एक चिहान उपन्यास का प्रमुख घटानाक्रम तथा कथावस्तु | NEB Nepali Notes Class 12

Table of Contents

एक चिहान उपन्यास का प्रमुख घटानाक्रम तथा कथावस्तु

एक चिहान उपन्यास का प्रमुख घटानाक्रम तथा कथावस्तु

परिच्छेद १:

बिरामी अष्टनारानले परिवारका लागि आफूले केही गर्न नसकेको भन्दै छोराहरूलाई आमा र बहिनीलाई दुःख नदिनु भनी सम्झाउनु र श्रीमती, छोराछोरी सबैलाई एकै ठाउँ राखेर अब आफ्नो अन्तिम अवस्था आएकोले औषधी नर्गन र आफूले जोगाएर छिंडीनेर गाडेर राखेको २५ रुपियाँले आफ्नो मृत्युपछिकाजक्रिया गर्नू भनी सम्झाउनु,

परिच्छेद २:

दुई महिनासम्म स्थानीय गुभाजुहरूलाई देखाउँदा पनि कुनै उपलब्धि नभएपछि लतमायाले राम्रै डाक्टरलाई देखाउने इच्छा गर्नु र शिवनारान त्यही टोलका नामी डाक्टर गोदत्त प्रसादलाई लिन उसको घर जानु तर डाक्टरले उपचारका लागि कुनै वास्ता नगर्नु,

परिच्छेद ३:

सिकर्मी काम गर्ने पुननारानले साहुबाट ल्याएको पेस्कीको कुरासंगै केही दिनपछि काम गर्ने बचन दिनु र डाक्टरको खोजीमा गएका दाजु नफर्केपछि खोज्न जानु र पैसा दिने भएपछि डाक्टर उपचारका लागि तयार हुनु,

Recommended: Ek Chihan | Exercise | Lesson 5 | Class 12 Nepali Notes

परिच्छेद ४:

अष्टनारानको चेकजांज गरी डाक्टरले प्रेस्किप्सन लेखिदिनु र जान्ने कम्पाउन्डरलाई सुई लगाउन भन्नु तथा नानीथकुँलाई देखेपछि भने मुग्ध हुँदै बेलुका सुइ लगाउन आफैँ आउने वचन दिँदै त्यहाँबाट निस्कनु तर पैसा लिन नमान्नु,

परिच्छेद ५:

अष्टनारानले डाक्टर गएपछि परिवारलाई गरिबीको पीडा सुनाउँदै आफू नबाँच्ने भएकाले ऋण लिएर उपचार नगर्नू भन्नु र छोरा शिवनारानले डाक्टरले फिस नलिने कुरा गरेका छन् भनी बाबुलाई आश्वस्त पार्न खोज्दा अष्टनारानले डाक्टर राम्रो मान्छे नभएको कुरा गर्दै डाक्टरको चरित्रमाथि आशंका गर्नु,

परिच्छेद ६:

अष्टनारानले डाक्टर गएपछि परिवारलाई गरिबीको पीडा सुनाउँदै आफू नबाँच्ने भएकाले ऋण लिएर उपचार नगर्नू भन्नु र छोरा शिवनारानले डाक्टरले फिस नलिने कुरा गरेका छन् भनी बाबुलाई आश्वस्त पार्न खोज्दा अष्टनारानले डाक्टर राम्रो मान्छे नभएको कुरा गर्दै डाक्टरको चरित्रमाथि आशंका गर्नु,

परिच्छेद ६:

अष्टनारानले छोराछोरीलाई आआफ्ना काममा लाग्न प्ररित गर्नु, "किसानको असार बिगार्नु हुँदैन, श्रम नै पूजा हो, मलाई कुनै परे लतमायालाई बस्न देऊ ।" भनी सबैलाई कर्मप्रति समर्पित हुन सल्लाह दिनु,

परिच्छेद ७:

डाक्टरले निरन्तर उपचार गरे पनि अष्टनारानले आफू नबाच्ने कुरा गर्नु, डाक्टरले बिरामीलाई केही सान्तवना दिए पनि परिवारका सदस्यलाई अवस्था बिग्रेकाले साथ नछोड्नु भनी निस्कनु, परिवारका सबैलाई सम्झाउँदा सम्झाउँदै अष्टनारानको मृत्यु हुनु,

परिच्छेद ८:

अष्टनारानको मृत्युले परिवार शोकमा पर्नु, सबैले सद्भाव देखाए पनि आर्थिक अभावले अन्त्यष्टिमा ढिलाई हुँदा डाक्टरसँग २५ रुपियाँ सापटी लिएर अष्टनारानको अन्तिम संस्कार गरिनु,

परिच्छेद ९:

बुबाका विचारबाट प्रभावित छोराहरूले कर्मबाट बुबालाई खुसी बनाउनुपर्ने विचार राखी दानदक्षिणाबाट नभई सामान्य खर्चमा परिवारले अष्टनारानको काजकिरिया सम्पन्न गर्नु,

परिच्छेद १०:

सबै आफ्नो काममा लाग्नु र लतमाया र नानीथकुमात्र घरमा लुगा बुनिरहेका बेला सुरमानको कारिन्दा रामबहादुर आएर कपडा बुन्ने देशी तानको प्रस्ताव राख्नु र सुरमानले शिवनारानको परिवारको विशेष चिन्ता लिएको बताउनु,

परिच्छेद ११:

गोदत्तप्रसाद दिनहुँ जसो अष्टनारानका घरमा आउनु र नानीर्थंकुसँग गफिंदै उसको हात समाएर हथुङ्गामा चुम्बन गर्नु तथा नानीथकुँ डाक्टारलाई नजिक पाएर मख्ख पर्नु,

परिच्छेद १२:

लतमायाले रामबहादुर आएको र नयाँ तानको प्रलोभन दिएको कुरा सुनाएपछि खराब मानिसक स्वार्थ सहयोगभित्र लुकेको हुन्छ भनी राक्षस कसरी देवता भयो भन्दै शिवनारानले सुरमान र डाक्टर दुवैमाथि असन्तुष्टि व्यक्त गर्नु,

परिच्छेद १३:

सुत्ने बेलामा तमाखु खाँदै गर्दा शिवनारानकी श्रीमती हाकुमायाले नानीथकुँको विवाह गरिदिनुपर्ने विचार राख्नु, डाक्टर दिनहुँ जस्तो आएर नानीथकुसँग ठट्टा गर्ने गरेको कुरा गाउँभरि हल्ला भएको कुरा अरूबाट सुनेको बताउनु

परिच्छेद १४:

अर्कोदिन शिवनारानले रिसाउँदै सामन्तीको दयाभित्र कुविचार हुने कुरा गर्दै नानीथकुँ र गोदत्तको सम्बन्धका बारेमा लतमायालाई बताउनु र डाक्टरलाई नआउन भन्नु अनि सुरमानको तान पनि नलिनु भन्ने सल्लाह दिएर नानीथकुंलाई अवदेखि भात पकाउन लगाउनु भनी खेततिर जानु,

परिच्छेद १५:

रामबहादुरले तान लिएर आउनु, लतमायाले फिर्ता लान भन्दा रामबहादुरले भरियालाई आफैले ज्याला दिएर पठाइदिनु अनि अष्टनारानले मर्नुभन्दा पहिला सुरमानलाई नानीथकुको हात दिने कुरा गरेको र यो कुरा पूरा गर्ने दायित्व लतमायाको भएको जाली कुरा कसम खाएर साँचो बनाइदिनु,

परिच्छेद १६:

लतमाया र रामबहादुरको सबै कुरा नानीथंकुले लुकेर सुन्नु, यस्तैमा डाक्टरको आगमन हुनु, लतमायाले नानीथंकुलाई भात पकाउन माथि पठाउनु र नानीर्थंकुसँग ठट्टा गर्ने आसमा बसेको डाक्टर एकछिनपछि निराश बनेर फर्कनु,

