Gorkhe | Exercise | Lesson 9 | Class 12 Nepali Notes

पाठ ९
गोर्खे
अभ्यास


शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
प्रविधिज्ञ
विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यक्ति
भाइरस
कम्प्युटरको कार्यक्षमतालाई कमजोर पार्ने वा अवरुद्ध गर्ने प्रोग्राम, रोग सार्ने जीवाणु
नामोनिसान
नाम र त्यसलाई जनाउने लक्षण वा चिह्न
सङ्क्रमण
एक वस्तुबाट अर्को वस्तुमा फिंजिनु
अत्यधिक
एकदमै धेरै
सान्त्वना
आश्वासन
महाविकराल
अत्यन्त डरलाग्दो
दाह्रा
मुखभित्र लामाछोटा भएर उम्रिएका र नमिलेका दाँत
भावभङ्गी
मनका भाव ब्यक्त गर्ने शारीरिक चेष्टा वा मुद्रा
परीक्षण
रोग लागेको छ कि छैन भनी जाँच गर्ने काम
विलक्षण
सामान्यभन्दा भिन्न खालको अचम्मको

२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
(क) मन बहलाउन वा समय काट्नका निम्ति कुनै पनि मनोरञ्जक काम कुरा वा खेलमा तल्लीन भएको
क्रिडामग्न
(ख) कुनै काम गर्दा अनुभव तथा प्रयोगका आधारमा अंगालिने खास विधि वा प्रक्रिया
परीक्षण, चेकजाँच
(ग) कम्प्युटरमा कृत्रिम फोल्डर बनाउने र सक्कली फोल्डरलाई लुकाइदिने भाइरस
ब्रोन्टक भाइरस
(घ) कम्प्युटर खुल्नेबित्तिकै याममा गएर बस्ने र विन्डोज खुल्न थालेपछि पछाडि फर्काइदिने भाइरस
बुट सेक्टर भाइरस
(ङ) मेमोरीमा रहेका एक्सटेन्सन फाइललाई बिगार्ने भाइरस
मेमोरी भाइरस

३. दिइएका टुक्काको अर्थ पहिल्याउनुहोस् र वाक्यमा प्रयोग गर्नुहोस् :
इन्तु न चिन्तु हुनु : पीडाले रन्थनिनु
रामको मृत्युले उसको प्रेमिका इन्तु त चिन्तु भइन ।
दाँत गाड्नु : अति लोभ गर्नु
घनश्यामले अर्काको सम्पत्तिमा दाँत गाड्नु बाहेक अरू केही जानेको छैन ।
टाप कस्नु : भाग्नु
प्रहरीलाई देख्न साथ चोरले टाप कस्यो
ढड्रङ्ग लड्नु : ठुलो आवाजसहित पछारिनु
घरमुनिको लप्सीको बुढो रूख आज दोबाटोमा डङ्ग लड्यो ।
टाउको खानु : दिक्क बनाउनु
मेरो भाइले आजभोलि कम्प्युटर किनिदिनुहोस् भनेर मेरो टाउको खानै लाग्यो ।
सुइँकुच्चा ठोक्नु : भाग्नु
कुकुर देख्ने बित्तिकै स्यालले सुइँकुच्चा ठोकेछ ।
बाटो हेर्नु : प्रतीक्षा गर्नु
चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्‍छ।
काँध हाल्नु : समर्थन गर्नु
यस्ता स्तरै नभए का मान्छे लाई काँध हाल्नु पर्ने ओली लाई के वाध्यता छ कुन्नी ?
तातो लाग्नु : उत्सुकता जाग्नु
हाम्रो सरकार कोरोनाको बहाड आएपछि मात्र तातो लाग्छ ।

