र धेरै मानिसको ज्यान पनि गयो । त्यही घटनाबाट प्रभावित भएर हृदयचन्द्रसिंह प्रधानले एक चिहान उपन्यास लेखेका थिए । तपाईँले पनि देखेसुनेका कुनै त्यस्ता घटना सम्झिनुहोस् र एउटा कथा लेख्नुहोस् ।
उत्तर :
प्रबन्ध कथा
–देविप्रसाद घिमिरे
रिसाएकी प्रकृतिऊ.....ऊ लौन नि त्यो नानी च्व. च्व. च्व ...बगायो ! बिचरा बग्दै बग्दै ऊ तलै पु¥यायो ! लौ न नि ...हेर हेर भैँसी बगायो ! बिचरा ! हेर हेर अझै ज्यँुदै रहेछ ! तिम्बुतिरबाट बगाएर ल्याएछ । च्व. च्व. च्व .... अब बाँच्दैन, त्यो बिजोग हेर्नुभन्दा बगाओस् अब के नै पो गर्न सकिन्छ र ? हरे ! निष्ठुरी दैव....! राम राम राम लौन त्यो नानी किनार लगाइदिए पनि त हुने हे ईश्वर ! के गर्न अाँटिस् नि– ! विचरा ऊ तल पुग्यो यो उर्लँदो भेलमा कसले उद्धार गर्ने ? लौ न कोही मर्द छैन––? ए जाओ न ! त्यो बालकलाई बचाओ । ऊ फेरि गाडी बगायो, मान्छे पनि थिए कि ? ऊ ऊ त्यो लामो बस पनि बगाएछ !
भाग् है भाग माथिबाट अझै ठुलो बाढी आउँदै छ । ऊ हेर गाईगोठै बगाएछ । बाख्रापाठा सबै बगायो, बाटो बगायो, पुलपुलेसा बगायो, गाउँ नै बगायो, लौ न, नि यो के आयो आयो ! प्रकृति बौलायो लार्के, इन्द्रावती सबै भरिएर आयो । उर्लिएको बाढीले बस्ती बगायो गाउँ नै बगायो लौ न नि प्रकृति बौलायो सर्वनाश गरायो । ए–– त्यो छेउछाउ नबस हो...ई !
असार १, २०७८ मा सिन्धुवासीले कठोर विपत्तिको सामना गर्नुप¥यो । बहत्तर सालको भँैचालोले तहसनहस पारेर भर्खरै तङ्ग्रिन लागेको हेलम्बु, तिम्बु मेलम्चीक्षेत्रमा अकल्पनीय प्राकृतिक विपत्तिले सबैलाई घर न घाटको बनायो । ओत लाग्ने छाना छैन, आङ ढाक्ने नाना छैन, पेट भर्ने खाना छैन । के धनी के गरिब, के जान्ने के नजान्ने सबैलाई एकै झोक्कामा सडकमा पु¥यायो । बाटोघाटो, पुलपुलेसा सबै बगायो यातायातविहीन, सञ्चार सुविधाविहीन पीडित, घाइतेहरूको हेलिकोप्टरले उद्धार गर्दै छन् । समयमा राहत नपाएर मानिस प्राकृतिक प्रकोप, भोक र कोरोनाजस्तो घातक रोगलाई एकैचोटि सहन बाध्य छन् ।
सामाजिक दूरी, भौतिक दूरी कायम गर्दै क्वारेन्टाइनमा बसेका जनतामाथि आइपरेको यो विपत्तिको न त वर्णन गर्नसकिन्छ न त ..