परिच्छेद १७:

शिवनारान खेतबाट चाडै नै फर्कंदा घरमुनि डाक्टरसँग जम्काभेट हुनु, रिसले आगो भएका शिवनारानले कडा रूपमा नानीथकुंलाई सम्झाउँदै डाक्टरलाई नआउनू भनेर नानीथकुंले नै भन्नु पर्ने विचार राख्नु,

परिच्छेद १८:

दाजुको रिस र आमाको सम्झाइले नानीथकुको मनस्थितिमा गम्भीर प्रभाव पर्नु, सबै जना काममा गएपछि ऊ डाक्टरलाई भेट्न जानु र डाक्टरसंग आफूहरूबिचको प्रेम सबैले थाहा पाएर भेट्न नदिने कुरा गरेको सुनाउनु तथा दुवैमा प्रेमपूर्ण कुरा चल्नु र यो कुरा रञ्जनादेवीले चाल पाउनु,

परिच्छेद १९:

खाना खाने बेलामा रञ्जनादेवीले डाक्टरलाई आफ्नो परिवार र पेसाप्रति इमान्दार बन्नुपर्ने कुरा गर्दै डाक्टर र नानीर्थंकुका बिच भएका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै गोदत्तप्रसादलाई केरकार गर्नु, डाक्टरले हाँसेर कुरा टार्न खोज्नु,

परिच्छेद २०:

रञ्जनादेवीले नानीथकुलाई बोलाएर पुरुषको खराबप्रवृत्तिबाट आफ्नो अस्मिता जोगाउनु पर्छ भन्दै डाक्टरको कुरामा नफस्न सल्लाह दिनु तथा नारी अस्मिता र यसको महत्त्वका विषयमा नानीथकुँलाई सबै कुरा बुझाउनु

परिच्छेद २१:

रञ्जनादेवीको सम्झाइपछि नानीर्थक मानसिक द्वन्द्वमा पर्नु र डाक्टरले आफूलाई प्रेम नगर्ने कुरा थाहा पाएपछि डाक्टरसँगको प्रेम फिर्ता लिएको जनाउँदै अबदेखि नभेट्ने कुरा गर्नु,

परिच्छेद २२:

डाक्टर र नानीर्थंकुको निरन्तर भेटघाटले शिवनारान अशान्त हुनु, नानीथकुलाई नराम्रोसँग हप्काउनु र प्रेम र स्वतन्त्रता तथा जीवनमा अभिभावकको महत्त्व बुझाइदिनु तथा नानीथकुंलाई अबदेखि खेतमै लिएर जाने कुरा गर्नु,

परिच्छेद २३:

शिवनारानका खेतमा रोपाई भएको दिन डा. गोदत्तप्रसाद पनि सुपारी लिएर त्यहीं पुग्नु र केही क्षणमा नानीर्थंकु र डाक्टर हिलोमा रमाउन थाल्नु तथा शिवनारानलाई यो कुरा मन नपर्नु,

परिच्छेद २४:

अघिल्लो दिनको रोपाईंको थकान मेट्न शिवनारानको सम्पूर्ण परिवार घरमै बसेका बेला लतमायाले नानीथकुको बिहेको कुरा गर्नु, शिवनारान डाक्टर र सुरमानसंग बहिनीको बिहे गर्ने पक्षमा नहुनु र यसै समयमा रामबहादुर आइपुग्नु तथा बिहेको प्रसङ्ग उठाउनु तथा शिवनारानलाई किसान भएर ठुला कुरा गरेको भनी अपमान गरेपछि दुवैमा भनाभन हुनु,

परिच्छेद २५:

शिवनारान खेतीपातीको हेरविचार गर्न खेतमा बस्नु, सुत्ने बेलामा दुवै ठट्टा गरिरहेका बेलाम खेतमा गाई आएर धान नोक्सान गर्दा शिवनारानले गाईलाई पिट्नु तर हाकुमायाको सम्झाइपछि भोलिपल् गाइलाई थानामा बुझाइदिनु,

परिच्छेद २६:

परिवारका सदस्य बसेर खाना खाइरहेका समयमा लतमायाले जीर्ण घरलाई भत्काएर नय बनाउनुपर्ने कुरा गर्नु तथा हर्षनारान र नानीर्थकुको बिहे पनि भइदिए आफूलाई सन्तोष हुने बताउनु यसै समयमा डाक्टर नानीथकुलाई लिन आउनु तर नानीथकुले उसको अनुनयलाई अस्वीकार गर्नु,

परिच्छेद २७:

आमासँग आफूले दुलही भेट्टाएकाले विवाह गरिदिनु भन्ने कुरा हर्षनारानले गरेपछि सबै दङ्ग ? खुसी हुनु तथा जातको कुरा चल्दा तामाङकी छोरी भनेपछि सबै खुसी भएर बिहे गर्ने निश्चय गर्नु,

परिच्छेद २८:

बिहेमा हुने परम्परागत ढोंगी प्रचलनलाई हटाउदै आफ्नो क्षमताअनुसार कार्य गर्नुपर्ने कुरा हुनु र माहिला तामाङले नेवारलाई छोरी दिन पाएकामा खुसी हुदै आफ्नो क्षमताअनुसार दान गरेर आँसु झार्दै छोरीका बिदाइ गर्नु तथा सामान्य भोजसहित हर्षनारान र पुतलीको सुन्दर वैवाहिक जीवन सुरु हुन्,

परिच्छेद २९:

भाइको बिहेपछि नानीथकुको बारेमा शिवनारान अलि चिन्तित हुनु र सुयोग्य वर खोज्नु तथा भनेजस्तै गुणले भरिपूर्ण मधेसी केटोसँग आफ्नै परम्पराअनुसार विवाह गरिदिनु र बुबाको चाहनाअनुसार अन्तर्जातीय विवाह तथा सबै जातको साझा परिवार भएकामा शिवनारान खुसी हुनु,

परिच्छेद ३०:

भाइबहिनीको बिहे गरी व्यवहार मुक्त भएका शिवनारानले श्रीमतीलाई परिश्रमी बन्दै कर्ममा लाग्न प्रेरित गर्नु, अब घर बनाउने, भोज खुवाउने र छोराछोरीलाई सिनेमा हेर्न लैजाने र केही सुखको जीवन बिताउने योजना शिवनारानले बनाउनु,

परिच्छेद ३१:

तीन दिनदेखि लगातार परेको पानी अतिवृष्टिमा परिणत भई शिवनारानको चारजनाको परिवार बाढीमा बगेर मर्नु तथा घरमा रहेका अन्य सदस्य जीर्ण घर भत्किएर त्यसमै पुरिएर मर्नु, उनीहरूका लास पहिचान गरी बुझ्ने मान्छेसमेत कोही नहुनु, प्राकृतिक प्रकोपबाट एउटा परिवारको दुःखद मृत्यु भएको सन्दर्भलाई एकचिहानका रूपमा सङ्केत गर्दै उपन्यास टुङ्गिनु ।

About the Author

A free online educational resource provider.

Post a Comment

Please do not enter any spam link in the comment box.

Frequently Asked Questions

What is Nepali Educate?

Nepali Educate is an online platform dedicated to providing educational resources, support, and information for students, parents, and educators in Nepal.

What services does Nepali Educate offer?

Nepali Educate offers a range of services, including educational articles, exam preparation resources, career guidance, and information about educational institutions in Nepal.

How can I access the resources on Nepali Educate?

All resources on Nepali Educate are accessible through the website. Simply visit the website and explore the various sections, including articles, exam tips, and career guidance.

Are the resources on Nepali Educate free?

Yes, the majority of the resources on Nepali Educate are available for free. However, there might be some premium or additional services that require a subscription or payment.

How can I contribute to Nepali Educate?

Nepali Educate welcomes contributions from educators, professionals, and students. If you have valuable insights, educational content, or resources to share, you can contact us through the website for contribution opportunities.

Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.