४. दिइएका उखानको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :
ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ‚ आकाशको फल आँखा तरी मर्‌‚ आलु खाएर पेडाको धाक‚ अकबरी सुनलाई कसी लगाउनु पर्दैन
ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझै दशा लागि आर्थिक रूपमा टाट पल्टेका मानिसलाई सामान्य अवस्थाका मानिसले पनि हेप्ने गर्दछन् । कोरोनाका कारण यस्ता वेक्तीको जीवनमा झन् दु:ख कस्ट निम्तिएको छ । इन्टरनेट नभएकाहरूलाई अनलाइन कक्षा आकाशको फल, आँखा तरी मर् भनेझैँ भैराखेको छ । नेपाली समाजमा आलु खाएर पेडाको धाक लगाउने ठालुहरू प्रशस्तै पाइन्छन् । अकबरी सुनलाई के लगाउनु र कसी भनेझै गरिबका छोराछोरी पनि अकबरी सुन झै हुन्छन् । बाल्यकाल देखि नै दु:ख कस्ट सहेर हुर्कने उनीहरुले पछि गएर सफल जीवन जिउन सक्छन् ।

बोध र अभिव्यक्ति
२. गोर्खे कथा पढी दिइएको प्रश्नको उत्तर दिनुहोस् :

क) पेशल कसरी जीवन निर्वाह गर्छ ?
उत्तर : पेशल कम्प्युटर प्रविधिज्ञ हो । उसले कम्प्युटर सम्बन्धी कामहरु गरेर जीवन निर्वाह गर्छ ।

ख) सतपालले पेशललाई किन आफ्नो घरमा आउन अनुरोध गरेको हो ?
उत्तर : सतपालको कम्प्युटर बिग्रेकाले त्यसलाई बनाइदिनको लागि पेशललाई आफ्नो घरमा आउन अनुरोध गरेको हो ।

ग) पेशलले सतपालको कम्प्युटरलाई कसरी मर्मत गर्‍यो ?
उत्तर : पेशलले सतपालको कम्प्युटरलाई आफैले बनाएको एन्टिभाइरस गोर्खेको सिडी इन्स्टल गरेर त्यसैबाट मर्मत गर्‍यो।

घ) कम्प्युटरको डाइलग बक्समा देखा परेको गोर्खे एन्टिभाइरस कस्तो पहिरनमा थियो ?
उत्तर : कम्प्युटरको डाइलग बक्समा देखा परेको गोर्खे एन्टिभाइरस टाउकामा सिङ भएको , आङमा रुखका बोक्रा लगाएको , दाह्रा कटकटाइरहेको , महाविकराल अनुहार भएको पहिरनमा थियो ।

ङ) ब्रोन्टक भाइरसले कम्प्युटरलाई कसरी बिगार्छ ?
उत्तर : ब्रोन्टक भाइरसले अत्याधिक मात्रामा डुब्लिकेट फाइल बनाएर ओभरलोड गरेर कम्प्युटरलाई कामै गर्न नसक्ने गरी बिगार्छ ।

५. दिइएको कथांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) `भाइरसलाई उठाएर खरानीको घेराभित्र थेचार्‍यो´ भन्नुको तात्पर्य के हो ?
उतर : `भाइरसलाई उठाएर खरानीको घेराभित्र थेचार्‍यो´ भन्नुको तात्पर्य त्यो काम नलाग्ने भाइरसलाई सधैका लागि समाप्त गर्‍यो भन्नु हो ।

ख) गोर्खेले कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि गरेका क्रियाकलाप के के हुन् ?
उत्तर : गोर्खेले कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि गरेका क्रियाकलापहरु उसले स्क्यान गर्दा भेटिएको घिन लाग्दो देखिने भाइरसलाई समाप्त गर्‍यो , पछि फेरि स्क्यान गर्दा भेटिएका पाँचथरी भाइरसले सङ्क्रमण गरेका चार सय फाइललाई मर्मत गर्‍यो र नसकेका जति डिलिट गर्न सुझाव दियो आदि हुन् ।