स्मरण गर्न नै । जस्तोसुकै आपत विपतमा पनि पीडितले पीडा सहनुसिवाय के नै गर्न सक्थे र ? एकपछि अर्को महाविपत्तिमा पिसोलिएको मेलम्चीले, आपूm बाँचेर काठमाडाँैवासीलाई बचाउने प्रण गरेको थियो । काकाकुलझैँ तिर्खाएको काठमाडाँैमा लामो प्रतीक्षापछि मेलम्चीले अञ्जुलीभरि स्वच्छ पानी बोकेर तिर्खा मेट्न घर घर चाहार्न मात्र थालेको थियो । अचानक आएको यो विपत्तिले अब फेरि मेलम्चीको बाटो रोकिएको छ । मैले हेर्दाहेर्दै, गाई बगायो, बाख्रा बगायो मेरो जग्गाजमिन श्रीसम्पत्ति सबै बगायो । कहाँ जानु ? के गर्नु ? के खानु ? के लाउनु ? दैवको बज्रमुक्का हामीलाई नै प¥यो । मेरा आँखैअगाडि सबै लग्यो । भएको केही छैन सबै सबै बगरमा परिणत भयो । सुनझैँ फलेको धान, मोतीझैँ फल्ने मकै, जीवन धान्ने कोदो, फापर, जुनेलो, गहुँ, जौ सबै सबै बगायो । आज भेला हुने चोक छैन, रातमा निन्द्रा दिनमा भोक छैन । लाउने नाना, खाने खाना ओत लाग्ने छाना नभएर ओढारको वास छ । कोरोना महामारीको त्रास छ । घर छैन, बारी छैन, गोठमा भँैसीको पाडी छैन, मकैबारी छैन, लाज ढाक्ने सारी छैन । सबै सबै प्रकृतिले खोस्यो । हिजोका करोडपति आज रोडपति भए । जीवनभरिको कमाइ सबै बगरले पुरेको छ । न त तेरो छ न त मेरो छ जताततै कहालीलाग्दो सेरोफेरो छ । यो हृदयविदारक दृश्यले सबैका मनमा बाढी आएको छ । जताततै त्रासदीले सन्नाटा छाएको छ । बाढी पाखामा आयो विरहको बाढी आँखामा आयो, आसुँ रोकिएन मनको वह पोखिएर जताततै करुणा छायो । हे दैव ! यो कस्तो विपत्ति आयो ! हुन त ‘जग्गा मिचेर रोपेको बाली, साँधसिमाना मिचेर लगाएको आली, नियम मिचेर गरेको काम, पाप पखाल्न धाएको धाम, खोला मिचेर बनाएको घर नीतिनियम मिचेर बनेको नेता, सम्मान मिचेर बनेको सम्बन्ध, संस्कार र संस्कृति मिचेर गरिएको कर्म, पैसाको लागि किनेको धर्मको भविष्य सधँै अनिश्चित र अकल्पनीय हुन्छ’ भन्छन् ।
तर..तर बहत्तर सालको भैँचालोको बबन्डर, पोहोर सालको पहिरो र यसपटकको बाढीले मेलम्ची नराम्ररी दुःखेको छ । मेलम्ची मात्र होइन यो दुःखमा काठमाडाँैको सपना पनि लुकेको छ । आज प्रकृति असाध्यै रिसाएको छ । बहत्तरमा भैँचालो र छयहत्तरमा कोरोनाले सिन्धुका बिन्दुमा पीडा घोलिन थाल्यो आफ्ना सुन्दर सपनाहरू सिँगांर्दै सहरको सपना साकार पार्न बिकासे रहरहरू अघि सार्दै कोरोनाको कहर काटिरहेका सिन्धुलीवासीलाई आएको यो विपद्ले सिन्धुवासीका मात्र होइन सिङ्गो देशका आँखा रसाएका छन् । बार वर्षमा खोलो पनि फर्कन्छ, कहिले ओल्लो छेउ, कहिले पल्लो छेउ गर्दै खोलाले आफ्नो बाटो आफँै बनाउँछ रे । कुनै न कुनै दिन खोलो आफ्नो बाटो फर्कन्छ रे । सोच्दै यसपालि त्यस्तै भयो । खोलो त आफ्नो बाटो फर्कियो तर विकास, निर्माण, समृद्धिका आलिसान भवनहरू बगरमा परिणत गरेर !