६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क) एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्कामाथि विजय प्राप्त  गर्न के के गरेका छन् ?
उत्तर : एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्कामाथि विजय प्राप्त गर्न थुप्रै मिहिनेत गरेका छन् । एन्टिभाइरसले गोर्खेले भाइरसको मुखमा खुट्टा राखेर थिच्न खोज्दै थियो तर भाइरसले खुट्टै चपाइदिएको छ । पछि इन्तु न चिन्तु भएको एन्टिभाइरस गोर्खेले दाह्रा किटेर कुहिनाले टाउकै टाउकामा हिर्काएर मारेको छ ।
ख) अन्य भाइरस नामको तेस्रो भाइरसले गर्ने गतिविधि र कम्प्युटरलाई पुर्‍याउने असर के के हुन् ?
उत्तर : अन्य भाइरसले टेम्पोररी फोल्डरमा बसेर फाइललाई र्‍याम , सी . पी . यु , हार्डडिस्कमा दौडाइरहन्छ । जसले गर्दा चलिरहेको फाइल अचानक बन्द भइदिने , पेज तलमाथि हुने र कम्प्युटरमा अनावश्यक रुपमा व्यस्त भइराख्ने हुन्छ । यी नै अन्य भाइरस नामको तेस्रो भाइरसले गर्ने गतिविधि र कम्प्युटरलाई पुर्‍याउने असरहरु हुन् ।

७. कथाकारले कम्प्युटर स्क्यानसम्बन्धी विषयवस्तुको प्रस्तुतिका लागि अवलम्बन गरेको कथाशैली तपाइँलाई कस्तो लाग्यो , कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस् ।
उत्तर : बखतबहादुरद्वारा लेखिएको यस `गोर्खे´ कथामा कथाकारले कम्प्युटर स्क्यानसम्बन्धी विषयवस्तुको प्रस्तुतिका लागि अवलम्बन गरेको कथाशैली मलाई एकदमै राम्रो लाग्यो ।कथाकारले एकदमै कलात्मक ढङ्गले कम्प्युटर स्क्यानसम्बन्धी विश्लेषण गरेका छन् । पेशले आफैले बनाएको गोर्खे नामक एन्टिभाइरसले सतपालको कम्प्युटर बनाउनमा मदत गरेको छ । एन्टिभाइरस गोर्खेले कम्प्युटरमा स्क्यान गर्दै अन्य भाइरसहरु सँग लड्दै अगाडिको बढेको छ । कथाकारले स्क्यान गर्दा भएको भाइरस भाइरस बिचको सन्दर्भलाई एकदमै कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।

८. कथामा पेशल र सतपालमध्ये कसको मुख्य भूमिका रहेको छ , तर्कसहित आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस् ।
उत्तर : बखतबहादुरद्वारा लेखिएको यस `गोर्खे´नामक कथामा पेशल र सतपालमध्ये पेशलको मुख्य भूमिका रहेको छ । पेशल एक कम्प्युटर प्रविधिज्ञ हो । उसले आफैले केही गरी देखाऊँ भन्ने सोच राखेर गोर्खे नाम एन्टिभाइरस बनाएको छ । सतपालले आफ्नो कम्प्युटर बिग्रेपछि बनाउनका लागि पेशलाई अनुरोध गरेको छ । पेशलले आफैले बनाएको गोर्खे एन्टिभाइर्सले सतपालको कम्प्युटरको मर्मत गरेको छ । कथाकारले पनि पेशललाई एक अब्बल व्यक्तिको रुपमा प्रस्तुत गरेका छन् जसले आफैले नयाँ कुरा बनाएर अरुको समस्यालाई समाधान गरेको छ । त्यसैले कथामा पेशल र सतपालमध्ये पेशल भूमिका मुख्य रहेको छ ।

९. समीक्षात्मक उत्तर लेख्नुहोस् :
क) `मानिस सिर्जनशील प्राणी हो´ यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नुहोस् ।
उत्तर : बखतबहादुरद्वारा लेखिएको यस `गोर्खे´नामक कथामा पेशलले  मुख्य पात्रको भूमिका खेलेको छ । मानिस एक सिर्जनशील प्राणी हो । मानिसले चाह्यो भने जस्तोसुकै काम पनि गर्न सक्छ । मानिस सबै कुराको ज्ञानले भरिपूर्ण हुन्छ । कथामा पनि पेशलले आफैले गोर्खे नामक एन्टिभाइरस बनाएको छ । पेशल एक  कम्प्युटर प्रविधिज्ञ हो । उसलाई केही गरेर देखाऊँ भन्ने सोच आएपछि उसको रोजाइमा एन्टिभाइरस परेको छ । र आफैले गोर्खे नामक एन्टिभाइरस बनाएको छ । त्यसैले मानिसले गर्ने सोच राख्यो भने उसमा गर्न सक्ने आँट भयो भने आफूले चाहेको सबै कुरा बनाउन सक्छ ।
अत : यी सबै कुराहरुले गर्दा मानिस एक सिर्जनशील प्राणी हो भन्ने कुराको पुष्टि हुन्छ ।