जताततै चिन्ता, चित्कार, वेदना र पीडाहरू छन् । हिजोको सुन्दर सहर पर्यटकीय गन्तव्य, विकासका कोसे ढुङ्गा, प्राकृतिक मनोरमता सबै नै लुटिए । सबै सपनाहरू बाढीले बगाएपछि, ओत लाग्ने ठाँउको खोजी गर्दै एउटा गोलभेँडा रोप्ने टनेलमा गाँउलेहरूले ओत लाग्ने सहारा बनाए । त्यही लामो टनेलमा एउटा गाँउका करिब पचासजना मानिस एकै ठाउँ गुजुल्टो परे । मानिसले बनाएको सामाजिक विभेद तोडेर सबैमा सामाजिक सद्भावको नातो गाँसिदियो प्रकृतिले । हिजोका धनी, हुने खानेदेखि सडकका जुत्ता सिएर, लुगा सिएर, हतियार बनाएर बस्नुहुने आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबै सबै एउटै छानामुनि दुःख बाँड्न थाले ।
यो बाढीपीडित शिविरमा जातीय विभेद, वर्गीय विभेद केही थिएन । मालिक र नोकरहरूसगँै बसेका थिए । यो देखेर दयाराम छक्क प¥यो । उसले केही असजिलो महसुस पनि ग¥यो । त्यस शिविरको एउटा कुनामा धर्मनाथ बाजे लुगलुगी काम्दै आफ्नो च्यातिएको लुगा छाम्दै गीताका श्लोक भटभट्याउँदै थिए । छेवैमा गाउँका नाम कहलिएका नेपाल, दङ्गाल, नेवार परिवारका मानिसहरू आआफ्नै परिवारमा गुजुल्टिएर बसेका थिए । दुई दिनदेखि भोकभोकै बस्दाको पीडा, कोरोनाको कहर, बाढी पहिरोको डरले सबै त्रसित थिए । ठुलाबडा हुने खानेदेखि सामान्य मानिस त्यस शिविरमा समान हैसियतमा देखिन्थे । केटाकेटी भोकले चिच्याउँथे, सुत्केरीहरू निन्याउरो अनुहार लगाउँथे ।
त्यही हृदयविदारक प्राकृतिक प्रकोप पीडितहरूलाई अब कसरी बाँच्ने, कसले बचाउँछ, को आउँछ, कहिले आउँछ, कतिखेर आउँछ भन्ने कौतुहलमा आशातित आँखाहरू टाढासम्म फ्याँक्थे । पानी दर्किरहेकै थियो । खोलो भड्किरहेकै थियो । सबैको मन त्यसै त्यसै बेचैन थियो । बिजुली सञ्चार सबै अवरुद्ध थियो । वास्तवमा सुखले पो मानिसलाई विभेद गर्दाे रहेछ । दुःखमा त सानो, ठुलो, धनी, गरिब सबै उस्तै पो हुँदा रहेछन्, सबैको पीडा एउटै पो हुँदोरहेछ ! सबैको भोक भोकजस्तै हुँदोरहेछ, अभाव साँच्चै अभावजस्तै हँुदोरहेछ ! हामी त रोग सहन सक्छौँ, भोक सहन सक्छौँ, उस्तै परे अनायासै आएका आँसु छेल्न सक्छौँ तर ....तर बिचरा यी धनीका छाउराहरूको हरिविजोग देखेर दयारामले मन थाम्न सकेन । ऊ पानीमा रुझ्दै अलि माथि बारीमा गयो र एक डोको हरिया मकै भाँचेर ल्यायो ।
उसको शरीर पानीले निथ्रु्क्कै भिजेको थियो । उसले सबैलाई एक एक घोगा मकै दियो । सबैले प्राण बचाउन मकै काँचै चपाउन थाले । दिनहुँ खाजामा मःमः र पिज्जा खाने केटाकेटीहरूले त्यो मकै ओल्टाइ पल्टाइ रे, अन्त्यमा अरूको नक्कल गर्दै खान थाले । दयारामलाई यो टिठलाग्दो दृश्यले सारै बेचैन गरायो । ऊ वरपर आगोको खोजीमा दौडियो तर कतै पाएन । उसले एउटा हतियार पटक पटक रगडेर ढुङ्गामा आगो निकाल्यो, भिजेकै भए पनि रगटेर दाउरा भेला गरेर त्यो शिविरमा आगो बालेरै छाड्यो । उसको अथक प्रयासलाई सबैले मुक्तmकण्ठले प्रशंसा गरे । उसले प्रकृतिसँग सम्झौता गरेर बाँच्न सबैलाई आशाको दियो जलायो । अलि पर गएर जरुवाको पानी कर्कलाको पातमा ल्यायो । त्यो पानी सबैले पालो पर्खिएर पिए । उसले पटक पटक त्यो सेवा गरिरह्यो ।