ख) कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि प्रविधिज्ञ पेशल र एन्टिभाइरस गोर्खेले गरेका काम के के हुन् ?
उत्तर : बखतबहादुरद्वारा लेखिएको यस `गोर्खे´नामक कथामा पेशलले  मुख्य पात्रको भूमिका खेलेको छ । पेशल एक कम्प्युटर प्रविधिज्ञ हो । उसले आफैले केही गरी देखाऊँ भन्ने सोच राखेर गोर्खे नाम एन्टिभाइरस बनाएको छ । प्रविधिज्ञ पेशल र गोर्खेले कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि धेरै क्रियाकलापहरु गरेका छन् । एन्टिभाइरस गोर्खेले स्क्यान गर्दा भेटिएको घिन लाग्दो देखिने भाइरसलाई भेटेपछी झोलाबाट खरानी झिकेर , मन्त्र फुकेर घेरा हालेर , त्यस भैरसलाई उठाएर खरानीको घेराभित्र थेचारेको छ । पछि फेरि स्क्यान गर्दा भेटिएका पाँचथरी भाइरसले सङ्क्रमण गरेका चार सय फाइललाई मर्मत गरेको छ र नसकेका जति डिलिट गर्न सुझाव दिएको छ । त्यस्तै गरी ब्रोन्टक नामक भाइरस , दोस्रो नम्बरको भाइरस , तेस्रो भाइरस जस्ता सबै भाइरसलाई ठेगाना लगाएर कम्प्युटरलाई भाइरस मुक्त बनाएको छ । अन्त्यमा पेशलले कम्प्युटरलाई रिस्टार्ट गरी चेकजाँच गरेर खरर काम गर्ने बनाइदिएको छ ।

१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क) कथा भनेको के हो ?
उत्तर : कथा भनेको जीवनको एउटा तर महत्त्वपूर्ण अंशलाई समेट्ने विशिष्ट घटनाको सिलसिलेवार प्रस्तुति हो ।

ख) कथामा कति किसिमका पात्र हुन्छन् ?
उत्तर : कथामा मानवीय र मानवेतर गरी दुई किसिमका पात्र हुन्छन् ।

ग) प्रथम पुरुष दृष्टिबिन्दु भएका कथामा कस्ता पदको प्रयोग गरिएको हुन्छ ?
उत्तर : प्रथम पुरुष दृष्टिबिन्दु भएका कथामा `म ´ र `हामी´ जस्ता प्रथम पुरुषलाई बुझाउने पदको प्रयोग गरिएको हुन्छ ।

घ) कथाका तत्त्व के के हुन् ?
उत्तर : कथाका तत्त्व कथानक , पात्र , परिवेश , दृष्टिबिन्दु , भाषाशैली र सारवस्तु हुन् ।

भाषातत्त्व
व्याकरण अभ्यास
१. दिइएको अनुच्छेदमा प्रयुक्त प्रत्येक कारकका एक एकओटा उदाहरण टिप्नुहोस् र ती कारकलाई सङ्केत गर्ने विभक्ति पनि टिप्नुहोस् :
उदाहरण कारक विभक्ति
सबैले सबै – कर्ता ले – प्रथमा
सदस्यलाई सदस्य – कर्म लाई – द्वितीया
हातले हात – करण ले – तृतीया
अरुलाई अरू – सम्प्रदान लाई – चतुर्थी
रूखबाट रूख – अपादान बाट – पञ्चमी
कापीमा कापी – अधिकरण मा – सप्तमी