विपद्मा जातभन्दा ठुलो डर हुँदो रहेछ । मानिस मर्नबाट यति धेरै डराउँदो रहेछ । बाँच्नका लागि जात र थर आफँै हराउँदो रहेछ । एकपटक धारामा पानी छोएको निहुँमा सातो बुकाउने मुखियाबाले पनि पानी खाए । मकै खाए, समानताको गीत गाए । त्यो देखेर दयाराम खुसी भयो । अलि अलि दुःखी पनि । तर ...मान्छे भनेको मान्छे हो । मान्छेको जात मान्छे, थर मान्छे, धर्म मानवधर्म, कर्म विपतमा परेकालाई सेवा गर्नु भन्ने ज्ञान दयारामलाई प्रस्ट भयो । अर्कातिर यत्रो वर्ष आफ्नो जात, धर्म, कर्म, स्वाभिमान, अभिमान जोगाएर बसेका मुखियाबाले उसले ल्याएको जरुवाको पानी घटघटी पिएर तर्खा मेटेको देखेर कतै मैले अपराध त गरिनँ भनेर अलि अलि डर, अलि अलि त्रास पनि लाग्यो ।
उनले त्यही गाउँमा आफ्नो कलकलाउँदो बैँस गुमाए । जोशिला पाखुरी गुमाए । आफन्त गुमाए, आज असियाँै वसन्तमा सङ्घर्ष गर्दैगर्दा जिन्दगीभरि कमाएको धन गुमाएर सम्पत्ति गुमाए, थोपा थोपा पसिनाको कमाइले खडा गरेको घर गुमाए । आफ्नो लामो अनुभवको शृङ्खलाको चौतारीमा मुखियाबा मन कुड्याएर बाँच्न विवश छन् । एकादेशको कथा, बुढेसकालको व्यथा, भैँचालो थिलथिल कोरोनाको कहरले कत्र्mयाएको मानवबस्तीमा कल्पनै गर्न नसकिने यो प्राकृतिक विपत्तिले जोश बगायो, जाँगर बगायो, उत्साह वगायो, उमङ्ग बगायो ! कस्तो अचम्म ! त्यति राम्रो तीन तले पक्की घर बगरले पूरै पुरेर अहिले नामनिसान छैन ! सबै बगर मात्र केवल दबदबे हिलोभित्र पुरिएको सपना, यो ल्पास्टिकको छाप्रोमा बसेर विवश मुखियाबा निःशव्द छन् । कठोर पीडा सहेर बसेको दोस्रो दिन सहरबाट राहत बोकेको हेलिकोप्टर आयो, खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा बाँड्यो । सबैले आआफ्नो भाग उठाउँदै गए । सधँै अरूलाई दिएर खाएका आपूmले सकेसम्म अरूबाट केही नलिएका गाउँमा सबैले मानेका, आदर्श पुरुषजस्ता देखिने मुखियाबाले पनि हात थरथराउँदै आफ्नो राहत थापे ! यो देखेर सबैका आँखा रसाए । दैवको लीला ! राजालाई रङ्क बनायो । करोडपतिलाई रोडपति बनायो, हरे दैव ! यो के गर्दै छस् र अझै केके गर्ने तयारी छ तेरो ? भँैचालोले चर्काएको मन कोरोनाका कहरले बाँच्ने रहर साँच्दासाँच्दै फेरि यो बाढीको वितण्डा सहन विवश यो दृश्य देख्ने र सम्झिने सबैका आँखा रसाउँछन् ।
छोराको संस्कार छोरीको संस्कृति नेपाली प्रकृति समय समयमा आउने विपत्ति सबै सबै सामना गर्न, विवश यो छाप्रोमा बिस्तारै आशाका किरण जाग्न थाले । पानी पनि तेस्रो दिनबाट अलि कम भयो । अब दयारामले अरू युवाहरूलाई पनि हौसाएर एउटा अस्थायी शौचालय बनायो । नजिकैको धारामा पानी जोडेर शिविरसम्मै ल्यायो । औषधी लिएर डाक्टरहरूको टोली आयो । बिस्तारै वातावरण केही सहज भएपछि दयारामले त्यस शिविरमा अरू स्वयमसेवक खटाएर न्यूनतम् व्यवस्थापन गर्यो । उद्धारटोली, राहतटोली, स्वास्थकर्मीहरूको टोलीलाई बाटो देखाउँदै अरू शिविरहरूमा पनि गयो । जहाँ जहाँ गयो त्यहाँ त्यहाँ सबैको अवस्था उस्तै थियो । दुई दिन लगाएर त्यो टोली भिर, पहरा झेल्दै, खोलो पहिरो झेल्दै अकल्पनीय दुर्घटनाबाट जोगिँदै हेलम्बुका दुर्गम गाउँसम्म पुगे । बाटोघाटो, पानी, बिजुली, सञ्चार सबै बन्द भएको त्यस गाउँमा मानिसको दयनीय अवस्था झनै दयनीय थियो । त्यस टोलीले केन्द्रसम्म सम्पर्क गरेर तत्काल राहत र उद्धारको व्यवस्था मिलायो । अब सिन्धुली, तिम्बुवासीहरूलाई बाँच्ने आशा पलायो । प्रहरी चौकी, स्थानीय विद्यालय, घरगोठ श्रीसम्पत्ति सबै गुमाउन विवश नागरिकहरूलाई बचाउँन विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू सक्रिय देखिए पनि यातायातको अभावले मानिसहरूले समयमै राहत पाएनन्, कैयौँ दिन केही खाएनन् सञ्चारविहीन भएर आफ्नो दुःख पोख्न पाएनन् । यो कठोर समयमा आफ्नो ज्यानको पर्बाह नगरी निस्वार्थ सेवामा जुटेको मनमा मानवीय सद्भाव बोकेको लोभलालच केही नभएको दयाराम । ‘मानवता जातमा होइन आत्मामा हुन्छ भन्ने सकारात्मक सोचमा हुन्छ, निस्वार्थ सेवामा हुन्छ, मानिस कर्मले ठुलो हुन्छ’ भन्दै दयारामको सत्कर्मले सम्मान पायो । ज्ञान, विज्ञान, मनोविज्ञान, तर्कवितर्क, कुतर्कको मन्थन हुँदै गर्छ तर “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन” भन्ने देवकोटाको भविष्यवाणी दयारामले सार्थक बनाएको छ । रोइरहेकी मेलम्चीको आँसु पुछ्ने रुमालरूपी सेवाभावको, मनको खेती गर्न सकारात्मक विचारको बगैँचा निर्माणमा हरदिन हररात जुटिरहेको छ ।
(लेखक: त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवम् सकारात्मक सोच तथा संरक्षण कविता क्रान्तिका अभियन्ता हुनुहुन्छ) - पुस्तकालयबाट अथवा साथीसँगको सहायताबाट कुनै एउटा उपन्यास खोजेर पढ्नुहोस् र त्यस उपन्यासका
निम्नलिखित पक्षका बारेमा छोटकरीमा लेख्नुहोस् :
(क) उपन्यासको विषयवस्तु (ख) पात्र (ग) परिवेश (घ) सन्देश वा भन्न खोजेको कुरा ।
उत्तर : (क) उपन्यासको विषयवस्तु:
"प्रेमरंग" एक उपन्यास हो जसले प्रेम र सम्बन्धको विभिन्न पहलुहरूलाई छुटाएको छ। यो उपन्यास प्रेमको विकास, त्यसका चुनौतीहरू, र सम्बन्धहरूलाई समर्थन गरेको छ।
(ख) पात्र:
पुस्तकमा प्रमुख पात्रहरू अविनाश र संगीता हुन्, जो अरू चिरायो प्रेमको साथमा आफ्नो जीवनसँग लिएर बढ्दैछन्। उनीहरूको कथा पुस्तकमा मुख्य छ, र उनीहरूको चरित्र रचनात्मकता र विविधतामा बहुपयोगी छ।
(ग) परिवेश:
कथाले विभिन्न परिवेशहरूमा घटित हुने घटनाहरूले उपन्यासलाई रमाइलो बनाउँछ। पुस्तकले नेपालको विभिन्न स्थानहरूमा घटित भएको प्रेमको कहानीले पाठकलाई स्वाधीन यात्रामा ल्याउँछ।
(घ) सन्देश वा भन्न खोजेको कुरा:
"प्रेमरंग" ले प्रेम, समर्थन, र समर्पणको महत्त्वपूर्णता परिचित गराउँछ। यो उपन्यास व्यक्तिगत सम्बन्धहरूमा मौद्रिक परिवर्तन गरेको छ र चुनौतीहरूले कसरी प्रेममा परिवर्तन हुन सक्छ भन्ने सन्देश पनि पुर्याउँछ।
"प्रेमरंग" उपन्यासले पाठकलाई एक रोमान्टिक, रोचक, र आत्मनिर्भर यात्रामा ल्याउँछ, जसले प्रेम र जीवनको अद्वितीयता पर्वाह गरेको छ।