२. तल तालिकामा दिइएका वाक्यमा कारकका सरल र तिर्यक् रूप उदाहरणका रुपमा गाढा अक्षरमा दिइँएका छन् । मूल पाठबाट कारकका सरल र तिर्यक् रुपका अन्य पाँच पाँचओटा उदाहरण टिप्नुहोस् :
कारकका सरल रूप कारकका तिर्यक रूप
पेशल कम्प्युटर प्रविधिज्ञ हो । उसलाई केही गरेर देखाऊँ भन्ने लाग्यो ।
भाइरस भनेको सानो प्रोग्राम हो । यसले कम्प्युटर प्रयोगकर्तालाई सबैभन्दा बढी दुःख दिन्छ ।
एक दिन सतपाल आएर भन्यो, “पेशल भाइ ! मेरो कम्प्युटर बनाइदिनुपयो ।” सतपालले पेशललाई आउनुहोस् भन्ने सङ्केत गरे ।
ती कम्प्युटर भएको कोठामा पुगे । ती कम्प्युटर भएको कोठामा पुगे ।
पेशलले कम्प्युटर एन्टिभाइरस सिडी झिके । उसले काँधको झोला निकालेर भुइँमा राख्यो ।
एउटा डाइलग बक्स खुल्यो । अर्कोतिरबाट कम्प्युटर तान्यो र त्यसबाट हार्डडिस्क निकाल्यो ।
४. पाठको पहिलो अनुच्छेद पढी कर्ता, कर्म र सम्प्रदान कारक जनाउने पद टिप्नुहोस् ।
कर्ता कारक : पेशल, उस, यस
कर्म कारक : एन्टिभाइरस, प्रयोगकर्ता
सम्प्रदान कारक : त्यसका निम्ति

५. उपयुक्त विभक्तिको प्रयोग गरी खाली ठाउँ भर्नुहोस् :
हर्कमान बिहान पाँच बजे उठ्यो । उसले बहिनीलाई पनि उठायो । उसले आफ्नै हातले चिया पकाएर बहिनीलाई दियो । बहिनीले पनि दाइले पकाएको चिया मिठो मानेर खाई । हर्कमानले झोलाबाट किताब झिक्यो । ऊ आफूले गृहकार्य गर्न थाल्यो । उसले बहिनीलाई पनि गृहकार्य गर्न भन्यो । उसले बहिनीलाई नआएको कुरा सिकाइदियो । बहिनीले पनि दाइले सिकाइदिएपछि आफ्नो सबै गृहकार्य पूरा गरी । यसपछि भाइबहिनी दुवै जना भान्सामा गए । उनीहरूले आमालाई काममा सघाए । उनीहरूले सघाएपछि आमा पनि धेरै खुसी हुनुभयो । आमाले दुवै जनालाईथालमा खाना पस्किदिनुभयो । सुकुलमाथि बसी दुवै जनाले मिठो मानेर खाना खाए । दुवै जनाले झोलामा किताब र कापी राखे । आमाको अनुमति लिएर उनीहरू घरबाट विद्यालय प्रस्थान गरे ।

७. दिइएको अनुच्छेद शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
समाज विकासका क्रममा मानिसले प्रगति त गर्यो तर ऊ शान्त भएर बस्न सकेको चाहिँ छैन । समाजमा सामूहिक भावनाको साटो व्यक्तिवादी सोच हाबी भैरहेको छ । कवि लेखनाथले भने जस्तै ‘म खाऊँ, मै लाऊँ, सुखसयल वा मोज म गरुँ, म बाचूँ, मै नाचूँ, अरू सब मरुन् दुर्बलहरू’ भन्ने विचारले समाज ग्रस्त छ । यो मानवले लिने इच्छा होइन । यस्तो नकारात्मक सोचलाई परित्याग गरेर सकारात्मक सोचका साथ आफ्नो कर्तव्य पालन गर्ने हो भने मानिसको | प्रगति हुनुको साथै उसले जीवनमा सुखशान्ति पनि प्राप्त गर्छ ।


Getting Info...

Post a Comment

Please do not enter any spam link in the comment box.
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.